Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Breaking News 1 Archives - Page 10 of 52 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Breaking News 1

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिमाललाई राजनीतिक सल्लाहकार नियुक्त गरेको हो । रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकारको भूमिकामा थिए । त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । खतिवडा पूर्व अर्थमन्त्री हुन् ।
Read More
उपप्राध्यापक हुँदै शिक्षामन्त्रीसम्म !

उपप्राध्यापक हुँदै शिक्षामन्त्रीसम्म !

काठमाडौँ । कास्की- २ बाट निर्वाचित नेकपा एमालेकी सांसद विद्या भट्टराई शिक्षामन्त्री बनेकी छन् । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारमा भट्टराईलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएका हुन् । भट्टराई स्वर्गीय एमाले नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । पर्यटन मन्त्री रहेकै बेला २०७५ साल फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परेर अधिकारीको निधन भएपछि विद्या  उपनिर्वाचनमा कास्की- २ बाट पहिलो पटक सांसद बनेकी थिइन् । राजनीतिमा आउनुअघि उनी त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक थिइन् । अनेरेस्वबियुको राजनीतिमै रहेका बेला रवीन्द्रसँग विवाह गरेपछि उनले राजनीति छोडेर अध्यापनमा लागेकी थिइन् । उनी एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईकी बहिनी हुन् ।
Read More
ओली सरकारको पहिलो मन्त्रिपरिषद्ले के के निर्णय गर्‍यो ?

ओली सरकारको पहिलो मन्त्रिपरिषद्ले के के निर्णय गर्‍यो ?

काठमाडौँ । सरकारले नेपाललाई एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने घोषणा गरेको छ । नयाँ सरकार गठन भएर सोमबार बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । बैठकले बाढी पहिरोमा मृतकका परिवारलाई राहत प्रदान गर्ने, २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिका मुक्त बनाउने, ३०० दिन भित्र कीर्तिपुरस्थित क्रिकेट स्टेडियममा फ्लडलाइट र प्याराफिट निर्माण गर्ने, जाजरकोट केन्द्र भएर गएको भूकम्पका प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम उपलब्ध गराउने, विपदमा बेपत्ता भएका र १० दिनभित्र नभेटिएकाहरूलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिएका छन्…
Read More
एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वी सुब्बा सञ्चार मन्त्री बन्दै

एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वी सुब्बा सञ्चार मन्त्री बन्दै

काठमाडौँ । नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुङ्गिएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरूको नाम टुङ्गाएको हो । जस अनुसार विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वी सुब्बा गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल भौतिक योजना मन्त्री बन्ने भएका छन् भने विद्या भट्टराईले शिक्षा मन्त्रीको जिम्मेवारी पाउने भएकी छन् । त्यस्तै मानवीर राई रक्षा मन्त्री बन्दै छन् भने उद्योग मन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओली र नयाँ मन्त्रीहरूले आजै बिहान ११ बजे शपथ लिने कार्यक्रम रहेको छ ।
Read More
प्रधानमन्त्री नियुक्त भएपछि ओलीको प्रतिक्रिया- ‘सबैमा सम्मान । सबैलाई धन्यवाद !!’

प्रधानमन्त्री नियुक्त भएपछि ओलीको प्रतिक्रिया- ‘सबैमा सम्मान । सबैलाई धन्यवाद !!’

काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएपछि केपी शर्मा ओलीले पहिलो प्रतिक्रिया दिँदै सबैमा सम्मान र सबैलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै ओलीले भनेका छन्- 'सबैमा सम्मान । सबैलाई धन्यवाद !!' राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनी चौथो पटक प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले प्रधानमन्त्री पदको शपथ सोमबार बिहान ११ बजे लिने भएका छन् ।
Read More
नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रुचि थिएन र छैन- प्रधानमन्त्री

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रुचि थिएन र छैन- प्रधानमन्त्री

राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बुधबार समितिका सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर ः रत्न श्रेष्ठ / रासस काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रुचि नभएको प्रस्ट पारेका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विगतको राजनीतिक घटनाक्रम स्मरण गर्दै आफूलाई नैतिकताको पाठ नसिकाउन सुझाव दिए । “नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन मलाई कुनै रुचि थिएन र छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “प्राविधिक तयारीका समय आवश्यक हुँदैनथ्यो भने म भोलिपल्टै पनि विश्वासको मतका लागि तयार थिएँ । मैले दश…
Read More
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बुधबार समितिका सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर ः रत्न श्रेष्ठ / रासस काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  ले आज संसद्मा विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ । सरकारलाई समर्थन गरेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।  संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेस र एमालेबिच नयाँ गठबन्धन बनाउने सहमति…
Read More
रास्वपालाई रवि लामिछाने क्लबले हाई ज्याक गरेको छ- मुकुल ढकाल

रास्वपालाई रवि लामिछाने क्लबले हाई ज्याक गरेको छ- मुकुल ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रवि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन् । बुधवार पत्रकार सम्मेलन गर्दै डा. ढकालले सरकारमा गएर काम गर्न नसकेको विषय उठाएपछि विवाद भएको बताएका हुन् । आफूले पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि आफूले जनतासँग कुरा गरेको बताउँदै ढकालले पार्टीलाई क्लबको जस्तो गरी चलाएको आरोप लगाएका छन् । उनले पार्टीलाई रवि लामिछानेको क्लबको रूपमा हाई ज्याक गरेर चलाइएको आरोप समेत लगाए । उनले रवि लामिछानेको क्लबबाट मुक्त गराउने बताए । ढकालले आफूलाई प्रचलित कानुन विपरीत कारबाही गरिएको बताउँदै राजनीतिक दलसम्बन्धी ऐन अनुसार स्पष्टीकरणको म्याद नै…
Read More
फ्रान्सलाई हराउँदै स्पेन युरो कपको फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन युरो कपको फाइनलमा

काठमाडौँ । स्पेन युरो कपको फाइनलमा पुगेको छ । जारी युरो कपको सेमिफाइनलमा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको फाइनलमा पुगेको हो । स्पेनको जितमा लामिन यमल र डानी ओल्मोले एक एक गोल गरेका थिए । त्यस्तै फ्रान्सका लागि एक गोल राण्डल कोलो मुआनीले एक गोल गरेका थिए । यस खेलमा स्पेनका लागि पहिलो गोल गरेका यमलले १६ वर्षको उमेरमा युरो कपमा गोल गर्दै अहिलेसम्म सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् । यो जितपछि स्पेन पाँचौँ पटक युरो कपको फाइनलमा पुगेको छ । स्पेनले यस अघि तीन पटक युरो कपको उपाधि जितेको छ भने एक पटक…
Read More
फ्रान्सका वामपन्थी गठबन्धनका नेता भन्छन्, प्यालेस्टाइन राज्यलाई मान्यता दिन्छौँ

फ्रान्सका वामपन्थी गठबन्धनका नेता भन्छन्, प्यालेस्टाइन राज्यलाई मान्यता दिन्छौँ

काठमाडौँ । फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यु पपुलर फ्रन्टका नेता जीन लुक मेलेन्सनले आफ्नो गठबन्धनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका छन् । हालै चार युरोपेली देश स्पेन, नर्वे, आयरल्यान्ड र स्लोभेनियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन् । आइतबार भएको दोस्रो र अन्तिम चरणको निर्वाचनमा नयाँ पपुलर फ्रन्टले १८२ सिटमा अग्रता लिएको छ र आगामी सरकारमा ठुलो भूमिका खेल्ने भएको छ ।  मेलेन्चोनले आगामी प्रधानमन्त्री नयाँ पपुलर फ्रन्टबाट हुने बताए ।  एक साताअघि भएको पहिलो चरणको निर्वाचनमा चरम दक्षिणपन्थी दल नेशनल र्‍याली बहुमततर्फ अघि बढे पनि गत आइतबार भएको दोस्रो र अन्तिम चरणमा भने तेस्रो स्थानमा झरेको थियो । राष्ट्रपति…
Read More