Gyaan Ghar

Advertisement

Day: September 23, 2024

मेलम्चीमा भ्रष्ट्राचार गर्ने पूर्व सचिवसहित चार जनालाई ८ वर्षको जेल सजाय

मेलम्चीमा भ्रष्ट्राचार गर्ने पूर्व सचिवसहित चार जनालाई ८ वर्षको जेल सजाय

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई सजाय सुनाइएको छ । विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका पूर्व सचिव गजेन्द्र ठाकुरसहित चार जनालाई सजाय सुनाएको हो । सो मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले गत भदौ २५ गते अदालतले पूर्व सचिव ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो । विशेष अदालतले आज सजाय निर्धारण गर्दै जनही ८ वर्ष १ महिना कैद र बिगो बराबर जरिवानाको फैसला सुनाएको हो । सोही मुद्दामा पूर्व सचिव भीम उपाध्यायसहित ११ जनाले सफाइसमेत पाएका थिए ।
Read More
काँग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनीत

काँग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनीत

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय मामिला विभागमा १० सदस्य मनोनीत गरेका छन् । गोविन्दबहादुर शाह प्रमुख रहेको उक्त विभागमा सभापति देउवाले काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्यहरू मनोनीत गरेका हुन् । मनोनीत भएका सदस्यहरूमा प्रा.ई.महेश सिंह कठायत, (काठमाडौँ), वासु कार्की (काठमाडौँ), टेकबहादुर कुँवर (अछाम), लाक्पा शेर्पा (दोलखा), नरेन्द्र साह (पर्सा), अस्मिता लामा ‘खुसीमाया’ (लमजुङ), तेज शाह (कञ्चनपुर), धनबहादुर गिरी (ओखलढुङ्गा), माधव पाण्डे (कालिकोट) र मोहन सुनार (दाङ) रहेका छन् ।
Read More
 साफ यु –१७: श्रीलङ्कामाथि नेपालको फराकिलो जित

 साफ यु –१७: श्रीलङ्कामाथि नेपालको फराकिलो जित

काठमाडौँ ।  साफ यु –१७ च्याम्पियनसिप अन्तर्गत  नेपालले श्रीलङ्का विरुद्ध फराकिलो जित हासिल गर्न सफल भएको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा  नेपालले  श्रीलङ्कालाई ४- ० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा सुजन डङ्गोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए । प्रतियोगितामा नेपालले यसअघि शनिवार सम्पन्न खेलमा पाकिस्तानसँग १–० गोलको हार बेहोरेको थियो । अब नेपालले अर्को खेल भुटानसँग बुधवार खेल्ने तालिका रहेको छ ।
Read More
निर्वाचन समयमा किन हुन सकेन ?

निर्वाचन समयमा किन हुन सकेन ?

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणबारे लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ । धुव्रप्रसाद चौलागाईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तोकिएको समयमा निर्वाचन गर्न नसक्नुको कारण पत्रकार महासङ्घलगायत मातहतलाई सोधेको हो । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै विपक्षीका नाममा लिखित जवाफ मागेको हो । वर्तमान कार्यसमितिले तोकिएको समयमा निर्वाचन गर्न नसकेपछि चौलागाईंले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए। नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका -९ सिनामंगल , नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समिति काठमाडौँ महानगरपालिका, ९ सिनामंगल, प्रेस काउन्सिल नेपाल काठमाडौँ महानगरपालिका,…
Read More
वामपन्थी नेता अनुरा कुमारा दिसानायके श्रीलङ्काका नयाँ राष्ट्रपति 

वामपन्थी नेता अनुरा कुमारा दिसानायके श्रीलङ्काका नयाँ राष्ट्रपति 

काठमाडौँ । श्रीलङ्काको नवनिर्वाचित राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके शपथ लिएका छन् । नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख समेत रहेका ५५ वर्षीय दिसानायाकले सोमबार पद तथा गोपनीयताको शपथ लिएको श्रीलङ्काको मिडिया डेली मिररले उल्लेख गरेको छ । दिसानायाके श्रीलङ्काको नवौँ कार्यकारी राष्ट्रपति बनेका हुन् । शनिवार सम्पन्न मतदानपछि पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । पहिलो राउन्डमा अनुरा दिसानायकेले ४२.३१ प्रतिशत र उनका प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरे । यसै कारण निर्वाचन आयोगले दोस्रो चरणको मतगणना सुरु गरेपछि साँझ अनुरा दिसानायके श्रीलङ्काको नवौँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । श्रीलङ्काको…
Read More
दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ?

दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ?

काठमाडौँ । भारतको दिल्लीकी मुख्यमन्त्री आतिशी मरलानले आजदेखि आफ्नो कार्यभार सम्हालेकी छन् । तर कार्यभार सम्हाल्ने क्रममा उनले मुख्यमन्त्रीको कुर्सी खालि राखेर अर्को कुर्सिमा बसेपछि विवादित बनेकी छन् । आतिशीले दिल्लीको मुख्यमन्त्रीको रूपमा आफूले अरविन्द केजरीवाललाई नै मान्ने भन्दै चार महिना उनको नाममा आफूले मुख्यमन्त्री चलाउने बताएकी छन् । उनले राम १४ वर्ष वनवास जाँदा भारतले रामको खराउ मागेर सत्ता चलाए जस्तै आफूले खाली कुर्सी राखेर चार महिना मुख्यमन्त्री चलाउने बताएकी छन् । आतिशीको यो कदमको भारतीय जनता पार्टीले आलोचना गरेको छ । भाजपा सांसद मनोज तिवारीले दिल्लीको मुख्यमन्त्रीको पदभार ग्रहण गरे लगत्तै आतिशीको भनाइको खिल्ली उडाएका छन् । तिवारीले आतिशीले…
Read More