01
Jan
काठमाडौँ, १७ पुस । अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । पार्टी प्रवेशका लागि विभिन्न चरणमा वार्ता गरिरहेका गौतमले आज नेकपा एसका शीर्ष नेतासँग भएको छलफल सकारात्मक भएको जनाएका छन् । ‘माधव जी र म एकजुट हुने भइयो नि त’ उनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै भने । उनले कार्यकारी राष्ट्रपति, अभिव्यक्ति स्वतन्त्रता र केन्द्रीय समितिका सदस्यहरू पूर्णकालीन हुनु पर्ने लगायतका सर्त राखेर वार्तामा बसेका थिए । यद्यपि, उनका सर्त पुरा भए वा भएनन् सो भने खुलाइएको छैन । ‘छलफल सकारात्मक भएको छ, अब चाँडै निर्णय पनि आउँछ,’ नेकपा एसका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।