13
Jul
काठमाडौँ, २९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेश लगायत पहाडी भू(भाग साधारणता बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणता बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,…