health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170The post लालझाडीमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश ‘ लोकार्पण appeared first on Gyaan Ghar.
]]>
The post लालझाडीमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश ‘ लोकार्पण appeared first on Gyaan Ghar.
]]>The post कुलपति राईद्वारा दुवाल र चन्द ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट पुरस्कृत appeared first on Gyaan Ghar.
]]>

The post कुलपति राईद्वारा दुवाल र चन्द ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट पुरस्कृत appeared first on Gyaan Ghar.
]]>The post टुक्का सर्जक भेटघाट तथा टुक्का सङ्ग्रह’काव्य कलश’को लोकार्पण सम्पन्न appeared first on Gyaan Ghar.
]]>

The post टुक्का सर्जक भेटघाट तथा टुक्का सङ्ग्रह’काव्य कलश’को लोकार्पण सम्पन्न appeared first on Gyaan Ghar.
]]>The post विचार चौतारीमा वर्गीय पहिचानको चर्चा appeared first on Gyaan Ghar.
]]>
The post विचार चौतारीमा वर्गीय पहिचानको चर्चा appeared first on Gyaan Ghar.
]]>The post साहित्यकारहरूको उच्च दार्शनिक तथा वैचारिक स्तर हुनुपर्दछ ः मोहनविक्रम सिंह appeared first on Gyaan Ghar.
]]>




The post साहित्यकारहरूको उच्च दार्शनिक तथा वैचारिक स्तर हुनुपर्दछ ः मोहनविक्रम सिंह appeared first on Gyaan Ghar.
]]>The post कवयित्री रेणुका श्रेष्ठको ‘भावनाका लहरहरू’बालकविता सङ्ग्रहको लोकार्पण appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ।२०८२ असार १ गते । ओखलढुङ्गाका कवयित्री रेणुका श्रेष्ठद्वारा रचित ‘भावनाका लहरहरू’ बाल कविता सङ्ग्रहको लोकार्पण प्रमुख अतिथि ,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य चेतनाथ धमलाले गर्नुभएको छ ।
प्राज्ञ धमलाले ‘भावनाका लहरहरू’मा समाज भनेको विविधताको सौन्दर्य हो ।कृतिले बालबालिकाको बालमनोविज्ञानलाई आत्मसात् गर्दै उत्साह प्रदान गरेको उल्लेख गर्नुभयो।
कृति समाजका साहित्यिक ,सांस्कृतिक र सामाजिक लगायतका पक्षमा बालबालिकाको भावनाअनुरूप चित्रित भएको कुरा ललितपुरको इमाडोलमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि धमलाले बताएका हुन् ।उनले ‘भावनाका लहरहरू’ बाल कविता सङ्ग्रह बालबालिकाका लागि उपयोगी ,सरल र सटीक रहेको बताए।
कवयित्री रेणुका श्रेष्ठको पहिलो कृति नै विधागत रूपमा स्तरीय रहेको उनले बताए । कार्यक्रममा अतिथि स्रष्टाहरू गणेशकुमार श्रेष्ठ , दिव्यदेव गिरी र गोपाल भित्रीकोटीले शुभकामना मन्तव्य राख्नुभयो।

कार्यक्रमका सभाध्यक्ष तथा भावनाका लहरहरू बाल कविता सङ्ग्रहका सर्जक रेणुका श्रेष्ठले आफूले बालबालिकाको मनोभावनाअनुसार कविता रच्ने प्रयत्न गरेको बताउनुभयो।श्रेष्ठले आफ्ना पिता साहित्यकार बाबुराम श्रेष्ठ र उपन्यासकार बहिनी पार्वती श्रेष्ठको प्रभाव र प्रेरणाले कविता लेखनको थालनी गरेको बताइन्। भावनाका लहरहरूमाथि साङ्गोपाङ्गो कृति समीक्षा कवि पार्थिवराज पाण्डेले गर्नुभयो ।कार्यक्रममा स्वागत मन्तव्य उपन्यासकार पार्वती श्रेष्ठले राख्नुभयो।यसैगरी सटीक रूपमा कार्यक्रमको सञ्चालन ओखलढुङ्गा पत्रकार समाजका सदस्य ,आदर्श खबर मासिकका सञ्चालक टीकादास श्रेष्ठले गर्नुभयो ।उक्त कृतिको प्रकाशन समाजसेवी गोपालकुमार श्रेष्ठले गरेका हुन् ।शिक्षण पेसामा आबद्ध कवयित्री रेणुका श्रेष्ठको उक्त कृति पहिलो हो।
समाचार सम्प्रेषण : टीकादास श्रेष्ठ
The post कवयित्री रेणुका श्रेष्ठको ‘भावनाका लहरहरू’बालकविता सङ्ग्रहको लोकार्पण appeared first on Gyaan Ghar.
]]>The post स्नातकोत्तर नेपाली, न हटाइएको छ पारिजात न विश्वेश्वर appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर तहको नेपाली विषयमा साहित्यकार पारिजात र विश्वेश्वरप्रसाद कोइरालासँग सम्बन्धित पाठ नहटाइएको सम्बद्ध क्षेत्रका विज्ञहरूले स्पष्ट पारेका छन्। केही व्यक्तिले पाठ्यक्रम अध्ययन नै नगरी प्रायोजित प्रकारको विरोध गर्दै पुलमुनि बसेर फोहोरी पानी खेलाइरहेको टिप्पणी उनीहरूको छ।
पहिलो पटक देशभरका प्राध्यापकको राय सल्लाह लिएर पाठ्यक्रम बनाउँदा पनि केही व्यक्तिहरूले उल्टै स्रष्टामाथि अवमूल्यन गरिएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। पाठ्यक्रम समयानुकूल र सबै पक्ष समेटेर बनाइएको दाबी उनीहरूको छ।
त्रिविले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा नेपाली विषयको नयाँ पाठ्यक्रम लागू गरेको छ। स्नातकोत्तर तह पठन अवधि चार सेमेस्टरको हुन्छ। पाठ्यक्रम चारै सेमेस्टरको तयार भई लागू भएको त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय डिनको कार्यालयका अधिकारीहरूले बताएका छन्।
सोही पाठ्यक्रमका केही पक्षलाई लिएर केही व्यक्तिहरूले भ्रामक प्रचारबाजी गरेपछि विज्ञहरूले चासो व्यक्त गरेका हुन्।
पाठ्यक्रम निर्माणमा सहभागी विज्ञ प्रा.डा. ध्रुव भट्टराईका अनुसार स्नातकोत्तर तहमा यसअघि पारिजात, विश्वेश्वरप्रसाद, विजय मल्ल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भवानी भिक्षुजस्ता स्रष्टाहरूको व्यक्तिपरक अध्ययन ऐच्छिक रूपमा पठनपाठन हुँदै आएको थियो। यस पटक भने सरोकारवालाहरूकै राय सुझावका आधारमा व्यक्तिपरक विशेष अध्ययन हटाइएको भट्टराईले बताए।
एउटा लेखकलाई फरक फरक विधामा पढ्नुपर्ने र विशेष अध्ययनमा पनि तिनै व्यक्तिका बारेमा अध्ययन गर्नुपर्ने भएकाले व्यक्तिपरक अध्ययन हटाइएको उनले स्पष्ट पारे।
भट्टराईले भने, ‘धारागत रूपमा सबैको प्रतिनिधित्व गराउने, जुन साहित्यिक प्रवृत्ति र धाराको जो छ त्यहीअनुसार पठनपाठन गराउने तर केही विशिष्ट साहित्यकारका बारेमा भिन्नै ऐच्छिक विषयका रूपमा समावेश नगर्ने भन्ने सुझावका आधारमा यस्तो गरिएको हो। ती स्रष्टा पाठ्यक्रमबाट हटाइएको होइन।’
भट्टराईका अनुसार पहिला व्यक्तिपरक अध्ययन हुँदै आएको थियो, अब प्रवृत्तिपरक अध्ययन हुन थालेको छ। उनले भने, ‘मनोवैज्ञानिक यथार्थवादी धाराअन्तर्गत विश्वेश्वरप्रसाद कोइराला र उनको सुम्निामा उपन्यास तथा प्रगतिवादी धाराअन्तर्गत पारिजात र उनको शिरीषको फूल उपन्यास समावेश गरिएको छ। एमए नेपालीको पाठ्यक्रममा न पारिजात हटाइएको छ न त विश्वेश्वरप्रसाद।’
नेपाली विषयमा पारिजात हटाइएको भनेर केही व्यक्तिहरूले डिन कार्यालय, विभाग र रेक्टर कार्यालयमा डेलिगेसन गएका थिए। यसै गरी पारिजात अध्ययन केन्द्र र प्रगतिशील लेखक सङ्घले भिन्नाभिन्नै विज्ञप्ति निकालेर चासो व्यक्त गरेका छन्। केही व्यक्तिहरूले पारिजात हटाएर महिला विरोधी पाठ्यक्रम बनाइएको भन्नसमेत भ्याएका छन्।
पाठ्यक्रम निर्माणमा सहभागी एक जना विज्ञ भन्छन्, ‘यसरी गलत भ्रम फैलाउनेले पाठ्यक्रम राम्ररी पढेको देखिएन। उनीहरूले पाठ्यक्रमको मर्म पनि बुझेका छैनन्। भ्रामक विषयलाई केही मिडियाले स्पेस दिनु झन् लाजमर्दो विषय हो।’
पारिजात हटाइएको भनेर विरोध गर्नेहरूले लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, ध्रुवचन्द्र गौतमजस्ता स्रष्टाको व्यक्तिपरक अध्ययन हटाइएको विषयमा भने कसैले एक शब्द पनि बोलेका छैनन्।
पाठ्यक्रम निर्माण मस्यौदा समितिका सदस्य डा. दुर्गाबहादुर घर्ती मगर पाठ, नेपाली साहित्यको इतिहास र नेपाली साहित्यको उत्तर वर्ती चरणको अध्ययन भन्ने पत्रमा उनै स्रष्टाहरूको अध्ययन दोहोरिने भएकाले स्रष्टापरक अध्ययन हटाइएको बताउँछन्।
उनका अनुसार स्रष्टापरक अध्ययनका ठाउँमा एसियाली साहित्यको अध्ययन, आप्रवासी साहित्यको अध्ययन, लोकवार्ता, नाटक र चलचित्रको अध्ययन, भाषा विज्ञानजस्ता विषय राखिएका छन्। घर्ती मगरले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘स्नातकोत्तर नेपालीको पाठ्यक्रमबाट पारिजात हटाएको भन्ने साँचो होइन, पाठमा उनको उपन्यास राखिएको छ। पाठ्यक्रमको मस्यौदा तयार गर्दा सकेसम्म प्राप्त भएका सुझावलाई आधार बनाइएको छ।’
त्रिभुवन विश्वविद्यालयका सहायक डिन एवम् मस्यौदा समितिका सदस्य डा. गोविन्दप्रसाद शर्माले सरोकारवालाहरूले दिएको सुझावका आधारमा व्यक्तिपरक अध्ययनलाई संशोधन गरेर प्रवृत्तिपरक अध्ययन समावेश गरी पाठ्यक्रम तयार भएको बताए। उनले कतिपय साहित्यकारका बारेमा स्नातकमै पढाइ भइसकेकाले स्नातकोत्तरमा नदोहोर्याइएको बताए।
शर्माले भने, ‘स्नातकमा भएका कुरा स्नातकोत्तरमा नराखिएको हो। पारिजात कहाँ हटेको छ र? उनका कथा र उपन्यास त पढाइ भइहाल्छ। व्यक्ति अध्ययनलाई भन्दा प्रवृत्तिलाई महत्त्व दिएर पाठ्यक्रम बनाइएको हो।’
पाठ्यक्रम एउटा व्यक्तिले निर्माण गरेको नभई विज्ञहरूको समूहले विभिन्न राय सुझाव लिएर निर्माण गरिएकाले यसमा विरोध गर्नुको औचित्य नरहेको उनको बुझाइ छ। शर्माले भने, ‘नयाँ पाठ्यक्रम धेरै फरक ढङ्गले आएको छ। यसमा साहित्यमा देखा परेका पछिल्ला प्रवृत्ति समेटिएको छ।’
मस्यौदा समितिका सदस्य प्रा.डा. लक्ष्मणप्रसाद गौतमले ‘पारिजातको मात्रै होइन पुनरावृत्ति भएका अन्य स्रष्टाको पनि व्यक्तिपरक अध्ययन हटाइएको बताए। उनले भने, ‘एउटा लेखकलाई कवितामा पढाइन्छ, निबन्धमा पढाइन्छ, खण्डकाव्य, महाकाव्यमा पढाइन्छ र फेरि विशेष अध्ययनमा पनि तिनकै व्यक्तिपरक विषय पढाइन्छ भने त पुनरावृत्ति भयो नि। पुनरावृत्ति नहोस् भनेर हटाइएको हो।’
लोक साहित्य र लोकवार्ताको पाठ्यक्रम निर्माणमा सहभागी प्रा.डा. षडानन्द पौडेलले पनि विज्ञ प्राध्यापकहरूको सुझावका आधारमा व्यक्ति प्रतिभाको विशेष अध्ययन नराखी कृतिकार र प्रवृत्तिको अध्ययन समावेश गरिएको बताए। उनले नेपाली साहित्य व्यापक भएकाले केही कुरा छुटेका भए त्यसलाई परिमार्जन गर्न सकिने बताए।
पाठ्यक्रम निर्माणको संयोजन गरेका नेपाली विषय मूल समितिका पूर्व अध्यक्ष एवम् त्रिवि नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल स्नातकोत्तर नेपालीमा पारिजात र विश्वेश्वरप्रसाद कोइराला हटाइयो भनेर भ्रम फैलाउने काम भइरहेको बताउँछन्।
पाठ्यक्रम मस्यौदा समितिका संयोजकसमेत रहेका लुइँटेल भन्छन्, ‘केही तत्त्वले पारिजात हटाइयो भनेर वामपन्थीहरूको सहानुभूति लिन खोजेका छन्, विश्वेश्वरप्रसाद कोइराला हटाइयो भनेर प्रजातन्त्रवादीहरूको सहानुभूति लिन खोजेका छन्। गलत बुझाइका कारण यस्तो भएको हो।’
प्रा.डा. लुइँटेलले महिला स्रष्टा र तिनका कृति हटाइयो भनेर पनि भ्रामक प्रचारबाजी भइरहेको बताए। उनका अनुसार पाठ्यक्रम निर्माणमा सहभागी केही व्यक्तिहरूबाटै भ्रामक कुरा फैलाएर तल्लो स्तरको काम भइरहेको छ।
लुइँटेलले भने, ‘सबैबाट पाएको सुझाव र पाठ्यक्रमको संरचनामा कुनै पनि व्यक्ति विशेषको विशेष अध्ययन नगर्ने भन्ने धारणा आएको थियो। त्यो सुझावको सबै प्रति विभागमा सुरक्षित छ। त्यहाँ हेर्न सकिन्छ।’ पारिजात, विश्वेश्वरप्रसाद, भवानी भिक्षुजस्ता स्रष्टाहरूको विशेष अध्ययन नराखौँ, पुनरावृत्ति मात्रै हुन्छ भनेर सबैतिरबाट राय सुझाव आएपछि सोहीअनुसार गरिएको लुइँटेलले जानकारी दिए। उनका अनुसार विभागीय बैठकमा त्यही निर्णय भयो, विषय समितिमा पनि त्यसमै सहमति भयो।’
महिला स्रष्टा र तिनका कृति समावेश नगरिएको भनेर आलोचना भइरहेको छ नि भन्ने जिज्ञासामा लुइँटेलले भने, ‘अधिकांश नेपाली महिला साहित्यकार र तिनका कृतिबारे स्नातक तहमा पढाइ हुन्छ। एएमको पाठ्यक्रममा तिनै विषय दोहोर्याउँदा क्रेडिट आवर पुग्दैन। एमएमा तोया गुरुङका कविता राखिएको छ। तोया गुरुङ राख्नु हुँदैनथ्यो अर्की महिला राख्नुपर्दथ्यो भन्नेमा कुनै तर्क छैन।’
प्रा.डा. लुइँटेलले व्यक्तिपरक अध्ययनको सट्टा प्रवृत्तिपरक अध्ययनका नयाँ विषय थपिएको बताए। नयाँ पाठ्यक्रममा नेपाली भाषा, साहित्य र लोक साहित्यका सबै पक्ष समेटिएको उनको भनाइ छ। लुइँटेलले भने, ‘लोक साहित्य राख्नै हुँदैनथ्यो र भाषा राख्न हुँदैन भनेर जसले विरोध गरिरहेका छन्, तिनीहरू भनेका पहिला भाषा बिगार्ने तत्त्वहरू हुन्। तिनै मान्छेले अहिले पाठ्यक्रमको विरोध गरिरहेका छन्। उनीहरूबाट नेपाली भाषा र संस्कृतिलाई ध्वस्त पार्ने प्रयत्न भइरहेको छ।’
यसै गरी उनले त्रिविले जुनसुकै विषयमा स्नातक गरेका व्यक्तिले पनि नेपालीमा स्नातकोत्तर अध्ययन गर्न पाउने व्यवस्था गरेपछि सोहीअनुसार पाठ्यक्रम परिवर्तन गरिएको जानकारी दिए।
प्रा.डा. भट्टराई साहित्यमा हजारौँ लेखक हुने भएकाले सबैलाई समेट्न असम्भव रहेको बताउँछन्। उनले भने, ‘प्रवृत्तिको प्रतिनिधि चयन मुख्य कुरा हो। एक सय जना राम्रा साहित्यकारमध्ये १० जना चयन गर्दा तेरो पर्यो वा मेरो पर्यो भनेर विरोध आउनुको तुक छैन।’ उनले विश्वविद्यालयले चाहेमा फेरि सुरु प्रक्रियाबाट पाठ्यक्रम संशोधन प्रक्रिया अगाडि बढाउन सक्ने बताए।
भट्टराईले भने, ‘पहिलो सत्रको पढाइ सुरु भइसकेको छ। त्यो चरण पार गर्न कम्तीमा पनि ६ महिना लाग्छ। एउटा सत्र के गर्ने? भन्ने समस्या हुन्छ।’
कसरी गरिएको थियो पाठ्यक्रम परिमार्जन?
त्रिभुवन विश्वविद्यालयले प्रत्येक १० वर्षमा पाठ्यक्रममा पुनरावलोकन गर्दै आएको छ। त्यहीअनुसार परिमार्जन गरिएको प्रा.डा. भट्टराईले बताए। उनले भने, ‘सुरुवात विषय समितिबाट हुन्छ। पाठ्यक्रम परिमार्जनको मस्यौदा तयार गर्नका लागि एउटा समिति गठन गरी प्रक्रिया अगाडि बढाइन्छ। राय सुझाव लिएरै मस्यौदा निर्माण गरियो। प्रारूप तयार गरिसकेपछि मलाई पनि मस्यौदा माग गरिएको थियो।’
मस्यौदा समितिका संयोजक प्रा.डा. लुइँटेलका अनुसार पाठ्यक्रम निर्माणका लागि पहिला नेपाली विषय स्थायी समितिको बैठक बसेको थियो। त्यसले एक तहको निर्णय गरेपछि दोस्रो तहमा त्रिवि नेपाली केन्द्रीय विभागमा कार्यरत प्राध्यापकहरू, उपत्यकाका क्याम्पसहरू र देशभर नेपाली एमए पढाइ हुने क्याम्पसका प्राध्यापकहरूबाट राय सुझाव सङ्कलन गरिएको थियो।
उनले भने, ‘त्यसपछि विभागीय बैठक बसेर सबैलाई सात दिनको समय दिई पाठ्यक्रम संरचना तयार पार्न लगाइएको थियो। त्रिवि नेपाली केन्द्रीय विभागका सबै प्राध्यापकहरूले संरचना ल्याएर बुझाउनुभयो। उपत्यकाभरिका सबै क्याम्पसका नेपाली विभागीय प्रमुख पनि पाठ्यक्रमको स्पष्ट संरचनासहित नेपाली केन्द्रीय विभागमा आउनुभयो।’
देशभरबाट आएका, उपत्यकामा सङ्कलित र विभागका प्राध्यापकहरूबाट उपलब्ध सबै संरचना सङ्कलन गरेर एकीकृत रूपमा एउटा खाका बनाइएको थियो। लुइँटेलले भने, ‘अहिले जोजो मानिस विरोधमा उत्रनुभएको छ, ती मान्छेहरू सबैलाई मैले उहाँहरू जुन जुन क्षेत्रमा विज्ञ हुनुहुन्छ, जुन विषय पढाउनुहुन्छ, सोहीअनुसार पाठ्यक्रम निर्माणको जिम्मा दिइएको थिएँ।’
यस्तो प्रक्रिया नेपाली विषयमा पहिलो पटक भएको उनले बताए। ‘कसले कुन पाठ्यक्रमको खाका निर्माण गर्यो भन्ने जानकारी विभागसँग सुरक्षित छ। कुन कुन चरण ककसले कस्ता राय दिए भन्ने प्रमाण पनि विभागको फाइलमा सुरक्षित छ’, प्रा.डा. लुइँटेलले भने।
विषय समिति, विद्या परिषद्, प्राज्ञिक परिषद्ले अन्तिम रूप दिएपछि पाठ्यक्रमले अन्तिम रूप पाउने व्यवस्था छ।
एमए नेपालीको पाठ्यक्रम मस्यौदा समितिमा प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, डा. गोविन्दप्रसाद शर्मा र डा. दुर्गाबहादुर घर्ती थिए। साथै विषय समितिका १९ जना विज्ञ पनि पाठ्यक्रम निर्माणमा सहभागी थिए।
यसका अतिरिक्त नेपाली विषय पढाइ हुने काठमाडौँ उपत्यकाभित्र र बाहिरका सबै क्याम्पसका नेपाली विभागका प्रमुखको राय सुझावका आधारमा पाठ्यक्रम तयार पारिएको मस्यौदा समितिका सदस्यहरू बताउँछन्।
The post स्नातकोत्तर नेपाली, न हटाइएको छ पारिजात न विश्वेश्वर appeared first on Gyaan Ghar.
]]>The post लोमश वाङ्मय प्रतिष्ठानको छैटौँ शृङ्खला सम्पन्न appeared first on Gyaan Ghar.
]]>


The post लोमश वाङ्मय प्रतिष्ठानको छैटौँ शृङ्खला सम्पन्न appeared first on Gyaan Ghar.
]]>The post आमालाई चिठी परिचर्चा कार्यक्रममा तेर्सिए थुप्रै प्रश्नहरू appeared first on Gyaan Ghar.
]]>



The post आमालाई चिठी परिचर्चा कार्यक्रममा तेर्सिए थुप्रै प्रश्नहरू appeared first on Gyaan Ghar.
]]>The post प्रलेसको जिल्ला सम्मेलन कहाँ कहाँ भयो ? appeared first on Gyaan Ghar.
]]>
कोसी प्रदेश
१) झापा २) सुनसरी ३ं) तेह्रथुम ४) भोजपुर
मधेस प्रदेश
५) महोत्तरी ६) रौतहट ७) सिराहा ८) धनुषा
बाग्मती प्रदेश
९) काभ्रे १०) चितवन ११) ललितपुर १२) भक्तपुर १३) मकवानपुर १४) सिन्धुली १५) धादिङ
गण्डकी प्रदेश
१६) कास्की १७) गोरखा १८) लमजुङ १९) तनहुँ २०) स्याङ्जा २१) नवलपुर २२) पर्वत
लुम्बिनी प्रदेश
२३) बाँके २४) बर्दिया २५) रुपन्देही २६) गुल्मी २७) दाङ २८) प्युठान २९) पूर्वी रुकुम ३०) पाल्पा
कर्णाली प्रदेश
३१) रुकुम पश्चिम ३२) कालिकोट
सुदूर पश्चिम
३३) कैलाली ३४) कञ्चनपुर ३५) बाजुरा ३६) बैतडी
उपमहानगरपालिका
धनगढी
The post प्रलेसको जिल्ला सम्मेलन कहाँ कहाँ भयो ? appeared first on Gyaan Ghar.
]]>