
09
Mar
* जयराम बिडारी फागुन २४, काठमाडौँ । लोमश वाङ्मय प्रतिष्ठानद्वारा हरेक महिनाको चौथो शनिवार नियमित रूपमा सञ्चालन गरिने रचना वाचनको कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठान स्थापनाको अर्धवार्षिक समय अर्थात् छैटौँ शृङ्खला लघुकथा विशेष कार्यक्रमको सम्पन्न सो कार्यक्रममा रेणु अधिकारीको ‘मौनता’ कृत कविता सङ्ग्रह ‘अस्तित्वको खोजी’ परिचर्चा गरी सम्पन्न गरिएको थियो । राजधानीस्थित प्रारम्भ वर्ल्ड स्कुल तथा कलेजमा सम्पन्न सो समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि हुनहुन्थ्यो । प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदी, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी,राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता कृष्णकुमारी…