11
Jul
हेम बिजी कविता लेख्न बिम्ब सोच्दा सोच्दै सग्लो रात बित्यो काफल पाक्यो चराको आवाज रोकियो बिहानी पख चिरबिर चिरबिर चराहरूको स्वर सुनियो कविता लेख्न बिम्ब सोच्दा सोच्दै सग्लो रात बित्यो। नदी बिम्ब राखेर नदीको कविता लेख्न सकिन त्यो रात किनकि देशका नदीहरू विदेशीलाई बेचेको देख्दा देख्दै कसरी लेखूँ हाम्रो नदी भनेर कविता। गणतन्त्र बिम्ब राखेर गणतन्त्रको कविता लेख्न सकिन त्यो रात किनकि सङ्घीय महाराजाहरू र प्रदेश राजाहरू लुटतन्त्र मच्चाई रहेको यो समयमा कसरी लेखूँ हाम्रो गणतन्त्र भनेर कविता। देश बिम्ब राखेर देशको कविता लेख्न सकिन त्यो रात किनकि देश धितो राखेर विदेशी…