Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Blog - Page 151 of 207 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Blog

त्रिपालमा बस्दै आएकी सुत्केरीको चिसोका कारण मृत्यु

त्रिपालमा बस्दै आएकी सुत्केरीको चिसोका कारण मृत्यु

मंसिर ११, काठमाडौं । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी महिना दिनको सुत्केरी थिइन् । स्थानीय टेकबहादुर नेपालीले चदाराको गए राति चिसोबाट मृत्यु भएको जानकारी दिए । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।’ चदाराले छोरीको जन्म दिएकी थिइन् । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार…
Read More
युरोको भाउ १४६ रूपैयाँ पुग्यो

युरोको भाउ १४६ रूपैयाँ पुग्यो

मंसिर ११, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ १०  पैसा र बिक्री दर १४६ रुपैयाँ २८ पैसामा कारोबारको अनुमति दिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ…
Read More
अष्ट्रेलियाका ‘जलवायु पक्षधर’ प्रदर्शनकारीले गरे कोइला निर्यातमा अबरोध, १०९ पक्राउ

अष्ट्रेलियाका ‘जलवायु पक्षधर’ प्रदर्शनकारीले गरे कोइला निर्यातमा अबरोध, १०९ पक्राउ

मंसिर ११, सिडनी । विश्वको सबैभन्दा ठूलो कोइला बन्दरगाहमा नाकाबन्दी गरिएको छ । दुई दिने नाकाबन्दीमा संलग्न मजदुर मध्ये १०९ जनालाइ पक्राउ गरेका छन् । सयौं प्रदर्शनकारीले अष्ट्रेलियाको न्यूक्यासल बन्दरगाहको शिपिंग लेन कब्जा गरेका छन भने जलवायु निष्क्रियताको विरोध गरेका छन् । जुन अवरोधका कारण आधा मिलियन टन भन्दा बढी कोइला देशबाट हुने निर्यात रोकिएको छ। अष्ट्रेलिया विश्वको दोस्रो ठूलो कोइला निर्यातकर्ता हो । र, आफ्नै बिजुलीको आवश्यकताको लागि कोयल ईन्धनमा निर्भर रहेको छ। सिड्नीबाट लगभग १७० किमी टाढा रहेको न्यु क्यासल बन्दरगाह कोइला ढुवानीका लागि देशको सबैभन्दा महत्त्वपूर्ण टर्मिनल हो। अष्ट्रेलियाभरबाट अनुमानित ३० हजार मानिसहरूले यसको शिपिंग लेनमा ३०…
Read More
चीनमा रहस्यमय रोग फैलियो, यथार्थ सार्बजनिक गर्न डब्लुएचओको आग्रह

चीनमा रहस्यमय रोग फैलियो, यथार्थ सार्बजनिक गर्न डब्लुएचओको आग्रह

मंसिर ११, बेइजिङ । चीन पुनः रहस्यमय रोगको चपेटामा परेको छ । जसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिएको छ । यससँगै डब्ल्यूएचओले यस रोगको बारेमा चिन्ता व्यक्त गर्दै चीनसँग सम्बन्धित जानकारी मागेको छ। यस्तो अवस्थामा चीनको स्वास्थ्य मन्त्रालयबाट विज्ञप्ति आएको छ । यसका अनुसार यो संक्रामक फोक्सोको रोगको पछाडि धेरै रोगजनक ब्याक्टेरिया छन्। यससँगै चीनको स्वास्थ्य मन्त्रालयले यसको पछाडि कुनै नयाँ भाइरल कारण हुन सक्ने बताएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतबार एक पत्रकार सम्मेलनमा इन्फ्लुएन्जामा संक्रमण बढ्नुको प्रमुख कारण भएको बताए । उनले राइनोभाइरस, माइकोप्लाज्मा निमोनिया र रेस्पिरेटरी सिन्सिटियल भाइरस पनि फैलिरहेको…
Read More
इजरायलले युद्धबिराम सम्झौता कार्यान्वयन नगरेको हमासको आरोप

इजरायलले युद्धबिराम सम्झौता कार्यान्वयन नगरेको हमासको आरोप

मंसिर १०, गाजा । हमासले इजरायलले बन्धकहरूलाई रिहा गर्न ढिलाइको बीचमा सम्झौताका सर्तहरूको उल्लंघन गरेको आरोप लगाएको छ। शुक्रबारबाट दुई पक्षबीच चार दिने युद्धविराम सुरु भएको थियो । इजरायली बन्धकहरूसँग प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका लागि इजरायल र हमासबीच सम्झौता भए अनुसार काम नभएको हमासको आरोप छ । टाइम्स अफ इजरायलका अनुसार हमास नेता इस्माइल हनियाहका वरिष्ठ राजनीतिक सल्लाहकार ताहेर अल नोनोले इजरायलले अस्थायी युद्धविरामको सर्तहरूको उल्लंघन गरेको आरोप लगाएका छन्। उनले मानवीय सहायता र प्यालेस्टिनी कैदीहरूको रिहाइसँग सम्बन्धित धाराहरू पालना नगरिएको दाबी गरे। अल नोनोका अनुसार इजरायलले उत्तरी गाजा पट्टीमा सहायता वितरणको पालना गरेका छैनन, जहाँ द्वन्द्व सबैभन्दा तीव्र छ। उनले प्यालेस्टिनी…
Read More
७१ सहसचिवको सरुवा

७१ सहसचिवको सरुवा

मंसिर १०, काठमाडौं । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को वैठकले ७१ सहसचिवको सरुवा गरेको हो। लामो समयसम्म रोकिएको सरुवालाई शुक्रबार बसेको मन्त्रिपरिषद्ले पूर्णता दिएको हो। प्रशासन समूहका ५० जना, इन्जिनियरिङ सेवाका नौ जना, शिक्षा समूहका ६ जना, वन सेवाका चार जना र स्वास्थ्य सेवा एक जना सहसचिवको सरुवा भएको हो।
Read More
आगामी वैशाखमा लगानी सम्मेलन हुने

आगामी वैशाखमा लगानी सम्मेलन हुने

मंसिर १०, काठमाडौं ।  सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्नेगरी तयारी थालेको छ । ९ र १० वैशाखमा हुने ‘तेस्रो लगानी सम्मेलन २०८१’ को तयारीका लागि अर्थमन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा समिति बनाइएको छ । अर्थमन्त्री महत अध्यक्ष रहेको तयारी समितिको बैठक पनि बसेको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा आइतबार समितिको बैठक बसेको हो ।
Read More
कोप २८ मा नेपालले पर्वतीय क्षेत्रको मुद्दालाई विशेष प्राथमिकताका साथ उठाउने

कोप २८ मा नेपालले पर्वतीय क्षेत्रको मुद्दालाई विशेष प्राथमिकताका साथ उठाउने

मंसिर १०, काठमाडौं । नेपालले आसन्न विश्व जलवायु सम्मेलनमा जलवायुवित्त, जलवायु अनुकुलनको लक्ष्य निर्धारण पर्वतीय क्षेत्रको मुद्दालाई विशेष प्राथमिकताका साथ उठाउने भएको छ । यो वर्ष संयुक्त अरब इमिरेट्सको दुबईमा यही मंसिर १४ देखि २६ गतेसम्म जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि युएनएफसिसीका पक्ष राष्ट्रहरुको सम्मेलन कोप—२८ हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नेपालले सहभागिता जनाउने सो सम्मेलनमा जलवायु वित्त, अनुकुल र पर्वतिय क्षेत्रको समस्यालाई विशेष प्रथामकिताका साथ उठाइने भएको हो । सन् २०१० मा नै धनी राष्टबाट २०२० देखि लगभग सय अर्ब अमेरिकी डलर बराबरको लगानी नेपाल जस्ता विकासोन्मुख देशमा गर्ने भनी घोषणा गरिएको थियो । तर घोषणा…
Read More
पोर्चुगल पठाइदिन्छु’ भन्दै १० लाख ठगि गर्ने एक जना पक्राउ

पोर्चुगल पठाइदिन्छु’ भन्दै १० लाख ठगि गर्ने एक जना पक्राउ

मंसिर १०, काठमाडौं । पोर्चुगल पठाइदिन्छु' भन्दै १० लाख रूपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। रोल्पा गंगादेव गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ३९ वर्षीय निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार दिउँसो गोंगबुबाट पक्राउ गरेको जनाएको छ। जोनसन श्रेष्ठलाई पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। थप अनुसन्धान र कारवाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।
Read More
दोस्रो हारपछि जिम्बाबेको टी-२० विश्वकप छनौट संकटतर्फ

दोस्रो हारपछि जिम्बाबेको टी-२० विश्वकप छनौट संकटतर्फ

मंसिर १०, काठमाडौं । आइसीसी टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका छनौटमा जिम्बाबेले दोस्रो हार बेहोरेको छ । आइतबार सम्पन्न खेलमा युगान्डाले जिम्बाबेलाई ५ विकेटले पराजित गरेको हो । जिम्बाबेले दिएको १३७ रनको लक्ष्य पछाएको युगान्डाले १९.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि जिम्बाबेले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाएको थियो । अफ्रिका छनौट अन्तर्गत जिम्बाबेको यो दोस्रो हार हो । यसअघि जिम्बाबे नामिबियासँग ७ विकेटले पराजित भएको थियो । अफ्रीका छनौटबाट २ देश विश्वकपमा छनौट हुने छन् । जसमा ७ देशले प्रतिष्पर्धा गर्दै छन् । अफ्रिका छनौटमा नामिबिया र जिम्बाबेसहित युगान्डा,…
Read More