01
Aug
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले विभिन्न नेतालाई जिम्मेवारी तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले गुरु बराललाई उपाध्यक्षमा मनोनीत गरेको छ भने मुकुन्द न्यौपाने र मधेस प्रदेशका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गरेको छ । त्यस्तै अनुशासन आयोगको सदस्यमा मायानाथ अधिकारी मनोनीत भएका छन् । त्यस्तै बैठकले प्रदेशमा इन्चार्ज, केन्द्रीय सदस्य, निर्वाचन आयोग र सल्लाहकार परिषद्मा सदस्य चयन गरेको छ । प्रदेश इन्चार्ज: कोसी प्रदेश- शेरधन राई मधेस प्रदेश- लीलानाथ श्रेष्ठ बागमती प्रदेश- राजन भट्टराई गण्डकी प्रदेश- किरण गुरुङ लुम्बिनी प्रदेश- पद्मा अर्याल कर्णाली प्रदेश- गोरखबहादुर बोगटी सुदूरपश्चिम प्रदेश- लेखराज भट्ट केन्द्रीय सदस्य: सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र…