Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Warning: Cannot modify header information - headers already sent by (output started at /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php:6170) in /home/unitedrukum/gyaanghar.com/wp-includes/feed-rss2.php on line 8
शिक्षा Archives - Gyaan Ghar https://gyaanghar.com/category/शिक्षा/ Welcome Thu, 10 Jul 2025 14:58:04 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://gyaanghar.com/wp-content/uploads/2023/08/cropped-gyaan-ghr-logo-32x32.png शिक्षा Archives - Gyaan Ghar https://gyaanghar.com/category/शिक्षा/ 32 32 त्रिविको वार्षिक साधारण सभा सम्पन्न, ८९ हजार बढी दीक्षित हुने https://gyaanghar.com/2025/07/10/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%a3/ https://gyaanghar.com/2025/07/10/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%a3/#respond Thu, 10 Jul 2025 14:58:04 +0000 https://gyaanghar.com/?p=10901 काठमाडौँ, २६ असार । त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारण सभा बैठकले विभिन्न सङ्काय र तहमा उत्तीर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरूसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिस्ट्रार प्रा डा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिस्ट पारित गरेको हो […]

The post त्रिविको वार्षिक साधारण सभा सम्पन्न, ८९ हजार बढी दीक्षित हुने appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ, २६ असार । त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारण सभा बैठकले विभिन्न सङ्काय र तहमा उत्तीर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरूसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिस्ट्रार प्रा डा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिस्ट पारित गरेको हो ।

बैठकमा आर्थिक वर्ष २०८२–०८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ । कुलपति ओलीले विश्वविद्यालयलाई २१ औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रूपमा स्थापित गर्न आग्रह गरे ।

शिक्षा, सहकुलपति एवं विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यस अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले विश्वविद्यालयमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत (करिब चार हजार) विदेशी विद्यार्थी हुने गरी लाग्नुपर्ने बताए ।

The post त्रिविको वार्षिक साधारण सभा सम्पन्न, ८९ हजार बढी दीक्षित हुने appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/10/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%a3/feed/ 0
त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजबाट अनलाइनबाट लिन सकिने https://gyaanghar.com/2025/04/15/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a5%8d%e0%a4%9f/ https://gyaanghar.com/2025/04/15/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a5%8d%e0%a4%9f/#respond Tue, 15 Apr 2025 05:43:25 +0000 https://gyaanghar.com/?p=10803 काठमाडौँ, २  वैशाख । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइनबाट दिने भएको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीले एक सूचना जारी गर्दै आज बिहान ११ बजेदेखि सो अनलाइन सेवा सुरु गरिएको हो । अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने […]

The post त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजबाट अनलाइनबाट लिन सकिने appeared first on Gyaan Ghar.

]]>


काठमाडौँ, २  वैशाख । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइनबाट दिने भएको छ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले एक सूचना जारी गर्दै आज बिहान ११ बजेदेखि सो अनलाइन सेवा सुरु गरिएको हो ।

अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने भएको ।

परीक्षा नियन्त्रक जोशीका अनुसार तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनका लागि अनलाइन सेवा सुरु गरिएको र अन्य सेवाहरू क्रमशः लागू गर्दै लैजाने योजना रहेको उनले बताए ।

साथै, आगामी जेठ १५ गतेदेखि भने परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनबाट सञ्चालन गरिने छ ।

The post त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजबाट अनलाइनबाट लिन सकिने appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/04/15/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a5%8d%e0%a4%9f/feed/ 0
आजबाट काठमाडौँ शिक्षक महासङ्घ पुनः सडक आन्दोलनमा https://gyaanghar.com/2025/04/02/%e0%a4%86%e0%a4%9c%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%95-%e0%a4%ae%e0%a4%b9/ https://gyaanghar.com/2025/04/02/%e0%a4%86%e0%a4%9c%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%95-%e0%a4%ae%e0%a4%b9/#respond Wed, 02 Apr 2025 02:09:13 +0000 https://gyaanghar.com/?p=10790 काठमाडौँ, २० चैत । नेपाल शिक्षक महासङ्घले आज देखी काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गर्ने भएको छ। गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासङ्घले ‘काठमाडौँ जाऔँ अभियान’ सहित अनिश्चित कालीन शैक्षिक सडक आन्दोलन बुधवार देखी गर्न लागेको हो । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न माग सहित […]

The post आजबाट काठमाडौँ शिक्षक महासङ्घ पुनः सडक आन्दोलनमा appeared first on Gyaan Ghar.

]]>


काठमाडौँ, २० चैत । नेपाल शिक्षक महासङ्घले आज देखी काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गर्ने भएको छ।

गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासङ्घले ‘काठमाडौँ जाऔँ अभियान’ सहित अनिश्चित कालीन शैक्षिक सडक आन्दोलन बुधवार देखी गर्न लागेको हो ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न माग सहित आन्दोलन जारी राख्ने बताए ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री  अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीको भनाइ छ ।

आन्दोलनमा देशभरका अधिकांश शिक्षक कर्मचारी सहभागी हुने उनको दाबी रहेको छ ।

हाल काठमाडौँ रहेका र आजसम्ममा आउन लागेका  आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने चेतावनी पनि उनले दिए।

The post आजबाट काठमाडौँ शिक्षक महासङ्घ पुनः सडक आन्दोलनमा appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/04/02/%e0%a4%86%e0%a4%9c%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%95-%e0%a4%ae%e0%a4%b9/feed/ 0
आजबाट एसइई परीक्षा सुरु, ५ लाख १४ हजार विद्यार्थी सहभागी https://gyaanghar.com/2025/03/20/%e0%a4%86%e0%a4%9c%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%8f%e0%a4%b8%e0%a4%87%e0%a4%88-%e0%a4%aa%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81-%e0%a5%ab/ https://gyaanghar.com/2025/03/20/%e0%a4%86%e0%a4%9c%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%8f%e0%a4%b8%e0%a4%87%e0%a4%88-%e0%a4%aa%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81-%e0%a5%ab/#respond Thu, 20 Mar 2025 02:37:00 +0000 https://gyaanghar.com/?p=10771 काठमाडौँ, ७ चैत । यस वर्षको एसइई परीक्षा आजबाट सुरु हुदैँछ ।   परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमी भक्तपुरका अनुसार परीक्षा बिहान ८ः०० बाट सुरु भएर ११ः०० बजे सकिनेछ ।   यस वर्षको परीक्षामा पाँच लाख १४ हजार विद्यार्थी सहभागी हुने भएका छन् भने जसमध्ये ७५ हजारले यो पटक पुनः एसइई दिदैँछन ।   एसइई […]

The post आजबाट एसइई परीक्षा सुरु, ५ लाख १४ हजार विद्यार्थी सहभागी appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ, ७ चैत । यस वर्षको एसइई परीक्षा आजबाट सुरु हुदैँछ ।

 

परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमी भक्तपुरका अनुसार परीक्षा बिहान ८ः०० बाट सुरु भएर ११ः०० बजे सकिनेछ ।

 

यस वर्षको परीक्षामा पाँच लाख १४ हजार विद्यार्थी सहभागी हुने भएका छन् भने जसमध्ये ७५ हजारले यो पटक पुनः एसइई दिदैँछन ।

 

एसइई परीक्षाका लागि देशैभरि २०८० परीक्षा केन्द्र तोकिएको छ ।

 

आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि हुदैँछ ।

 

दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ भने सोही गैर नेपाली विद्यार्थीहरूका लागि अङ्ग्रेजी (इलेक्टिभ इङ्लिस) को परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

The post आजबाट एसइई परीक्षा सुरु, ५ लाख १४ हजार विद्यार्थी सहभागी appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/03/20/%e0%a4%86%e0%a4%9c%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%8f%e0%a4%b8%e0%a4%87%e0%a4%88-%e0%a4%aa%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81-%e0%a5%ab/feed/ 0
स्नातकोत्तर नेपाली, न हटाइएको छ पारिजात न विश्वेश्वर https://gyaanghar.com/2025/03/11/%e0%a4%b8%e0%a5%8d%e0%a4%a8%e0%a4%be%e0%a4%a4%e0%a4%95%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%b0-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%a8-%e0%a4%b9%e0%a4%9f%e0%a4%be/ https://gyaanghar.com/2025/03/11/%e0%a4%b8%e0%a5%8d%e0%a4%a8%e0%a4%be%e0%a4%a4%e0%a4%95%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%b0-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%a8-%e0%a4%b9%e0%a4%9f%e0%a4%be/#respond Tue, 11 Mar 2025 10:09:40 +0000 https://gyaanghar.com/?p=10751   काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर तहको नेपाली विषयमा साहित्यकार पारिजात र विश्वेश्वरप्रसाद कोइरालासँग सम्बन्धित पाठ नहटाइएको सम्बद्ध क्षेत्रका विज्ञहरूले स्पष्ट पारेका छन्। केही व्यक्तिले पाठ्यक्रम अध्ययन नै नगरी प्रायोजित प्रकारको विरोध गर्दै पुलमुनि बसेर फोहोरी पानी खेलाइरहेको टिप्पणी उनीहरूको छ। पहिलो पटक देशभरका प्राध्यापकको राय सल्लाह लिएर पाठ्यक्रम बनाउँदा पनि केही व्यक्तिहरूले उल्टै स्रष्टामाथि […]

The post स्नातकोत्तर नेपाली, न हटाइएको छ पारिजात न विश्वेश्वर appeared first on Gyaan Ghar.

]]>


 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर तहको नेपाली विषयमा साहित्यकार पारिजात र विश्वेश्वरप्रसाद कोइरालासँग सम्बन्धित पाठ नहटाइएको सम्बद्ध क्षेत्रका विज्ञहरूले स्पष्ट पारेका छन्। केही व्यक्तिले पाठ्यक्रम अध्ययन नै नगरी प्रायोजित प्रकारको विरोध गर्दै पुलमुनि बसेर फोहोरी पानी खेलाइरहेको टिप्पणी उनीहरूको छ।

पहिलो पटक देशभरका प्राध्यापकको राय सल्लाह लिएर पाठ्यक्रम बनाउँदा पनि केही व्यक्तिहरूले उल्टै स्रष्टामाथि अवमूल्यन गरिएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। पाठ्यक्रम समयानुकूल र सबै पक्ष समेटेर बनाइएको दाबी उनीहरूको छ।

त्रिविले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा नेपाली विषयको नयाँ पाठ्यक्रम लागू गरेको छ। स्नातकोत्तर तह पठन अवधि चार सेमेस्टरको हुन्छ। पाठ्यक्रम चारै सेमेस्टरको तयार भई लागू भएको त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय डिनको कार्यालयका अधिकारीहरूले बताएका छन्।
सोही पाठ्यक्रमका केही पक्षलाई लिएर केही व्यक्तिहरूले भ्रामक प्रचारबाजी गरेपछि विज्ञहरूले चासो व्यक्त गरेका हुन्।

पाठ्यक्रम निर्माणमा सहभागी विज्ञ प्रा.डा. ध्रुव भट्टराईका अनुसार स्नातकोत्तर तहमा यसअघि पारिजात, विश्वेश्वरप्रसाद, विजय मल्ल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भवानी भिक्षुजस्ता स्रष्टाहरूको व्यक्तिपरक अध्ययन ऐच्छिक रूपमा पठनपाठन हुँदै आएको थियो। यस पटक भने सरोकारवालाहरूकै राय सुझावका आधारमा व्यक्तिपरक विशेष अध्ययन हटाइएको भट्टराईले बताए।

एउटा लेखकलाई फरक फरक विधामा पढ्नुपर्ने र विशेष अध्ययनमा पनि तिनै व्यक्तिका बारेमा अध्ययन गर्नुपर्ने भएकाले व्यक्तिपरक अध्ययन हटाइएको उनले स्पष्ट पारे।

भट्टराईले भने, ‘धारागत रूपमा सबैको प्रतिनिधित्व गराउने, जुन साहित्यिक प्रवृत्ति र धाराको जो छ त्यहीअनुसार पठनपाठन गराउने तर केही विशिष्ट साहित्यकारका बारेमा भिन्नै ऐच्छिक विषयका रूपमा समावेश नगर्ने भन्ने सुझावका आधारमा यस्तो गरिएको हो। ती स्रष्टा पाठ्यक्रमबाट हटाइएको होइन।’

भट्टराईका अनुसार पहिला व्यक्तिपरक अध्ययन हुँदै आएको थियो, अब प्रवृत्तिपरक अध्ययन हुन थालेको छ। उनले भने, ‘मनोवैज्ञानिक यथार्थवादी धाराअन्तर्गत विश्वेश्वरप्रसाद कोइराला र उनको सुम्निामा उपन्यास तथा प्रगतिवादी धाराअन्तर्गत पारिजात र उनको शिरीषको फूल उपन्यास समावेश गरिएको छ। एमए नेपालीको पाठ्यक्रममा न पारिजात हटाइएको छ न त विश्वेश्वरप्रसाद।’

नेपाली विषयमा पारिजात हटाइएको भनेर केही व्यक्तिहरूले डिन कार्यालय, विभाग र रेक्टर कार्यालयमा डेलिगेसन गएका थिए। यसै गरी पारिजात अध्ययन केन्द्र र प्रगतिशील लेखक सङ्घले भिन्नाभिन्नै विज्ञप्ति निकालेर चासो व्यक्त गरेका छन्। केही व्यक्तिहरूले पारिजात हटाएर महिला विरोधी पाठ्यक्रम बनाइएको भन्नसमेत भ्याएका छन्।

पाठ्यक्रम निर्माणमा सहभागी एक जना विज्ञ भन्छन्, ‘यसरी गलत भ्रम फैलाउनेले पाठ्यक्रम राम्ररी पढेको देखिएन। उनीहरूले पाठ्यक्रमको मर्म पनि बुझेका छैनन्। भ्रामक विषयलाई केही मिडियाले स्पेस दिनु झन् लाजमर्दो विषय हो।’

पारिजात हटाइएको भनेर विरोध गर्नेहरूले लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, ध्रुवचन्द्र गौतमजस्ता स्रष्टाको व्यक्तिपरक अध्ययन हटाइएको विषयमा भने कसैले एक शब्द पनि बोलेका छैनन्।

पाठ्यक्रम निर्माण मस्यौदा समितिका सदस्य डा. दुर्गाबहादुर घर्ती मगर पाठ,  नेपाली साहित्यको इतिहास र नेपाली साहित्यको उत्तर वर्ती चरणको अध्ययन भन्ने पत्रमा उनै स्रष्टाहरूको अध्ययन दोहोरिने भएकाले स्रष्टापरक अध्ययन हटाइएको बताउँछन्।

उनका अनुसार स्रष्टापरक अध्ययनका ठाउँमा एसियाली साहित्यको अध्ययन, आप्रवासी साहित्यको अध्ययन, लोकवार्ता, नाटक र चलचित्रको अध्ययन, भाषा विज्ञानजस्ता विषय राखिएका छन्। घर्ती मगरले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘स्नातकोत्तर नेपालीको पाठ्यक्रमबाट पारिजात हटाएको भन्ने साँचो होइन, पाठमा उनको उपन्यास राखिएको छ। पाठ्यक्रमको मस्यौदा तयार गर्दा सकेसम्म प्राप्त भएका सुझावलाई आधार बनाइएको छ।’

त्रिभुवन विश्वविद्यालयका सहायक डिन एवम् मस्यौदा समितिका सदस्य डा. गोविन्दप्रसाद शर्माले सरोकारवालाहरूले दिएको सुझावका आधारमा व्यक्तिपरक अध्ययनलाई संशोधन गरेर प्रवृत्तिपरक अध्ययन समावेश गरी पाठ्यक्रम तयार भएको बताए। उनले कतिपय साहित्यकारका बारेमा स्नातकमै पढाइ भइसकेकाले स्नातकोत्तरमा नदोहोर्‍याइएको बताए।

शर्माले भने, ‘स्नातकमा भएका कुरा स्नातकोत्तरमा नराखिएको हो। पारिजात कहाँ हटेको छ र? उनका कथा र उपन्यास त पढाइ भइहाल्छ। व्यक्ति अध्ययनलाई भन्दा प्रवृत्तिलाई महत्त्व दिएर पाठ्यक्रम बनाइएको हो।’

पाठ्यक्रम एउटा व्यक्तिले निर्माण गरेको नभई विज्ञहरूको समूहले विभिन्न राय सुझाव लिएर निर्माण गरिएकाले यसमा विरोध गर्नुको औचित्य नरहेको उनको बुझाइ छ। शर्माले भने, ‘नयाँ पाठ्यक्रम धेरै फरक ढङ्गले आएको छ। यसमा साहित्यमा देखा परेका पछिल्ला प्रवृत्ति समेटिएको छ।’

मस्यौदा समितिका सदस्य प्रा.डा. लक्ष्मणप्रसाद गौतमले ‘पारिजातको मात्रै होइन पुनरावृत्ति भएका अन्य स्रष्टाको पनि व्यक्तिपरक अध्ययन हटाइएको बताए। उनले भने, ‘एउटा लेखकलाई कवितामा पढाइन्छ, निबन्धमा पढाइन्छ, खण्डकाव्य, महाकाव्यमा पढाइन्छ र फेरि विशेष अध्ययनमा पनि तिनकै व्यक्तिपरक विषय पढाइन्छ भने त पुनरावृत्ति भयो नि। पुनरावृत्ति नहोस् भनेर हटाइएको हो।’

लोक साहित्य र लोकवार्ताको पाठ्यक्रम निर्माणमा सहभागी प्रा.डा. षडानन्द पौडेलले पनि विज्ञ प्राध्यापकहरूको सुझावका आधारमा व्यक्ति प्रतिभाको विशेष अध्ययन नराखी कृतिकार र प्रवृत्तिको अध्ययन समावेश गरिएको बताए। उनले नेपाली साहित्य व्यापक भएकाले केही कुरा छुटेका भए त्यसलाई परिमार्जन गर्न सकिने बताए।

पाठ्यक्रम निर्माणको संयोजन गरेका नेपाली विषय मूल समितिका पूर्व अध्यक्ष एवम् त्रिवि नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल स्नातकोत्तर नेपालीमा पारिजात र विश्वेश्वरप्रसाद कोइराला हटाइयो भनेर भ्रम फैलाउने काम भइरहेको बताउँछन्।

पाठ्यक्रम मस्यौदा समितिका संयोजकसमेत रहेका लुइँटेल भन्छन्, ‘केही तत्त्वले पारिजात हटाइयो भनेर वामपन्थीहरूको सहानुभूति लिन खोजेका छन्, विश्वेश्वरप्रसाद कोइराला हटाइयो भनेर प्रजातन्त्रवादीहरूको सहानुभूति लिन खोजेका छन्। गलत बुझाइका कारण यस्तो भएको हो।’

प्रा.डा. लुइँटेलले महिला स्रष्टा र तिनका कृति हटाइयो भनेर पनि भ्रामक प्रचारबाजी भइरहेको बताए। उनका अनुसार पाठ्यक्रम निर्माणमा सहभागी केही व्यक्तिहरूबाटै भ्रामक कुरा फैलाएर तल्लो स्तरको काम भइरहेको छ।

लुइँटेलले भने, ‘सबैबाट पाएको सुझाव र पाठ्यक्रमको संरचनामा कुनै पनि व्यक्ति विशेषको विशेष अध्ययन नगर्ने भन्ने धारणा आएको थियो। त्यो सुझावको सबै प्रति विभागमा सुरक्षित छ। त्यहाँ हेर्न सकिन्छ।’  पारिजात, विश्वेश्वरप्रसाद, भवानी भिक्षुजस्ता स्रष्टाहरूको विशेष अध्ययन नराखौँ, पुनरावृत्ति मात्रै हुन्छ भनेर सबैतिरबाट राय सुझाव आएपछि सोहीअनुसार गरिएको लुइँटेलले जानकारी दिए। उनका अनुसार विभागीय बैठकमा त्यही निर्णय भयो, विषय समितिमा पनि त्यसमै सहमति भयो।’

महिला स्रष्टा र तिनका कृति समावेश नगरिएको भनेर आलोचना भइरहेको छ नि भन्ने जिज्ञासामा लुइँटेलले भने, ‘अधिकांश नेपाली महिला साहित्यकार र तिनका कृतिबारे स्नातक तहमा पढाइ हुन्छ। एएमको पाठ्यक्रममा तिनै विषय दोहोर्‍याउँदा क्रेडिट आवर पुग्दैन। एमएमा तोया गुरुङका कविता राखिएको छ। तोया गुरुङ राख्नु हुँदैनथ्यो अर्की महिला राख्नुपर्दथ्यो भन्नेमा कुनै तर्क छैन।’

प्रा.डा. लुइँटेलले व्यक्तिपरक अध्ययनको सट्टा प्रवृत्तिपरक अध्ययनका नयाँ विषय थपिएको बताए। नयाँ पाठ्यक्रममा नेपाली भाषा, साहित्य र लोक साहित्यका सबै पक्ष समेटिएको उनको भनाइ छ। लुइँटेलले भने, ‘लोक साहित्य राख्नै हुँदैनथ्यो र भाषा राख्न हुँदैन भनेर जसले विरोध गरिरहेका छन्, तिनीहरू भनेका पहिला भाषा बिगार्ने तत्त्वहरू हुन्। तिनै मान्छेले अहिले पाठ्यक्रमको विरोध गरिरहेका छन्। उनीहरूबाट नेपाली भाषा र संस्कृतिलाई ध्वस्त पार्ने प्रयत्न भइरहेको छ।’

यसै गरी उनले त्रिविले जुनसुकै विषयमा स्नातक गरेका व्यक्तिले पनि नेपालीमा स्नातकोत्तर अध्ययन गर्न पाउने व्यवस्था गरेपछि सोहीअनुसार पाठ्यक्रम परिवर्तन गरिएको जानकारी दिए।

प्रा.डा. भट्टराई साहित्यमा हजारौँ लेखक हुने भएकाले सबैलाई समेट्न असम्भव रहेको बताउँछन्। उनले भने, ‘प्रवृत्तिको प्रतिनिधि चयन मुख्य कुरा हो। एक सय जना राम्रा साहित्यकारमध्ये १० जना चयन गर्दा तेरो पर्‍यो वा मेरो पर्‍यो भनेर विरोध आउनुको तुक छैन।’ उनले विश्वविद्यालयले चाहेमा फेरि सुरु प्रक्रियाबाट पाठ्यक्रम संशोधन प्रक्रिया अगाडि बढाउन सक्ने बताए।

भट्टराईले भने, ‘पहिलो सत्रको पढाइ सुरु भइसकेको छ। त्यो चरण पार गर्न कम्तीमा पनि ६ महिना लाग्छ। एउटा सत्र के गर्ने? भन्ने समस्या हुन्छ।’
कसरी गरिएको थियो पाठ्यक्रम परिमार्जन?

त्रिभुवन विश्वविद्यालयले प्रत्येक १० वर्षमा पाठ्यक्रममा पुनरावलोकन गर्दै आएको छ। त्यहीअनुसार परिमार्जन गरिएको प्रा.डा. भट्टराईले बताए। उनले भने, ‘सुरुवात विषय समितिबाट हुन्छ। पाठ्यक्रम परिमार्जनको मस्यौदा तयार गर्नका लागि एउटा समिति गठन गरी प्रक्रिया अगाडि बढाइन्छ। राय सुझाव लिएरै मस्यौदा निर्माण गरियो। प्रारूप तयार गरिसकेपछि मलाई पनि मस्यौदा माग गरिएको थियो।’

मस्यौदा समितिका संयोजक प्रा.डा. लुइँटेलका अनुसार पाठ्यक्रम निर्माणका लागि पहिला नेपाली विषय स्थायी समितिको बैठक बसेको थियो। त्यसले एक तहको निर्णय गरेपछि दोस्रो तहमा त्रिवि नेपाली केन्द्रीय विभागमा कार्यरत प्राध्यापकहरू, उपत्यकाका क्याम्पसहरू र देशभर नेपाली एमए पढाइ हुने क्याम्पसका प्राध्यापकहरूबाट राय सुझाव सङ्कलन गरिएको थियो।

उनले भने, ‘त्यसपछि विभागीय बैठक बसेर सबैलाई सात दिनको समय दिई पाठ्यक्रम संरचना तयार पार्न लगाइएको थियो। त्रिवि नेपाली केन्द्रीय विभागका सबै प्राध्यापकहरूले संरचना ल्याएर बुझाउनुभयो। उपत्यकाभरिका सबै क्याम्पसका नेपाली विभागीय प्रमुख पनि पाठ्यक्रमको स्पष्ट संरचनासहित नेपाली केन्द्रीय विभागमा आउनुभयो।’

देशभरबाट आएका, उपत्यकामा सङ्कलित र विभागका प्राध्यापकहरूबाट उपलब्ध सबै संरचना सङ्कलन गरेर एकीकृत रूपमा एउटा खाका बनाइएको थियो। लुइँटेलले भने, ‘अहिले जोजो मानिस विरोधमा उत्रनुभएको छ, ती मान्छेहरू सबैलाई मैले उहाँहरू जुन जुन क्षेत्रमा विज्ञ हुनुहुन्छ, जुन विषय पढाउनुहुन्छ, सोहीअनुसार पाठ्यक्रम निर्माणको जिम्मा दिइएको थिएँ।’

यस्तो प्रक्रिया नेपाली विषयमा पहिलो पटक भएको उनले बताए। ‘कसले कुन पाठ्यक्रमको खाका निर्माण गर्‍यो भन्ने जानकारी विभागसँग सुरक्षित छ। कुन कुन चरण ककसले कस्ता राय दिए भन्ने प्रमाण पनि विभागको फाइलमा सुरक्षित छ’, प्रा.डा. लुइँटेलले भने।

विषय समिति, विद्या परिषद्, प्राज्ञिक परिषद्ले अन्तिम रूप दिएपछि पाठ्यक्रमले अन्तिम रूप पाउने व्यवस्था छ।

एमए नेपालीको पाठ्यक्रम मस्यौदा समितिमा प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, डा. गोविन्दप्रसाद शर्मा र डा. दुर्गाबहादुर घर्ती थिए। साथै विषय समितिका १९ जना विज्ञ पनि पाठ्यक्रम निर्माणमा सहभागी थिए।

यसका अतिरिक्त नेपाली विषय पढाइ हुने काठमाडौँ उपत्यकाभित्र र बाहिरका सबै क्याम्पसका नेपाली विभागका प्रमुखको राय सुझावका आधारमा पाठ्यक्रम तयार पारिएको मस्यौदा समितिका सदस्यहरू बताउँछन्।

The post स्नातकोत्तर नेपाली, न हटाइएको छ पारिजात न विश्वेश्वर appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/03/11/%e0%a4%b8%e0%a5%8d%e0%a4%a8%e0%a4%be%e0%a4%a4%e0%a4%95%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%b0-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%a8-%e0%a4%b9%e0%a4%9f%e0%a4%be/feed/ 0
शङ्करदेवमा स्ववियु सभापतिले च्याते रजिस्टर https://gyaanghar.com/2025/03/09/%e0%a4%b6%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b5%e0%a4%bf%e0%a4%af%e0%a5%81-%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%aa%e0%a4%a4/ https://gyaanghar.com/2025/03/09/%e0%a4%b6%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b5%e0%a4%bf%e0%a4%af%e0%a5%81-%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%aa%e0%a4%a4/#respond Sun, 09 Mar 2025 15:11:14 +0000 https://gyaanghar.com/?p=10747 काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) लक्षित गतिप्रति असन्तुष्टि जनाउँदै शङ्करदेव क्याम्पसका स्ववियु सभापति सुशान्त बस्नेतले रजिस्टर च्यातेका छन्। क्याम्पस प्रशासनले सर्वदलीय बैठक नडाकी मनोमानी ढङ्गले अघि बढ्न खोजेको भन्दै उनले निर्णय लेख्न प्रयोग हुँदै आएको रजिस्टर च्यातेका हुन्। ‘म विधि सम्मत क्यापसका गतिविधि हुनुपर्छ भन्नेमा दृढ छु। तर, मलाई नै चार सयभन्दा बढी विद्यार्थी […]

The post शङ्करदेवमा स्ववियु सभापतिले च्याते रजिस्टर appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) लक्षित गतिप्रति असन्तुष्टि जनाउँदै शङ्करदेव क्याम्पसका स्ववियु सभापति सुशान्त बस्नेतले रजिस्टर च्यातेका छन्।

क्याम्पस प्रशासनले सर्वदलीय बैठक नडाकी मनोमानी ढङ्गले अघि बढ्न खोजेको भन्दै उनले निर्णय लेख्न प्रयोग हुँदै आएको रजिस्टर च्यातेका हुन्।

‘म विधि सम्मत क्यापसका गतिविधि हुनुपर्छ भन्नेमा दृढ छु। तर, मलाई नै चार सयभन्दा बढी विद्यार्थी भर्ना गरेको आरोप लगाइयो। यस्तो गलत आरोप सह्य हुँदैन,’ उनले भने।

उनले क्याम्पस प्रशासनले औपचारिक बैठक नबोलाएर विभिन्न आरोप लगाउने गरेको गुनासो गरे। माघ मसान्तपछि भर्ना भएकाहरूको भर्ना खारेज हुनुपर्छ भन्नेमा स्ववियुको समर्थन रहेकाले आफूहरूले फर्जी भर्ना गर्न सक्ने कुनै आधार नरहेको उनको भनाइ छ।

The post शङ्करदेवमा स्ववियु सभापतिले च्याते रजिस्टर appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/03/09/%e0%a4%b6%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b5%e0%a4%bf%e0%a4%af%e0%a5%81-%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%aa%e0%a4%a4/feed/ 0
युएसआइडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौँ : मह जोडी https://gyaanghar.com/2025/02/20/%e0%a4%af%e0%a5%81%e0%a4%8f%e0%a4%b8%e0%a4%86%e0%a4%87%e0%a4%a1%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%88%e0%a4%b8%e0%a4%be-%e0%a4%a7%e0%a4%b0%e0%a5%8d%e0%a4%ae-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/ https://gyaanghar.com/2025/02/20/%e0%a4%af%e0%a5%81%e0%a4%8f%e0%a4%b8%e0%a4%86%e0%a4%87%e0%a4%a1%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%88%e0%a4%b8%e0%a4%be-%e0%a4%a7%e0%a4%b0%e0%a5%8d%e0%a4%ae-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/#respond Thu, 20 Feb 2025 11:45:23 +0000 https://gyaanghar.com/?p=10680 काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अमेरिकी विकास सहायता (युएसएआइडी) को रकम धर्म प्रचारमा प्रयोग नगरेको प्रस्टीकरण दिएका छन् । आफूहरूमाथि सामाजिक सञ्जालमा लागेको आरोपबारे बिहीबार एक भिडियो सन्देशमार्फत त्यसको खण्डन गर्दै महाजोडीले अनर्गल प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन् । ‘हिजोआज सामाजिक सञ्जालमा महाजोडीले युएसएआइडीको पैसा लिएर धर्म विरोधी काम र प्रचार गर्‍यो […]

The post युएसआइडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौँ : मह जोडी appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अमेरिकी विकास सहायता (युएसएआइडी) को रकम धर्म प्रचारमा प्रयोग नगरेको प्रस्टीकरण दिएका छन् । आफूहरूमाथि सामाजिक सञ्जालमा लागेको आरोपबारे बिहीबार एक भिडियो सन्देशमार्फत त्यसको खण्डन गर्दै महाजोडीले अनर्गल प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन् ।

‘हिजोआज सामाजिक सञ्जालमा महाजोडीले युएसएआइडीको पैसा लिएर धर्म विरोधी काम र प्रचार गर्‍यो भनेर अनर्गल प्रचार गरिएको छ । हामीलाई आफ्नो हितैषीहरूबाट नै यस्तो आरोप सुन्नुपर्दा अत्यन्तै चित्त दुखेको छ,’ मदनकृष्णले भने, ‘हामीले राम्रो राम्रो मात्र छानेर काम गर्दै आइरहेका छौँ । जस्तो कि कुष्ठरोग सम्बन्धी, क्षयरोग खोपसम्बन्धी जनचेतना यी अधर्म कुरा हैनन् । यहाँहरूले हाम्रो टेलिफिल्म हेरेर जाँच्नु भए हुन्छ ।’

हरिवंश आचार्यले युएसएआइडी र नेपाल सरकारसँगको सहकार्यमा सचेतना फैलाउने –मदनबहादुर–हरिबहादुर’ ‘आमा’, ‘असल लोग्ने’ जस्ता टेलिफिल्महरूबाट कुनै धर्म विरोधी प्रचार नगरेको प्रस्ट्याए । ‘यो हामीले युट्युबमा किताबजस्तै छर्लङ्गै हुने गरी राखेका छौँ । त्यहाँ कहीँ पनि सनातन हिन्दु धर्म, बुद्ध धर्म र कुनै पनि धर्मको विरोध गरेका छैनौँ। अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौँ,’ उनले भने ।

हरिवंशले ०५२ मा ‘पञ्चायत व्यवस्थाको सराद्धे’ कार्यक्रम गर्दा त्यसमा पण्डित पात्रको प्रवृत्तिमाथि व्यङ्ग्य गरेको कुरालाई लिएर पनि भ्रम सिर्जना गरिएको बताए । ‘पण्डित भन्दैमा भगवान् हुँदैन । व्यङ्ग्य पण्डितलाई पनि गर्न पाइन्छ । नेतालाई पनि गर्न पाइन्छ । प्रहरी, डाक्टर, वकिल, सबैलाई गर्न पाइन्छ । त्यसको टुक्रा राखेर सनातन धर्मको विरोध गर्‍यो भन्नु कपोकल्पित कुरा हो,’ उनले भने, ’हामी हाम्रो काममा निरन्तर लागिरहन्छौँ । पछाडि यस्ता किसिमका कुरा आएर हामी हतोत्साहित हुँदैनौँ,’ उनले भने ।

The post युएसआइडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौँ : मह जोडी appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/02/20/%e0%a4%af%e0%a5%81%e0%a4%8f%e0%a4%b8%e0%a4%86%e0%a4%87%e0%a4%a1%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%88%e0%a4%b8%e0%a4%be-%e0%a4%a7%e0%a4%b0%e0%a5%8d%e0%a4%ae-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/feed/ 0
तनहुँमा शिक्षिकाले तातो पन्युँले तीन विद्यार्थीको गाला डामिन्, पक्रियो प्रहरीले https://gyaanghar.com/2025/02/12/%e0%a4%a4%e0%a4%a8%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%a4%e0%a4%be%e0%a4%a4%e0%a5%8b/ https://gyaanghar.com/2025/02/12/%e0%a4%a4%e0%a4%a8%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%a4%e0%a4%be%e0%a4%a4%e0%a5%8b/#respond Wed, 12 Feb 2025 14:05:06 +0000 https://gyaanghar.com/?p=10670 काठमाडौँ – कक्षाकोठामा हो-हल्ला गरेको भन्दै तनहुँकी एक शिक्षिकाले एक जना बालकलाई गालामा तातो पन्युँले डामेकी छिन्। भीमाद नगरपालिका-६ शान्तिनगरकी ३४ बर्सिया सुषमा श्रेष्ठले प्रभात एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत एक बालकलाई खाना पकाउने पन्युँले गालामा डामेर घाइते बनाएकी हुन्। मङ्गलवार साढे ११ बजे शिक्षिका श्रेष्ठले कक्षामा हो-हल्ला गरेको भन्दै सजाय दिने बहानामा तातो […]

The post तनहुँमा शिक्षिकाले तातो पन्युँले तीन विद्यार्थीको गाला डामिन्, पक्रियो प्रहरीले appeared first on Gyaan Ghar.

]]>


काठमाडौँ – कक्षाकोठामा हो-हल्ला गरेको भन्दै तनहुँकी एक शिक्षिकाले एक जना बालकलाई गालामा तातो पन्युँले डामेकी छिन्।

भीमाद नगरपालिका-६ शान्तिनगरकी ३४ बर्सिया सुषमा श्रेष्ठले प्रभात एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत एक बालकलाई खाना पकाउने पन्युँले गालामा डामेर घाइते बनाएकी हुन्।

मङ्गलवार साढे ११ बजे शिक्षिका श्रेष्ठले कक्षामा हो-हल्ला गरेको भन्दै सजाय दिने बहानामा तातो पन्युँले बालकको गालामा डामेको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले बताए।

‘शिक्षिकाले गालामा पन्युँले डाम्दा बालक घाइते भएको भनी सामाजिक सञ्जालमा प्रसारण भएपछि शिक्षिकालाई पक्राउ गरिएको छ,’ अधिकारीले भने।

शिक्षिका श्रेष्ठले अन्य दुई जना विद्यार्थीलाई समेत सोही प्रकृतिले डामेको खुलेको छ।

यसरी शिक्षिकाले सजायको नाममा यातना दिएपछि पीडित बालकका अभिभावक प्रहरीमा जाहेरी दिन पुगेका थिए।

उक्त स्कुलकी लेखापालसमेत रहेकी शिक्षिकालाई बुधवार नियन्त्रणमा लिएर बालबालिकाविरूद्धको कसुरमा प्रहरीले अनुसन्धान थालेको छ। श्रेष्ठलाई जिल्ला अदालत तनहुँले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

The post तनहुँमा शिक्षिकाले तातो पन्युँले तीन विद्यार्थीको गाला डामिन्, पक्रियो प्रहरीले appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/02/12/%e0%a4%a4%e0%a4%a8%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%a4%e0%a4%be%e0%a4%a4%e0%a5%8b/feed/ 0
योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने https://gyaanghar.com/2025/01/14/%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%a6%e0%a4%bf%e0%a4%b5%e0%a4%b8-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0/ https://gyaanghar.com/2025/01/14/%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%a6%e0%a4%bf%e0%a4%b5%e0%a4%b8-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0/#respond Tue, 14 Jan 2025 10:49:26 +0000 https://gyaanghar.com/?p=10571 काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ ।   १० औँ राष्ट्रिय योग दिवसको अवसर पारेर स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रममा माघ ४ गतेसम्म बिहान ७ बजेदेखि योग विज्ञहरूबाट नियमित योग ध्यान, प्रवचन, योग आसन प्रदर्शन, योग सङ्गीतसहित शारीरिक र मानसिक स्वास्थ्य प्रवर्धनका कार्यक्रम हुनेछन् […]

The post योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ ।

 

१० औँ राष्ट्रिय योग दिवसको अवसर पारेर स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रममा माघ ४ गतेसम्म बिहान ७ बजेदेखि योग विज्ञहरूबाट नियमित योग ध्यान, प्रवचन, योग आसन प्रदर्शन, योग सङ्गीतसहित शारीरिक र मानसिक स्वास्थ्य प्रवर्धनका कार्यक्रम हुनेछन् ।

 

यस्तै, नसर्ने रोग सम्बन्धी कार्यशाला, विज्ञहरूसँग छलफल, अन्तरक्रिया, नसर्ने रोगको स्क्रिनिङ्, स्वास्थ्य तन्दुरुस्ती र पोषण परामर्श प्रवर्द्धनात्मक स्वास्थ्य सेवामा समेटिएका छन् ।

 

कार्यक्रम शुभारम्भ गर्दै आज स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले भने,  ‘पछिल्लो समय योगलाई हात र खुट्टा तन्काउने कलाका रूपमा बुझ्न थालिएको छ, योग त शारीरिक कलामाथि धेरै माथि तन र मन जोड्ने सशक्त माध्यम हो, स्वस्थ्य रहन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा सन्तुलित हुनुपर्छ, यो फल योग र ध्यानबाट प्राप्त गर्न सकिन्छ ।’

 

महानगरपालिकाले निरोधात्मक र प्रवर्द्धनात्मक स्वास्थ्य सेवालाई प्राथमिकता दिएको उल्लेख गर्दै महर्जनले विज्ञान र प्रविधि तथा आर्जित सम्पत्तिले भौतिक सुविधा दिने तर सुख नदिने बताए । ‘सुखका लागि योग नै उत्तम विधि हो, यस कारण हामी सहरवासीलाई सुख महसुस गराउन योगका कार्यक्रमलाई प्रवर्धन गरिरहेका छौँ’ उनले भने ।

‘योग विज्ञानलाई विद्यालय तहको औपचारिक शिक्षामा समावेश गरेर यसको महत्वलाई ज्ञान र व्यवहारमा कार्यान्वयन गर्ने योजना बनाएका छौँ,’ कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले भने,  ‘बालबालिकाको चारित्रिक विकासका लागि योग सिकाइ महत्त्वपूर्ण माध्यम हो ।’

 

‘आनन्दमय जीवन जिउने कलाका लागि यौगिक परामर्श, फल अपेक्षाविनाको सेवा, आसन, प्राणायाम, ध्यान, स्वास्थ्यकर भोजन, तनाव व्यवस्थापन आवश्यक हुन्छ’ कार्यक्रमको निरन्तरताका बारेमा महानगरको स्वर्णिम योजना  ‘आरोग्य जीवन’का फोकल पर्सन ज्ञानबहादुर ओली भने,  ‘हरेक वडामा योग कक्षा सञ्चालन गर्न प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिसकेका छौँ ।’

सहरी जीवनशैली क्रमशः अस्वास्थ्यकर खानपान र निष्क्रियतातर्फ उन्मुख भइरहेकोले यसबाट सिर्जना हुन सक्ने दीर्घ र नसर्ने रोगको जोखिमबाट बचाउन योग तथा स्वास्थ्य परामर्श शिविर सञ्चालन गरिएको स्वास्थ्य विभागका प्रमुख दीपक केसीको भनाइ छ ।

 

पछिल्लो समय जीवनशैलीसँग सम्बन्धित मधुमेह, उच्च रक्तचाप, क्यान्सर, हृदयाघात, मस्तिष्क घात, अम्लपित्त, क्यान्सर, मिर्गौलाको खराबी, दम, माइग्रेन, चिन्ता, डिप्रेसन, ढाड दुख्ने, उच्च बोसोपन, मोटोपना जस्ता समस्याबाट मानव मृत्यु भइरहेको छ । सक्रिय जीवनशैलीले रोग लाग्नबाट रोक्न सक्छ । रोग लागेर उपचारकै क्रममा पनि योग अभ्यासबाट समस्या घटाउन सकिन्छ । ‘योग गरेर अन्य औषधि छुटाउँछु भन्नु हुँदैन, योगको कुनै लाभ छैन पनि भन्नु हुँदैन, आवश्यकताका आधारमा छुट्टाछुट्टै वा सँगै योग अभ्यास र ध्यान गरे दुवैबाट लाभ पाउन सकिन्छ,’ उनले भने ।

कार्यक्रमका विषय प्रस्तुति तथा योग कक्षा सञ्चालनका लागि काठमाडौँ विश्वविद्यालयसहित योग शिक्षा अध्यापन गराउने विश्वविद्यालय, जीवन विज्ञान, पतञ्जलि योग, ओशो तपोवनसहित योग अभ्यास र योग विज्ञानको प्रवर्धनमा सक्रिय संघसंस्थाहरुको सहकार्य गरिएको छ ।

The post योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/01/14/%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%a6%e0%a4%bf%e0%a4%b5%e0%a4%b8-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0/feed/ 0
१२४ वर्ष पछि लाग्न लागेको महाकुम्भ मेलाको आध्यात्मिक तथा वैज्ञानिक मान्यता https://gyaanghar.com/2025/01/09/%e0%a5%a7%e0%a5%a8%e0%a5%aa-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%87%e0%a4%95%e0%a5%8b/ https://gyaanghar.com/2025/01/09/%e0%a5%a7%e0%a5%a8%e0%a5%aa-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%87%e0%a4%95%e0%a5%8b/#respond Thu, 09 Jan 2025 04:00:26 +0000 https://gyaanghar.com/?p=10556 काठमाडौँ, २५ पुस । भारतको प्रयागराजमा महाकुम्भ मेला सुरु हुन अब केही दिन मात्रै बाँकी रहेको छ ।   नदीको यो सङ्गममा डुब्नका लागि देश तथा विदेशका कुना–कुनाबाट यहाँ करोडौँ हिन्दु भक्तहरू आउने  गर्दछन् । प्राचीन हिन्दु ग्रन्थहरूमा यो लगभग २ हजार वर्षदेखि चलिआएको प्रचलन हो ।  यति मात्र होइन कुम्भ मेलालाई हिन्दु धर्मको महान् […]

The post १२४ वर्ष पछि लाग्न लागेको महाकुम्भ मेलाको आध्यात्मिक तथा वैज्ञानिक मान्यता appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ, २५ पुस । भारतको प्रयागराजमा महाकुम्भ मेला सुरु हुन अब केही दिन मात्रै बाँकी रहेको छ ।

 

नदीको यो सङ्गममा डुब्नका लागि देश तथा विदेशका कुना–कुनाबाट यहाँ करोडौँ हिन्दु भक्तहरू आउने  गर्दछन् । प्राचीन हिन्दु ग्रन्थहरूमा यो लगभग २ हजार वर्षदेखि चलिआएको प्रचलन हो ।  यति मात्र होइन कुम्भ मेलालाई हिन्दु धर्मको महान् पर्व पनि मानिन्छ ।

 

महाकुम्भ मेला धार्मिक कार्यक्रम मात्र होइन, यो मानव र ब्रह्माण्डबिचको सम्बन्धको अद्भुत सङ्गम भएको विश्वास गरिन्छ। सन २०२५ जनवरी १३ वाट सुरु हुने महाकुम्भले करोडौँ भक्तहरूलाई मात्र आकर्षित गर्दछ । यो मेलाले  खगोलीय र वैज्ञानिक तथ्यहरूलाई पनि पष्ट पार्दछ। महाकुम्भ मेला १२४ वर्ष पछि लाग्न लागेको हो ।

 

महाकुम्भको सुरुवात
महाकुम्भको सुरुवात सागर मन्थनको पौराणिक कथासँग जोडिएको छ। यस पौराणिक कथा अनुसार देवता र दानवहरूले अमृत प्राप्त गर्न समुन्द्र मन्थन गरेका थिए । यसरी मन्थन गरिएको अमृत कलशबाट चार ठाउँमा खसे, ती ठाउँ हुन– प्रयागराज, हरिद्वार, उज्जैन र नासिक। अहिले यो ठाउँमा कुम्भ मेला आयोजना गर्ने केन्द्र बनेको छ ।  ‘कुम्भ’ शब्द आफैँमा अमृत भाँडाको प्रतीक हो, जुन अमरता र आध्यात्मिक पोषणको प्रतीक भएको विश्वास गरिन्छ ।

 

खगोलीय घटना
महाकुम्भको समय खगोलीय घटनाहरूमा आधारित छ। बृहस्पति, सूर्य र चन्द्रमाको विशेष संयोजन हुँदा यो मेला आयोजना गरिन्छ। बृहस्पतिको १२ वर्षको परिक्रमा चक्र र पृथ्वीसँगको यसको विशेष स्थितिले घटनालाई शुभ बनाउँछ।

२०२४ मा डिसेम्बर ७ मा बृहस्पति यसको ठिक उल्टो दिशामा हुनेछ तर पृथ्वी भने सूर्य र बृहस्पतिको बिचमा हुनेछ। यो स्थितिले बृहस्पतिलाई रातको आकाशमा अत्यन्त उज्यालो बनाउने गर्दछ । जनवरी २०२५ मा यो ग्रहले विशेष ध्यान आकर्षित गर्नेछ। यसका साथै शुक्र, शनि, बृहस्पति र मङ्गल ग्रहको विशेष खगोलीय घटनाले उत्साह थपिने छ।

 

खगोल विज्ञान
महाकुम्भको सङ्गठनले प्राचीन भारतीय खगोलीय विज्ञानको गहिरो समझ प्रकट गर्दछ। घटना स्थल र समय दुवै पृथ्वीको चुम्बकीय क्षेत्र र ग्रह स्थितिको आधारमा निर्धारण गरिन्छ। यसले देखाउँछ कि हाम्रा पुर्खाहरूलाई खगोलीय विज्ञान र जैविक प्रभावहरूको बारेमा कति धेरै गहिरो ज्ञान थियो।

 

कुम्भ राशिको भौगोलिक महत्त्व
कुम्भ मेला स्थलहरू भू चुम्बकीय ऊर्जाको आधारमा छनोट गरिएको हो। यी स्थानहरू विशेष गरी नदी सङ्गम क्षेत्रहरू आध्यात्मिक विकासको लागि अनुकूल मानिन्छन्। प्राचीन ऋषिहरूले यी स्थानहरूमा ध्यान, योग र आध्यात्मिक प्रगतिको लागि उपयुक्त ऊर्जाको प्रवाह अनुभव गरेका थिए र तिनीहरूलाई पवित्र घोषित गरिदिए ।

 

कुम्भमा स्नान गर्ने विज्ञान
वैज्ञानिक दृष्टिकोणबाट कुम्भ मेला मानव शरीरमा ग्रह र चुम्बकीय क्षेत्रको प्रभाव बुझ्नको लागि उत्तम समय हो। जैविक चुम्बकत्वका अनुसार मानव शरीरले चुम्बकीय क्षेत्रहरू उत्सर्जन गर्छ र बाह्य ऊर्जा क्षेत्रहरूद्वारा प्रभावित हुन्छ। कुम्भमा स्नान र ध्यान गर्दा महसुस हुने शान्ति र सकारात्मकताको कारण यी ऊर्जा प्रवाहहरूमा निहित रहेका हुन्छन् ।

 

वैज्ञानिक दृष्टिकोण
ग्रहहरूको स्थितिले आध्यात्मिक मात्रै नभई वैज्ञानिक दृष्टिकोणले पृथ्वी र मानिसमा पार्ने प्रभावलाई पनि देखाउँछ। बृहस्पति, सूर्य र चन्द्रमाको विशेष संयोजनले पृथ्वीको चुम्बकीय क्षेत्रलाई असर गर्छ।

जनवरी १३ बाट सुरु हुने सन् २०२५ को महाकुम्भमा प्रयागराजमा करोडौँ भक्तजन भेला हुँदै छन् । यो एक धार्मिक घटना मात्र होइन, यो विज्ञान र संस्कृतिको एक अद्वितीय सङ्गम पनि हो। खगोल विज्ञान, भूगोल र अध्यात्मको संयोजन भएको यस मेलाले मानवताको ब्रह्माण्डीय सम्बन्ध बुझ्ने अद्भुत अवसर प्रदान गर्नेछ ।

The post १२४ वर्ष पछि लाग्न लागेको महाकुम्भ मेलाको आध्यात्मिक तथा वैज्ञानिक मान्यता appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/01/09/%e0%a5%a7%e0%a5%a8%e0%a5%aa-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%87%e0%a4%95%e0%a5%8b/feed/ 0