21
Jul
काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार आज अपराह्न १ बजे प्रतिनिधि सभाको बैठक बोलिएको जानकारी दिएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ । गत असार ३० गते संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले संविधानको धारा ७६ को उपधारा ४ मा व्यवस्था भए अनुसार विश्वासको मत लिन लागेका हुन् ।