Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Warning: Cannot modify header information - headers already sent by (output started at /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php:6131) in /home/unitedrukum/gyaanghar.com/wp-includes/feed-rss2.php on line 8
समाज Archives - Gyaan Ghar https://gyaanghar.com/category/समाज/ Welcome Wed, 18 Jun 2025 02:04:49 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 https://gyaanghar.com/wp-content/uploads/2023/08/cropped-gyaan-ghr-logo-32x32.png समाज Archives - Gyaan Ghar https://gyaanghar.com/category/समाज/ 32 32 अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने https://gyaanghar.com/2025/06/18/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%be/ https://gyaanghar.com/2025/06/18/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%be/#respond Wed, 18 Jun 2025 02:04:49 +0000 https://gyaanghar.com/?p=10829 खड्क सुनार मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरू महिनावारी, छाउ भएको अवस्थामा महिलालाई दूध, दही अथवा सेतो वस्तु नदिने प्रचलन जिल्लामा कायमै रहेको छ  ।   गाई र भैँसीको दूध, दही र मोही सेतो वस्तु महिनावारी भएका महिलालाई उपभोग गर्न दिँदा गाईबस्तु बाँझो हुने, दूध दही नदिने अन्धविश्वास अझै कायमै रहेको हो । […]

The post अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने appeared first on Gyaan Ghar.

]]>

खड्क सुनार
मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरू महिनावारी, छाउ भएको अवस्थामा महिलालाई दूध, दही अथवा सेतो वस्तु नदिने प्रचलन जिल्लामा कायमै रहेको छ  ।

 

गाई र भैँसीको दूध, दही र मोही सेतो वस्तु महिनावारी भएका महिलालाई उपभोग गर्न दिँदा गाईबस्तु बाँझो हुने, दूध दही नदिने अन्धविश्वास अझै कायमै रहेको हो ।

छायाँनाथ रारा नगरपालिका-६ की मुनरुपा बोहराका अनुसार महिनावारी भएका  महिलालाई गाई, भैँसीको दूध दही दियो भने ती जनावर कहिल्यै नब्याउने भन्ने र फलफूलका  बिरुवालाई पनि छोए पछि सुक्ने फल नदिने भन्ने भ्रम रहेको छ ।

पुस्तौँ देखि प्रचलनमा रहेको यो अन्धविश्वास वर्तमान अवस्थामा पनि जीवितै छ । महिनावारी भएका महिलाले दूध, दही, मोही खान त के गाई भैँसीको शरीरमा समेत छुन नपाउने यो परम्परा कायमै रहेको उनीहरूले जनाए ।

यहाँका महिलाहरू छाउगोठमा हिउँदको चिसो र बर्खाको हिलोमा सुत्न बाध्य हुँदै आएका छन् । महिनावारी भएका महिलालाई दूध दिँदा दुहुनो गाई भैँसी बाँझो हुने, अशुभ हुने, महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउँदा देउता लाग्ने जस्ता भ्रम हट्न नसकेको छायाँनाथ रारा नगर पालिका वडा नं ८ का समाजसेवी लाल बहादुर रावलले  बताए ।

यता स्वास्थ्य सेवा कार्यालय मुगुमा कार्यरत नर्सिङ प्रमुख मनीषा लामिछानेका अनुसार महिनावारी भएको बेला शरीरबाट रक्तस्राव बढी हुने, शरीर कमजोर महसुस हुने,  शरीरलाई बलियो बनाउन पौष्टिक खाना, हरियो सागसब्जी, तरकारी, फलफूल दूध, दही, गेडागुडीको झोल प्रशस्त मात्रामा खानुपर्ने, टुसा उमारेको गेडागुडी, चाकु, फलामको भाँडामा पकाएको दाल गहत आदिको प्रयोगले शरीर स्वास्थ्य बनाउनु पर्ने उनको भनाई छ ।

महिनावारी भएका बेला महिलालाई गाईको गहत (पिसाब) छर्काउने र कपडामा सुनपानीले छर्केर शुद्ध गराउने चलन रहेको यहाँका स्थानीय महिलाहरूले बताएका छन् ।

The post अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/06/18/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%be/feed/ 0
सर्पहरूबाट पहिचान बनाउँदै सम्झना राई https://gyaanghar.com/2025/06/15/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%aa%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%a8-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6/ https://gyaanghar.com/2025/06/15/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%aa%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%a8-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6/#respond Sun, 15 Jun 2025 15:22:34 +0000 https://gyaanghar.com/?p=10819 मोरङ, १ असार । सर्प देख्नासाथ डराउने वा भाग्नेहरूको कमी छैन तर केही अपवाद पनि छन्।   सम्झना राई यस्तै एक साहसी युवती हुन्, जसले सर्पलाई मित्र मान्दै उद्धार गर्ने जिम्मेवारी उठाएकी छिन्। सङ्खुवासभाको खाँदवारिमा जन्मेकी सम्झना अहिले उर्लाबारी नगरपालिका–१मा बसोबास गर्दै एक सक्रिय सर्प उद्धारकर्ताको रूपमा चिनिन्छिन्। उनले २ वर्ष देखि सर्प उद्धार गर्न […]

The post सर्पहरूबाट पहिचान बनाउँदै सम्झना राई appeared first on Gyaan Ghar.

]]>


मोरङ, १ असार । सर्प देख्नासाथ डराउने वा भाग्नेहरूको कमी छैन तर केही अपवाद पनि छन्।

 

सम्झना राई यस्तै एक साहसी युवती हुन्, जसले सर्पलाई मित्र मान्दै उद्धार गर्ने जिम्मेवारी उठाएकी छिन्।

सङ्खुवासभाको खाँदवारिमा जन्मेकी सम्झना अहिले उर्लाबारी नगरपालिका–१मा बसोबास गर्दै एक सक्रिय सर्प उद्धारकर्ताको रूपमा चिनिन्छिन्। उनले २ वर्ष देखि सर्प उद्धार गर्न थालेकी छन् र अहिले सम्म तीन सय हाराहारी सर्प उद्धार गरिसकेकी छन्।

 

सम्झना राईको जीवन यात्रा सामान्य नभई विशेष छ। सामान्यतया सर्पको नाम सुन्दा मानिसको शरीर काँप्ने गर्छ, तर सम्झनाको लागि सर्प भने एक अजिब दोस्त बन्यो, जसको उद्धार गर्न उनले आफ्नो समय र श्रम खपत गर्न थालिन्। सर्पलाई मार्नुपर्ने सोचलाई चिर्दै, उनी सर्पप्रति चिन्ता र देखावटी डरको छाया हटाएर उनी आफ्नो समाजमा सर्प प्रतिको समझदारी र सहिष्णुता फैलाउने अभियानमा जुटेकी छन्।

 

‘सर्प हाम्रो शत्रु होइन, मित्र हो,’ सम्झना भन्छिन्, ‘सर्प बचाउन सके हामीलाई थाहा हुन्छ कि हामीले प्रकृतिको सन्तुलन र सम्पूर्ण पारिस्थितिकै प्रणालीलाई बचाउन सहयोग पुराएका छौँ। यही सोचले मलाई यस अभियानमा भाग लिन प्रेरित गर्‍यो।’ उनको यो सोच सामाजिक सन्देश र उद्धारका कार्यहरूमा ध्यान आकर्षित गरिरहेको छ।

 

सम्झनाको सर्प उद्धार कार्य यात्रा कुनै साधारण काम होइन। सुरुमा उनलाई धेरै जसो मानिसहरूको आलोचना र चिन्ता भोग्न पर्‍यो। २० वर्षकी उमेरमा उनले सर्पसँग सम्बन्ध बनाउने निर्णय गरिन्, जब उनले सर्पहरूको साँचो महत्त्व र सर्पहरूको संरक्षण विषयमा अध्ययन गर्न थालिन्।

‘सर्पलाई मानिसहरूले जस्तो डर र घृणा जनाएका छन्, त्यस्तै सर्पको वास्तविकता छैन,’ उनले भनिन्। ‘सर्पहरूले हामीलाई कुनै धोका दिँदैनन्। प्रकृतिमा तिनीहरूको विशेष स्थान छ।’

 

सम्झना राई लाई यिनीको प्रेरणा भनेको देव राई र मास्के श्रेष्ठजस्ता साथीहरू थिए, जसले उनलाई सर्प उद्धारमा लाग्नका लागि प्रेरित गरे। उनीहरू दुवै सर्प उद्धारका क्षेत्रमा कार्यरत छन् र उनीहरूको सँगसँगै काम गर्दै सम्झनाले यो क्षेत्रमा सशक्त स्थान बनाएको छ। उनी भन्छिन्, ‘सङ्गतले ठुलो प्रभाव पार्छ। देव र मास्के जस्ता साथीहरूको साथले मलाई यो कार्यमा साहस र हिम्मत प्रदान गरिदिए ।’

 

सम्झनाका लागि चुनौतीहरूको एक ठुलो हिस्सा भनेको महिला सर्प उद्धारकर्ता हुनु हो। हाम्रो समाजमा महिलाहरूलाई सर्पको नजिक जानेलाई अस्वीकृति र डरको दृष्टिले हेरिन्छ। ‘महिलाहरू सर्प देख्दा सात कोश टाढा भाग्छन्, तर म भने सर्प समाउँछु। यो कार्य गर्दा सामाजिक मान्यता र डरले पनि हामीलाई बारम्बार रोकेको छ,’ सम्झना भन्छिन्।

तर, सम्झनाले यो चुनौती स्विकारेर आफ्नो पथमा अडिग रहिन्। घरका सदस्यहरू सुरुआतमा चिन्तित भए पनि उनको अडान र दृढताले सबैलाई कन्भिन्स गर्न सफल बनायो। अहिले उनको परिवार पनि उनलाई समर्थन गर्दछ।

सम्झना राईलाई सर्पको सही संरक्षण र सम्हालका लागि आवश्यक ज्ञान प्राप्त गर्नको लागि उनले चितवनमा केही दिनको विशेष तालिम लिएकी थिइन्। सर्प विशेषज्ञहरूले उनलाई विषालु र अ विषालु सर्प बिचको भेद, सर्पहरूको बनावट, रङ्ग, र स्वभाव जस्ता विभिन्न पक्षहरूका बारेमा प्रशिक्षण पाएकी छिन्। यस तालिमले उनलाई सर्प समाउने क्रममा सर्पको वास्तविक पहिचान गर्ने क्षमता दिएको छ।

 

सम्झना सर्पप्रतिको आफ्ना ज्ञान र अनुभवलाई उन्नत बनाउन चाहन्छिन्। उनी भन्छिन्, ‘हामीले सर्पको खतरनाक वा न खतरनाक प्रवृत्तिलाई चिन्न आवश्यक छ। उदाहरणका रूपमा गोमन सर्पको टाउको फराकिलो र विषालु हुन्छ, यदि यसले टोक्यो भने आधा घण्टामा अस्पताल पुग्न सकिएन भने जान गुमाउन सक्छ।’

 

सम्झना राईको काम धेरै हदसम्म सशक्त भए तापनि, उनले सर्प उद्धारका लागि उपयोग गर्ने उपकरणहरूको अभाव छ। उर्लाबारी नगरपालिकाले केही उपकरण उपलब्ध गराए पनि उनले कार्य गर्नका लागि आवश्यक अन्य उपकरणहरूको लागि आफ्नै गोजीबाट खर्च गर्नु परेको छ। ‘महिनामा ४ देखि ५ हजार रुपैयाँ खर्च हुने गर्छ,’ उनी बताउँछिन्, ‘तर सरकारको तर्फबाट कुनै पनि दिगो सहयोग प्राप्त भएको छैन।’

 

सर्प उद्धारको काम साहसिक भए तापनि, यस्ता कामहरूमा सरकारी स्तरबाट विशेष सहयोगको आवश्यकता स्पष्ट देखिन्छ। ‘मलाई र अन्य सर्प उद्धारकर्ताहरूलाई राज्यको सहयोगको ठुलो आवश्यकता छ,’ उनी थप्छिन्।

 

सम्झनाको सर्पसँगको अनुभवको पहिलो क्षण भनेको उनको पहिलो सर्प समाउने पल हो। उनले भनिन, ‘पहिलो पटक सर्प समाउने सोच्दा पनि मलाई डर लागिरहेको थियो, तर त्यो एक अनौठो रोमाञ्चक अनुभव बन्यो।’ यो पल सम्झनाको जीवनको एक मील पत्थर बन्यो र उनले त्यसपछि सर्पको संरक्षकको रूपमा कसम खाइन्।

 

मिडियामा पनि सम्झनाले आफ्नो यात्रा सुरु गरिन्। उनले झापाको रेडियोमा आर्जेको रूपमा करिअर सुरु गरिन् र पछि बिर्तामोडको सेल्फी टिभीमा कार्य गर्दै हाल आफ्नै अनलाइन मिडिया प्लेटफर्म चलाउँदै छिन्।

 

सम्झनाको सर्प उद्धारको यात्रा केवल सर्पप्रतिको समर्पण मात्र होइन, यो सामाजिक भय र अज्ञानतासँगको सङ्घर्षको कथा पनि हो। उनले भनिन, ‘हामी सर्पलाई देख्दा मर्छौँ जस्तो सोच्दछौँ, तर साँचो कुरा भनेको हामी प्रकृतिलाई मारेका हौँ।’

 

सम्झनाले यस कार्यमा समाजलाई अज्ञानताको पर्दा हटाउन र सर्पको वास्तविक महत्त्व बुझ्न मद्दत गर्न चाहन्छिन्। उनको भनाइ छ, ‘सर्पलाई देख्दा भाग्नुको सट्टा, हामीले तिनको साथमा बाँच्न र समझदारीका साथ हिँड्न सिक्न आवश्यक छ।’

The post सर्पहरूबाट पहिचान बनाउँदै सम्झना राई appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/06/15/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%aa%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%a8-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6/feed/ 0
महायज्ञ स्थल ‘पवित्र’ बनाउन दलित परिवारलाई उठीबास, माटोसमेत फालियो https://gyaanghar.com/2025/03/20/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%af%e0%a4%9c%e0%a5%8d%e0%a4%9e-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2-%e0%a4%aa%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89/ https://gyaanghar.com/2025/03/20/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%af%e0%a4%9c%e0%a5%8d%e0%a4%9e-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2-%e0%a4%aa%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89/#respond Thu, 20 Mar 2025 12:04:20 +0000 https://gyaanghar.com/?p=10783 मुकेश कुमार यादव/ सिरहा, ७ चैत। सिरहामा करिब २५ वर्ष देखि सानो छाप्रोमा बस्दै आएका एक जना मालिक परिवारलाई जनप्रतिनिधिहरूले नै उठीबास गराएका छन्। पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत औरही गाउँपालिका ५ स्थित सडक छेउमा लामो समयदेखि बस्दै आएका (दलित) मालिक परिवारलाई औरही गाँपा अध्यक्ष शिवजी यादवले नै घर भत्काउन लगाएर विस्थापति गरेका हुन्। विगत […]

The post महायज्ञ स्थल ‘पवित्र’ बनाउन दलित परिवारलाई उठीबास, माटोसमेत फालियो appeared first on Gyaan Ghar.

]]>

मुकेश कुमार यादव/ सिरहा, ७ चैत। सिरहामा करिब २५ वर्ष देखि सानो छाप्रोमा बस्दै आएका एक जना मालिक परिवारलाई जनप्रतिनिधिहरूले नै उठीबास गराएका छन्। पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत औरही गाउँपालिका ५ स्थित सडक छेउमा लामो समयदेखि बस्दै आएका (दलित) मालिक परिवारलाई औरही गाँपा अध्यक्ष शिवजी यादवले नै घर भत्काउन लगाएर विस्थापति गरेका हुन्।
विगत लामो समयदेखि सडक किनारमा बस्दै आएका दीपक मालिक (डोम) बस्ने नयाँ छाप्रो ठडिएको छ। त्यही छाप्रो पनि दुई वटा कोठामा विभाजन गरिएको छ। कोठाका दुवै दैलोमा भगवान् महादेव, विष्णु, गणेश, लक्ष्मी सरस्वतीका फोटो टाँसिएका छन्। तर, उनको आस्थाका भगवान्ले उनलाई कहिल्यै रक्षा गर्न सकेन।
उनका परिवारले पनि आस्थाका साथ मानिरहेका भगवान्हरूको नाममा यही चैत १७ गते देखि श्री श्री १०८ श्री विष्णु महायज्ञ आयोजना हुँदै छ। दीपक त्यही महायज्ञ स्थल नजिकै एउटा कुनामा सानो छाप्रोमा बस्दै आएका थिए। महायज्ञ लगाउने ठाउँ नजिकै छाप्रोमा बस्दै आएका अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ता धर्ता मानिएका महा त्यागी बजरंगी बाबाको निर्देशनमा पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसिभी लगाएर गत फागुन १० गते भत्काई ।
आयोजकले मलिकको घर मात्र भत्काइएन अछुतले छोएको माटो भनेर घर रहेको  स्थानको समेत दुई फिट माटो खनेर खोलामा फालिएको छ।

थातथलो भत्काएर मालिक परिवारलाई विस्थापित गराइए पछि श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीको करिब २ धुर जग्गामा दुई कोठाको टिनले छाएको घर बनाएर राखिएको छ। त्यही घरमा उनका दुई छोरा, दुई छोरी, एक बुहारी र दीपक श्रीमान् श्रीमतीसहित सात जनाको परिवार बस्दै आएको थियो।

विगत २५ वर्षदेखि मालिक परिवारको थातथलो रहेको स्थानमा जनता आवास कार्यक्रमबाट ५ वर्ष अघि दुई कोठे पक्की भवन पालिकाले नै बनाइ दिएको थियो। घर भत्काएर नयाँ ठाउँमा सारिदिएपछि मालिक परिवार बिचल्लीमा परेका छन्। छाप्रो निर्माण भए पनि उनीसँग पानीको स्रोत छैन, बिजुली बलिरहेको छैन। अनिताले भनिन, ‘घर पनि हाम्रै काठ पात र थोत्रो जस्ता हालेर घर ठम्याइ दिएका छन्’।

दीपकका श्रीमती अनिता मलिकले भनिन, ‘बर्षौंदेखि बस्दै आएको ठाउँबाट अहिले यहाँ सरिदिएको छ। साना नानीहरूसहित यहाँ बसिरहेको छु। बिजुली छैन। पानी छैन। गाउँबाट पानी मागेर एक महिनादेखि गुजारा गरिरहेको छु। बिजुली नभएकाले दिउँसै खाना पकाएर खानुपर्ने बाध्यता छ। कष्टपूर्ण तवरले बाचिरहेको छु।’

पुरानो वासस्थानबाट तिमीहरू हट्नु पर्छ भनेर गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्व वडाध्यक्ष दिलीप यादवले दबाब दिएको पीडित दीपककी पत्नी अनिता मलिकले बताइन्। यज्ञ लगाउने नाममा हामीलाई त्यहाँबाट हट्नु पर्छ भनेका थिए। तर, हामी श्रीमान् श्रीमती घरमा नभएको बेला डोजर लगाएर घर भत्काइयो। हामी निरीहले के प्रतिकार गर्न सक्नु।’
दीपक र अनिता मालिकको १७ वर्षीय छोरा अर्जुन र नव बिबाहिता बुहारी, १३ वर्षकी छोरी किरण कुमारी १० वर्षकी छोरी प्रीति र ८ वर्षीय छोरा आकाश मालिक सहितको ७ जनाको जहान छ।
यस सम्बन्धमा पालिका अध्यक्ष शिवजी यादवलाई सोध्दा उनले मालिक परिवारको घर भत्काइ दिएको स्वीकार गरे। उनले भने त्यहाँ कृषि बजार लगाउन ३ करोडमा टेन्डर लागेको छ। त्यहाँ चौतर्फी बाउण्ड्री वाल लगाउनु छ। त्यस कारण भत्काएको जिकिर गरे।
यता विभिन्न मिडियाहरूमा समाचार सम्प्रेषण पश्चात् आज स्थलगत निरीक्षणमा पुगेका जिल्ला प्रहरी कार्यालय प्रमुख रमेश पडिंतले तत्काललाई यो महायज्ञ रोक्न निर्देशन दिएको छ। उनले भने, ‘यो महायज्ञ विवादित भयो। अहिले तत्काललाई महायज्ञ रोक्न केन्द्रबाट नै निर्देशन आएको छ।’
महायज्ञका पुजारी बजरंगी बाबाले त्यो ठाउँ पवित्र गर्ने भन्दै जल छर्किए । यो सरासर छुवाछुतको अपराध गरेको दलित अधिकारकर्मीहरू बताउँछन्। दोषी बजरंगी बाबा, पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव माथि कानुन बमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्। यो घटनाको बारेमा राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगले समेत घटनाको छानबिन गर्न अधिकारकर्मीहरूले माग गरेका छन्।

The post महायज्ञ स्थल ‘पवित्र’ बनाउन दलित परिवारलाई उठीबास, माटोसमेत फालियो appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/03/20/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%af%e0%a4%9c%e0%a5%8d%e0%a4%9e-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2-%e0%a4%aa%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89/feed/ 0
बुढानीलकण्ठमा काठमाडौँ परिसरको छापा, केही व्यक्ति पक्राउ https://gyaanghar.com/2025/02/09/%e0%a4%ac%e0%a5%81%e0%a4%a2%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%b2%e0%a4%95%e0%a4%a3%e0%a5%8d%e0%a4%a0%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%aa/ https://gyaanghar.com/2025/02/09/%e0%a4%ac%e0%a5%81%e0%a4%a2%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%b2%e0%a4%95%e0%a4%a3%e0%a5%8d%e0%a4%a0%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%aa/#respond Sun, 09 Feb 2025 16:07:03 +0000 https://gyaanghar.com/?p=10664 काठमाडौँ – काठमाडौँको बुढानीलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ। अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शङ्कास्पद गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले छापा मारेको हो। छापा मार्न जिल्ला प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी आफैँ आइतबार बेलुका बुढानीलकण्ठ पुगेका थिए। अधिकारीका अनुसार शङ्कास्पद गतिविधिको सूचना आएपछि प्रहरी टोली गएर घरमा छापा मारेको हो। […]

The post बुढानीलकण्ठमा काठमाडौँ परिसरको छापा, केही व्यक्ति पक्राउ appeared first on Gyaan Ghar.

]]>


काठमाडौँ – काठमाडौँको बुढानीलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ।

अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शङ्कास्पद गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले छापा मारेको हो।

छापा मार्न जिल्ला प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी आफैँ आइतबार बेलुका बुढानीलकण्ठ पुगेका थिए।

अधिकारीका अनुसार शङ्कास्पद गतिविधिको सूचना आएपछि प्रहरी टोली गएर घरमा छापा मारेको हो। यस क्रममा केही व्यक्तिहरू पक्राउ परेको अधिकारीले बताए।

‘एक घरमा छापा मारिएको हो, अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शङ्कास्पद गतिविधि भइरहेको सूचनाको आधारमा म आफैँ पुगेको थिएँ,’ अधिकारीले भने, ‘विस्तृत सूचनाको विवरण आउन बाँकी छ।’

अधिकारी एक साताअघि मात्रै परिसरमा नयाँ प्रमुख भएर गएका थिए। अधिकारीले के कति व्यक्ति पक्राउ परेको र के कस्तो विवरण हो विस्तृत विवरणबारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइने बताए।

 

The post बुढानीलकण्ठमा काठमाडौँ परिसरको छापा, केही व्यक्ति पक्राउ appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/02/09/%e0%a4%ac%e0%a5%81%e0%a4%a2%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%b2%e0%a4%95%e0%a4%a3%e0%a5%8d%e0%a4%a0%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%aa/feed/ 0
तेस्रो लिङ्गीको मृत्यु हुँदा किन रातमा मात्रै शव गाड्छन् र शवमा जुत्ताले हान्छन् ?  https://gyaanghar.com/2025/01/07/%e0%a4%a4%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%b2%e0%a4%bf%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%81-%e0%a4%b9/ https://gyaanghar.com/2025/01/07/%e0%a4%a4%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%b2%e0%a4%bf%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%81-%e0%a4%b9/#respond Tue, 07 Jan 2025 08:24:16 +0000 https://gyaanghar.com/?p=10532 काठमाडौँ, २३ पुस । तेस्रो लिङ्गीहरूको संसार सबै हिसाबले आम मानिसभन्दा फरक छ। यी ती मानिसहरू हुन्, जो न महिला हुन्, न पुरुष हुन्, ती सामान्य भन्दा फरक हुन्छन् । सभ्य भाषामा यिनीहरूलाई तेस्रो लिङ्गी भनिन्छ।   हाम्रा हरेक खुसीमा सहभागी हुन यिनीहरू आउँछन्। हाम्रो लागि प्रार्थना गर्छन् । हिन्दु धर्ममा  तेस्रो लिङ्गीहरूको प्रार्थनामा ठुलो […]

The post तेस्रो लिङ्गीको मृत्यु हुँदा किन रातमा मात्रै शव गाड्छन् र शवमा जुत्ताले हान्छन् ?  appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ, २३ पुस । तेस्रो लिङ्गीहरूको संसार सबै हिसाबले आम मानिसभन्दा फरक छ। यी ती मानिसहरू हुन्, जो न महिला हुन्, न पुरुष हुन्, ती सामान्य भन्दा फरक हुन्छन् । सभ्य भाषामा यिनीहरूलाई तेस्रो लिङ्गी भनिन्छ।

 

हाम्रा हरेक खुसीमा सहभागी हुन यिनीहरू आउँछन्। हाम्रो लागि प्रार्थना गर्छन् । हिन्दु धर्ममा  तेस्रो लिङ्गीहरूको प्रार्थनामा ठुलो शक्ति हुन्छ भन्ने विश्वास गरिन्छ।

 

तर यी  तेस्रो लिङ्गीहरूको जीवनको बारेमा धेरै कम जानकारी उपलब्ध होला । त्यसैले आज हामी तपाईँलाई उनको अन्त्येष्टिसँग जोडिएको चकित पार्ने परम्पराको बारेमा बताउन गइरहेका छौँ, जसको बारेमा थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ । के तपाईँले कहिल्यै सोच्नुभएको छ कि मृत्यु पछि यी  तेस्रो लिङ्गीहरूको अन्तिम संस्कार कसरी गरिन्छ ? उनीहरूको शवलाई किन जुत्ताले हिर्काइन्छ र किन राती अन्तिम संस्कार गरिन्छ ?

 

यदि तपाईँलाई थाहा छैन भने, आउनुहोस् हामी तपाईँलाई यसको बारेमा बताउने छौँ ।

 

वास्तवमा  तेस्रो लिङ्गीहरूको मृत्यु पछि उनीहरूको अन्तिम संस्कार गोप्य राखिएको हुन्छ ताकि कुनै पनि  तेस्रो लिङ्गीले यसलाई देख्न नपरोस्। त्यस कारण, तिनीहरूको अन्तिम यात्रा प्रायः रातमा निकालिन्छ।

 

कुनै  तेस्रो लिङ्गीको अन्त्येष्टिमा सामान्य मानिसले देखेमा मृतकले  तेस्रो लिङ्गीकै रूपमा पुनर्जन्म पाउने विश्वास गरिन्छ । शवयात्राका क्रममा पनि  तेस्रो लिङ्गीको शव चार काँधमा बोकेर दाहसंस्कारका लागि उभिएर लगिने गरेको बताइएको छ ।

 

उनीहरूको मृत शरीरलाई सेतो कपडाले बेरिएको हुन्छ, जसको अर्थ मृतकको यो शरीर र यो संसारसँग कुनै सम्बन्ध रहँदैन भन्ने विश्वास गरिन्छ । यसबाहेक पवित्र नदीको पानी मुखमा हाल्ने चलन पनि छ । त्यसपछि मात्रै शव गाडिन्छ ।

 

दफन गर्दा सामान्य मानिसले शव देखेमा  तेस्रो लिङ्गीले कुटपिट समेत गर्ने गरेको बताइन्छ । किनभने, उनीहरू आफूलाई श्रापित ठान्छन्, त्यसैले जुत्ताले पिटने गर्छन् पनि । तेस्रो लिङ्गीहरूको बारेमा यो पनि भनिन्छ कि उनीहरूलाई मर्नु अघि नै आफ्नो मृत्युको बारेमा थाहा हुन्छ।

 

यस्तो अवस्थामा उनीहरूले खानपान छोड्छन् । घरबाहिर पनि निस्कदैनन । यस अवधिमा उनीहरू पूर्ण रूपमा भगवान्को भक्तिमा लीन हुन्छन् र भयङ्कर प्रार्थना गर्छन् कि ‘हे भगवान् हामी यस जन्ममा  तेस्रो लिङ्गी बन्यौँ तर अर्को जन्ममा हामीलाई तेस्रो लिङ्गी नबनाउनु होस्।’

 

तेस्रो लिङ्गीहरू आफैँलाई आफ्नो जीवन यति श्राप ठान्छन् कि अन्तिम यात्रा गर्नुअघि मृतकको शवलाई जुत्ता र चप्पलले पिट्छन्। एकै समयमा तिनीहरू धेरै दुर्व्यवहार पनि गर्छन्। यसो गर्नुको एउटा कारण छ। मृतक तेस्रो लिङ्गीले जीवित रहँदा कुनै अपराध गरेको भए त्यसको प्रायश्चित गरी अर्को जन्ममा नारी होस् वा पुरुष हुनुपर्ने तेस्रो लिङ्गीहरूको विश्वास छ। तेस्रो लिङ्गीको मृत्यु हुँदा सम्पूर्ण समुदायले एक सातासम्म व्रत बसेर मृतकको लागि प्रार्थना गर्ने गर्दछन् ।


The post तेस्रो लिङ्गीको मृत्यु हुँदा किन रातमा मात्रै शव गाड्छन् र शवमा जुत्ताले हान्छन् ?  appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/01/07/%e0%a4%a4%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%b2%e0%a4%bf%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%81-%e0%a4%b9/feed/ 0
 भूकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको सङ्ख्या ५३ पुग्यो https://gyaanghar.com/2025/01/07/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%80-%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a5%8d%e0%a4%ac%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a5%8d/ https://gyaanghar.com/2025/01/07/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%80-%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a5%8d%e0%a4%ac%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a5%8d/#respond Tue, 07 Jan 2025 08:16:45 +0000 https://gyaanghar.com/?p=10529 काठमाडौँ – मङ्गलवार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ। पूर्वी नेपाल र तिब्बतको सीमा क्षेत्रमा बिहान ६:५० बजे गएको भूकम्प परी ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको हो। चिनियाँ सञ्चार माध्यमका पछिल्लो अपडेट रिपोर्ट अनुसार चीनको स्वशासित क्षेत्र तिब्बतमा हालसम्म ५३ जनाले ज्यान गुमाएका छन्। उक्त भूकम्पमा परी सयौँ घाइते भएका छन्। दर्जनौँ […]

The post  भूकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको सङ्ख्या ५३ पुग्यो appeared first on Gyaan Ghar.

]]>


काठमाडौँ – मङ्गलवार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ।

पूर्वी नेपाल र तिब्बतको सीमा क्षेत्रमा बिहान ६:५० बजे गएको भूकम्प परी ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको हो।

चिनियाँ सञ्चार माध्यमका पछिल्लो अपडेट रिपोर्ट अनुसार चीनको स्वशासित क्षेत्र तिब्बतमा हालसम्म ५३ जनाले ज्यान गुमाएका छन्।

उक्त भूकम्पमा परी सयौँ घाइते भएका छन्। दर्जनौँ घर,कार्यालय र भौतिक संरचनामा क्षति पुगेको छ।

The post  भूकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको सङ्ख्या ५३ पुग्यो appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/01/07/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%80-%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a5%8d%e0%a4%ac%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a5%8d/feed/ 0
बिहारमा २.५० करोडको भैँसी बिक्रीमा, जो बियर खान नपाएर भइरहेछ सुस्त https://gyaanghar.com/2024/11/18/%e0%a4%ac%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a5%a8-%e0%a5%ab%e0%a5%a6-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a5%88%e0%a4%81%e0%a4%b8%e0%a5%80/ https://gyaanghar.com/2024/11/18/%e0%a4%ac%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a5%a8-%e0%a5%ab%e0%a5%a6-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a5%88%e0%a4%81%e0%a4%b8%e0%a5%80/#respond Mon, 18 Nov 2024 03:36:58 +0000 https://gyaanghar.com/?p=10453 पटना, ३ मङ्सिर । बिहारको सोनपुर मेलामा २ करोड ५ लाख भारतीय रुपैयाँको मुर्रा जातको भैँसी आकर्षणको केन्द्र बनेको छ ।   एक किसानले बनारसबाट मेलाका लागि बिहार ल्याएका छन् । भैँसीको नाम राजा हो, जसको उमेर तीन वर्ष रहेको बताइएको छ । तर बिहारमा रक्सी पिउन नपाएका कारण सो भैसींको चमक घटेको राजाका मालिक […]

The post बिहारमा २.५० करोडको भैँसी बिक्रीमा, जो बियर खान नपाएर भइरहेछ सुस्त appeared first on Gyaan Ghar.

]]>


पटना, ३ मङ्सिर । बिहारको सोनपुर मेलामा २ करोड ५ लाख भारतीय रुपैयाँको मुर्रा जातको भैँसी आकर्षणको केन्द्र बनेको छ ।

 

एक किसानले बनारसबाट मेलाका लागि बिहार ल्याएका छन् । भैँसीको नाम राजा हो, जसको उमेर तीन वर्ष रहेको बताइएको छ ।

तर बिहारमा रक्सी पिउन नपाएका कारण सो भैसींको चमक घटेको राजाका मालिक बताउँछन् । जानकारीका अनुसार यो भैँसीले दैनिक दुई बोतल बियर पिउने गरेको छ ।

बिहारको सोनपुर मेलामा ल्याइएको भैँसीको मूल्य २ करोड ५ लाख रुपैयाँ रहेको छ, जुन मुर्रा जातको हो । बिहारको सोनपुर मेलामा बिक्री गर्न बनारसबाट ल्याइएको हो । यस भैँसीको विशेष कुरा यो हो कि यसले हरेक दिन बियरको बोतल पिउने गर्छ ।

बिहारमा आउने यो भैँसीले धेरै समस्या झेलिरहेको छ किनभने बिहारमा रक्सी निषेध गरिएको छ। यसबारे भैँसीका मालिकले बियर नपाउँदा भैँसीको चर्को चमक घटेको बताउँछन् । जसका कारण उनी अलिकति सुस्त देखिन्छन् ।

 

भैँसी मालिकका अनुसार मोकामाका पूर्व विधायक अनन्त सिंहले उनीसँग भिडियो कलमा कुरा गरेका थिए। उनले भिडियो कलमार्फत राजालाई देखेका थिए। मालिकले आफ्नो भैँसीको मूल्य २ करोड रुपैयाँभन्दा बढी रहेको जनाउँदै अनन्त सिंहले मात्रै किन्न सक्ने बताए । उनका अनुसार उनी बाहेक यो भैँसी अरू कसैले लिन सक्दैन । बिहारका शक्तिशाली नेता आनन्द सिंह सोनपुर मेलामा पुगे तर भैँसी किन्न भने चाहेनन्, न्युज २४ ले लेखेको छ ।

 

यसअघि पनि भारतमा २३ करोड मूल्यको भैँसी भाइरल भइसकेको छ । जसको नाम अनमोल भनियो । यसअघि पटनाको भेटेरिनरी ग्राउन्डमा भएको डेयरी एन्ड क्याटल एक्स्पोमा १० करोडको भैँसी गोलु–२ पुगेको थियो ।


The post बिहारमा २.५० करोडको भैँसी बिक्रीमा, जो बियर खान नपाएर भइरहेछ सुस्त appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/11/18/%e0%a4%ac%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a5%a8-%e0%a5%ab%e0%a5%a6-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a5%88%e0%a4%81%e0%a4%b8%e0%a5%80/feed/ 0
कस्तो छ जनै पूर्णिमाको  शास्त्रीय मान्यता ? https://gyaanghar.com/2024/08/19/%e0%a4%95%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%9b-%e0%a4%9c%e0%a4%a8%e0%a5%88-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b6/ https://gyaanghar.com/2024/08/19/%e0%a4%95%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%9b-%e0%a4%9c%e0%a4%a8%e0%a5%88-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b6/#respond Mon, 19 Aug 2024 05:12:08 +0000 https://gyaanghar.com/?p=10141 काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षा बन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षा […]

The post कस्तो छ जनै पूर्णिमाको  शास्त्रीय मान्यता ? appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षा बन्धन धारण गरेर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षा सूत्र) धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षा बन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसै कारण रक्षा बन्धन गर्ने बेलामा गुरु पुरोहितहरूले  ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षा सूत्र, रक्षा बन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षा बन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ । रक्षा बन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।

रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी क्वाँटी

जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बिचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडाँैको उत्तर पूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाईंकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँच पोखरी, धनुषाको जनकपुरधाम, धनुष सागर र गङ्गा सागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणी धाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गर्दछ ।

The post कस्तो छ जनै पूर्णिमाको  शास्त्रीय मान्यता ? appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/08/19/%e0%a4%95%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%9b-%e0%a4%9c%e0%a4%a8%e0%a5%88-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b6/feed/ 0
जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु https://gyaanghar.com/2024/07/08/%e0%a4%9c%e0%a5%87%e0%a4%a0-%e0%a5%a8%e0%a5%ae-%e0%a4%af%e0%a4%a4%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a5%ad/ https://gyaanghar.com/2024/07/08/%e0%a4%9c%e0%a5%87%e0%a4%a0-%e0%a5%a8%e0%a5%ae-%e0%a4%af%e0%a4%a4%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a5%ad/#respond Mon, 08 Jul 2024 15:00:58 +0000 https://gyaanghar.com/?p=9785 काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा १ जना, कोसी प्रदेशमा १८ जना, मधेस प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा १८ जना, […]

The post जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा १ जना, कोसी प्रदेशमा १८ जना, मधेस प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ४ जना गरी जम्मा ७४ जनाको मृत्यु भएको हो । 

साथै काठमाडौँ उपत्यकामा ३ जना, कोसी प्रदेशमा २१ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा ८८ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोसी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोसी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । 

बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३ सय ३५ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट २ हजार २ सय ९६ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको जनाएको छ । 

The post जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/07/08/%e0%a4%9c%e0%a5%87%e0%a4%a0-%e0%a5%a8%e0%a5%ae-%e0%a4%af%e0%a4%a4%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a5%ad/feed/ 0
सामाजिक सम्बन्ध जोड्न छिमेकीसँगको संवाद बढाउन सुझाव https://gyaanghar.com/2024/06/17/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7-%e0%a4%9c%e0%a5%8b%e0%a4%a1%e0%a5%8d%e0%a4%a8-%e0%a4%9b%e0%a4%bf/ https://gyaanghar.com/2024/06/17/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7-%e0%a4%9c%e0%a5%8b%e0%a4%a1%e0%a5%8d%e0%a4%a8-%e0%a4%9b%e0%a4%bf/#respond Mon, 17 Jun 2024 04:57:32 +0000 https://gyaanghar.com/?p=9607 काठमाडौँ । सहरमा बस्ने व्यक्ति व्यक्तिका बिचमा टुक्रिँदै गएको सम्बन्ध जोड्न छिमेकीसँगको संवाद कार्यक्रम थालनी गर्नु पर्ने सुझाव प्राप्त भएको छ । वडा नं. १५ ले आयोजना गरेको ‘मनोसामाजिक परामर्श’ कार्यक्रमका प्रस्तुतिकर्ता बाट यो सुझाव प्राप्त भएको हो ।  सहरमा बस्ने मानिसहरू असाध्यै व्यस्त भए । आपसमा कुराकानी गर्ने समय पाउँदैनन् । छिमेकीसँगको कुरा त […]

The post सामाजिक सम्बन्ध जोड्न छिमेकीसँगको संवाद बढाउन सुझाव appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ । सहरमा बस्ने व्यक्ति व्यक्तिका बिचमा टुक्रिँदै गएको सम्बन्ध जोड्न छिमेकीसँगको संवाद कार्यक्रम थालनी गर्नु पर्ने सुझाव प्राप्त भएको छ । वडा नं. १५ ले आयोजना गरेको ‘मनोसामाजिक परामर्श’ कार्यक्रमका प्रस्तुतिकर्ता बाट यो सुझाव प्राप्त भएको हो । 

सहरमा बस्ने मानिसहरू असाध्यै व्यस्त भए । आपसमा कुराकानी गर्ने समय पाउँदैनन् । छिमेकीसँगको कुरा त परको कुरा । वडाध्यक्ष ईश्वरमान डङ्गोल भन्छन्, ‘भेट भएर आत्मीय हुने वातावरण बनाउनु सामाजिक व्यवस्थापनका कोणबाट एक तहको सफलता हो ।’ मानिसको जीवनमा रस आवश्यक पर्ने भए पनि तनाव व्यवस्थापन गर्न नसकेर व्यक्तिहरू निरस जीवन बिताइरहेको बताउँदै उनले, यसबाट व्यक्तिको स्वास्थ्य, परिवारसँगै समाजको अवस्था जीर्ण हुने धारणा राखे । यो जोखिम घटाउन समाजका सदस्यहरूबिच आत्मीय सम्बन्ध स्थापना बनाउने कार्यक्रम चाहिएको डङ्गोलको भनाइ छ । 

वडाले स्थानीय बासीका बिचमा चलाएको मनोसामाजिक परामर्श अहिलेका लागि जरुरी कार्यक्रम हो । कार्यक्रममा सहभागी वडा नं. ११ का अध्यक्ष हीरालाल तुण्डकारले, यस प्रकारको सिकाइ विस्तार हुने अपेक्षा राखे । कार्यक्रममा वडाका जनप्रतिनिधि र कर्मचारीसँगै स्वास्थ्य स्वयंसेविका, महिला समिति, नागरिक समाज, सङ्घसंस्था, क्लब, उपभोक्ता समिति, टोल सुधार समितिका प्रतिनिधिहरूलाई सहभागी गराइएको थियो । 

एकलाई दुःख पर्दा छिमेकीलाई दुख्दैन । सहानुभूति हुँदैन । साथ हुँदैन । हाम्रा पुर्खाले छोडेर गएको समाजको स्वरूप यो होइन । कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जनले भनिन्, ‘दुःखमा साथ दिने र सुखमा सँगै हाँस्ने समाज चाहिएको छ । यसअघि विभिन्न कारणले भत्किएको यो समाज पुनरुत्थानका लागि हामी काम गरिरहेको छौँ ।’

मान मर्यादा तथा भौतिक सम्पत्तिको महत्त्वाकाङ्क्षाले व्यक्तिलाई निराश र निरस बनाएको बताउँदै प्रशासन विभागका प्रमुख दीपक अधिकारीले भने, ‘नैतिक शिक्षामार्फत मानवीय भाव वृद्धि हुने कार्यक्रमले मानसिक स्वास्थ्यमा गर्नु पर्ने खर्च र स्वास्थ्य क्षति बचाउन सकिन्छ ।’ 

सरकारले लाभ दिनु पर्ने क्षेत्र र विषयमा लाभ वितरणका लागि वडाले स्थानीय व्यक्ति, टोलवासी, संघसंस्थासँग काम गरिरहेको बताउँदै वडा सचिव प्रमोद अधिकारीले भने, ‘सरकारले के गर्दै छ? जानकारी लिनदिन पनि आत्मीय सम्बन्ध चाहिएको छ ।’

कार्यक्रममा मनोसामाजिक परामर्शदाता सनम पौडेलले, पारिवारिक सम्बन्धबाट व्यक्तिको खुसी सुरु हुने बताउँदै खुसी जोगाउन पारिवारिक सम्बन्ध जोगाउनु पर्ने बताउँदै अहिले यसैमा समस्या रहेको उल्लेख गरे । ‘प्रविधिको प्रयोगले नजिएकालाई टाढा र टाढाकालाई नजिक बनाएको छ । यसले व्यक्तिमा समस्या पर्दा नजिकका बाट साथ नपाउने अवस्था निर्माण भएको छ ।’ उनले भने, ‘व्यक्तिमा यस्तो विचार आउन थालेपछि मनोवैज्ञानिक असर सुरु हुन्छ ।’ 

वडाले यस अघि सामाजिक तथा भौतिक विकासका लागि स्थानीय सहकार्य प्रक्रियाका विषयमा वडाका सङ्घसंस्थाका प्रतिनिधिहरूलाई प्रशिक्षण प्रदान गरिसकेको छ । यस्तै स्थानीय विवाद, ती विवाद समाधानका लागि अवलम्बन गर्नु पर्ने कानुनी प्रक्रियाका बारेमा प्रशिक्षण सञ्चालन गरिसकेको छ । 


The post सामाजिक सम्बन्ध जोड्न छिमेकीसँगको संवाद बढाउन सुझाव appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/06/17/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7-%e0%a4%9c%e0%a5%8b%e0%a4%a1%e0%a5%8d%e0%a4%a8-%e0%a4%9b%e0%a4%bf/feed/ 0