14
May
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । वडा नं. १० का अध्यक्ष रामकुमार के. सी. ले उद्घाटन गर्दै बिसौनी सञ्चालन प्रारम्भ गरेका हुन् । त्यस क्रममा बोल्दै उनले भने, ‘बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र हो । जस्तोसुकै आन्दोलन भए पनि यस्ता संरचना बिगार्नु हुँदैन ।’ उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने सामूहिक दायित्वका विषयमा कुरा गर्दै भने, ‘हामीले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमुना बस बिसौनी बनाएका छौँ । राजनीतिक दलहरूसँग आग्रह गर्न चाहन्छु, यस्ता संरचनाहरू राजनीतिक आन्दोलनको मारमा नपरुन् ।’ फल्चा निर्माणमा स्थानीय सहभागिता भएकोले यसको संरक्षणका लागि…
14
May
काठमाडौँ । भारतको मुम्बईमा आँधीका कारण एक सय फिट अग्लो होर्डिङ ढल्दा १४ जनाको मृत्यु भएको छ । बृहन्मुम्बई महानगरपालिकाका अनुसार हाल ४३ घाइतेको अस्पतालमा उपचार भइरहेको छ । जबकि ३१ घाइते अस्पतालबाट डिस्चार्ज भएका छन् । एक जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । होर्डिङ बोर्ड पेट्रोल पम्पमा ढलेको र वर्षाका कारण ओत लिएका मानिसहरूलाई लागेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । सोमबार साँझ जिम खाना नजिक भएको यो दुर्घटनापछि राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ), दमकल र प्रहरी टोलीलाई तत्काल राहत उपलब्ध गराउन घटनास्थलमा पठाइएको थियो ।
14
May
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा आज सुनुवाइ हुने भएको छ । यसअघि पटक पटक सुनुवाइ स्थगित हुँदै आएको मुद्दाको सुनुवाइका लागि गत वैशाख २३ गते पेशी न्यायाधीश नृप ध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजलासमा तोकिएको थियो। उक्त दिन हेर्न नमिल्नेमा परेपछि आजका लागि पेशी तोकिएको हो । अघिल्लो पेसीमा इजलासले मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो । यसअघि वैशाख ३ गते उच्च अदालतले गौशाला २६ ले जन्म दर्तामा जन्म मिति सच्याउन दिएको निवेदन र जन्म मिति स्पष्ट खुल्ने कागजात झिकाउन आदेश दिएको थियो । न्यायाधीश द्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद…
14
May
काठमाडौँ । सामुदायिक विद्यालयका विद्यार्थीहरूमा जीवनोपयोगी सिप र सिर्जनात्मक क्रियाकलाप देखिनु ‘शिक्षामा सिप’ कार्यक्रम नतिजा भएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रतिक्रिया दिएका छन् । ‘शिक्षामा सिप’ कार्यक्रमअन्तर्गत कक्षा ९ र १० का ‘स्केचिङ् एन्ड स्कप्चर’ विषयका विद्यार्थीले कोरेका चित्र र बनाएका मूर्तिहरूको अवलोकन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । त्यस क्रममा उहाँले सामुदायिक विद्यालयमा स्केचिङ् र स्कप्चरको सिप सिकाउने शिक्षकहरूसँग विद्यार्थीहरूको रुचि, शिक्षकको सिप सिकाउने विधि, अहिले विद्यार्थीले हासिल गरेको सिपको स्तरोन्नतिका विषयमा जानकारी लिएका थिए । ‘विद्यालयमा सिप सिकेका विद्यार्थीहरूलाई, एक वडा, एक उद्यम कार्यक्रमसँग जोड्न सकिन्छ ।’ उनले माटोका भाँडा बनाउने विद्यार्थीहरूको सिपको प्रसङ्ग…
14
May
काठमाडौँ- दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै सङ्गठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका-२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका-२ का ४६ वर्षीय विष्णुबहादुर बराली र सोही ठाउँका ४८ वर्षीय जङ्गबहादुर विक रहेका छन्। उनीहरूलाई सोमबार कञ्चनपुर गड्ढा चौकीनजिक लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए। प्रतिव्यक्ति चार लाखभन्दा बढी रकम तलब हुने भन्दै उनीहरूले अमेरिकाका लागि प्रतिव्यक्ति ४० देखि ५० लाख रकम सङ्कलन गरेको पाइएको छ। क्यानडाको लागि…
14
May
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले वर्तमान गठबन्धन बदलिन सक्ने बताएको छ । पार्टीको पोलिटब्युरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सत्ता गठबन्धनको भविष्य बदलिन पनि सक्ने उल्लेख गरेका हुन् । उनले वर्तमान संसद्को संरचनाअनुसार निर्माण र सञ्चालनका लागि अहिलेको गठबन्धन बनाइएको र यो दीर्घकालीन नभएको उल्लेख गरेका छन् । प्रतिवेदनमा उनले भनेका छन्- 'यो समीकरण वर्तमान संसद्को संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो। यो दीर्घकालीन होइन तात्कालिक राजनीतिक सहकार्य मात्र हो । त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ ।’
14
May
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै राष्ट्रपति पौडेलले आज बस्ने संसद्को संयुक्त बैठकमा अपराह्न ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नेपाली काँग्रेसले संसद् अवरोध गरिरहेका कारण मङ्गलवार सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम नै अन्योलमा परेको छ । काँग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको गठनको माग राख्दै संसद्मा अवरोध गरिरहेको छ ।
10
May
काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । बिहीबार सर्वोच्च अदालतमा बहस सकिएपछि न्यायाधीश सञ्जीव खन्नाले शुक्रवार फैसला सुनाउने बताएका हुन् । गत मार्च २१ मा प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका केजरीवाललाई पटक पटक म्याट थप गर्दै हिरासतमा राखिएको छ । तल्लो अदालत र उच्च अदालतले अन्तरिम जमानत दिन अस्वीकार गरेपछि केजरीवाल सर्वोच्च अदालत गएका थिए ।बिहीबारको बहसमा ईडीले सर्वोच्च केजरीवालको अन्तरिम जमानत याचिकाको विरोध गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । ईडीले चुनाव प्रचारका लागि कुनै पनि नेतालाई अन्तरिम जमानत दिन नहुने बताएको छ । अरविन्द केजरीवाललाई दिल्लीको…
10
May
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । नयाँवानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि बैठक आह्वान गरिएको छ । यस अधिवेशनमा आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण अर्थात् बजेट जेठ १५ मा संसद्मा पेस हुने छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा जेठ १ गते राष्ट्रपतिबाट प्रस्तुत हुनेछ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने,…