Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Blog - Page 50 of 207 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Blog

काँग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काँग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बसेको बैठकलाई नेपाली काँग्रेसले अवरोध गरेको हो । बैठक सुरु हुनासाथ काँग्रेसका सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।  राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गरेपछि धन्यवाद दिने प्रस्ताव पारित गर्न बसेको बैठक काँग्रेसले अवरुद्ध गरेको छ । काँग्रेसले राष्ट्रिय सभामा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म संसद्को कुनै कारबाही अगाडी बढ्न नसक्ने जनाएको छ । काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको अर्को बैठक जेठ ३ गते बिहान ११ बजे बस्ने…
Read More
सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । आज उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भएको थियो । आज दुवै पक्षका वकिलहरूको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । 
Read More
फल्चा शैलीमा बानेश्वर क्षेत्रमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा

फल्चा शैलीमा बानेश्वर क्षेत्रमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । वडा नं. १० का अध्यक्ष रामकुमार के. सी. ले उद्घाटन गर्दै बिसौनी सञ्चालन प्रारम्भ गरेका हुन् ।  त्यस क्रममा बोल्दै उनले भने, ‘बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र हो । जस्तोसुकै आन्दोलन भए पनि यस्ता संरचना बिगार्नु हुँदैन ।’ उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने सामूहिक दायित्वका विषयमा कुरा गर्दै भने, ‘हामीले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमुना बस बिसौनी बनाएका छौँ । राजनीतिक दलहरूसँग आग्रह गर्न चाहन्छु, यस्ता संरचनाहरू राजनीतिक आन्दोलनको मारमा नपरुन् ।’ फल्चा निर्माणमा स्थानीय सहभागिता भएकोले यसको संरक्षणका लागि…
Read More
मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु

मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु

काठमाडौँ । भारतको मुम्बईमा आँधीका कारण एक सय फिट अग्लो होर्डिङ ढल्दा १४ जनाको मृत्यु भएको छ । बृहन्मुम्बई महानगरपालिकाका अनुसार हाल ४३ घाइतेको अस्पतालमा उपचार भइरहेको छ । जबकि ३१ घाइते अस्पतालबाट डिस्चार्ज भएका छन् । एक जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । होर्डिङ बोर्ड पेट्रोल पम्पमा ढलेको र वर्षाका कारण ओत लिएका मानिसहरूलाई लागेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । सोमबार साँझ जिम खाना नजिक भएको यो दुर्घटनापछि राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ), दमकल र प्रहरी टोलीलाई तत्काल राहत उपलब्ध गराउन घटनास्थलमा पठाइएको थियो । 
Read More
सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा आज सुनुवाइ हुने भएको छ । यसअघि पटक पटक सुनुवाइ स्थगित हुँदै आएको मुद्दाको सुनुवाइका लागि गत वैशाख २३ गते पेशी न्यायाधीश नृप ध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजलासमा तोकिएको थियो। उक्त दिन हेर्न नमिल्नेमा परेपछि आजका लागि पेशी तोकिएको हो ।  अघिल्लो पेसीमा इजलासले मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो । यसअघि वैशाख ३ गते उच्च अदालतले गौशाला २६ ले जन्म दर्तामा जन्म मिति सच्याउन दिएको निवेदन र जन्म मिति स्पष्ट खुल्ने कागजात झिकाउन आदेश दिएको थियो । न्यायाधीश द्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद…
Read More
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सिपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी

‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सिपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी

काठमाडौँ । सामुदायिक विद्यालयका विद्यार्थीहरूमा जीवनोपयोगी सिप र सिर्जनात्मक क्रियाकलाप देखिनु ‘शिक्षामा सिप’ कार्यक्रम नतिजा भएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रतिक्रिया दिएका छन् । ‘शिक्षामा सिप’  कार्यक्रमअन्तर्गत कक्षा ९ र १० का ‘स्केचिङ् एन्ड स्कप्चर’ विषयका विद्यार्थीले कोरेका चित्र र बनाएका मूर्तिहरूको अवलोकन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । त्यस क्रममा उहाँले सामुदायिक विद्यालयमा स्केचिङ् र स्कप्चरको सिप सिकाउने शिक्षकहरूसँग विद्यार्थीहरूको रुचि, शिक्षकको सिप सिकाउने विधि, अहिले विद्यार्थीले हासिल गरेको सिपको स्तरोन्नतिका विषयमा जानकारी लिएका थिए । ‘विद्यालयमा सिप सिकेका विद्यार्थीहरूलाई, एक वडा, एक उद्यम कार्यक्रमसँग जोड्न सकिन्छ ।’ उनले माटोका भाँडा बनाउने विद्यार्थीहरूको सिपको प्रसङ्ग…
Read More
दिल्लीको होटेलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी

दिल्लीको होटेलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी

काठमाडौँ-  दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै सङ्गठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका-२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका-२ का ४६ वर्षीय विष्णुबहादुर बराली र सोही ठाउँका ४८ वर्षीय जङ्गबहादुर विक रहेका छन्। उनीहरूलाई सोमबार कञ्चनपुर गड्ढा चौकीनजिक लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए। प्रतिव्यक्ति चार लाखभन्दा बढी रकम तलब हुने भन्दै उनीहरूले अमेरिकाका लागि प्रतिव्यक्ति ४० देखि ५० लाख रकम सङ्कलन गरेको पाइएको छ। क्यानडाको लागि…
Read More
माधव नेपाल भन्छन्- गठबन्धन बदलिन सक्छ

माधव नेपाल भन्छन्- गठबन्धन बदलिन सक्छ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले वर्तमान गठबन्धन बदलिन सक्ने बताएको छ । पार्टीको पोलिटब्युरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सत्ता गठबन्धनको भविष्य बदलिन पनि सक्ने उल्लेख गरेका हुन् । उनले वर्तमान संसद्को संरचनाअनुसार निर्माण र सञ्चालनका लागि अहिलेको गठबन्धन बनाइएको र यो दीर्घकालीन नभएको उल्लेख गरेका छन् । प्रतिवेदनमा उनले भनेका छन्- 'यो समीकरण वर्तमान संसद्को संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो। यो दीर्घकालीन होइन तात्कालिक राजनीतिक सहकार्य मात्र हो । त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ ।’
Read More
सरकारको नीति तथा कार्यक्रम आज, काँग्रेसको अवरोधले अन्यौलता

सरकारको नीति तथा कार्यक्रम आज, काँग्रेसको अवरोधले अन्यौलता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै राष्ट्रपति पौडेलले आज बस्ने संसद्को संयुक्त बैठकमा अपराह्न ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नेपाली काँग्रेसले संसद् अवरोध गरिरहेका कारण मङ्गलवार सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम नै अन्योलमा परेको छ । काँग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको गठनको माग राख्दै संसद्मा अवरोध गरिरहेको छ ।
Read More
केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउँदै

केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउँदै

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । बिहीबार सर्वोच्च अदालतमा बहस सकिएपछि न्यायाधीश सञ्जीव खन्नाले शुक्रवार फैसला सुनाउने बताएका हुन् । गत मार्च २१ मा प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका केजरीवाललाई पटक पटक म्याट थप गर्दै हिरासतमा राखिएको छ । तल्लो अदालत र उच्च अदालतले अन्तरिम जमानत दिन अस्वीकार गरेपछि केजरीवाल सर्वोच्च अदालत गएका थिए ।बिहीबारको बहसमा ईडीले सर्वोच्च केजरीवालको अन्तरिम जमानत याचिकाको विरोध गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । ईडीले चुनाव प्रचारका लागि कुनै पनि नेतालाई अन्तरिम जमानत दिन नहुने बताएको छ । अरविन्द केजरीवाललाई दिल्लीको…
Read More