Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
हरेक वर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य - Gyaan Ghar

Gyaan Ghar

Advertisement

हरेक वर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य


बेइजिङ, ७ साउन । हरेक जुलाई वा अगस्टमा चिनियाँ राष्ट्रपति सी जिनपिङ एकाएक गायब हुन्छन्, उनी कुनै पनि फोरम वा कार्यक्रममा देखिँदैनन् ।

 

यो रहस्यका बारेमा कमैलाई थाहा होला, आज हामी यसबारेमा जानकारी दिनेछौँ ।

 

यो अगस्टमा पनि राष्ट्रपति सी हराउँदछन् र उनी राजधानी बेइजिङबाट केही समयका लागि बेपत्ता हुदैँछन, यसरी बेपत्ता हुँदा हरेक वर्ष झैँ उनी रिसोर्ट बेदइहेमा हुनेछन् । जहाँ उनले चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग पार्टी, राष्ट्र र अन्तर्राष्ट्रिय सबन्धसहित अर्थतन्त्रका बारेमा छलफल गर्नेछन् ।

 

तर, अन्तर्राष्ट्रिय सर्कलमा भने उनको यो बेपत्ताको बारेमा हरेक वर्ष धेरै अनुमानहरू बाहिर आउँछन्, खासमा यो चिनियाँ कम्युनिस्टको विशेष परम्परा हो । धेरैले यसलाई खास गरी पश्चिमी मिडियाले भने उनको शक्ति माथि खतरा छ भनेर अनुमानको आधारमा धारणा बाहिर ल्याउँछन् ।

खासमा बेइजिङबाट करिब तीन घण्टाको दूरीमा रहेको बेइडाइहे बिदा मनाउने ठाउँ मात्र होइन, चीनको सत्तारुढ कम्युनिस्ट पार्टीका नीतिहरू यहाँ तय हुन्छन्। माओत्सेतुङको पालादेखि नै हरेक गर्मीमा पार्टीका शीर्ष नेताहरू यहाँ भेला हुन्छन्, जसलाई राष्ट्रपति सिले पनि निरन्तरता दिइरहेका छन्  तर यस पटकको माहौल भने अलि फरक रहेको छ ।

 

खासमा सन् २०२५ मा चीनले घरेलु आर्थिक सङ्कट, युवा बेरोजगारी, सम्पत्ति बजारमा गिरावट र विश्वव्यापी दबाबको सामना गरिरहेको छ। यससँगै सी जिनपिङका नजिकका सहयोगीहरूलाई हटाउने वा बेपत्ता पारिएको सनसनी पूर्ण खबरले पनि हलचल मच्चाइरहेको छ।

 

गत वर्ष पनि विदेश मन्त्री किन गाङ र रक्षामन्त्री ली साङ्फुलाई अचानक पदबाट हटाउनु अघि यस्तै गोप्य बास भएको थियो तर लामो मौनताले पार्टीभित्र केही उथलपुथल भइरहेको छ भन्ने प्रश्न उठेको थियो। नभन्दै, उनीहरू पदमुक्त हुनु परेको थियो ।

 

द इकोनोमिस्टको रिपोर्टका अनुसार २०२२ मा तेस्रो कार्यकालका लागि आफूलाई सबैभन्दा लोकप्रिय नेताको रूपमा स्थापित गरेका सी अब भने समस्यामा परेको देखिन्छ। उनी आफ्नो छविलाई लिएर निकै संवेदनशील छन् र त सार्वजनिक रूपमा उनको पछिल्लो अनुपस्थितिले अहिले धेरै प्रश्नहरू खडा गरिरहेको छ।

 

शक्तिमा सीको बलियो पकड चीनको लागि मात्र होइन, सम्पूर्ण विश्वका लागि महत्त्वपूर्ण रहेको छ। चाहे त्यो अमेरिका–चीन सम्बन्ध होस् वा रुससँगको मित्रता वा दक्षिण चीन सागरमा सैन्य नाकाबन्दीको सवालमा नै किन नहोस् । यस्तो अवस्थामा उनको शक्ति कमजोर मात्रै भयो भने यसको असर चीनमा मात्रै सीमित रहने छैन, विश्वव्यापी प्रभाव रहनेछ ।

 

जस कारण हरेक वर्ष अगस्टमा चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू गोप्य ग्रीष्म कालीन बैठकको लागि बेइडाइहे रिट्रिटमा जान्छन् तर यस पटक भने केही फरक रहेको जनाइएको छ। यो गर्मीको मौसममा यस पटक हुने गोप्य वासले केही नयाँ कुरा ल्याउने अनुमान धेरैले गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...