Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Warning: Cannot modify header information - headers already sent by (output started at /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php:6170) in /home/unitedrukum/gyaanghar.com/wp-includes/feed-rss2.php on line 8
साहित्य Archives - Gyaan Ghar https://gyaanghar.com/category/साहित्य/ Welcome Wed, 23 Jul 2025 13:43:57 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0 https://gyaanghar.com/wp-content/uploads/2023/08/cropped-gyaan-ghr-logo-32x32.png साहित्य Archives - Gyaan Ghar https://gyaanghar.com/category/साहित्य/ 32 32 लालझाडीमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश ‘ लोकार्पण https://gyaanghar.com/2025/07/23/%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a4%9d%e0%a4%be%e0%a4%a1%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a4%be%e0%a4%a5%e0%a4%be%e0%a4%b0%e0%a5%81-%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%be/ https://gyaanghar.com/2025/07/23/%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a4%9d%e0%a4%be%e0%a4%a1%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a4%be%e0%a4%a5%e0%a4%be%e0%a4%b0%e0%a5%81-%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%be/#respond Wed, 23 Jul 2025 13:43:57 +0000 https://gyaanghar.com/?p=10933   आदिवासी रानाथारु जातिको भाषा र व्याकरणको खोज अनुसन्धान अघि बढेको छ।यसै क्रममा प्रा डा. दुविनन्द ढकाल,शिक्षक राजकुमार राना र नेपाल रानाथारूका केन्द्रीय अध्यक्ष, भाषाविद् कमल सिंह रानाको संयुक्त सङ्कलन,लेखन तथा सम्पादनमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश’ प्रकाशित भएको थियो । उक्त शब्दकोशको लोकार्पण यही साउन ३ गते कञ्चनपुरस्थित लालझाडी गाउँपालिकामा आयोजित कार्यक्रमका प्रमुख अतिथि […]

The post लालझाडीमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश ‘ लोकार्पण appeared first on Gyaan Ghar.

]]>

  आदिवासी रानाथारु जातिको भाषा र व्याकरणको खोज अनुसन्धान अघि बढेको छ।यसै क्रममा प्रा डा. दुविनन्द ढकाल,शिक्षक राजकुमार राना र नेपाल रानाथारूका केन्द्रीय अध्यक्ष, भाषाविद् कमल सिंह रानाको संयुक्त सङ्कलन,लेखन तथा सम्पादनमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश’ प्रकाशित भएको थियो । उक्त शब्दकोशको लोकार्पण यही साउन ३ गते कञ्चनपुरस्थित लालझाडी गाउँपालिकामा आयोजित कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका डिन तथा प्रा. डा. दुविनन्द ढकालले गर्नुभएको थियो ।उहाँले ‘रानाथारु भाषाको व्याकरण र शब्दकोश’ले रानाथारु समुदायको भाषा र विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने , लेखनमा शुद्धता र लिपिबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो।
 विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य मातृभाषा,कोष तथा व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपालीले आदिवासी जनजातिले भाषा,साहित्य र संस्कृति बचाउन सके मात्रै आआफ्नो अस्तित्व र पहिचान जोगिने बताउँदै ‘रानाथारु भाषाको व्याकरण र शब्दकोश’ले रानाथारुको भाषा, साहित्य र संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनु भएको थियो ।उहाँले यस्ता महत्त्वपूर्ण कार्यमा प्रज्ञा-प्रतिष्ठान सदैव सहयोग गर्न तत्पर रहेको उल्लेख गर्नुभएको थियो।
 कार्यक्रममा विशिष्ट अतिथि लालझाडी गाउँपालिकाका प्रमुख निर्मल राना, रानाथारु भाषाविद् ,भूमि आयोग कैलालीका विज्ञ सदस्य , नेपाल रानाथारु समाज केन्द्रीय अध्यक्ष तथा लेखक कमल सिंह राना, रानाथारु समुदायका साहित्यकार पदम राना, नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक मोहन चौधरी रहनुभएको थियो ।
 नेपाल रानाथारु समाज केन्द्रीय महासचिव तीर्थराज राना, नेपाल रानाथारु समाज पूर्व महासचिव तथा लेखक राजकुमार राना , रानाथारु उत्थान मञ्चका सल्लाहकार धोके राना, वार्ड अध्यक्ष आशाराम राना, प्रकाश राना, गोमती राना, अमर राना, घुम्मन राना, भोजराज राना, भक्त राना लगायतका व्यक्तिहरू अतिथि रहनुभएको थियो । सभाध्यक्ष नेपाल रानाथारु महिला सङ्घका अध्यक्ष प्रेमवती रानाले उक्त पुस्तकले रानाथारु समुदायको भाषा , साहित्य र संस्कृतिको विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने आशा व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।
 सम्प्रेषण :प्राज्ञ चेतनाथ धमला

The post लालझाडीमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश ‘ लोकार्पण appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/23/%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a4%9d%e0%a4%be%e0%a4%a1%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a4%be%e0%a4%a5%e0%a4%be%e0%a4%b0%e0%a5%81-%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%be/feed/ 0
कुलपति राईद्वारा दुवाल र चन्द ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट पुरस्कृत  https://gyaanghar.com/2025/07/16/%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%b2-%e0%a4%b0/ https://gyaanghar.com/2025/07/16/%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%b2-%e0%a4%b0/#respond Wed, 16 Jul 2025 15:43:04 +0000 https://gyaanghar.com/?p=10928  काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ २०८१ अर्पण समारोहको आयोजना गरेको हो । कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभयो। कुलपति भूपाल राईले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ जनमत साहित्यिक मासिकका प्रधान सम्पादक तथा वरिष्ठ […]

The post कुलपति राईद्वारा दुवाल र चन्द ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट पुरस्कृत  appeared first on Gyaan Ghar.

]]>

 काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ २०८१ अर्पण समारोहको आयोजना गरेको हो । कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभयो।
कुलपति भूपाल राईले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ जनमत साहित्यिक मासिकका प्रधान सम्पादक तथा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ डोट्याली भाषाको साहित्यिक पत्रिका ‘गुगुल्डी’ मासिकका सम्पादक वीरबहादुर चन्दलाई अर्पण गर्नुभयो। उक्त पुरस्कारको राशि जनही ५०,०००/ (पचास हजार )रुपैयाँ र ताम्रपत्र रहेको छ।
  यस क्रममा कुलपति राईले लोकतान्त्रिक गणतन्त्रको मूल मर्म समावेशीकरण भएकाले साहित्यिक पत्रकारितालाई पनि बहुभाषिक बनाउन जोड दिँदै प्रज्ञा-प्रतिष्ठानले यस क्षेत्रलाई प्रोत्साहित गर्ने गरी पुरस्कार र सहयोगको व्यवस्था गरेको बताउनुभयो। प्राज्ञ पनि साहित्यिक पत्रकारिताकै उपज भएको उल्लेख गर्दै बदलिँदो समयानुकूल प्रविधि मैत्री हुँदै अघि बढ्नुपर्ने चुनौती साहित्यिक पत्रकारितामा रहेको ओैल्याउनुभयो।यसले सम्पूर्ण भाषा सेवी र सर्जकलाई बौद्धिक खुराक प्रदान गर्दछ। प्राज्ञिक र सांस्कृतिक सत्ता निर्माण गर्न साहित्यिक पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको कुरा कुलपति राईले बताउनुभएको हो।
पुरस्कृत व्यक्तित्व मोहन दुवालले प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कारबाट आफू पुरस्कृत हुन पाउँदा साहित्यिक पत्रकारितामा थप जिम्मेवारी बनाएको महसुस भएको बताउनुभयो ।उहाँले आफ्नो जीवन नै साहित्यिक पत्रकारिता भएकाले यसमै आफ्नो इगो रहेको उल्लेख गर्नुभयो । साहित्यिक पत्रकारिताका क्षेत्रमा राज्यका निकायबाट हुने गरेका विभेदका बारेमा चर्चा गर्दै प्रज्ञा-प्रतिष्ठानले ढिलै भए पनि सम्झिएकोमा विशेष आभार व्यक्त गर्नुभयो। अर्का पुरस्कृत व्यक्तित्व ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत वीरबहादुर चन्दले डोट्याली भाषा नेपाली भाषाको पनि आमा मानिएकाले ‘गुगुल्डी’ प्रकाशित गरेर भाषा साहित्यमा सेवा गरेको चर्चा गर्दै मातृभाषाको जगेर्नामा आफू लागिरहने बताउनुभयो ।
विशेष अतिथि ,वरिष्ठ साहित्यकार तथा पत्रकार पुरुषोत्तम दाहालले नेपालका सम्पूर्ण भाषाहरूको संरक्षण गरे मात्रै साहित्य र संस्कृति समृद्ध बन्ने बताउनुभयो। उहाँले लेखक, साहित्यकार र पत्रकार लोकतान्त्रिक र अग्रगामी हुने कुरामा आफू आश्वस्त रहेको बताउँदै प्रज्ञा-प्रतिष्ठानले नयाँ नयाँ खोज अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो ।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले विशेष योगदान पुर्‍याएका साहित्यिक पत्रकारलाई मात्रै प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार दिने कार्यविधिअनुरूप प्रतिभाको छनौट गरेको बताउनुभयो। उहाँले मोहन दुवाल र वीरबहादुर चन्द दीर्घ सेवी साहित्यिक पत्रकार मात्रै होइनन्,यस क्षेत्रका इतिहास भएको उल्लेख गर्नुभयो ।साथै साहित्यिक पत्रिका सहयोग कोषको मूल धन बढाउने प्रतिबद्धता धन्यवाद मन्तव्यमा बताउनुभयो।
 प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य गद्य विभाग प्रमुख अमर न्यौपानेले संस्कृत भाषामा गुरुकुल भए जस्तै प्रत्येक मातृभाषामा पनि गुरुकुल आवश्यक रहेको बताउनुभयो।उहाँले प्रत्येक भाषाबाट साहित्यिक पत्रकारिता भएमा त्यो बाँच्ने र समृद्ध हुने बताउँदै प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार प्रदान गर्दा प्रतिष्ठानले विशिष्ट प्रतिभाको चयन गरेको कुरा आफ्नो स्वागत मन्तव्यमा बताउनुभयो ।
कार्यक्रमको उद्घोषण प्रज्ञासभा सदस्य चेतनाथ धमलाले गर्नुभयो।
 सम्प्रेषण :प्राज्ञ चेतनाथ धमला

The post कुलपति राईद्वारा दुवाल र चन्द ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट पुरस्कृत  appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/16/%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%b2-%e0%a4%b0/feed/ 0
टुक्का सर्जक भेटघाट तथा टुक्का सङ्ग्रह’काव्य कलश’को लोकार्पण सम्पन्न  https://gyaanghar.com/2025/07/06/%e0%a4%9f%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%95-%e0%a4%ad%e0%a5%87%e0%a4%9f%e0%a4%98%e0%a4%be%e0%a4%9f-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%9f/ https://gyaanghar.com/2025/07/06/%e0%a4%9f%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%95-%e0%a4%ad%e0%a5%87%e0%a4%9f%e0%a4%98%e0%a4%be%e0%a4%9f-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%9f/#respond Sun, 06 Jul 2025 02:55:03 +0000 https://gyaanghar.com/?p=10890  काठमाडौँ । कविताको लघुतम रूपमध्ये टुक्का कविता पनि एक हो ।२०७७ साल साउन २५ गते कवि ताराप्रसाद चापागाईँद्वारा प्रवर्तित टुक्का दुई हरफमा रचिने ५ देखि २७ अक्षरीय संरचनामा अनुबन्धित अनुप्रासयुक्त कविता हो।यस सिद्धान्तलाई आत्मसात् गर्दै टुक्का सर्जक भेटघाट तथा टुक्काकार अमृता रसाइली ‘रामदाम’ द्वारा रचित टुक्का कविता सङ्ग्रह ‘काव्य कलश’ लोकार्पण कार्यक्रमको आयोजना भयो।  प्रमुख अतिथि नेपाल […]

The post टुक्का सर्जक भेटघाट तथा टुक्का सङ्ग्रह’काव्य कलश’को लोकार्पण सम्पन्न  appeared first on Gyaan Ghar.

]]>
 काठमाडौँ । कविताको लघुतम रूपमध्ये टुक्का कविता पनि एक हो ।२०७७ साल साउन २५ गते कवि ताराप्रसाद चापागाईँद्वारा प्रवर्तित टुक्का दुई हरफमा रचिने ५ देखि २७ अक्षरीय संरचनामा अनुबन्धित अनुप्रासयुक्त कविता हो।यस सिद्धान्तलाई आत्मसात् गर्दै टुक्का सर्जक भेटघाट तथा टुक्काकार अमृता रसाइली ‘रामदाम’ द्वारा रचित टुक्का कविता सङ्ग्रह ‘काव्य कलश’ लोकार्पण कार्यक्रमको आयोजना भयो।
 प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी लगायतले ‘काव्य कलश’को संयुक्त रूपमा अनामनगरस्थित डालो रेस्टुरेन्टको सभा हलमा लोकार्पण गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले जीवनको प्रयोगमा साहित्य रहेको उल्लेख गर्दै परम्परागत शैलीमा मात्र सीमित रहेर लेखिनाले साहित्यको प्रभाव क्षमता क्षीण हुन सक्छ। यसैले प्रयोगात्मक साहित्यिक प्रवृत्तिहरूको उत्थानमा योगदान गर्नुपर्ने समय आएको बताउनुभयो । दुई हरफभित्र पूर्ण सन्देश दिन सक्ने लघुतम काव्यिक संरचना टुक्का कविता आजको नेपाली साहित्यमा लोकप्रिय विधाको रूपमा स्थापित हुँदै गएको बारे चर्चा गर्नुभयो । उहाँले टुक्का कविताका प्रवर्तक  ताराप्रसाद चापागाईँ र काव्य कलशकी सर्जक अमृता रामदामका बारेमा धारणा राख्नुभयो।
 कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य चेतनाथ धमलाले नेपाली भाषामा प्रचलित साहित्यिक विधाहरूमा टुक्का कविता छोटो, लयात्मक, गेयात्मक र प्रभावशाली अभिव्यक्तिको माध्यम भएको हुँदा यो आजको आवश्यकता अनुसारको मौलिक विधा हो भन्दै यसको सैद्धान्तिक पक्ष र व्यापकता बारे धारणा राख्नुभयो। विशिष्ट अतिथि तथा महाकाव्यकार कलानिधि दाहालले टुक्का कविता छोटो समयमै सिर्जनात्मक अभिव्यक्तिको राम्रो माध्यम भएको बताउँदै नियमित लेखनमार्फत यसको विकास र विस्तार आवश्यक रहेको उल्लेख गर्नुभयो।
 अर्का विशिष्ट अतिथि राधेश्याम लेकालीले टुक्का कवितालाई नेपाली भाषामा प्रयोग भएका विधामध्ये उत्कृष्ट र लोकप्रिय विधा मान्दै नेपाल प्रज्ञा–प्रतिष्ठानजस्ता संस्थाले यस्ता विधाको संरक्षण र प्रवर्द्धनमा अग्रसर हुनुपर्ने धारणा राख्नुभयो। भरतपुर–२ चितवन निवासी सर्जक अमृता रामदामद्वारा लेखिएको ‘काव्य कलश’ नामक टुक्का कविता सङ्ग्रहको समीक्षा टुक्का साहित्य समाजका सल्लाहकार रामशरण न्यौपानेले गर्नुभएको हो। मुक्तक अभियन्ता सुनिल अधिकारीले काव्य कलशका सर्जक रामदामको चर्चा गर्दै टुक्का कविता मुक्तक जस्तै शैलीमा लेखिने तर विधागत नियम फरक भएको टुक्का कविताले नेपाली साहित्यमा छुट्टै स्थान बनाउँदै गएको चर्चा गर्दै शुभकामना मन्तव्य राख्नुभयो ।
यसै गरी कार्यक्रममा कवि जनार्दन अधिकारी धड्कन तथा समीक्षक अरुणबहादुर खत्री नदीलगायतका अतिथिको उपस्थित रह्यो । कार्यक्रमको स्वागत मन्तव्य समाजका कोषाध्यक्ष होमप्रसाद न्यौपानेले गर्नुभयो भने सदस्य शोभा आचार्य गौतमले टुक्का कविता विधा र टुक्का साहित्य समाजको गतिविधिबारे सङ्क्षिप्त जानकारी दिनुभयो।
 कार्यक्रममा ललिता दोषी, सुशील रिजाल, पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’, कृष्णबहादुर वैद्य, हरिगोपाल प्रधान, डम्बर थामी ‘अनुपम’, कल्पना मरासैनी, सुरेशचन्द्र घिमिरे, वासुदेव ठकुरी, राजेशराज गइतौला, रचना मोक्तान ‘यात्री’, पवन कुमार बुढाथोकी, प्रमोद नेपाल, इन्दु श्रेष्ठ, तिलक गाउँले, सङ्गी काली, शोभा आचार्य गौतम, रामप्रसाद पुरी, दीपा गुरुङ ‘समभाव’, राजकुमार राजभण्डारी, कल्पना भण्डारी, सुमित्रा पोखरेल, रुविना कट्टेल, कृष्ण घिमिरे लगायतका सर्जकहरूले आ-आफ्ना टुक्का कविताहरू वाचन गर्नुभयो। टुक्का साहित्य समाजका अध्यक्ष तथा टुक्का प्रवर्तक  ताराप्रसाद चापागाईँले टुक्का उत्कृष्ट काव्य बन्नका लागि आवश्यक सैद्धान्तिक तत्त्वहरूलाई ध्यान दिई यसको लेखन सिल्पबारे चर्चा गर्दै छोटो अवधिम‌ै टुक्का कविताले व्यापकता पाउनुमा सबै सर्जकको योगदान रहेको बताउनुभयो ।कार्यक्रमको सञ्चालन टुक्का साहित्य समाजका सदस्य रामप्रसाद पुरीले गर्नुभयो।

The post टुक्का सर्जक भेटघाट तथा टुक्का सङ्ग्रह’काव्य कलश’को लोकार्पण सम्पन्न  appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/06/%e0%a4%9f%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%95-%e0%a4%ad%e0%a5%87%e0%a4%9f%e0%a4%98%e0%a4%be%e0%a4%9f-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%9f/feed/ 0
विचार चौतारीमा वर्गीय पहिचानको चर्चा  https://gyaanghar.com/2025/06/28/%e0%a4%b5%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%9a%e0%a5%8c%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a4%b9/ https://gyaanghar.com/2025/06/28/%e0%a4%b5%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%9a%e0%a5%8c%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a4%b9/#respond Sat, 28 Jun 2025 02:03:52 +0000 https://gyaanghar.com/?p=10850 असार १४, काठमाडौँ । समावेशिताको कानुन बनाउँदा वर्गीय पहिचान धरापमा पर्दै गएको विचार चौतारीमा तर्क उठेको छ । प्रगतिशील लेखक सङ्घ, नेपाल वैचारिक विमर्श तथा परिसंवाद विभागको ८०औँ शृङ्खलाको अवसरमा सो तर्क उठेको हो । असार १३ गते नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नक्सालमा आयोजित कार्यक्रम प्रति टिप्पणी गर्दै प्रलेसका पूर्व अध्यक्ष डा.मधुसूदन गिरीले आफ्नो […]

The post विचार चौतारीमा वर्गीय पहिचानको चर्चा  appeared first on Gyaan Ghar.

]]>
असार १४, काठमाडौँ । समावेशिताको कानुन बनाउँदा वर्गीय पहिचान धरापमा पर्दै गएको विचार चौतारीमा तर्क उठेको छ । प्रगतिशील लेखक सङ्घ, नेपाल वैचारिक विमर्श तथा परिसंवाद विभागको ८०औँ शृङ्खलाको अवसरमा सो तर्क उठेको हो ।
असार १३ गते नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नक्सालमा आयोजित कार्यक्रम प्रति टिप्पणी गर्दै प्रलेसका पूर्व अध्यक्ष डा.मधुसूदन गिरीले आफ्नो फेसबुक वालमा लेख्नु भएको छ,
हिजो प्रलेसको विचार चौतारी( परिसंवादको परिवर्तित नाम) को८० औँ शृङ्खलामा ‘ नेपालको गणतान्त्रिक आन्दोलनमा लेखकहरूको भूमिका ‘ शीर्षकमा वरिष्ठ वामपन्थी लेखक तथा प्रगतिशील लेखक मोहनविक्रम सिंहले कार्यपत्र र प्रा डा जीवेन्द्रदेव गिरीले टिप्पणी गर्नु भयो । उक्त कार्यक्रममा ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति श्री नारदमुनि हार्तम्छालीले राष्ट्रिय र वर्गीय पहिचानबिनाको वैयक्तिक वा नशलीय पहिचानले राष्ट्र टुक्रिन्छ यसैले पहिचानलाई राष्ट्र र वर्गसँग जोडेर लैजानु पर्छ भन्ने गम्भीर विचार राख्नु भयो। साथै उहाँले यो पटकको राष्ट्रिय कविता महोत्सवमा एउटा पनि प्रगतिशील कविता नपरेको पनि भन्नु भयो।( वास्तवमा यी ३ वर्षमा केही प्रदेशबाट आजसम्म एउटै निर्णायक हुन योग्य नठानिए पनि ५ जना मध्य १ जना प्रगतिशील कविलाई निर्णायकको भाग छुट्टाउने गरेकै छ )।यो पङ्क्तिकारले पनि सधैँ नेपालको संविधान २०७२ अपूर्ण छ यसले पछि परेका सीमान्तकृतलाई पहिचान दिन व्यवस्था गरेको समावेशी प्रतिनिधित्वले क्षेत्रका पछि परेका समुदायको भाग खोसेर २२ औँ पटक शरदसिंह भण्डारीलाई मन्त्री बन्ने अवसर दियो,जातिका नाममा विनोद चौधरी र पछि परेका महिलाको नाममा आरजु राणा देउवालाई मन्त्री बन्ने अवसर दियो ।त्यसैले यो संविधानको कमी वर्गीय पहिचान नजोडिनु हो भन्ने मत राख्दै आएको छ।

The post विचार चौतारीमा वर्गीय पहिचानको चर्चा  appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/06/28/%e0%a4%b5%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%9a%e0%a5%8c%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a4%b9/feed/ 0
साहित्यकारहरूको उच्च दार्शनिक तथा वैचारिक स्तर हुनुपर्दछ ः मोहनविक्रम सिंह   https://gyaanghar.com/2025/06/27/%e0%a4%b8%e0%a4%be%e0%a4%b9%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%9a%e0%a5%8d%e0%a4%9a-%e0%a4%a6%e0%a4%be%e0%a4%b0/ https://gyaanghar.com/2025/06/27/%e0%a4%b8%e0%a4%be%e0%a4%b9%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%9a%e0%a5%8d%e0%a4%9a-%e0%a4%a6%e0%a4%be%e0%a4%b0/#respond Fri, 27 Jun 2025 15:01:04 +0000 https://gyaanghar.com/?p=10840 असार १३, काठमाडौँ । साहित्यकारका अगाडि एउटा स्वतन्त्र, सम्पन्न, सुखी र सुन्दर समाजको निर्माण गर्ने महान् जिम्मेवारी भएको प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहले बताउनुभयो । प्रगतिशील लेखक सङ्घ, नेपाल वैचारिक विमर्श तथा परिसंवाद विभागको आयोजित ८०औँ शृङ्खलाको अवसरमा वहाँले सो धारणा राख्नुभएको हो । असार १३ गते नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नक्सालमा आयोजित कार्यक्रममा साहित्यकार […]

The post साहित्यकारहरूको उच्च दार्शनिक तथा वैचारिक स्तर हुनुपर्दछ ः मोहनविक्रम सिंह   appeared first on Gyaan Ghar.

]]>
असार १३, काठमाडौँ । साहित्यकारका अगाडि एउटा स्वतन्त्र, सम्पन्न, सुखी र सुन्दर समाजको निर्माण गर्ने महान् जिम्मेवारी भएको प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहले बताउनुभयो । प्रगतिशील लेखक सङ्घ, नेपाल वैचारिक विमर्श तथा परिसंवाद विभागको आयोजित ८०औँ शृङ्खलाको अवसरमा वहाँले सो धारणा राख्नुभएको हो ।
असार १३ गते नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नक्सालमा आयोजित कार्यक्रममा साहित्यकार मोहनविक्रम सिंहले नेपालमा राणा शासनको अन्त्य, पञ्चायती तानासाही शासनको अन्त्य, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनामा राजनीतिक दलका साथै साहित्यकार, बुद्धिजीवीहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको बताउँदै वहाँले राजनीतिक रूपले आन्दोलन सञ्चालन गरेर मात्र प्रतिगमनका विरुद्धको आन्दोलन सशक्त रूपले अगाडि बढ्न वा प्रतिगमनमाथि निर्णयात्मक विजय प्राप्त गर्न सम्भव नहुने हुँदा वैचारिक स्तरमा पनि ठुलो अभियान सञ्चालन गर्नुपर्ने र त्यो कार्य लेखक र साहित्यकारहरू अगाडि आएपछि नै पूरा हुन सक्ने बताउनुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालको समेत सहकार्य रहेको कार्यक्रममा प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहले गणतन्त्रको रक्षा र प्रतिगमनका विरुद्धको सङ्घर्षका प्रश्नमा मात्र होइन, समाजलाई दीर्घकालीन प्रकारले रूपान्तरण गर्नका लागि पनि साहित्यकारहरूले उच्च दार्शनिक वा वैचारिक स्तरमा आफूलाई ढाल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
साहित्यकार मोहनविक्रमको प्रस्तुतिमा माथि टिप्पणी गर्दै प्रलेसका पूर्व अध्यक्ष तथा सल्लाहकार प्रा.डा.जीवेन्द्रदेव गिरीले प्रगतिशील साहित्यकारहरूले गलतलाई गलत र सहीलाई सही भन्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताउनुभयो । वहाँको टिप्पणी थियो, मोहनविक्रमको कार्यपत्र सूत्रात्मक छ, यस प्रकारको विचारलाई थप लेखन तथा अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता छ ।
वैचारिक विमर्श तथा परिसंवाद विभागका संयोजक समीर सिंहको अध्यक्षतामा अगाडि बढेको कार्यक्रममा सञ्चालन विभागका सदस्य कुशल बोगटी तथा स्वागत अर्का सदस्य डा.कृष्ण सुवेदी भारद्वाजले गर्नुभएको थियो । साहित्यकार मोहनविक्रम सिंहको कार्यपत्र महासचिव पारस ढकालले वाचन गर्नुभएको थियो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हातर्मछालीले धन्यवाद मन्तव्य राख्नुभएको कार्यक्रममा पूरक टिप्पणी गर्नेहरूमा मातृका पोखरेल, डा.मधुसूदन गिरी, डा.पुष्करराज भट्ट, जगत् वाशिष्ठ, हेमराज आश्रम, गणेशा कार्की, नमुना शर्मा, ईश्वरी शर्मा, वैरागी जेठा लगायत हुनुहुन्थ्यो । त्यसरी उत्पन्न टिप्पणीहरूको अन्तमा साहित्यकार मोहनविक्रम सिंहले जवाफ दिनुभएको थियो ।

The post साहित्यकारहरूको उच्च दार्शनिक तथा वैचारिक स्तर हुनुपर्दछ ः मोहनविक्रम सिंह   appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/06/27/%e0%a4%b8%e0%a4%be%e0%a4%b9%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%9a%e0%a5%8d%e0%a4%9a-%e0%a4%a6%e0%a4%be%e0%a4%b0/feed/ 0
कवयित्री रेणुका श्रेष्ठको ‘भावनाका लहरहरू’बालकविता सङ्ग्रहको लोकार्पण https://gyaanghar.com/2025/06/15/%e0%a4%95%e0%a4%b5%e0%a4%af%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%b0%e0%a5%87%e0%a4%a3%e0%a5%81%e0%a4%95%e0%a4%be-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%95/ https://gyaanghar.com/2025/06/15/%e0%a4%95%e0%a4%b5%e0%a4%af%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%b0%e0%a5%87%e0%a4%a3%e0%a5%81%e0%a4%95%e0%a4%be-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%95/#respond Sun, 15 Jun 2025 17:06:16 +0000 https://gyaanghar.com/?p=10822 काठमाडौँ।२०८२ असार १ गते । ओखलढुङ्गाका कवयित्री रेणुका श्रेष्ठद्वारा रचित ‘भावनाका लहरहरू’ बाल कविता सङ्ग्रहको लोकार्पण प्रमुख अतिथि ,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य चेतनाथ धमलाले गर्नुभएको छ । प्राज्ञ धमलाले ‘भावनाका लहरहरू’मा समाज भनेको विविधताको सौन्दर्य हो ।कृतिले बालबालिकाको बालमनोविज्ञानलाई आत्मसात् गर्दै उत्साह प्रदान गरेको उल्लेख गर्नुभयो। कृति समाजका साहित्यिक ,सांस्कृतिक र सामाजिक लगायतका पक्षमा […]

The post कवयित्री रेणुका श्रेष्ठको ‘भावनाका लहरहरू’बालकविता सङ्ग्रहको लोकार्पण appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ।२०८२ असार १ गते । ओखलढुङ्गाका कवयित्री रेणुका श्रेष्ठद्वारा रचित ‘भावनाका लहरहरू’ बाल कविता सङ्ग्रहको लोकार्पण प्रमुख अतिथि ,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य चेतनाथ धमलाले गर्नुभएको छ ।
प्राज्ञ धमलाले ‘भावनाका लहरहरू’मा समाज भनेको विविधताको सौन्दर्य हो ।कृतिले बालबालिकाको बालमनोविज्ञानलाई आत्मसात् गर्दै उत्साह प्रदान गरेको उल्लेख गर्नुभयो।
कृति समाजका साहित्यिक ,सांस्कृतिक र सामाजिक लगायतका पक्षमा बालबालिकाको भावनाअनुरूप चित्रित भएको कुरा ललितपुरको इमाडोलमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि धमलाले बताएका हुन् ।उनले ‘भावनाका लहरहरू’ बाल कविता सङ्ग्रह बालबालिकाका लागि उपयोगी ,सरल र सटीक रहेको बताए।
कवयित्री रेणुका श्रेष्ठको पहिलो कृति नै विधागत रूपमा स्तरीय रहेको उनले बताए । कार्यक्रममा अतिथि स्रष्टाहरू गणेशकुमार श्रेष्ठ , दिव्यदेव गिरी र गोपाल भित्रीकोटीले शुभकामना मन्तव्य राख्नुभयो।


कार्यक्रमका सभाध्यक्ष तथा भावनाका लहरहरू बाल कविता सङ्ग्रहका सर्जक रेणुका श्रेष्ठले आफूले बालबालिकाको मनोभावनाअनुसार कविता रच्ने प्रयत्न गरेको बताउनुभयो।श्रेष्ठले आफ्ना पिता साहित्यकार बाबुराम श्रेष्ठ र उपन्यासकार बहिनी पार्वती श्रेष्ठको प्रभाव र प्रेरणाले कविता लेखनको थालनी गरेको बताइन्। भावनाका लहरहरूमाथि साङ्गोपाङ्गो कृति समीक्षा कवि पार्थिवराज पाण्डेले गर्नुभयो ।कार्यक्रममा स्वागत मन्तव्य उपन्यासकार पार्वती श्रेष्ठले राख्नुभयो।यसैगरी सटीक रूपमा कार्यक्रमको सञ्चालन ओखलढुङ्गा पत्रकार समाजका सदस्य ,आदर्श खबर मासिकका सञ्चालक टीकादास श्रेष्ठले गर्नुभयो ।उक्त कृतिको प्रकाशन समाजसेवी गोपालकुमार श्रेष्ठले गरेका हुन् ।शिक्षण पेसामा आबद्ध कवयित्री रेणुका श्रेष्ठको उक्त कृति पहिलो हो।
समाचार सम्प्रेषण : टीकादास श्रेष्ठ

The post कवयित्री रेणुका श्रेष्ठको ‘भावनाका लहरहरू’बालकविता सङ्ग्रहको लोकार्पण appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/06/15/%e0%a4%95%e0%a4%b5%e0%a4%af%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%b0%e0%a5%87%e0%a4%a3%e0%a5%81%e0%a4%95%e0%a4%be-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%95/feed/ 0
स्नातकोत्तर नेपाली, न हटाइएको छ पारिजात न विश्वेश्वर https://gyaanghar.com/2025/03/11/%e0%a4%b8%e0%a5%8d%e0%a4%a8%e0%a4%be%e0%a4%a4%e0%a4%95%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%b0-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%a8-%e0%a4%b9%e0%a4%9f%e0%a4%be/ https://gyaanghar.com/2025/03/11/%e0%a4%b8%e0%a5%8d%e0%a4%a8%e0%a4%be%e0%a4%a4%e0%a4%95%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%b0-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%a8-%e0%a4%b9%e0%a4%9f%e0%a4%be/#respond Tue, 11 Mar 2025 10:09:40 +0000 https://gyaanghar.com/?p=10751   काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर तहको नेपाली विषयमा साहित्यकार पारिजात र विश्वेश्वरप्रसाद कोइरालासँग सम्बन्धित पाठ नहटाइएको सम्बद्ध क्षेत्रका विज्ञहरूले स्पष्ट पारेका छन्। केही व्यक्तिले पाठ्यक्रम अध्ययन नै नगरी प्रायोजित प्रकारको विरोध गर्दै पुलमुनि बसेर फोहोरी पानी खेलाइरहेको टिप्पणी उनीहरूको छ। पहिलो पटक देशभरका प्राध्यापकको राय सल्लाह लिएर पाठ्यक्रम बनाउँदा पनि केही व्यक्तिहरूले उल्टै स्रष्टामाथि […]

The post स्नातकोत्तर नेपाली, न हटाइएको छ पारिजात न विश्वेश्वर appeared first on Gyaan Ghar.

]]>


 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर तहको नेपाली विषयमा साहित्यकार पारिजात र विश्वेश्वरप्रसाद कोइरालासँग सम्बन्धित पाठ नहटाइएको सम्बद्ध क्षेत्रका विज्ञहरूले स्पष्ट पारेका छन्। केही व्यक्तिले पाठ्यक्रम अध्ययन नै नगरी प्रायोजित प्रकारको विरोध गर्दै पुलमुनि बसेर फोहोरी पानी खेलाइरहेको टिप्पणी उनीहरूको छ।

पहिलो पटक देशभरका प्राध्यापकको राय सल्लाह लिएर पाठ्यक्रम बनाउँदा पनि केही व्यक्तिहरूले उल्टै स्रष्टामाथि अवमूल्यन गरिएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। पाठ्यक्रम समयानुकूल र सबै पक्ष समेटेर बनाइएको दाबी उनीहरूको छ।

त्रिविले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा नेपाली विषयको नयाँ पाठ्यक्रम लागू गरेको छ। स्नातकोत्तर तह पठन अवधि चार सेमेस्टरको हुन्छ। पाठ्यक्रम चारै सेमेस्टरको तयार भई लागू भएको त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय डिनको कार्यालयका अधिकारीहरूले बताएका छन्।
सोही पाठ्यक्रमका केही पक्षलाई लिएर केही व्यक्तिहरूले भ्रामक प्रचारबाजी गरेपछि विज्ञहरूले चासो व्यक्त गरेका हुन्।

पाठ्यक्रम निर्माणमा सहभागी विज्ञ प्रा.डा. ध्रुव भट्टराईका अनुसार स्नातकोत्तर तहमा यसअघि पारिजात, विश्वेश्वरप्रसाद, विजय मल्ल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भवानी भिक्षुजस्ता स्रष्टाहरूको व्यक्तिपरक अध्ययन ऐच्छिक रूपमा पठनपाठन हुँदै आएको थियो। यस पटक भने सरोकारवालाहरूकै राय सुझावका आधारमा व्यक्तिपरक विशेष अध्ययन हटाइएको भट्टराईले बताए।

एउटा लेखकलाई फरक फरक विधामा पढ्नुपर्ने र विशेष अध्ययनमा पनि तिनै व्यक्तिका बारेमा अध्ययन गर्नुपर्ने भएकाले व्यक्तिपरक अध्ययन हटाइएको उनले स्पष्ट पारे।

भट्टराईले भने, ‘धारागत रूपमा सबैको प्रतिनिधित्व गराउने, जुन साहित्यिक प्रवृत्ति र धाराको जो छ त्यहीअनुसार पठनपाठन गराउने तर केही विशिष्ट साहित्यकारका बारेमा भिन्नै ऐच्छिक विषयका रूपमा समावेश नगर्ने भन्ने सुझावका आधारमा यस्तो गरिएको हो। ती स्रष्टा पाठ्यक्रमबाट हटाइएको होइन।’

भट्टराईका अनुसार पहिला व्यक्तिपरक अध्ययन हुँदै आएको थियो, अब प्रवृत्तिपरक अध्ययन हुन थालेको छ। उनले भने, ‘मनोवैज्ञानिक यथार्थवादी धाराअन्तर्गत विश्वेश्वरप्रसाद कोइराला र उनको सुम्निामा उपन्यास तथा प्रगतिवादी धाराअन्तर्गत पारिजात र उनको शिरीषको फूल उपन्यास समावेश गरिएको छ। एमए नेपालीको पाठ्यक्रममा न पारिजात हटाइएको छ न त विश्वेश्वरप्रसाद।’

नेपाली विषयमा पारिजात हटाइएको भनेर केही व्यक्तिहरूले डिन कार्यालय, विभाग र रेक्टर कार्यालयमा डेलिगेसन गएका थिए। यसै गरी पारिजात अध्ययन केन्द्र र प्रगतिशील लेखक सङ्घले भिन्नाभिन्नै विज्ञप्ति निकालेर चासो व्यक्त गरेका छन्। केही व्यक्तिहरूले पारिजात हटाएर महिला विरोधी पाठ्यक्रम बनाइएको भन्नसमेत भ्याएका छन्।

पाठ्यक्रम निर्माणमा सहभागी एक जना विज्ञ भन्छन्, ‘यसरी गलत भ्रम फैलाउनेले पाठ्यक्रम राम्ररी पढेको देखिएन। उनीहरूले पाठ्यक्रमको मर्म पनि बुझेका छैनन्। भ्रामक विषयलाई केही मिडियाले स्पेस दिनु झन् लाजमर्दो विषय हो।’

पारिजात हटाइएको भनेर विरोध गर्नेहरूले लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, ध्रुवचन्द्र गौतमजस्ता स्रष्टाको व्यक्तिपरक अध्ययन हटाइएको विषयमा भने कसैले एक शब्द पनि बोलेका छैनन्।

पाठ्यक्रम निर्माण मस्यौदा समितिका सदस्य डा. दुर्गाबहादुर घर्ती मगर पाठ,  नेपाली साहित्यको इतिहास र नेपाली साहित्यको उत्तर वर्ती चरणको अध्ययन भन्ने पत्रमा उनै स्रष्टाहरूको अध्ययन दोहोरिने भएकाले स्रष्टापरक अध्ययन हटाइएको बताउँछन्।

उनका अनुसार स्रष्टापरक अध्ययनका ठाउँमा एसियाली साहित्यको अध्ययन, आप्रवासी साहित्यको अध्ययन, लोकवार्ता, नाटक र चलचित्रको अध्ययन, भाषा विज्ञानजस्ता विषय राखिएका छन्। घर्ती मगरले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘स्नातकोत्तर नेपालीको पाठ्यक्रमबाट पारिजात हटाएको भन्ने साँचो होइन, पाठमा उनको उपन्यास राखिएको छ। पाठ्यक्रमको मस्यौदा तयार गर्दा सकेसम्म प्राप्त भएका सुझावलाई आधार बनाइएको छ।’

त्रिभुवन विश्वविद्यालयका सहायक डिन एवम् मस्यौदा समितिका सदस्य डा. गोविन्दप्रसाद शर्माले सरोकारवालाहरूले दिएको सुझावका आधारमा व्यक्तिपरक अध्ययनलाई संशोधन गरेर प्रवृत्तिपरक अध्ययन समावेश गरी पाठ्यक्रम तयार भएको बताए। उनले कतिपय साहित्यकारका बारेमा स्नातकमै पढाइ भइसकेकाले स्नातकोत्तरमा नदोहोर्‍याइएको बताए।

शर्माले भने, ‘स्नातकमा भएका कुरा स्नातकोत्तरमा नराखिएको हो। पारिजात कहाँ हटेको छ र? उनका कथा र उपन्यास त पढाइ भइहाल्छ। व्यक्ति अध्ययनलाई भन्दा प्रवृत्तिलाई महत्त्व दिएर पाठ्यक्रम बनाइएको हो।’

पाठ्यक्रम एउटा व्यक्तिले निर्माण गरेको नभई विज्ञहरूको समूहले विभिन्न राय सुझाव लिएर निर्माण गरिएकाले यसमा विरोध गर्नुको औचित्य नरहेको उनको बुझाइ छ। शर्माले भने, ‘नयाँ पाठ्यक्रम धेरै फरक ढङ्गले आएको छ। यसमा साहित्यमा देखा परेका पछिल्ला प्रवृत्ति समेटिएको छ।’

मस्यौदा समितिका सदस्य प्रा.डा. लक्ष्मणप्रसाद गौतमले ‘पारिजातको मात्रै होइन पुनरावृत्ति भएका अन्य स्रष्टाको पनि व्यक्तिपरक अध्ययन हटाइएको बताए। उनले भने, ‘एउटा लेखकलाई कवितामा पढाइन्छ, निबन्धमा पढाइन्छ, खण्डकाव्य, महाकाव्यमा पढाइन्छ र फेरि विशेष अध्ययनमा पनि तिनकै व्यक्तिपरक विषय पढाइन्छ भने त पुनरावृत्ति भयो नि। पुनरावृत्ति नहोस् भनेर हटाइएको हो।’

लोक साहित्य र लोकवार्ताको पाठ्यक्रम निर्माणमा सहभागी प्रा.डा. षडानन्द पौडेलले पनि विज्ञ प्राध्यापकहरूको सुझावका आधारमा व्यक्ति प्रतिभाको विशेष अध्ययन नराखी कृतिकार र प्रवृत्तिको अध्ययन समावेश गरिएको बताए। उनले नेपाली साहित्य व्यापक भएकाले केही कुरा छुटेका भए त्यसलाई परिमार्जन गर्न सकिने बताए।

पाठ्यक्रम निर्माणको संयोजन गरेका नेपाली विषय मूल समितिका पूर्व अध्यक्ष एवम् त्रिवि नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल स्नातकोत्तर नेपालीमा पारिजात र विश्वेश्वरप्रसाद कोइराला हटाइयो भनेर भ्रम फैलाउने काम भइरहेको बताउँछन्।

पाठ्यक्रम मस्यौदा समितिका संयोजकसमेत रहेका लुइँटेल भन्छन्, ‘केही तत्त्वले पारिजात हटाइयो भनेर वामपन्थीहरूको सहानुभूति लिन खोजेका छन्, विश्वेश्वरप्रसाद कोइराला हटाइयो भनेर प्रजातन्त्रवादीहरूको सहानुभूति लिन खोजेका छन्। गलत बुझाइका कारण यस्तो भएको हो।’

प्रा.डा. लुइँटेलले महिला स्रष्टा र तिनका कृति हटाइयो भनेर पनि भ्रामक प्रचारबाजी भइरहेको बताए। उनका अनुसार पाठ्यक्रम निर्माणमा सहभागी केही व्यक्तिहरूबाटै भ्रामक कुरा फैलाएर तल्लो स्तरको काम भइरहेको छ।

लुइँटेलले भने, ‘सबैबाट पाएको सुझाव र पाठ्यक्रमको संरचनामा कुनै पनि व्यक्ति विशेषको विशेष अध्ययन नगर्ने भन्ने धारणा आएको थियो। त्यो सुझावको सबै प्रति विभागमा सुरक्षित छ। त्यहाँ हेर्न सकिन्छ।’  पारिजात, विश्वेश्वरप्रसाद, भवानी भिक्षुजस्ता स्रष्टाहरूको विशेष अध्ययन नराखौँ, पुनरावृत्ति मात्रै हुन्छ भनेर सबैतिरबाट राय सुझाव आएपछि सोहीअनुसार गरिएको लुइँटेलले जानकारी दिए। उनका अनुसार विभागीय बैठकमा त्यही निर्णय भयो, विषय समितिमा पनि त्यसमै सहमति भयो।’

महिला स्रष्टा र तिनका कृति समावेश नगरिएको भनेर आलोचना भइरहेको छ नि भन्ने जिज्ञासामा लुइँटेलले भने, ‘अधिकांश नेपाली महिला साहित्यकार र तिनका कृतिबारे स्नातक तहमा पढाइ हुन्छ। एएमको पाठ्यक्रममा तिनै विषय दोहोर्‍याउँदा क्रेडिट आवर पुग्दैन। एमएमा तोया गुरुङका कविता राखिएको छ। तोया गुरुङ राख्नु हुँदैनथ्यो अर्की महिला राख्नुपर्दथ्यो भन्नेमा कुनै तर्क छैन।’

प्रा.डा. लुइँटेलले व्यक्तिपरक अध्ययनको सट्टा प्रवृत्तिपरक अध्ययनका नयाँ विषय थपिएको बताए। नयाँ पाठ्यक्रममा नेपाली भाषा, साहित्य र लोक साहित्यका सबै पक्ष समेटिएको उनको भनाइ छ। लुइँटेलले भने, ‘लोक साहित्य राख्नै हुँदैनथ्यो र भाषा राख्न हुँदैन भनेर जसले विरोध गरिरहेका छन्, तिनीहरू भनेका पहिला भाषा बिगार्ने तत्त्वहरू हुन्। तिनै मान्छेले अहिले पाठ्यक्रमको विरोध गरिरहेका छन्। उनीहरूबाट नेपाली भाषा र संस्कृतिलाई ध्वस्त पार्ने प्रयत्न भइरहेको छ।’

यसै गरी उनले त्रिविले जुनसुकै विषयमा स्नातक गरेका व्यक्तिले पनि नेपालीमा स्नातकोत्तर अध्ययन गर्न पाउने व्यवस्था गरेपछि सोहीअनुसार पाठ्यक्रम परिवर्तन गरिएको जानकारी दिए।

प्रा.डा. भट्टराई साहित्यमा हजारौँ लेखक हुने भएकाले सबैलाई समेट्न असम्भव रहेको बताउँछन्। उनले भने, ‘प्रवृत्तिको प्रतिनिधि चयन मुख्य कुरा हो। एक सय जना राम्रा साहित्यकारमध्ये १० जना चयन गर्दा तेरो पर्‍यो वा मेरो पर्‍यो भनेर विरोध आउनुको तुक छैन।’ उनले विश्वविद्यालयले चाहेमा फेरि सुरु प्रक्रियाबाट पाठ्यक्रम संशोधन प्रक्रिया अगाडि बढाउन सक्ने बताए।

भट्टराईले भने, ‘पहिलो सत्रको पढाइ सुरु भइसकेको छ। त्यो चरण पार गर्न कम्तीमा पनि ६ महिना लाग्छ। एउटा सत्र के गर्ने? भन्ने समस्या हुन्छ।’
कसरी गरिएको थियो पाठ्यक्रम परिमार्जन?

त्रिभुवन विश्वविद्यालयले प्रत्येक १० वर्षमा पाठ्यक्रममा पुनरावलोकन गर्दै आएको छ। त्यहीअनुसार परिमार्जन गरिएको प्रा.डा. भट्टराईले बताए। उनले भने, ‘सुरुवात विषय समितिबाट हुन्छ। पाठ्यक्रम परिमार्जनको मस्यौदा तयार गर्नका लागि एउटा समिति गठन गरी प्रक्रिया अगाडि बढाइन्छ। राय सुझाव लिएरै मस्यौदा निर्माण गरियो। प्रारूप तयार गरिसकेपछि मलाई पनि मस्यौदा माग गरिएको थियो।’

मस्यौदा समितिका संयोजक प्रा.डा. लुइँटेलका अनुसार पाठ्यक्रम निर्माणका लागि पहिला नेपाली विषय स्थायी समितिको बैठक बसेको थियो। त्यसले एक तहको निर्णय गरेपछि दोस्रो तहमा त्रिवि नेपाली केन्द्रीय विभागमा कार्यरत प्राध्यापकहरू, उपत्यकाका क्याम्पसहरू र देशभर नेपाली एमए पढाइ हुने क्याम्पसका प्राध्यापकहरूबाट राय सुझाव सङ्कलन गरिएको थियो।

उनले भने, ‘त्यसपछि विभागीय बैठक बसेर सबैलाई सात दिनको समय दिई पाठ्यक्रम संरचना तयार पार्न लगाइएको थियो। त्रिवि नेपाली केन्द्रीय विभागका सबै प्राध्यापकहरूले संरचना ल्याएर बुझाउनुभयो। उपत्यकाभरिका सबै क्याम्पसका नेपाली विभागीय प्रमुख पनि पाठ्यक्रमको स्पष्ट संरचनासहित नेपाली केन्द्रीय विभागमा आउनुभयो।’

देशभरबाट आएका, उपत्यकामा सङ्कलित र विभागका प्राध्यापकहरूबाट उपलब्ध सबै संरचना सङ्कलन गरेर एकीकृत रूपमा एउटा खाका बनाइएको थियो। लुइँटेलले भने, ‘अहिले जोजो मानिस विरोधमा उत्रनुभएको छ, ती मान्छेहरू सबैलाई मैले उहाँहरू जुन जुन क्षेत्रमा विज्ञ हुनुहुन्छ, जुन विषय पढाउनुहुन्छ, सोहीअनुसार पाठ्यक्रम निर्माणको जिम्मा दिइएको थिएँ।’

यस्तो प्रक्रिया नेपाली विषयमा पहिलो पटक भएको उनले बताए। ‘कसले कुन पाठ्यक्रमको खाका निर्माण गर्‍यो भन्ने जानकारी विभागसँग सुरक्षित छ। कुन कुन चरण ककसले कस्ता राय दिए भन्ने प्रमाण पनि विभागको फाइलमा सुरक्षित छ’, प्रा.डा. लुइँटेलले भने।

विषय समिति, विद्या परिषद्, प्राज्ञिक परिषद्ले अन्तिम रूप दिएपछि पाठ्यक्रमले अन्तिम रूप पाउने व्यवस्था छ।

एमए नेपालीको पाठ्यक्रम मस्यौदा समितिमा प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, डा. गोविन्दप्रसाद शर्मा र डा. दुर्गाबहादुर घर्ती थिए। साथै विषय समितिका १९ जना विज्ञ पनि पाठ्यक्रम निर्माणमा सहभागी थिए।

यसका अतिरिक्त नेपाली विषय पढाइ हुने काठमाडौँ उपत्यकाभित्र र बाहिरका सबै क्याम्पसका नेपाली विभागका प्रमुखको राय सुझावका आधारमा पाठ्यक्रम तयार पारिएको मस्यौदा समितिका सदस्यहरू बताउँछन्।

The post स्नातकोत्तर नेपाली, न हटाइएको छ पारिजात न विश्वेश्वर appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/03/11/%e0%a4%b8%e0%a5%8d%e0%a4%a8%e0%a4%be%e0%a4%a4%e0%a4%95%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%b0-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%a8-%e0%a4%b9%e0%a4%9f%e0%a4%be/feed/ 0
लोमश वाङ्मय प्रतिष्ठानको छैटौँ शृङ्खला सम्पन्न  https://gyaanghar.com/2025/03/09/%e0%a4%b2%e0%a5%8b%e0%a4%ae%e0%a4%b6-%e0%a4%b5%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%ae%e0%a4%af-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b/ https://gyaanghar.com/2025/03/09/%e0%a4%b2%e0%a5%8b%e0%a4%ae%e0%a4%b6-%e0%a4%b5%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%ae%e0%a4%af-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b/#respond Sun, 09 Mar 2025 13:47:05 +0000 https://gyaanghar.com/?p=10729   * जयराम बिडारी   फागुन २४, काठमाडौँ । लोमश वाङ्मय प्रतिष्ठानद्वारा हरेक महिनाको चौथो शनिवार नियमित रूपमा सञ्चालन गरिने रचना वाचनको कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठान स्थापनाको अर्धवार्षिक समय अर्थात् छैटौँ शृङ्खला लघुकथा विशेष कार्यक्रमको सम्पन्न सो कार्यक्रममा रेणु अधिकारीको  ‘मौनता’ कृत कविता सङ्ग्रह ‘अस्तित्वको खोजी’ परिचर्चा गरी सम्पन्न गरिएको थियो ।  राजधानीस्थित प्रारम्भ […]

The post लोमश वाङ्मय प्रतिष्ठानको छैटौँ शृङ्खला सम्पन्न  appeared first on Gyaan Ghar.

]]>
 
* जयराम बिडारी 
 फागुन २४, काठमाडौँ । लोमश वाङ्मय प्रतिष्ठानद्वारा हरेक महिनाको चौथो शनिवार नियमित रूपमा सञ्चालन गरिने रचना वाचनको कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठान स्थापनाको अर्धवार्षिक समय अर्थात् छैटौँ शृङ्खला लघुकथा विशेष कार्यक्रमको सम्पन्न सो कार्यक्रममा रेणु अधिकारीको  ‘मौनता’ कृत कविता सङ्ग्रह ‘अस्तित्वको खोजी’ परिचर्चा गरी सम्पन्न गरिएको थियो ।
 राजधानीस्थित प्रारम्भ वर्ल्ड स्कुल तथा कलेजमा सम्पन्न सो समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि हुनहुन्थ्यो ।  प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदी, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी,राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडा, विशेष अतिथि कृतिका परिचर्चाकार तथा वक्ता डा. कौशिला रिसाल,कृतिकार रेणु अधिकारी ‘मौनता हुनहुन्थ्यो ।
 प्रारम्भ वर्ल्ड स्कुल तथा कलेजका कोअर्डिनेटर गोकर्ण ढकाल, सेवा निवृत्त शिक्षक समाज, लमजुङका अध्यक्ष खुसीराम डौलिया,बहुविधाका सर्जक अमर कीर्तिमानी रामचन्द्र न्यौपाने ‘वनवासी’को पनि आतिथ्य रहेको थियो । प्रतिष्ठानकी सदस्य कमला घिमिरे अधिकारीद्वारा स्वागत गरिएको सो कार्यक्रममा प्रमुख अतिथिद्वारा पानसमा द्वीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईद्वारा कार्यक्रमलाई सम्बोधन गर्दै ‘बाङमय उन्नयनको साझा चौपारी’को सार्थक प्रयासको समानान्तर उपलब्धिका रूपमा लोमश वाङ्मय प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको समन्वय भाषा कला साहित्य र संस्कृतिको क्षेत्रमा साथै रहेको सन्देशका रूपमा यो संस्थाको स्थापनाका समय देखिनै साथै रहेको बताए । उनले सृजनशील कर्ममा सक्रिय रहेका सर्जकहरूले कहिल्यै पनि देशका लागि गद्दारी नगर्ने जनाउँदै सुशासनको प्रत्याभूत दिन जिम्मा लिएकाहरूले गीत,कथा कविता जस्ता सिर्जनात्मक क्षेत्रमा सक्रिय रहनुपर्ने औँल्याउँदै कम्तीमा साहित्यको अध्ययन गर्नुपर्नेमा जोड दिए । उनले लोमशको सार्थक प्रयासको प्रशंसा समेत गरे ।
समारोहलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले स्थापनाको छोटो समयमै लोमश वाङ्मय प्रतिष्ठानको साहित्यिक सक्रियता अत्यन्त लोकप्रिय रहेको बताए ।
 कार्यक्रममा रेणु अधिकारी ‘मौनता’द्वारा लिखित कविता सङ्ग्रह ‘अस्तित्वको खोजी’ माथि परिचर्चाकारको भूमिकामा रहेकी डा. कौशिला रिसालद्वारा विहङ्गम परिचर्चा गरिएको थियो । परिचर्चाका क्रममा डा.रिसालले ७० को दशक देखि कविता लेखेर साहित्यिक क्षेत्रमा पदार्पण गरेकी मौनताका दुई कविता कृति प्रकाशित भइसकेकोमा खुसी व्यक्त गरिन् । उनका कविता कृतिको अध्ययनका क्रममा मानवीय अस्तित्वको खोजी प्रकृति प्रेम, आत्मिक चिन्तनका बलियो पक्षलाई प्रस्तुत गरिएको पाइन्छ भन्दै सरल भाषा शैलीमा बिम्ब र प्रतीकको मात्रात्मक प्रयोगले कृतिलाई सिँगारिएको बताइन् । उनले रेणु अधिकारी ‘मौनताका’को कविताले लैङ्गिक विभेदतामा समदृष्टि पक्षलाई बलियो रूपमा उजागर गरिएको , मानवीय कर्म सक्रिय जीवनशैली र सार्थक उपलब्धिलाई आदर्शका रूपमा प्रस्तुत गरिएको कविता रहेको बताइन् । उनको सृजनात्मक लेखन कर्मको निरन्तरताले आगामी दिन समुज्ज्वल बनोस् भनी शुभकामना समेत व्यक्त गरिएको थियो ।
  राष्ट्रिय  महिला आयोगका सदस्य तथा प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले अन्तर्राष्ट्रिय नारी दिवस सुरु हुनु पूर्व नै नेपालको भोजपुरमा जन्मिएकी योगमायाले चेतनाको चिराग जलाएको उल्लेख गर्दै त्यस्ता महानतम् विभूतिको नाममा विश्वविद्यालय निर्माण गर्न सरकारले पहल गर्नुपर्ने जनाउँदै लोमश जस्ता संस्थाले साहित्यिक उन्नयनका लागि गरिरहेको योगदान प्रशंसनीय रहेको जनाइन ।
 टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले लोमश वाङ्मय प्रतिष्ठानको सराहनीय कर्मको मुक्त कण्ठले प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना दिएका थिए । लघुकथा विशेष कार्यक्रममा हाम्रो लघुकथा केन्द्रले तयार पारेको लघुकथाको इतिहास बोकेको गीत बजाएर कार्यक्रममा रौनकता प्रदान गरिएको थियो । सो अवसरमा मिशु श्रेष्ठ ,मन्दिरा मधुश्री, अम्बिका धिताल र एन्जेल निलुद्वारा आ– आफ्ना लघुकथा वाचन गरिएको थियो भने थुप्रै साहित्यानुरागीहरूले महिलाहरूकै विषयमा केन्द्रित रहेर आआफ्ना रचना वाचन गरेका थिए ।
 समारोहमा संस्थाका आजीवन सदस्यहरू डा. जगदीश्वर पोखरेल डा.शेखरकुमार श्रेष्ठ,केशरी अम्गाईं, दिल पौडेल,सुजित अविरल,खेमराज पोखरेल,राजेन्द्रमान डङ्गोल,आलोक चालिसे,रेणु अधिकारी ‘मौनता’ जयराम बिडारी,रुबि सत्याल, अल्का मल्ल, रामप्रसाद सापकोटा,सञ्जय सोती,हरि घिमिरे,सिरजन लम्साल,मामिला पौडेल ‘आस्था’ प्रज्ञा घिमिरे,खुशिराम डौलिया र देवराज सिम्खडालाई प्रमाण–पत्र प्रदान गरिएको थियो । सत्या अधिकारीद्वारा सहजीकरण गरेको उक्त सभ्य एवम् भव्य रूपमा सम्पन्न गरिएको थियो भने कार्यक्रमलाई अध्यक्षको अनुमतिले उनैले समापन भएको घोषणा गरिन् ।

The post लोमश वाङ्मय प्रतिष्ठानको छैटौँ शृङ्खला सम्पन्न  appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/03/09/%e0%a4%b2%e0%a5%8b%e0%a4%ae%e0%a4%b6-%e0%a4%b5%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%ae%e0%a4%af-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b/feed/ 0
आमालाई चिठी परिचर्चा कार्यक्रममा तेर्सिए थुप्रै प्रश्नहरू  https://gyaanghar.com/2025/03/04/%e0%a4%86%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%9a%e0%a4%bf%e0%a4%a0%e0%a5%80-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%9a%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0/ https://gyaanghar.com/2025/03/04/%e0%a4%86%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%9a%e0%a4%bf%e0%a4%a0%e0%a5%80-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%9a%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0/#respond Tue, 04 Mar 2025 15:06:52 +0000 https://gyaanghar.com/?p=10714 काठमाडौँ । चिठी साहित्यमाथि केन्द्रित हुँदै तयार पारिएको कृति आमालाई चिठीको परिचर्चा कार्यक्रम फागुन १९ गते सम्पन्न भएको छ । साहित्यकार केशव नेपालको सो कृतिमाथिको परिचर्चा कार्यक्रम, नयाँ बजारस्थित ज्ञानशाला अनुसन्धान कार्यक्रमले आयोजना गरेको थियो । क्रान्तिप्रतिको निष्ठा र आशावादले भरिपूर्ण कृति, आमालाई चिठी लेखक नेपालको २२औँ कृति हो । क्रान्तिकारी सोच, विचार र भावना […]

The post आमालाई चिठी परिचर्चा कार्यक्रममा तेर्सिए थुप्रै प्रश्नहरू  appeared first on Gyaan Ghar.

]]>
काठमाडौँ । चिठी साहित्यमाथि केन्द्रित हुँदै तयार पारिएको कृति आमालाई चिठीको परिचर्चा कार्यक्रम फागुन १९ गते सम्पन्न भएको छ । साहित्यकार केशव नेपालको सो कृतिमाथिको परिचर्चा कार्यक्रम, नयाँ बजारस्थित ज्ञानशाला अनुसन्धान कार्यक्रमले आयोजना गरेको थियो ।
क्रान्तिप्रतिको निष्ठा र आशावादले भरिपूर्ण कृति, आमालाई चिठी लेखक नेपालको २२औँ कृति हो । क्रान्तिकारी सोच, विचार र भावना भएकी पात्र मुनाको चुनौतीपूर्ण यात्रालाई केन्द्रमा राखेर कृतिलाई कलात्मक रूप दिने प्रयास गरिएको, परिचर्चा कार्यक्रममा लेखक नेपालले बताउनु भएको थियो ।
पद, प्रतिष्ठा र पैसाको लालच देखाएर कृतिको प्रमुख पात्र मुनालाई आत्मसमर्पण गर्न खोजिन्छ तर उनी आफ्नो क्रान्तिकारी आदर्शका साथ निरन्तर रूपमा लडिरहन्छिन् । परिचर्चा कार्यक्रममा टिप्पणीकारहरूको प्रश्न थियो, ती मुनाहरू आज कता हराए ? क्रान्तिकारी उत्साहका साथ थुप्रै मुनाहरूको बलिदानी दिए । तर त्यस प्रकारका युद्ध तथा आन्दोलनको जगमा किन आर्थिक तथा सांस्कृतिक रूपमा विचलनको स्थिति उत्पन्न भयो ? व्यक्तिगत हित र स्वार्थको लागि जस्तोसुकै अनुचित र घृणित कुकर्ममा किन संलग्न भइदैछ ? बुर्जुवा वर्गको संस्कार, संस्कृति, आचरण, जीवनशैली तर्फ किन लिप्त भइदैछ ? परिचर्चा कार्यक्रममा यस प्रकारका प्रश्नहरू तेर्सिएका थिए ।
साहित्यकार नेपालको कृतिमा मुनाले आफ्नो आमालाई सम्बोधन गर्दै लेखेकी छन्, ‘मेरो बच्चालाई पनि महान् विजयोत्सवमा लिएर जानुहोला । त्यो नयाँ दिन ल्याउन लाखौँलाख जनतासँगै मुना र अनुपमको त्याग, तपस्या र बलिदान गरेको कुरा मेरो बच्चालाई सुनाइदिनु होला ।’ तर आज ती बच्चाहरू विजयोत्सवमा होइन खाडीतर्फ पो लागिरहेका छन् । मुना र अनुपमको त्याग र बलिदानीको परिणाम यही हो ? मुना र अनुपमको बलिदानीको जगमा मुट्ठीभर केही नेताहरूले त सत्ताको स्वाद चाखे होलान् । तर श्रमजीवी जनताले के पाए ? उपभोक्तावादी र बिचौलिया संस्कृतिले भरिपूर्ण समाज, मुना र अनुपमले सोचेको भविष्य यही हो ? कार्यक्रममा टिप्पणीकारहरूले यस्तै धारण प्रस्तुत गरे ।
परिचर्चा कार्यक्रमको प्रमुख अतिथि, नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्य डा.कौशिला रिसालले माओवादी जनयुद्धमा जेल ब्रेक तथा सैन्य कारबाहीमा महिलाहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । त्यसका साथै समावेशी, समानुपातिक प्रतिनिधित्व तथा गणतन्त्र स्थापनामा महिलाहरूको भूमिकालाई अवमूल्यन गर्न नहुने वहाँको तर्क थियो । महिलाहरूको त्यस प्रकारको ऐतिहासिक भूमिकालाई उजागर गर्न पनि आमालाई चिठी नामक कृतिको महत्त्वपूर्ण भूमिका रहेको वहाँको तर्क थियो ।
परिचर्चा कार्यक्रममा रामबहादुर बुढा, समीर सिंह, सुवास देवकोटा, कृष्ण ढुङ्गाना, बिराज ढुङ्गानाले टिप्पणी गर्नुभएको थियो । पुराना वामपन्थी नेता भक्ति लामिछानेको अध्यक्षतामा भएको परिचर्चा कार्यक्रमको सहजीकरण डा.चूडा ढकालले गर्नुभएको थियो ।

The post आमालाई चिठी परिचर्चा कार्यक्रममा तेर्सिए थुप्रै प्रश्नहरू  appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/03/04/%e0%a4%86%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%9a%e0%a4%bf%e0%a4%a0%e0%a5%80-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%9a%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0/feed/ 0
प्रलेसको जिल्ला सम्मेलन कहाँ कहाँ भयो ?  https://gyaanghar.com/2025/02/24/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b2%e0%a5%87%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%a8/ https://gyaanghar.com/2025/02/24/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b2%e0%a5%87%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%a8/#respond Mon, 24 Feb 2025 03:13:26 +0000 https://gyaanghar.com/?p=10695 काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालको तेर्हौ सम्मेलन चैत्र २३ र २४ गते काठमाडौँमा हुँदै छ । राष्ट्रिय सम्मेलनको तयारीका सन्दर्भमा देशका विभिन्न जिल्लाहरूमा धमाधम सम्मेलन भइरहेका छन्  । ज्ञानघरलाई प्राप्त जानकारी अनुसार हालसम्म ३२ वटा जिल्लामा सम्मेलन भइसकेका छन् । बाँकी जिल्लाहरूमा छिटै सम्मेलन सम्पन्न गरी प्रदेश सम्मेलन सम्पन्न हुनेछ । हालसम्म सम्मेलन भइसकेका […]

The post प्रलेसको जिल्ला सम्मेलन कहाँ कहाँ भयो ?  appeared first on Gyaan Ghar.

]]>
काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालको तेर्हौ सम्मेलन चैत्र २३ र २४ गते काठमाडौँमा हुँदै छ । राष्ट्रिय सम्मेलनको तयारीका सन्दर्भमा देशका विभिन्न जिल्लाहरूमा धमाधम सम्मेलन भइरहेका छन्  । ज्ञानघरलाई प्राप्त जानकारी अनुसार हालसम्म ३२ वटा जिल्लामा सम्मेलन भइसकेका छन् । बाँकी जिल्लाहरूमा छिटै सम्मेलन सम्पन्न गरी प्रदेश सम्मेलन सम्पन्न हुनेछ । हालसम्म सम्मेलन भइसकेका जिल्लाहरू-

कोसी प्रदेश

१) झापा २) सुनसरी ३ं) तेह्रथुम ४) भोजपुर

मधेस प्रदेश

५) महोत्तरी ६) रौतहट ७) सिराहा ८) धनुषा

बाग्मती प्रदेश

९) काभ्रे १०) चितवन ११) ललितपुर १२) भक्तपुर १३) मकवानपुर १४) सिन्धुली १५) धादिङ

गण्डकी प्रदेश

१६) कास्की १७) गोरखा १८) लमजुङ १९) तनहुँ २०) स्याङ्जा २१) नवलपुर २२) पर्वत

लुम्बिनी प्रदेश

२३) बाँके २४) बर्दिया २५) रुपन्देही २६) गुल्मी २७) दाङ २८) प्युठान २९) पूर्वी रुकुम ३०) पाल्पा

कर्णाली प्रदेश

३१) रुकुम पश्चिम ३२) कालिकोट

सुदूर पश्चिम

३३) कैलाली ३४) कञ्चनपुर ३५) बाजुरा ३६) बैतडी

उपमहानगरपालिका

धनगढी

The post प्रलेसको जिल्ला सम्मेलन कहाँ कहाँ भयो ?  appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/02/24/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b2%e0%a5%87%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%a8/feed/ 0