02
Aug
काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ५० देशले पदक जितेका छन् । बुधवार सम्पन्न खेलपछि २९ देशले स्वर्ण पदक जितेका छन् भने कुल ५० देशले पदक जितेका छन् । जसमा चीन ११ स्वर्ण, ७ रजत र ६ कांस्य पदक जितेर शीर्ष स्थानमा रहेको छ भने अमेरिका ९ स्वर्ण, १५ रजत र १३ कांस्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै फ्रान्स ८ स्वर्ण, ११ रजत र ८ कांस्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया ८ स्वर्णसहित ६ रजत र ४ कांस्य पदक जितेर चौथो स्थानमा रहेको छ । त्यसै गरी जापान ८ स्वर्ण, ३ रजत र ५ कांस्य…