health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170The post पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक appeared first on Gyaan Ghar.
]]>
१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक लगायत ५ जनाको राहदानी रोक्का राखिएको ब्यहोरा सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको छ। उनीहरूलाई उपत्यका बाहिर जान रोक लगाउनसमेत सिफारिस गरेको छ।
पासपोर्ट रोक्काको सूचीमा पर्नेहरूमा पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौँका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल छन् ।
The post पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक appeared first on Gyaan Ghar.
]]>The post विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल appeared first on Gyaan Ghar.
]]>
छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वटा ताल निकै जोखिम अवस्थामा देखिन्छन्।
– प्रकाश रेग्मी
बढ्दो जलवायु परिवर्तनका कारण मौसमी ढाँचामा आएको परिवर्तित स्वरूपले सिर्जना गरेको जटिलता सम्बोधन गर्न सन् २०१० मा मेक्सिकोको क्यानकुनमा संयुक्त राष्ट्र संयुक्त राष्ट्र संघको जैविक विविधता सम्मेलनमा हरित जलवायु कोष स्थापना भयो। अर्थात् जलवायु परिवर्तनलाई सम्बोधन गर्न विकासशील देशहरूलाई बढ्दो वित्तीय सहयोगको आवश्यकता पूरा गर्ने प्रयास स्वरूप कोषको स्थापना भएको थियो।
सन् २००० देखि २०१९ सम्म गरिएको जलवायु परिवर्तनको प्रभाव मूल्याङ्कनले नेपाललाई दसौँ अत्यधिक जोखिमको स्थानमा राखेको छ। नेपाल भन्दा बढी जोखिममा रहेका एसियाका अन्य देशहरूमा म्यानमार (दोस्रो), फिलिपिन्स (चौथो), बङ्गलादेश (सातौँ) पाकिस्तान (आठौँ) र थाइल्यान्ड (नवौँ) स्थानमा छन्।
नेपालको हिमाली भागमा रहेका हिमतालको विस्फोटका घटनाहरू सामान्यजस्तै हुने गरेका छन्। सन् १९७७ देखि नेपालले हालसम्म जम्मा २६ वटा हिमताल विस्फोटका घटना व्यहोरिसकेको छ। पछिल्लो हिमताल विस्फोटको घटना सन् २०२४ को अगस्ट १६ मा चामे क्षेत्रको थानबो हिमताल फुटेर भएको बाढीबाट ठुलो क्षति भएको थियो। त्यस्तै, हालै (२०२५ जुलाई ८ का) तिब्बतमा रहेको एक हिमताल विस्फोट हुँदा भोटेकोसी नदीमा ठुलो बाढी आउँदा झन्डै १०० वटा सवारी साधन बगाएको थियो भने अन्य धनजनको समेत क्षति पुगेको थियो।
हिमताल विस्फोटबाट हुनसक्ने क्षति कम गर्ने कार्यका लागि नेपालले हरित जलवायु कोषबाट पाँच अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान प्राप्त गरेको छ। हिमताल संरक्षणको क्षेत्रमा नेपालले प्राप्त गरेको यो रकम हरित जलवायु कोषले उपलब्ध गराएको पहिलो र सबैभन्दा ठुलो सहयोग हो।
यो सात वर्षे परियोजनामा जोखिम अनुगमन र पूर्व चेतावनी प्रणालीको विस्तार र स्तरोन्नति गर्न निम्नानुसारका चार उच्च जोखिम भएका हिमतालहरू (थुलागी, तल्लो वरुण, लुम्दिङ होङ्गु-२) छनोट गरिएका छन्। यी तालहरूमा पानीको स्तर घटाउने, ताल वरपर र तल्लो तटीय क्षेत्रहरूमा १५० हेक्टरभन्दा बढी भूमिमा रूखहरू रोप्ने, चेक बाँध बनाउने र वनस्पतिमा आधारित ग्याबियन पर्खाल बनाउनेजस्ता सुरक्षात्मक पूर्वाधारहरू तयार गर्ने कामका साथै नदी किनार र बाढीग्रस्त क्षेत्रहरूलाई संरक्षण गर्ने काम समावेश छन्।
चयन गरिएका हिमनदी तालहरूको छोटो विश्लेषण
छनोट गरिएका चार हिमतालहरूको नक्सा डाटा विश्लेषण गर्नको लागि मैक्सार, इस्री र अर्थस्टारले सम्पादन गरेको सन् २००३ मार्च १८ तारिख र सन् २०२१ को नोभेम्बर २८ तारिखमा खिचिएका भिन्न भिन्न सेटेलाइट नक्साहरूलाई जिआइएस प्रो प्रविधि प्रयोग गरेर गरिएको हो।
१. थुलागी हिम ताल :
मर्स्याङ्दी रिभर बेसिनअन्तर्गतको यो हिमताल पुरानै हो। इसिमोड (अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र) को एक अध्ययनले यो हिमताल सन् २००१ र २०११ मा पनि देखिएको थियो। यसमा पहिरो जाने वा हिम पहिरो खस्न सक्ने उच्च सम्भावना रहेको मानिएको छ। ठुलो तालमा जमेको पानीले बाढीको रूप लिँदा मर्स्याङ्दीको तटीय क्षेत्रको बस्ती खतरामा पर्ने देखिएको हो। थुलागी हिमताल, जसलाई स्थानीय रूपमा दोना ताल भनेर पनि चिनिन्छ। भौगोलिक अवस्थितिको हिसाबले ८४.५४२१ पूर्वी देशान्तर र २८.५२९५ उत्तरी अक्षांशमा रहेको छ। यो ताल समुन्द्री सतहबाट ४०५० मिटरको उचाइमा रहेको छ। यो मर्स्याङ्दी नदीको सहायक नदी डोना खोलाको मुहान हो। यो ताल मनासलु पर्वतको दक्षिण पश्चिममा लगभग ४.५ किलोमिटर लामो भग्नावशेषले ढाकिएको थुलागी हिमनदीको फेदमा अवस्थित छ। तालको निकासबाट लगभग १.५ किलोमिटर दायाँपट्टि मोरेनमा ठाडो पहाडी ढलानबाट चट्टानी हिम पहिरोको सम्भावना रहेको छ। माथि उल्लेख गरिएको अध्ययन अनुसार सन् १९८८ मा ०.७२ वर्ग किलोमिटर सतहको क्षेत्रफल रहेको उक्त ताल सन् २०१८ मा आइपुग्दा यसको क्षेत्रफल बढेर ०.९४ वर्ग किलोमिटर पुगेको छ।
थुलागी ताल मनासलु पर्वतको दक्षिण पश्चिममा ४,०४४ मिटरको उचाइमा अवस्थित काठमाडौँबाट १२० किलोमिटर दुरीमा छ। यो ताल मनाङ जिल्लाको नासो गाउँपालिका र गोरखा जिल्लाको चुम गाउँपालिकाको सिमानामा पर्ने मर्स्याङ्दी नदी बेसिनको जल ग्रहण क्षेत्रमा अवस्थित छ। जर्मनीको फेडरल इन्स्टिच्युट फर जियोसाइन्सेस एन्ड नेचुरल रिसोर्सेस र नेपालको जल विज्ञान तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा गरेको एक अध्ययनले थुलागी तालको आयतन २००९ मा लगभग ३५.३ मिलियन घन मिटर हुन आएको थियो। जबकि, यसको आयतन सन् १९९५ मा ३१.७५ मिलियन घन मिटर थियो।
यद्यपि, मौसम अनुसार हिमतालको क्षेत्रफल घटबढ हुने गर्दछ। यस लेख तयार पर्ने क्रममा माथि उल्लेख गरिएको स्रोत सामग्री र अनुसन्धान उपकरणको सहायताले गरिएको एक सानो अध्ययनले उक्त तालले सन् २००३ को मार्च १८ मा खिचिएको स्याटलाइट नक्सा अनुसार १८६४.९४ हेक्टर सतह ढाकेको देखिन्छ भने सन् २०२४ को नोभेम्बर २८ तारिखमा खिचिएको नक्साले त्यसको क्षेत्रफल बढेर २०११.७३ हेक्टर सतह ढाकेको देखिन्छ।
२. हिङ्कु हिमताल
हिङ्कु हिमताल नेपालको पूर्व उत्तरमा पर्ने सोलुखुम्बु र सङ्खुवासभा जिल्लामा फैलिएको मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्र र यसको बफर क्षेत्रभित्र पर्ने एक ताल हो। यो ताल सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा पर्दछ। भौगोलिक अवस्थिति अनुसार यो ताल २७.८५४८०७ उत्तरी अक्षांश र ८६.९६४२९७ पूर्वी देशान्तरमा रहेको छ। यो हिम ताल काठमाडौँबाट १६४ किलोमिटर उत्तर पूर्व दिशामा अवस्थित छ। यस तालको पानी हिन्कु दरंगा हुँदै दुधकोशीमा झर्छ। यो तालको ढलानको कोण दक्षिणपट्टि फर्केको छ। नदी प्रणाली अनुसार यो नदी कोसी नदीको प्रशाखाको रूपमा रहेको छ। यो तालको आकार हेर्दा गोरुको सिङजस्तो देखिन्छ।
सञ्जवलरत्न बज्राचार्य र प्रदीप मूलले सन् २०१७ मा दुधकोशी जलाधार क्षेत्रमा पार्ने हिन्कु दरंगा क्षेत्रमा गरेको एक अध्ययन अनुसार उक्त क्षेत्रमा पर्ने हिमनदीहरू प्रतिवर्ष १०-५९ मिटर प्रतिवर्षका दरले सगरमाथा क्षेत्रका हिमनदीहरू पछाडि हट्छन्। यस लेख तयार पार्ने क्रममा माथिको प्रविधि प्रयोग गरेर हेर्दा उक्त तालको तल्लो पुच्छरजस्तो देखिने भाग १.०७३ किलोमिटर अर्थात् प्रतिवर्ष ५३ मिटर पछाडि सरेको देखिन्छ। त्यस्तै, सन् २००३ मा यस तालले ढाकेको भूमि ५८३ हेक्टर थियो भने यो क्षेत्र बढेर सन् २०२४ मा ६१४ हेक्टर देखिन्छ।
३. लुम्दिङ हिम ताल
दुधकोशी रिभर बेसिनअन्तर्गत पर्ने लुम्दिङ हिमताल पनि छिटो छिटो बढिरहेका कारण उच्च जोखिममा देखिएको छ । यो हिमताल सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ लाम गाउँपालिकामा पर्दछ। काठमाडौँबाट १३४ किलोमिटर उत्तरपूर्वमा पर्ने यो तालको ड्याम कमजोर देखिएकाले लुम्दिङ उच्च जोखिमको मानिएको हो ।
लुम्दिङ हिमनदी पछाडि हट्दै गएको कारणले यो तालको विस्तार हुँदै गएको छ। यो तालबारे सन् २०१७ मा एक अध्ययन भएको थियो। उक्त अध्ययन सन् १९६२ देखि सन् २०१३ सम्म गरिएको थियो। उक्त अध्ययनमा सन् १९६२ मा उक्त तालको क्षेत्रफल ०.२ वर्ग किलोमिटर थियो भने त्यो बढेर सन् २०१३ मा ०.७७ वर्ग किलोमिटर पुगेको थियो। साथै सन् १९६२ देखि सन् २००७ सम्म उक्त क्षेत्रका हिमनदीहरू प्रतिवर्ष ३५ मिटरका दरले पछाडि सर्दै गरेको पाइएको थियो।
यस लेख तयार पार्ने क्रममा माथिको प्रविधि प्रयोग गरेर हेर्दा उक्त तालको तल्लो पुच्छरजस्तो देखिने भाग १.०७३ किलोमिटर अर्थात् प्रतिवर्ष ५३ मिटर पछाडि सरेको देखिन्छ। त्यस्तै, सन् २००३ मा यस तालले ढाकेको भूमि ५८३ हेक्टर थियो भने यो क्षेत्र बढेर सन् २०२४ मा ६१४ हेक्टर देखिन्छ।
यस लेख तयार पार्ने क्रममा माथिको प्रविधि प्रयोग गरेर हेर्दा उक्त ताल पूर्व-पश्चिम लम्बिएको र बिचको भाग माथि उठेको देखिन्छ। यो तालको पूर्वपट्टिको भाग २.५८ किलोमिटर लम्बिएको देखिन्छ। सन् २००३ को नक्सामा यो तालको लम्बाई ३.६२ किलोमिटर थियो भने सन् २०२४ मा यसको लम्बाई ६.२० किलोमिटर देखिन्छ। त्यस्तै, सन् २००३ मा यसको क्षेत्रफल २२० हेक्टर मापन गरियो भने सन् २०२४ को नक्सामा यसको क्षेत्रफल ३१९ हेक्टर मापन गरियो।
४. तल्लो वरुण हिमताल
विभिन्न अनुसन्धानहरूले तल्लो वरुण हिमताल धेरै दृष्टिकोणबाट नेपाली बस्तीलाई क्षति पुर्याउने उच्च जोखिममा देखाएका छन्। यो हिमतालमा पानीको मात्रा निकै छिटो बढिरहेको पाइएको छ । अनुसन्धानले तालको दायाँतर्फ पहिरो जान सक्ने र हिम पहिरो पनि आउन सक्ने सम्भावना देखाएका छन्। यो ताल सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिकामा पर्दछ। काठमाडौँबाट १६७ किलोमिटर उत्तरपूर्वमा पर्ने यो तालको भौगोलिक अवस्थिति ८७.०२०५८ डिग्री पूर्व र २७.८२८५ डिग्री उत्तरमा छ।
तल्लो वरुण हिमताल नेपाल हिमालयमा रहेको मकालु पर्वत नजिकै वरुण उपत्यकामा अवस्थित एक ठुलो, गहिरो र द्रुत गतिमा फैलिरहेको हिमताल हो। तल्लो वरुण हिमनदीबाट निस्कने हिमनदी पग्लने पानीको कारणले गर्दा यो द्रुत वृद्धिको लागि परिचित छ र हिमताल फुट्ने र बाढी आउनका लागि उच्च जोखिम क्षेत्र मानिन्छ। विभिन्न अध्ययनहरूले सन् १९८९ मा यसको क्षेत्रफल ०.६४ वर्ग किलोमिटर मापन गरेका छन् भने सन् २०१८ मा २ वर्ग किलोमिटर मापन गरिएको छ।
उक्त ताल दक्षिण पूर्वतिर पुच्छरजस्तो भएर लम्बिएको देखिन्छ। यो पुच्छरजस्तो देखिने भाग अध्ययन अवधिको (२००३ देखि २०२४ ) अन्तरालमा ३.६३ किलोमिटर लम्बिएको देखिन्छ। अर्थात् प्रतिवर्ष १७२ मिटर हिउँ पछाडि सरेको देखिन्छ। त्यस्तै, सन् २००३ मा यस तालले ढाकेको भूमि १९१८ हेक्टर थियो भने यो क्षेत्र बढेर सन् २०२४ मा २२७६ हेक्टर देखिन्छ।
छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वटा ताल निकै जोखिम अवस्थामा देखिन्छन्। थुलागी हिमतालले नेपालको मर्स्याङ्दी नदीमा पानीको आपूर्ति गर्दछ। यस नदीको तल्लो तटीय भागहरूमा बाक्लो आबादी हुनाको साथै तीन वटा ठुला जलविद्युत परियोजना (उपल्लो मर्स्याङ्दी, तल्लो मर्स्याङ्दी र मर्स्याङ्दी) छन्। यी परियोजनाहरूको संरक्षणका लागि पनि उक्त तालको संरक्षण अपरिहार्य देखिन्छ। बाँकी तीन वटा तालले दुधकोशी नदीमा पानीको आपूर्ति गर्दछन्। यस नदीको तल्लो तटीय भागहरूमा बाक्लो आबादी हुनाको साथै चार वटा ठुला जलविद्युत परियोजना छन्। यी परियोजनाहरूको संरक्षणका लागि पनि उक्त तालको संरक्षण अपरिहार्य देखिन्छ।
The post विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल appeared first on Gyaan Ghar.
]]>The post हरेक वर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य appeared first on Gyaan Ghar.
]]>
बेइजिङ, ७ साउन । हरेक जुलाई वा अगस्टमा चिनियाँ राष्ट्रपति सी जिनपिङ एकाएक गायब हुन्छन्, उनी कुनै पनि फोरम वा कार्यक्रममा देखिँदैनन् ।
यो रहस्यका बारेमा कमैलाई थाहा होला, आज हामी यसबारेमा जानकारी दिनेछौँ ।
यो अगस्टमा पनि राष्ट्रपति सी हराउँदछन् र उनी राजधानी बेइजिङबाट केही समयका लागि बेपत्ता हुदैँछन, यसरी बेपत्ता हुँदा हरेक वर्ष झैँ उनी रिसोर्ट बेदइहेमा हुनेछन् । जहाँ उनले चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग पार्टी, राष्ट्र र अन्तर्राष्ट्रिय सबन्धसहित अर्थतन्त्रका बारेमा छलफल गर्नेछन् ।
तर, अन्तर्राष्ट्रिय सर्कलमा भने उनको यो बेपत्ताको बारेमा हरेक वर्ष धेरै अनुमानहरू बाहिर आउँछन्, खासमा यो चिनियाँ कम्युनिस्टको विशेष परम्परा हो । धेरैले यसलाई खास गरी पश्चिमी मिडियाले भने उनको शक्ति माथि खतरा छ भनेर अनुमानको आधारमा धारणा बाहिर ल्याउँछन् ।
खासमा बेइजिङबाट करिब तीन घण्टाको दूरीमा रहेको बेइडाइहे बिदा मनाउने ठाउँ मात्र होइन, चीनको सत्तारुढ कम्युनिस्ट पार्टीका नीतिहरू यहाँ तय हुन्छन्। माओत्सेतुङको पालादेखि नै हरेक गर्मीमा पार्टीका शीर्ष नेताहरू यहाँ भेला हुन्छन्, जसलाई राष्ट्रपति सिले पनि निरन्तरता दिइरहेका छन् तर यस पटकको माहौल भने अलि फरक रहेको छ ।
खासमा सन् २०२५ मा चीनले घरेलु आर्थिक सङ्कट, युवा बेरोजगारी, सम्पत्ति बजारमा गिरावट र विश्वव्यापी दबाबको सामना गरिरहेको छ। यससँगै सी जिनपिङका नजिकका सहयोगीहरूलाई हटाउने वा बेपत्ता पारिएको सनसनी पूर्ण खबरले पनि हलचल मच्चाइरहेको छ।
गत वर्ष पनि विदेश मन्त्री किन गाङ र रक्षामन्त्री ली साङ्फुलाई अचानक पदबाट हटाउनु अघि यस्तै गोप्य बास भएको थियो तर लामो मौनताले पार्टीभित्र केही उथलपुथल भइरहेको छ भन्ने प्रश्न उठेको थियो। नभन्दै, उनीहरू पदमुक्त हुनु परेको थियो ।
द इकोनोमिस्टको रिपोर्टका अनुसार २०२२ मा तेस्रो कार्यकालका लागि आफूलाई सबैभन्दा लोकप्रिय नेताको रूपमा स्थापित गरेका सी अब भने समस्यामा परेको देखिन्छ। उनी आफ्नो छविलाई लिएर निकै संवेदनशील छन् र त सार्वजनिक रूपमा उनको पछिल्लो अनुपस्थितिले अहिले धेरै प्रश्नहरू खडा गरिरहेको छ।
शक्तिमा सीको बलियो पकड चीनको लागि मात्र होइन, सम्पूर्ण विश्वका लागि महत्त्वपूर्ण रहेको छ। चाहे त्यो अमेरिका–चीन सम्बन्ध होस् वा रुससँगको मित्रता वा दक्षिण चीन सागरमा सैन्य नाकाबन्दीको सवालमा नै किन नहोस् । यस्तो अवस्थामा उनको शक्ति कमजोर मात्रै भयो भने यसको असर चीनमा मात्रै सीमित रहने छैन, विश्वव्यापी प्रभाव रहनेछ ।
जस कारण हरेक वर्ष अगस्टमा चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू गोप्य ग्रीष्म कालीन बैठकको लागि बेइडाइहे रिट्रिटमा जान्छन् तर यस पटक भने केही फरक रहेको जनाइएको छ। यो गर्मीको मौसममा यस पटक हुने गोप्य वासले केही नयाँ कुरा ल्याउने अनुमान धेरैले गरिरहेका छन् ।
The post हरेक वर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य appeared first on Gyaan Ghar.
]]>The post जहाँ सरकार त्यहाँ भ्रष्टाचार र बेथिति: प्रचण्ड appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ , असार ३०– संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ जहाँ छ त्यहाँ सरकार भएको बताउँदै वर्तमान सरकारले सत्तालाई बिचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको बताएका छन् ।
उनले विशेष गरी भूमिहीन सुकुमवासीका विषयमा उदाहरण दिँदै भने, “मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा पाँच लाख भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र दिने गृहकार्य अघि बढाएको थियो, तर अहिलेको दुई तिहाइको दम्भ बोकेको सरकारले भूमि आयोगका पदाधिकारी हटाउनु बाहेक केही गर्न सकेन।”
प्रचण्डले सरकारका मन्त्रीहरू सरुवा तथा आयोग पदाधिकारी नियुक्तिमा खुलेआम लाखौँको डिल गरिरहेको आरोप लगाउँदै प्रधानमन्त्रीप्रति व्यङ्ग्यात्मक लहजामा भने, “तपाईँका मन्त्रीहरू खुल्लमखुल्ला लाखौँको डिल गरिरहेका छन्, प्रधानमन्त्रीज्यू, चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो ?”
उनले सरकारलाई भ्रष्टाचार, भागबन्डा, राजनीतिकरण, र बिचौलियाको संरचना सृजना गरेर राज्यको आधिकारिक संयन्त्रलाई छायामा पार्ने प्रयास गरेको आरोप पनि लगाए।
“जहाँ सरकार, त्यहीँ भ्रष्टाचार र बेथिति” भन्दै उनले विदेशसम्म प्रधानमन्त्रीले जाने हरेक स्थानमा विवाद सिर्जना भएको टिप्पणी गरे ।
पूर्व प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको `भ्रष्टाचार गर्दिनँ र गर्न दिँदिनँ´ भन्ने अभिव्यक्तिलाई आमजनताले जाली ठानिसकेको र त्यसको विपरीत सरकारको क्रियाकलापले त्यो साबित गरिदिएको दाबी गरे ।
उनले भने, “गत वर्ष नै मैले भनेको थिएँ– सुशासन र संविधान कार्यान्वयन सरकारको प्राथमिकता होइन। सरकार अँध्यारो कोठामा बिचौलियाको स्वार्थ पूरा गर्न बनाइएको थियो। आज पनि त्यही काममा प्रधानमन्त्रीदेखि मन्त्रीहरू व्यस्त छन्।”
सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले जनजीविकाका सवाल, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सत्ताका लागि घाँडो जस्ता भएका टिप्पणी गरे
“एउटै मुद्दामा आफ्नालाई बचाउने र विपक्षीलाई राजनीतिक प्रतिशोधको सिकार बनाउने कुरामा त सरकारले विश्व रेकर्ड नै बनाएको छ,” अध्यक्ष प्रचण्डले भने।
The post जहाँ सरकार त्यहाँ भ्रष्टाचार र बेथिति: प्रचण्ड appeared first on Gyaan Ghar.
]]>The post रुसले फेला पारयाे अन्टरटिका मुनी विशाल तेलको भण्डार, साउदीको भन्दा दोब्बर appeared first on Gyaan Ghar.
]]>
मस्को, २९ असार । रुसी वैज्ञानिकहरूले अन्टार्कटिकाको जमेको हिउँमुनि तेलको ठुलो भण्डार फेला पारेको दाबी गरेका छन् ।
रुसी वैज्ञानिकहरूले वेडेल सागरको मुनि लुकेको ५११ अर्ब ब्यारेल तेलको विशाल भण्डार रहेको अनुमान गरेका हुन् ।
यस ‘कालो सुनको खजाना’ को खोजले अन्टार्कटिक सन्धि र ऊर्जाको लागि भविष्यको प्रतिस्पर्धामा नयाँ प्रश्न र शङ्काहरू खडा गरेको छ। रुसको यो खोजले यस क्षेत्रको भूराजनीतिमा नयाँ हलचल ल्याउन सक्ने विज्ञहरू बताउँछन् ।
विश्वका ठुला शक्तिहरूबिचको शक्तिको परीक्षा यहाँ देख्न सकिन्छ। न्यूजवीकका अनुसार रुसी अनुसन्धानकर्ताहरूले अन्टार्कटिकाको जमेको सतह मुनि करिब ५११ अर्ब ब्यारेल तेल रहेको रिपोर्ट गरेका छन्। यो विश्वको सबैभन्दा ठुलो ज्ञात विद्यमान भण्डार भन्दा बढी हो ।
यो विगत ५० वर्षमा उत्तरी सागरको उत्पादनभन्दा दश गुणा बढी र साउदी अरबको ज्ञात तेल भण्डार भन्दा दोब्बर हो। यो खोज हालैका वर्षहरूमा रुसी वैज्ञानिक अभियानहरूको क्रममा प्रकाशमा आएको हो।
तेलको यो विशाल भण्डार वेडेल सागरमा अवस्थित छ। यो एक क्षेत्र हो, जुन बेलायतले अन्टार्कटिकामा आफ्नो क्षेत्रीय चासोको भागको रूपमा दाबी गर्दछ। यो क्षेत्र अन्टार्कटिकाको ‘ब्रिटिस भाग’ भित्र पर्छ, जसमा अर्जेन्टिना र चिलीले पनि क्षेत्रीय दाबी गरेका छन् । यस्तो अवस्थामा लामो समयदेखि यस क्षेत्रमा भूराजनीतिक अन्योल छ । अहिले रुसको बढ्दो उपस्थिति र तेलको विशाल भण्डारको खोजले यसलाई झन् बढाएको छ ।
यो सन् १९५९ को अन्टार्कटिक सन्धि यस बहसको केन्द्र बनिरहेको छ । यी सन्धिहरूले महाद्वीपलाई शान्तिपूर्ण वैज्ञानिक अनुसन्धानका लागि तोकेका छन् र सैन्य गतिविधि वा स्रोतहरूको शोषण रोक्ने भनिएको छ ।
अन्टार्कटिकालाई ‘आर्थिक लुट’बाट जोगाउन अमेरिका र बेलायतलगायत धेरै देशले यो सन्धिको मस्यौदा तयार गरेका थिए । धेरै विज्ञहरूले रुसको पछिल्लो हस्तक्षेपलाई सन्धिको उल्लङ्घन र अनुसन्धानको नाममा यस क्षेत्रको शोषणको रूपमा हेरिरहेका छन्।
अन्टार्कटिकामा तेल खोजेको रुसको दाबी युक्रेन युद्धका कारण पश्चिमी देशहरूसँगको मस्कोको सम्बन्ध खराब अवस्थामा रहेको बेला आएको हो । द्वन्द्वले मस्कोले आफ्नो प्रभाव विस्तार गर्न र भविष्यको ऊर्जा आपूर्तिहरू सुरक्षित गर्न अन्टार्कटिका प्रयोग गर्न सक्छ भन्ने पश्चिमी डरलाई उत्तेजित गरेको छ।
चीनले यो सम्पूर्ण भ्रमलाई थप बढाएको छ । चीनले पाँचौँ अन्टारर्टिका अनुसन्धान आधार स्थापना गरेको छ। बेइजिङ र मस्कोबिचको बढ्दो साझेदारीले पश्चिमलाई पहिले नै समस्यामा पारेको छ। यस्तो अवस्थामा धेरै विश्लेषकहरूले अनुमान गरिरहेका छन् कि रुस र चीनले आफ्नो महत्त्वाकाङ्क्षाका लागि दशकौँ देखि अन्टार्कटिकालाई सीमित गर्ने शक्तिहरूलाई चुनौती दिन सक्छन्।
The post रुसले फेला पारयाे अन्टरटिका मुनी विशाल तेलको भण्डार, साउदीको भन्दा दोब्बर appeared first on Gyaan Ghar.
]]>The post त्रिविको वार्षिक साधारण सभा सम्पन्न, ८९ हजार बढी दीक्षित हुने appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ, २६ असार । त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारण सभा बैठकले विभिन्न सङ्काय र तहमा उत्तीर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरूसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिस्ट्रार प्रा डा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिस्ट पारित गरेको हो ।
बैठकमा आर्थिक वर्ष २०८२–०८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ । कुलपति ओलीले विश्वविद्यालयलाई २१ औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रूपमा स्थापित गर्न आग्रह गरे ।
शिक्षा, सहकुलपति एवं विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यस अनुसार काम गर्नुपर्नेमा जोड दिए ।
नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले विश्वविद्यालयमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत (करिब चार हजार) विदेशी विद्यार्थी हुने गरी लाग्नुपर्ने बताए ।
The post त्रिविको वार्षिक साधारण सभा सम्पन्न, ८९ हजार बढी दीक्षित हुने appeared first on Gyaan Ghar.
]]>The post टुक्का सर्जक भेटघाट तथा टुक्का सङ्ग्रह’काव्य कलश’को लोकार्पण सम्पन्न appeared first on Gyaan Ghar.
]]>

The post टुक्का सर्जक भेटघाट तथा टुक्का सङ्ग्रह’काव्य कलश’को लोकार्पण सम्पन्न appeared first on Gyaan Ghar.
]]>The post कुलिङ पिरियड: सभामुख घिमिरेले लिए सभापति खतिवडासँग स्पष्टीकरण appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ, १७ असार । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहमति विपरीत ‘कुलिङ पिरियड’ घुसाएको रहस्योद्घाटन भए पछि सभामुख देवराज घिमिरेले कार्यकक्षमा बोलाएका छन् ।
सङ्घीय निजामती सेवा ऐनमा ‘बाहेक’ शब्द थपेर ‘कुलिङ पिरियड’ साएको रहस्योद्घाटन भए पछि सभामुख घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडा र सचिव सुरजकुमार दुरालाई सिंहदरबारस्थित कार्यकक्षमा बोलाएर स्पष्टीकरण लिने भएका छन् ।
समितिका सभापति रामहरि खतिवडामाथि समिति सदस्यहरूलाई थाहा नै नदिई विधेयकमा कुलिङ पिरियडलाई निष्क्रिय पार्ने गरी ‘बाहेक’ शब्द थप गरेको आरोप लाग्दै आएको छ ।
पारित भएको विधेयकको दफा ८२ (४ं) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन,’ भन्ने व्यवस्था छ । यो समितिमा भएको सहमति हो ।
तर, त्यसलाई खण्डित गर्ने गरी दफा ८२ (५) (क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा’ मात्र नियुक्ति लिन नपाइने भन्ने व्यवस्था गरी ‘कुलिङ अफ पिरियड’ को व्यवस्थालाई निष्प्रभावी बनाइएको रहस्योद्घाटन भएको हो ।
विधेयकका विषयमा छलफल गर्ने र प्रतिवेदन तयार पारी प्रतिनिधिसभामा पेस गर्ने जिम्मेवारी पाएको राज्य व्यवस्था समितिले ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ भन्ने व्यवस्था गरेको थियो । तर, त्यसमा थप एक वाक्य थपिएको खुले पछि अहिले तीव्र आलोचना भइरहेको छ ।
The post कुलिङ पिरियड: सभामुख घिमिरेले लिए सभापति खतिवडासँग स्पष्टीकरण appeared first on Gyaan Ghar.
]]>The post प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषद्का निर्णयहरू) appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ, १६ असार । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पर्यटन नीति स्वीकृत गरिएको छ।
गत असार १३ गतेको मन्त्री परिषद् बैठकले प्रत्येक असार १५ गतेलाई राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने पनि निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन् ।
The post प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषद्का निर्णयहरू) appeared first on Gyaan Ghar.
]]>The post लाओसबिरूद्द नेपालको ९-० शानदार जीत, साम्भा एक्लैले हालिन ५ गोल appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ । नेपालले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेलमा नेपालले लाओसविरुद्ध ९–० को फराकिलो जित हासिल गरेको छ ।
आइतबार प्याट्रिक डे वाइल्डको प्रशिक्षणमा एएफसी महिला एसियन कप छनोटको खेलमा नेपालका लागि पहिलो पटक कप्तानको भूमिकामा देखिएकी सावित्रा भण्डारी एक्लैले पाँच गोल गरिन् ।
यसबाहेक उज्वेकिस्तानको तास्केन्दमा आइतबार साँझ सम्पन्न खेलमा अनिता बस्नेत, सरु लिम्बु, रश्मिकुमारी घिसिङ र अनिता केसीले समान एक गोल गरेका थिए भने पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा सात गोल गर्यो ।
नेपालले लाओसविरुद्ध नियमित कप्तान अञ्जिला तुम्बापो सुब्बालाई आराम दिएको थियो । अञ्जिला अनुपस्थित हुँदा आर्मब्याण्ड सावित्राले पाइन भने गोलपोष्ट सुरक्षाको जिम्मेवारी अञ्जना राना मगरलाई दिइएको थियो ।
३–२–३–२ को शैलीमा मैदान उत्रिएको नेपाली टिमको पहिलो रोजाइमा नवनियुक्त प्रशिक्षक प्याट्रिकले रक्षापंक्तिमा गीता राना मगरसँगै निशा थोकर र समीक्षा घिमिरेलाई मौका दिएका थिए ।
यसै गरी डिफेन्सिभ मिडफिल्डमा सरु लिम्बु र सरस्वती हमाल तथा मिडफिल्डको माथिल्लो भागको बिचमा पूर्व कप्तान रेणुका नगरकोटे तथा बायाँ विंग्समा सविता र दायाँ विंग्समा अनितालाई मैदान उतारेका थिए ।
एएफसी महिला एसियन कप छनोटको समूह एफमा नेपालले बुधवार दोस्रो खेलमा श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ भने शनिवार अन्तिम खेलमा घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ ।
समूहको शीर्ष टोलीले अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा सहभागिताको मौका पाउनेछ । नेपाल छनोट भएर पहिलो पटक एसियन कप खेल्दै इतिहास रच्ने लक्ष्यसहित उज्बेकिस्तान पुगेको हो ।
The post लाओसबिरूद्द नेपालको ९-० शानदार जीत, साम्भा एक्लैले हालिन ५ गोल appeared first on Gyaan Ghar.
]]>