24
Nov
कतार, ८ मङ्सिर । इजरायल र हमासबीचको युद्धबिच भएको सम्झौताअनुसार आजदेखि बन्धकहरूलाई रिहा गरिने भएको छ । जवाफमा गाजापट्टीमा इजरायली सेनाको आक्रमण केही समयमै रोकिने भएकाे छ । सो युद्ध विराम पछि बन्धकहरूको पहिलो समूह शुक्रवार साँझ इजरायललाई हस्तान्तरण गरिनेछ। सात हप्ताको युद्धपछि इजरायल र हमासबीच ४ दिने युद्ध विराम हुने भएको हो । कतारका अनुसार त्यसपछि गाजामा इन्धन र मानवीय आपूर्तिमा आज तीव्रता आउनेछ। कतारको विदेश मन्त्रालयका अनुसार युद्ध विराम नेपाली समय अनुसार बिहान १०ः३० बजे सुरु हुनेछ, जबकि बन्धकहरूको पहिलो समूहलाई हमासले युद्ध विरामको केही घण्टापछि भारतीय समय अनुसार साँझ ७ः ३० बजे रिहा गर्नेछ। बन्धकहरूको पहिलो समूहमा एकै…