Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Breaking News 1 Archives - Page 6 of 52 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Breaking News 1

मेलम्चीमा भ्रष्ट्राचार गर्ने पूर्व सचिवसहित चार जनालाई ८ वर्षको जेल सजाय

मेलम्चीमा भ्रष्ट्राचार गर्ने पूर्व सचिवसहित चार जनालाई ८ वर्षको जेल सजाय

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई सजाय सुनाइएको छ । विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका पूर्व सचिव गजेन्द्र ठाकुरसहित चार जनालाई सजाय सुनाएको हो । सो मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले गत भदौ २५ गते अदालतले पूर्व सचिव ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो । विशेष अदालतले आज सजाय निर्धारण गर्दै जनही ८ वर्ष १ महिना कैद र बिगो बराबर जरिवानाको फैसला सुनाएको हो । सोही मुद्दामा पूर्व सचिव भीम उपाध्यायसहित ११ जनाले सफाइसमेत पाएका थिए ।
Read More
दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ?

दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ?

काठमाडौँ । भारतको दिल्लीकी मुख्यमन्त्री आतिशी मरलानले आजदेखि आफ्नो कार्यभार सम्हालेकी छन् । तर कार्यभार सम्हाल्ने क्रममा उनले मुख्यमन्त्रीको कुर्सी खालि राखेर अर्को कुर्सिमा बसेपछि विवादित बनेकी छन् । आतिशीले दिल्लीको मुख्यमन्त्रीको रूपमा आफूले अरविन्द केजरीवाललाई नै मान्ने भन्दै चार महिना उनको नाममा आफूले मुख्यमन्त्री चलाउने बताएकी छन् । उनले राम १४ वर्ष वनवास जाँदा भारतले रामको खराउ मागेर सत्ता चलाए जस्तै आफूले खाली कुर्सी राखेर चार महिना मुख्यमन्त्री चलाउने बताएकी छन् । आतिशीको यो कदमको भारतीय जनता पार्टीले आलोचना गरेको छ । भाजपा सांसद मनोज तिवारीले दिल्लीको मुख्यमन्त्रीको पदभार ग्रहण गरे लगत्तै आतिशीको भनाइको खिल्ली उडाएका छन् । तिवारीले आतिशीले…
Read More
संविधानले सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गरेको छ- राष्ट्रपति पौडेल

संविधानले सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गरेको छ- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आज शुभकामना दिँदै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका हुन । उनले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, ‘हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन्, यसका लागि राज्यसत्ताको…
Read More
स्थानीय तहको उपनिर्वाचन मङ्सिर १६ गते हुने

स्थानीय तहको उपनिर्वाचन मङ्सिर १६ गते हुने

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको उपनिर्वाचन आगामी मङ्सिर १६ गते आइतबारका दिन हुने तय गरेको छ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरूले सम्पादन गर्ने कार्यहरूलाई समयबद्ध रूपमा समावेश गरी कार्य तालिका स्वीकृत गरेको हो । कार्य तालिका बमोजिम निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको सूचना यही असोज ९ गते प्रकाशन गरी असोज १० देखि १६ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने, असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा…
Read More
सुमन सामयीको साथ लिँदै राजेन्द्र महतोले घोषणा गरे नयाँ पार्टी

सुमन सामयीको साथ लिँदै राजेन्द्र महतोले घोषणा गरे नयाँ पार्टी

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मङ्गलवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै महतोले आफ्नै नेतृत्वमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक पार्टी घोषणा गरेका हुन् । पार्टी घोषणा गर्दै महतोले देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार संस्कृतिबाट देशलाई मुक्ति दिलाई देशका सबै पहिचान, वर्ग, समुदाय,धर्म, जात—जाति,क्षेत्र,लिङ्गका जनतालाई अधिकार, पहिचान, स्वाभिमान, स्वशासन, सुशासन, संवृद्धि, सामाजिक न्याय तथा सभ्यता र संस्कृतिको रक्षाको निमित्त हिमाल, पहाड, तराई मदेसका जनता अब सँगै मिली एकताबद्ध भई राष्ट्रिय मुक्ति क्रान्ति गर्नु अपरिहार्य भएको बताएका छन् । नयाँ पार्टी घोषणा गरेका महतोले तत्कालै पार्टी दर्ताका लागि…
Read More
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौँ । प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । आज बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा वरिष्ठ न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन् । संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार भदौ १९ मा नै सिफारिस हुनुपर्नेमा अहिलेसम्म परिषद् बैठक बस्न सकेको थिएन । नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषद्मा पठाएको थियो । जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार…
Read More
सुनिता र बुचले राष्ट्रपति निर्वाचनमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट मतदान गर्ने

सुनिता र बुचले राष्ट्रपति निर्वाचनमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट मतदान गर्ने

काठमाडौँ । अन्तरिक्ष स्टेसनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका साथी बुच विल्मोरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाटै राष्ट्रपति निर्वाचनमा मतदान गर्ने भएका छन् । स्पेस स्टेसनबाट पत्रकार सम्मेलन गरेका सुनिता र बुचले अमेरिकी चुनावमा अन्तरिक्षबाट मतदान गर्ने बताएका छन् । भोटिङ सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा बुचले भने, ‘आजबाटै भोटिङसँग सम्बन्धित निर्वाचन प्रक्रिया सुरु गरेको हो । यो महत्त्वपूर्ण कर्तव्य हो । नासाले हामी कसरी भोट गर्न सक्छौँ भनेर काम गरिरहेको छ ।' सुनिता विलियम सले आफू अन्तरिक्षबाट मतदान गर्न उत्साहित भएको बताइन् । ४०० किलोमिटर टाढा रहेको स्पेस सेन्टरबाट सुनिता र बुचले अमेरिकी चुनावमा मतदान गर्न हुलाक मतपत्रको…
Read More
एनपीएलका आठ मार्की खेलाडी कुन फ्रेन्चाईजीमा छानिए ?

एनपीएलका आठ मार्की खेलाडी कुन फ्रेन्चाईजीमा छानिए ?

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ मार्की खेलाडीको फ्रेन्चाईजी चयनको लक्की ड्र सम्पन्न भएको छ । जस अनुसार मार्की खेलाडी करण केसी काठमाडौँ फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यस्तै मार्की खेलाडी कुशल पोखरा फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यसै गरी मार्की खेलाडी  कुशल मल्ल चितवनबाट खेल्ने भएका छन् भने मार्की खेलाडी सन्दीप लामिछाने विराटनगर फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यस्तै मार्की खेलाडी रोहित पौडेल लुम्बिनीबाट खेल्ने भएका छन् भने मार्की खेलाडी आसिफ सेख जनकपुर टिमबाट खेल्ने भएका छन् ।  त्यस्तै मार्की खेलाडी सोमपाल कामी कर्णालीबाट र मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी…
Read More
सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टा !

सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टा !

काठमाडौँ। सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरूको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीले लेखेका छन्- 'खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनुहुँदैन, कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकाले त्यसबाट घटाएर हरेक दिन १: ३० देखि २ बजेसम्म कायम गरिएको छ ।' प्रधानमन्त्री ओलीले कार्यालयको खाजा समयको नियमलाई उल्लङ्घन गरेको पाइएमा हेलो सरकारमा गुनासो गर्न आग्रह गरेका छन् ।
Read More
नेपाली राष्ट्रिय क्रिकेटले श्रीलङ्कामा तीन अभ्यास खेल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेटले श्रीलङ्कामा तीन अभ्यास खेल खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलङ्कामा अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपाली टिमले श्रीलङ्कामा श्रीलङ्का डेभलपमेन्ट स्वक्वाडसँग तीन एक दिवसीय खेल खेल्ने भएको छ । नेपालले आइसिसी क्रिकेट विश्वकपको लिग - २ को तयारीका लागि श्रीलङ्कामा अभ्यास खेल्ने भएको हो । नेपालले पहिलो खेल सेप्टेम्बर ३ मा. दोस्रो खेल सेप्टेम्बर ५ मा र तेस्रो खेल सेप्टेम्बर ७ मा खेल्ने भएको छ । श्रीलङ्कामा अभ्यास खेल खेल्न नेपालले १७ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण…
Read More