28
Aug
काठमाडौँ- उमेर हदका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीहरू सर्वोच्च अदालत पुगेका छन्। प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीसहित पाँच जनाले बुधवार सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। निवेदन दिने अन्य प्रहरी अधिकृतहरूमा प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र प्रहरी निरीक्षक नागेन्द्र ठाकुर छन्। प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली ५६ वर्षे उमेर हदका कारण भदौ २६ गते अवकाशमा जान लागेका थिए। अन्य अधिकृतहरू त्यसअघि नै अवकाशमा जान लागेका थिए। उनीहरूलाई प्रहरी किताब खानाले अवकाशको चिठी पठाइसकेको थियो। ‘उमेर हदका कारण हुने अवकाशको विषयसमेत सम्बोधन हुनुपर्यो भन्ने माग दाबी गरी हामीले सामूहिक रूपमा निवेदन दिएका हौँ,’ ज्ञवालीले भने, ‘यसबारे अदालतले बिहीबार…