28
Apr
काठमाडौँ । कम्बोडियाको एक सैन्य शिविरमा विस्फोट भएको छ । यस विस्फोटमा २० सैनिकको मृत्यु भएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले विस्फोटको जानकारी दिँदै दुख व्यक्त गरेका छन् । शनिवार दिउँसो कम्बोडियाको पश्चिममा रहेको एउटा सैन्य शिविरमा भएको गोला बारुद विस्फोटमा २० सैनिकको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको प्रधानमन्त्री मानेटले सामाजिक सञ्जालमा बताएका छन् । घाइते सैनिकको अस्पतालमा उपचार भइरहेको उनले बताएका छन् । विस्फोट कारण खुल्न नसकेको बताइएको छ । प्रधानमन्त्री मनेतले मृतक सैनिकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।