Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
May 30, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: May 30, 2024

जनमतको नेतृत्वमा मधेस प्रदेशमा सरकार बनाउने सहमति

जनमतको नेतृत्वमा मधेस प्रदेशमा सरकार बनाउने सहमति

धनुषा । मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिएको छ । बिहीबार बसेको दलहरूको बैठकले जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो ।  बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,‘सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको छ ।’ जनमतको नेतृत्वमा सरकार बनाउने ५ दलबिच सहमति भएको भनिए पनि विज्ञप्तिमा भने ३ दलको मात्रै हस्ताक्षर रहेको छ । नेपाली काङ्ग्रेससहित जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी मिलेर सरकार बनाउने फल भइरहेको बेला प्रमुख दल एमाले, माओवादी केन्द्र र जनमतबिच यस्तो सहमति भएको हो…
Read More
क्यान भन्छ- सरकार र आइसिसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले दिएन भिसा

क्यान भन्छ- सरकार र आइसिसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले दिएन भिसा

काठमाडौँ । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रो पटक अमेरिकाको भिसा दिन अस्वीकार गरेको छ। परराष्ट्र मन्त्रालयको कूटनीतिक नोटपछि बिहीबार अन्तर्वार्तामा बोलाइएका लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले एक विज्ञप्ति जारी गर्दै सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको जानकारी दिएको छ । सरकार र आइसिसीबाट आवश्यक पहल गर्दासमेत अमेरिकी दूतावासले भिसा दिन असमर्थता जनाएको विज्ञप्तिमा उल्लेख गरेका छन् । 'संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको आइसिसी पुरुष टी-२० विश्वकप २०२४ मा सहभागिताका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भ्रमणको निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र…
Read More
दक्षिण कोरियामा बेलुनमार्फत फोहोर पठाउँदै किम

दक्षिण कोरियामा बेलुनमार्फत फोहोर पठाउँदै किम

काठमाडौँ । उत्तर कोरियाले बेलुनको सहयोगमा छिमेकी देश दक्षिण कोरियामा फोहोरको झोला पठाइरहेको देखिएको छ । दक्षिण कोरियाको सेनाले यसको पुष्टि गरेको छ । सीएनएनका अनुसार मङ्गलवार राति उत्तर कोरियाबाट पहिलो पटक बेलुन आउन थालेको हो । त्यसपछि बुधवार बिहान यहाँ १५० बेलुन देखियो । दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले पनि आफ्नो तस्बिर सार्वजनिक गरेको छ । यसमा दुई वटा ठुला बेलुनलाई डोरीले बाँधिएको हुन्छ । यस डोरीमा प्लास्टिकको झोला पनि बाँधेर फोहोरले भरिएको हुन्छ । जसका कारण दक्षिण कोरियाका धेरै सडकमा फोहोर जम्मा भएको छ । दक्षिण कोरियाका सरकारी निकायहरूले यसबारे अनुसन्धान गरिरहेका छन् । जेसीएसले…
Read More
भारतको दिल्लीमा अहिलेसम्मकै उच्च गर्मी, तापक्रम ५२.३ डिग्री

भारतको दिल्लीमा अहिलेसम्मकै उच्च गर्मी, तापक्रम ५२.३ डिग्री

काठमाडौँ । गर्मीको लहरको सामना गरिरहेको भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधवार ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। भारतको मौसम विज्ञान विभागले दिल्लीको तापक्रम ५२.३ पुगेको जानकारी दिएको हो । मौसम विभागका अनुसार दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम हो । उत्तर-पश्चिम दिल्लीको मुंगेशपुरमा रहेको भारतीय मौसम विभागको मौसम स्टेसनले बुधवार दिउँसो २.३० बजे करिब ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको थियो । मङ्गलवार सोही स्टेसनमा ४९.९ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । मङ्गलवार दिल्लीको नजफगढ मौसम केन्द्रमा पनि ४९.८ डिग्री सेल्सियसको तापक्रम रेकर्ड गरिएको थियो । उही समयमा, दिल्लीको दुई मौसम स्टेसनहरूमा रेकर्ड गरिएको तापक्रमको अघिल्लो रेकर्ड - एक दक्षिण…
Read More
सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छोडे लगत्तै उनलाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीहरूमाथि अनुसन्धान सुरु भएको छ । प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न कर्मचारीहरूको खोजी सुरु गरेको छ । सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशीराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो ।
Read More
माधव नेपाल समीकरण भन्दा बाहिर जानुहुन्न- प्रधानमन्त्री

माधव नेपाल समीकरण भन्दा बाहिर जानुहुन्न- प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने दाबी गरेका छन् ।  बिहीबार बिहान विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै आफूसँग भएको कुराकानी अनुसार नेपाल समीकरण भन्दा बाहिर नजाने बताएको स्पष्ट गरेका हुन् ।  उनले भने- 'माधवजी अलि पहिलेदेखि नै उता पनि यता पनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो । तर, अहिले बिहान मेरो कुरा हुँदा खेरी माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्ने कुरामा क्लियर गर्नुभएको छ ।'प्रधानमन्त्री प्रचण्डले मधेस प्रदेशमा पनि समीकरण भाँड्न बाहिर कोही नजाने दाबी गरेका छन् । बुधवार साँझ एकीकृत…
Read More