health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131The post विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल appeared first on Gyaan Ghar.
]]>
छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वटा ताल निकै जोखिम अवस्थामा देखिन्छन्।
– प्रकाश रेग्मी
बढ्दो जलवायु परिवर्तनका कारण मौसमी ढाँचामा आएको परिवर्तित स्वरूपले सिर्जना गरेको जटिलता सम्बोधन गर्न सन् २०१० मा मेक्सिकोको क्यानकुनमा संयुक्त राष्ट्र संयुक्त राष्ट्र संघको जैविक विविधता सम्मेलनमा हरित जलवायु कोष स्थापना भयो। अर्थात् जलवायु परिवर्तनलाई सम्बोधन गर्न विकासशील देशहरूलाई बढ्दो वित्तीय सहयोगको आवश्यकता पूरा गर्ने प्रयास स्वरूप कोषको स्थापना भएको थियो।
सन् २००० देखि २०१९ सम्म गरिएको जलवायु परिवर्तनको प्रभाव मूल्याङ्कनले नेपाललाई दसौँ अत्यधिक जोखिमको स्थानमा राखेको छ। नेपाल भन्दा बढी जोखिममा रहेका एसियाका अन्य देशहरूमा म्यानमार (दोस्रो), फिलिपिन्स (चौथो), बङ्गलादेश (सातौँ) पाकिस्तान (आठौँ) र थाइल्यान्ड (नवौँ) स्थानमा छन्।
नेपालको हिमाली भागमा रहेका हिमतालको विस्फोटका घटनाहरू सामान्यजस्तै हुने गरेका छन्। सन् १९७७ देखि नेपालले हालसम्म जम्मा २६ वटा हिमताल विस्फोटका घटना व्यहोरिसकेको छ। पछिल्लो हिमताल विस्फोटको घटना सन् २०२४ को अगस्ट १६ मा चामे क्षेत्रको थानबो हिमताल फुटेर भएको बाढीबाट ठुलो क्षति भएको थियो। त्यस्तै, हालै (२०२५ जुलाई ८ का) तिब्बतमा रहेको एक हिमताल विस्फोट हुँदा भोटेकोसी नदीमा ठुलो बाढी आउँदा झन्डै १०० वटा सवारी साधन बगाएको थियो भने अन्य धनजनको समेत क्षति पुगेको थियो।
हिमताल विस्फोटबाट हुनसक्ने क्षति कम गर्ने कार्यका लागि नेपालले हरित जलवायु कोषबाट पाँच अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान प्राप्त गरेको छ। हिमताल संरक्षणको क्षेत्रमा नेपालले प्राप्त गरेको यो रकम हरित जलवायु कोषले उपलब्ध गराएको पहिलो र सबैभन्दा ठुलो सहयोग हो।
यो सात वर्षे परियोजनामा जोखिम अनुगमन र पूर्व चेतावनी प्रणालीको विस्तार र स्तरोन्नति गर्न निम्नानुसारका चार उच्च जोखिम भएका हिमतालहरू (थुलागी, तल्लो वरुण, लुम्दिङ होङ्गु-२) छनोट गरिएका छन्। यी तालहरूमा पानीको स्तर घटाउने, ताल वरपर र तल्लो तटीय क्षेत्रहरूमा १५० हेक्टरभन्दा बढी भूमिमा रूखहरू रोप्ने, चेक बाँध बनाउने र वनस्पतिमा आधारित ग्याबियन पर्खाल बनाउनेजस्ता सुरक्षात्मक पूर्वाधारहरू तयार गर्ने कामका साथै नदी किनार र बाढीग्रस्त क्षेत्रहरूलाई संरक्षण गर्ने काम समावेश छन्।
चयन गरिएका हिमनदी तालहरूको छोटो विश्लेषण
छनोट गरिएका चार हिमतालहरूको नक्सा डाटा विश्लेषण गर्नको लागि मैक्सार, इस्री र अर्थस्टारले सम्पादन गरेको सन् २००३ मार्च १८ तारिख र सन् २०२१ को नोभेम्बर २८ तारिखमा खिचिएका भिन्न भिन्न सेटेलाइट नक्साहरूलाई जिआइएस प्रो प्रविधि प्रयोग गरेर गरिएको हो।
१. थुलागी हिम ताल :
मर्स्याङ्दी रिभर बेसिनअन्तर्गतको यो हिमताल पुरानै हो। इसिमोड (अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र) को एक अध्ययनले यो हिमताल सन् २००१ र २०११ मा पनि देखिएको थियो। यसमा पहिरो जाने वा हिम पहिरो खस्न सक्ने उच्च सम्भावना रहेको मानिएको छ। ठुलो तालमा जमेको पानीले बाढीको रूप लिँदा मर्स्याङ्दीको तटीय क्षेत्रको बस्ती खतरामा पर्ने देखिएको हो। थुलागी हिमताल, जसलाई स्थानीय रूपमा दोना ताल भनेर पनि चिनिन्छ। भौगोलिक अवस्थितिको हिसाबले ८४.५४२१ पूर्वी देशान्तर र २८.५२९५ उत्तरी अक्षांशमा रहेको छ। यो ताल समुन्द्री सतहबाट ४०५० मिटरको उचाइमा रहेको छ। यो मर्स्याङ्दी नदीको सहायक नदी डोना खोलाको मुहान हो। यो ताल मनासलु पर्वतको दक्षिण पश्चिममा लगभग ४.५ किलोमिटर लामो भग्नावशेषले ढाकिएको थुलागी हिमनदीको फेदमा अवस्थित छ। तालको निकासबाट लगभग १.५ किलोमिटर दायाँपट्टि मोरेनमा ठाडो पहाडी ढलानबाट चट्टानी हिम पहिरोको सम्भावना रहेको छ। माथि उल्लेख गरिएको अध्ययन अनुसार सन् १९८८ मा ०.७२ वर्ग किलोमिटर सतहको क्षेत्रफल रहेको उक्त ताल सन् २०१८ मा आइपुग्दा यसको क्षेत्रफल बढेर ०.९४ वर्ग किलोमिटर पुगेको छ।
थुलागी ताल मनासलु पर्वतको दक्षिण पश्चिममा ४,०४४ मिटरको उचाइमा अवस्थित काठमाडौँबाट १२० किलोमिटर दुरीमा छ। यो ताल मनाङ जिल्लाको नासो गाउँपालिका र गोरखा जिल्लाको चुम गाउँपालिकाको सिमानामा पर्ने मर्स्याङ्दी नदी बेसिनको जल ग्रहण क्षेत्रमा अवस्थित छ। जर्मनीको फेडरल इन्स्टिच्युट फर जियोसाइन्सेस एन्ड नेचुरल रिसोर्सेस र नेपालको जल विज्ञान तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा गरेको एक अध्ययनले थुलागी तालको आयतन २००९ मा लगभग ३५.३ मिलियन घन मिटर हुन आएको थियो। जबकि, यसको आयतन सन् १९९५ मा ३१.७५ मिलियन घन मिटर थियो।
यद्यपि, मौसम अनुसार हिमतालको क्षेत्रफल घटबढ हुने गर्दछ। यस लेख तयार पर्ने क्रममा माथि उल्लेख गरिएको स्रोत सामग्री र अनुसन्धान उपकरणको सहायताले गरिएको एक सानो अध्ययनले उक्त तालले सन् २००३ को मार्च १८ मा खिचिएको स्याटलाइट नक्सा अनुसार १८६४.९४ हेक्टर सतह ढाकेको देखिन्छ भने सन् २०२४ को नोभेम्बर २८ तारिखमा खिचिएको नक्साले त्यसको क्षेत्रफल बढेर २०११.७३ हेक्टर सतह ढाकेको देखिन्छ।
२. हिङ्कु हिमताल
हिङ्कु हिमताल नेपालको पूर्व उत्तरमा पर्ने सोलुखुम्बु र सङ्खुवासभा जिल्लामा फैलिएको मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्र र यसको बफर क्षेत्रभित्र पर्ने एक ताल हो। यो ताल सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा पर्दछ। भौगोलिक अवस्थिति अनुसार यो ताल २७.८५४८०७ उत्तरी अक्षांश र ८६.९६४२९७ पूर्वी देशान्तरमा रहेको छ। यो हिम ताल काठमाडौँबाट १६४ किलोमिटर उत्तर पूर्व दिशामा अवस्थित छ। यस तालको पानी हिन्कु दरंगा हुँदै दुधकोशीमा झर्छ। यो तालको ढलानको कोण दक्षिणपट्टि फर्केको छ। नदी प्रणाली अनुसार यो नदी कोसी नदीको प्रशाखाको रूपमा रहेको छ। यो तालको आकार हेर्दा गोरुको सिङजस्तो देखिन्छ।
सञ्जवलरत्न बज्राचार्य र प्रदीप मूलले सन् २०१७ मा दुधकोशी जलाधार क्षेत्रमा पार्ने हिन्कु दरंगा क्षेत्रमा गरेको एक अध्ययन अनुसार उक्त क्षेत्रमा पर्ने हिमनदीहरू प्रतिवर्ष १०-५९ मिटर प्रतिवर्षका दरले सगरमाथा क्षेत्रका हिमनदीहरू पछाडि हट्छन्। यस लेख तयार पार्ने क्रममा माथिको प्रविधि प्रयोग गरेर हेर्दा उक्त तालको तल्लो पुच्छरजस्तो देखिने भाग १.०७३ किलोमिटर अर्थात् प्रतिवर्ष ५३ मिटर पछाडि सरेको देखिन्छ। त्यस्तै, सन् २००३ मा यस तालले ढाकेको भूमि ५८३ हेक्टर थियो भने यो क्षेत्र बढेर सन् २०२४ मा ६१४ हेक्टर देखिन्छ।
३. लुम्दिङ हिम ताल
दुधकोशी रिभर बेसिनअन्तर्गत पर्ने लुम्दिङ हिमताल पनि छिटो छिटो बढिरहेका कारण उच्च जोखिममा देखिएको छ । यो हिमताल सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ लाम गाउँपालिकामा पर्दछ। काठमाडौँबाट १३४ किलोमिटर उत्तरपूर्वमा पर्ने यो तालको ड्याम कमजोर देखिएकाले लुम्दिङ उच्च जोखिमको मानिएको हो ।
लुम्दिङ हिमनदी पछाडि हट्दै गएको कारणले यो तालको विस्तार हुँदै गएको छ। यो तालबारे सन् २०१७ मा एक अध्ययन भएको थियो। उक्त अध्ययन सन् १९६२ देखि सन् २०१३ सम्म गरिएको थियो। उक्त अध्ययनमा सन् १९६२ मा उक्त तालको क्षेत्रफल ०.२ वर्ग किलोमिटर थियो भने त्यो बढेर सन् २०१३ मा ०.७७ वर्ग किलोमिटर पुगेको थियो। साथै सन् १९६२ देखि सन् २००७ सम्म उक्त क्षेत्रका हिमनदीहरू प्रतिवर्ष ३५ मिटरका दरले पछाडि सर्दै गरेको पाइएको थियो।
यस लेख तयार पार्ने क्रममा माथिको प्रविधि प्रयोग गरेर हेर्दा उक्त तालको तल्लो पुच्छरजस्तो देखिने भाग १.०७३ किलोमिटर अर्थात् प्रतिवर्ष ५३ मिटर पछाडि सरेको देखिन्छ। त्यस्तै, सन् २००३ मा यस तालले ढाकेको भूमि ५८३ हेक्टर थियो भने यो क्षेत्र बढेर सन् २०२४ मा ६१४ हेक्टर देखिन्छ।
यस लेख तयार पार्ने क्रममा माथिको प्रविधि प्रयोग गरेर हेर्दा उक्त ताल पूर्व-पश्चिम लम्बिएको र बिचको भाग माथि उठेको देखिन्छ। यो तालको पूर्वपट्टिको भाग २.५८ किलोमिटर लम्बिएको देखिन्छ। सन् २००३ को नक्सामा यो तालको लम्बाई ३.६२ किलोमिटर थियो भने सन् २०२४ मा यसको लम्बाई ६.२० किलोमिटर देखिन्छ। त्यस्तै, सन् २००३ मा यसको क्षेत्रफल २२० हेक्टर मापन गरियो भने सन् २०२४ को नक्सामा यसको क्षेत्रफल ३१९ हेक्टर मापन गरियो।
४. तल्लो वरुण हिमताल
विभिन्न अनुसन्धानहरूले तल्लो वरुण हिमताल धेरै दृष्टिकोणबाट नेपाली बस्तीलाई क्षति पुर्याउने उच्च जोखिममा देखाएका छन्। यो हिमतालमा पानीको मात्रा निकै छिटो बढिरहेको पाइएको छ । अनुसन्धानले तालको दायाँतर्फ पहिरो जान सक्ने र हिम पहिरो पनि आउन सक्ने सम्भावना देखाएका छन्। यो ताल सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिकामा पर्दछ। काठमाडौँबाट १६७ किलोमिटर उत्तरपूर्वमा पर्ने यो तालको भौगोलिक अवस्थिति ८७.०२०५८ डिग्री पूर्व र २७.८२८५ डिग्री उत्तरमा छ।
तल्लो वरुण हिमताल नेपाल हिमालयमा रहेको मकालु पर्वत नजिकै वरुण उपत्यकामा अवस्थित एक ठुलो, गहिरो र द्रुत गतिमा फैलिरहेको हिमताल हो। तल्लो वरुण हिमनदीबाट निस्कने हिमनदी पग्लने पानीको कारणले गर्दा यो द्रुत वृद्धिको लागि परिचित छ र हिमताल फुट्ने र बाढी आउनका लागि उच्च जोखिम क्षेत्र मानिन्छ। विभिन्न अध्ययनहरूले सन् १९८९ मा यसको क्षेत्रफल ०.६४ वर्ग किलोमिटर मापन गरेका छन् भने सन् २०१८ मा २ वर्ग किलोमिटर मापन गरिएको छ।
उक्त ताल दक्षिण पूर्वतिर पुच्छरजस्तो भएर लम्बिएको देखिन्छ। यो पुच्छरजस्तो देखिने भाग अध्ययन अवधिको (२००३ देखि २०२४ ) अन्तरालमा ३.६३ किलोमिटर लम्बिएको देखिन्छ। अर्थात् प्रतिवर्ष १७२ मिटर हिउँ पछाडि सरेको देखिन्छ। त्यस्तै, सन् २००३ मा यस तालले ढाकेको भूमि १९१८ हेक्टर थियो भने यो क्षेत्र बढेर सन् २०२४ मा २२७६ हेक्टर देखिन्छ।
छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वटा ताल निकै जोखिम अवस्थामा देखिन्छन्। थुलागी हिमतालले नेपालको मर्स्याङ्दी नदीमा पानीको आपूर्ति गर्दछ। यस नदीको तल्लो तटीय भागहरूमा बाक्लो आबादी हुनाको साथै तीन वटा ठुला जलविद्युत परियोजना (उपल्लो मर्स्याङ्दी, तल्लो मर्स्याङ्दी र मर्स्याङ्दी) छन्। यी परियोजनाहरूको संरक्षणका लागि पनि उक्त तालको संरक्षण अपरिहार्य देखिन्छ। बाँकी तीन वटा तालले दुधकोशी नदीमा पानीको आपूर्ति गर्दछन्। यस नदीको तल्लो तटीय भागहरूमा बाक्लो आबादी हुनाको साथै चार वटा ठुला जलविद्युत परियोजना छन्। यी परियोजनाहरूको संरक्षणका लागि पनि उक्त तालको संरक्षण अपरिहार्य देखिन्छ।
The post विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल appeared first on Gyaan Ghar.
]]>The post नेपालको गणतान्त्रिक आन्दोलनमा प्रगतिशील स्रष्टाहरूको भूमिका appeared first on Gyaan Ghar.
]]>
* मोहनविक्रम सिंह
कुनै पनि देशको समाजव्यवस्था, जीवन वा राजनीतिमा पनि दर्शन वा साहित्यको महŒवपूर्ण भूमिका हुन्छ । दर्शन वा साहित्यको त्यस प्रकारको भूमिका आधुनिक कालमा मात्र होइन, प्राचीन कालदेखि नै रह“दै आएको छ । भारतमा रामायण, महाभारत, गीता, मनुस्मृति, तुलसीकृत रामायण आदि जस्ता ग्रन्थहरूलाई नै हेरौ“ । तिनीहरूले सामाजिक चेतना, संस्कृति वा राजनीतिक व्यवस्थामा सताब्दीयौ“देखि गम्भीर असर पार्दै आएका छन् । आज हिन्दु सामाजिक व्यवस्थाले समाजमा तलसम्म जुन घर जमाएको छ, त्यसका पछाडि हिन्दु, दार्शनिक वा साहित्यिक कृतिहरूको ठुलो भूमिका रहेको छ । उदाहरणको लागि रामलाई मर्यादा पुरुषोत्तम राम बताइन्छ । त्यसरी हिन्दु धर्मले उनलाई ती मर्यादा वा गुणहरूबाट विभूषित गर्ने प्रयत्न गरेको छ । जसलाई हिन्दु धर्मले आदर्श मान्दछ । मनुस्मृतिले अगाडि सारेका मान्यताहरूले पनि समाजलाई लामो समयसम्म प्रभावित गरे र अहिले पनि ठुलो मात्रामा प्रभावित गरिरहेका छन् । त्यसबाट दर्शन वा साहित्यले समाजको सम्पूर्ण बनावटमा कति धेरै असर पार्दछ ।
हाम्रा अगाडि युरोपको पुनर्जागरणकालको उदाहरण पनि छ । त्यहा“ सामन्तवाद वा राजतन्त्रका विरुद्ध जुन जागरण आयो, त्यसका पछाडि पनि दर्शन र साहित्यको ठुलो योगदान रहेको छ । रूसो, भोल्टेयर, मन्टेस्क्यू, जोन लक, डिडरो आदिका विचारहरूले युरोपमा राजतन्त्र वा निरङ्कुश शासनका विरुद्ध जागरण ल्याउन महŒवपूर्ण भूमिका खेलेका थिए । त्यस प्रकारका विचारहरूका कारणले खाली फ्रान्सको महान् फ्रेन्च क्रान्तिलाई मात्र मद्दत पु¥याएन, सम्पूर्ण युरोपमा राजतन्त्र र सामन्ती मान्यताहरूलाई समाप्त गर्न पनि त्यसबाट मद्दत पुग्यो । त्यस प्रकारका विचारका कारणले युरोपमा पुनर्जागरण आयो र समाजमा प्रभाव जमाएका पुराना प्रकारका रूढिवादी धार्मिक मान्यताहरू पनि धेरै समाप्त भएर गए ।
नेपालमा सामन्ती व्यवस्था, निरंकुश शासन, राजतन्त्र वा पुराना रूढिवादी सामाजिक मान्यताहरू विरुद्ध चेतना ल्याउने काममा पनि नेपाली साहित्यको महŒवपूर्ण योगदान रहेको छ । नेपालमा राणाशासनको अन्त्य, पञ्चायती तानाशाही शासनको अन्त्य, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनामा राजनीतिक दलका साथै साहित्यकार, बुद्धिजीवीहरूको पनि महŒवपूर्ण भूमिका रहेको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलन वा गणतन्त्रको स्थापनाको क्रममा प्रतिगमनको धार पनि बारम्बार देखापर्दै आएको छ । २००७ सालको राजनीतिक परिवर्तनपछि गोरखा दलको स्थापना भएको थियो र त्यसले राणाशासनको पुनस्र्थापना गर्ने प्रयत्न गरेको थियो । उनीहरूको त्यो प्रयत्न ता सफल भएन तर ०७ सालमा राजा महेन्द्रद्वारा निरङ्कुश शासन र पञ्चायती तानाशाही व्यवस्था कायम गर्ने कार्य भयो र त्यो व्यवस्था ३० वर्षसम्म देशमा रÞयो । ०४६ सालमा निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको अन्त्य भएर देशमा वैद्यानिक राजतन्त्र र बहुदलिय व्यवस्था कायम भयो । तर त्यसको स्थापनाको लगतै पछि त्यसलाई समाप्त गरेर निरङ्कुश राजतन्त्रको स्थापनाका लागि पुनरुत्थानवादी गतिविधिहरू अगाडि बढे र २०५९ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रका नेतृत्वमा निरङ्कुश राजतन्त्रको पुनस्र्थापना भयो ।
२०६२–६३ जनआन्दोलनपछि २०६५ सालको जेठ १५ गते नेपालमा करिब ढाइसय वर्षदेखि रहेको राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भयो । तर त्यसको लगत्तै पछि राजावादीहरूले राजतन्त्रको पूनस्र्थापनाका लागि आÇनो प्रतिगामी गतिविधी बढाउ“दै आएका छन् । उनीहरूका २ वटा मुख्य उद्देश्यहरू रहेका छन् ः प्रथम, राजतन्त्रको पूनस्र्थापना र, द्वितीय, हिन्दु राष्ट्रको स्थापना ।
माथिको सङ्क्षिप्त विवरणले बताउ“छ कि नेपालको इतिहासमा प्रजातान्त्रिक आन्दोलनको लखन थापा, खड्गमानसिंह वस्नेत वा प्रजा परिषद्देखिको लामो र गौरवपूर्ण इतिहास हुनुका साथै नेपालमा प्रजातान्त्रिक दिशामा भएका प्रत्येक परिवर्तनपछि प्रतिगामी धाराहरू पनि अगाडि बढ्दै आएका छन्, जस्तै कि २००७ साल र ०४६ सालपछि देशमा गणतन्त्रको स्थापना पछि पनि त्यस प्रकारको धारा अगाडि बढ्दै आएको छ । त्यसकारण आज लोकतन्त्र वा गणतन्त्रका लागि आन्दोलन अगाडि बढाउने सन्दर्भमा पुनरुत्थानवादी धारका विरुद्ध पनि शसक्त रूपले आन्दोलन अगाडि बढाउनुपर्ने आवश्यकता छ ।
आज नेपालमा प्रतिगमनको खतरा अत्यन्त गम्भीर रूपमा देखापरेको छ । त्यो खतरा २०१७ साल वा २०५९ सालमा भन्दा बढी गम्भीर छ किनभने २०१७ साल वा २०५९ सालमा प्रतिगमनको खतरा देशभित्र नै देखापरेको थियो । तर अहिले त्यो खतरालाई बाÞय समर्थन पनि प्राप्त छ । अहिले भारतमा कट्टर हिन्दुवादी शक्तिहरूको शासन छ र उनीहरूले नेपालका राजावादीहरूलाई पनि आफ्नो समर्थन दिएका छन् ।
यो आम रूपमा थाहा भएको कुरा हो कि अहिलेका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले पहिले मुख्यमन्त्री नहु“दै पनि नेपालमा आएर गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध अभियान चलाएका थिए । अहिलेको राजावादीहरूको अभियान पनि पूर्व राजा ज्ञानेन्द्र शाहले गोरखपुरमा गएर आदित्यनाथलाई भेटेपछि नै सुरु भएको थियो । आदित्यनाथलाई भेटेपछि उनले पोखरामा आएर भिडियो वक्तव्य जारी गरेका थिए र उनी पोखराबाट काठमाडौ“ आउ“दा उनको स्वागतमा भएको जुलुसमा आदित्यनाथको समेत फोटोको प्रदर्शन गरिएको थियो । त्यसरी अहिलेको राजावादीहरूको अभियानलाई भारतका कट्टरपन्थी हिन्दुवादी शक्तिहरूको आड भएको र, त्यसैले, २०१७ वा २०५९ सालमाभन्दा प्रतिगमनको खतरा गम्भीर भएको कुरा प्रष्ट छ । त्यसकारण त्यसलाई हल्का रूपमा लिनु राजनीतिक अदूरदर्शिता हुने छ ।
आजको गणतन्त्रको सङ्घर्ष मुख्य रूपले प्रतिगमनका विरुद्धको सङ्घर्ष हुन जान्छ । राजावादीहरूले संसदभित्र र बाहिर सङ्गठित र योजनाबद्ध प्रकारले गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध अभियान चलाइरहेका छन् । समस्या यो मात्र होइन कि राजावादीहरूले त्यो अभियान चलाइरहेका छन् र भारतका कट्टर हिन्दुवादी शक्तिहरूले पनि त्यसलाई आÇनो समर्थन दिइरहेका छन् । नेपालभित्रका विभिन्न कारणहरूले पनि त्यसलाई एक वा अर्को प्रकारले मद्दत पु¥याइरहेका छन् । त्यसप्रकारको पृष्ठभूमिमा यो कुरा प्रष्ट छ, खाली राजनीतिक रूपले आन्दोलन सञ्चालन गरेर मात्र प्रतिगमनका विरुद्धको आन्दोलन सशक्त रूपले अगाडि बढ्न वा प्रतिगमनमाथि निर्णाणात्मक विजय प्राप्त गर्न सम्भव हुने छैन । त्यो कार्य पूरा गर्न वैचारिक स्तरमा पनि ठुलो अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ । त्यो कार्य लेखक र साहित्यकारहरू अगाडि आएपछि नै पूरा हुन सक्ने छ ।
धार्मिक अन्धविश्वास, रूढिवादी र पिछडिएका सोचाइ वा लोकप्रियतावादी सोचाइहरूले पनि प्रतिगमनलाई धेरै नै मद्दत पु¥याउने गर्दछन् । राजा विष्णुका अवतार हुन भन्ने सोचाइ अहिले पनि जनतामा धेरै नै पाइन्छ । त्यसैको परिणाम हो कि पूर्वराजा कुनै ठाउ“मा जा“दा बुढाबुढी वा महिलाहरू पनि ठुलो सङ्ख्यामा उनको ‘दर्शन’ गर्न पुग्दछन् । त्यसो गर्दा यो कुराप्रति उनीहरूको ध्यान गएको हुन्न कि शाह शासनको लामो ऐतिहासिक काल वा पञ्चायती शासनकालमा उनीहरूले कति धेरै जनविरोधी, भ्रष्ट वा दमनकारी कार्यहरू गरेका थिए । नेपालमा प्रजातन्त्र आएपछि पनि वैधानिक राजतन्त्रलाई बारम्बार समाप्त गरेर निरङ्कुश शासन कायम गरेका उदाहरणहरू पनि हाम्रा अगाडि छन् । तर पिछडिएका वा जनप्रियतावादी सोचाइहरूका कारणले जनताको एउटा ठुलो समूहले राजामाथि अन्धविश्वास गर्ने गर्दछ । पश्चिममा जस्तो कि पहिले पनि उल्लेख गरियो, कतिपय दार्शनिक, लेखक वा साहित्यकारहरूले राजाप्रतिका त्यस प्रकारका गलत वा भ्रान्त सोचाइहरूका विरुद्ध जागृति फैलाउने काम गरेका थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा लेखक वा साहित्यकारहरूको महŒवपूर्ण योगदान रहने गरेको छ । अहिले प्रतिगमनबाट जनआन्दोलनद्वारा प्राप्त महान् उपलब्धिहरूमा प्रतिगमनबाट जुन गम्भीर खतरा उत्पन्न भएको छ, त्यसका विरुद्ध जनतालाई जागृत गर्नका लागि साहित्यकारहरू अगाडि आउनुपर्ने आवश्यकता छ । त्यसबारे हामीहरू स्पष्ट हुनुपर्दछ कि त्यसरी जनतालाई जागृत नगरिकन प्रतिगमनको खतरालाई पराजित गर्न सम्भव हुने छैन । त्यसका लागि साहित्यिक रचनाहरू मात्र होइन, सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्ने आवश्यकता छ । एउटा अर्को कारणले पनि प्रतिगमनलाई धेरै मद्दत पुगिरहेको छ र प्रतिगामी शक्तिहरूलाई जनतालाई धेरै भ्रम दिने अवसर प्राप्त भएको छ ः देशमा बहुदलीय व्यवस्था वा गणतन्त्र आएपछि पनि देशमा सन्तोषजनक विकास हुन सकिरहेको छैन वा भ्रष्टाचार, कुशासनहरू बढेर गएका छन् तर त्यसको अर्थ देशलाई प्रतिगमनतिर लगेर समस्याको समाधान हुन्छ भन्ने होइन । देशलाई पञ्चायती शासन वा राणाशासनतिर लैजाने हो भने देशको अरू अधोगति हु“दै जाने छ । त्यसरी, देशलाई प्रतिगमन होइन अग्रगमनतिर नै लैजानुपर्दछ भनेर जनतामा चेतना दिनुपर्ने आवश्यकता छ । त्यस प्रकारको भूमिका लेखक वा साहित्यकारहरूले नै खेल्न सक्दछन् र खेल्नु पनि पर्दछ ।
देशमा गणतन्त्र आएको छ । यो ठुलो ऐतिहासिक उपलब्धि हो । तर आज देशमा कायम भएको गणतन्त्र वा संसदीय प्रणालीका आधारमा मात्र देश र जनताको वास्तविक विकास हुन सक्दैन । आज देशमा जुन गणतन्त्र छ, त्यो पु“जीवादी प्रकारको गणतन्त्र नै हो । निरङ्कुश राजतन्त्र वा वैधानिक राजतन्त्रभन्दा पु“जीवादी प्रजातन्त्र पनि प्रगतिशील हुन्छ । अहिले राजावादीहरूद्वारा त्यसलाई समाप्त गर्नका लागि भइरहेको आक्रमणको अवस्थामा त्यसको रक्षा गर्ने हाम्रो जिम्मेवारी हुन्छ । तैपनि यसबारे हामीमा कुनै भ्रम हुनु हु“दैन कि अन्ततः विद्यमान गणतन्त्र वा संसदीय प्रणालीको मूल प्रकृति पु“जीवादी नै छ र तिनीहरूको एउटा निश्चित सीमा हुन्छ । तिनीहरूद्वारा जनताका समस्याहरूको वास्तविक समाधान सम्भव छैन । त्यसकारण हामीले योभन्दा उच्च र जनवादी प्रकारको गणतन्त्र वा व्यवस्था ल्याउनका लागि सङ्घर्ष गर्नुपर्दछ, जसको अर्थ हुन्छ नयाँ जनवादी वा समाजवादी व्यवस्था । त्यसका लागि जनतामा व्यापक चेतना वा जागृति ल्याउनुपर्ने आवश्यकता छ । त्यो कार्य पूरा गर्न लेखक र कलाकारहरू अरू अगाडि आउनुपर्ने आवश्यकता हुन्छ । त्यसका लागि दर्शन, साहित्य वा कलाले महŒवपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता हुन्छ । तर लेखक, साहित्यकार वा कलाकारहरूले त्यसप्रकारको भूमिका त्यो बेला नै खेल्न सक्दछन्, जब उनीहरूमा उच्च प्रकारको चेतनाको विकास हुन्छ ।
साहित्यकारहरूका बिचमा यो प्रश्न निकै उठिरहन्छः साहित्य वा कला केका लागि ? साहित्य वा कला स्वतन्त्र हुनुपर्दछ र त्यसको कुनै राजनीतिसित सम्बन्ध हुनुहुँदैन भन्ने विचार पनि साहित्यकारहरूका बिचमा निकै पाइन्छ । त्यसप्रकारको सोचाइले नयाँ जनवाद वा समाजवादको कुरा परै छ, लोकतन्त्र वा गणतन्त्र जस्ता सामान्य विषयहरूसित पनि साहित्यकारहरू जोडिनुपर्दछ भन्ने सोचाइलाई पूरै अस्वीकार गर्दछ । साहित्यकारहरूको सर्वप्रथम त्यसबारे नै स्पष्ट दृष्टिकोण बन्नुपर्दछ । यदि उनीहरू त्यसप्रकारको सोचाइबाट माथि उठ्न सकेनन् वा मुक्त हुन सकेनन् भने देश, समाज वा जनताको हित वा विद्यमान अवस्थामा क्रान्तिकारी परिवर्तनको कुरा परै छ, लोकतन्त्र वा गणतन्त्रको आन्दोलन वा प्रतिगमनका विरुद्ध पनि कुनै सङ्घर्ष गर्नु उनीहरूका लागि सम्भव हुने छैन । त्यसप्रकारको भूमिकामा अग्रसर हुनका लागि सर्वप्रथम साहित्यकारहरूले राजनीति वा आन्दोलनमा कुनै सम्बन्ध हुनुहुँदैन भन्ने सोचाइबाट मुक्त हुनु निर्णायात्मक सर्त हो ।
कुरा त्यहीँसम्म मात्र सिमित छैन, साहित्यकारका अगाडि एउटा स्वतन्त्र, सम्पन्न, सुखी र सुन्दर समाजको निर्माण गर्ने महान् जिम्मेवारी पनि छ । तर समाजमा एउटा यस्तो वर्ग पनि छ, जसले आÇनो छुद्र स्वार्थ वा सङ्कीर्ण स्वार्थमाथि आधारित आÇनो सुखी जीवनको लागि समाजमा ऐतिहासिक कालदेखि नै शोषण, उत्पीडन वा अन्याय र अत्याचारहरू गर्दै आएका छन् । त्यसप्रकारका शोषण र उत्पीडन वा अन्याय र अत्याचारहरूको अन्त्य नगरिकन एउटा स्वतन्त्र, सम्पन्न र सुन्दर समाजको निर्माण हुन सक्दैन । तर समस्या के छ भने त्यस प्रकारका वर्गहरूले खाली भौतिक रूपले मात्र अन्याय वा अत्याचार गर्दैनन्, उनीहरूले आÇना त्यस प्रकारका कार्यहरू सुदृढ र चिरस्थायी बनाउनका लागि दर्शन, धर्म, नीतिशास्त्र वा साहित्यको पनि एउटा विशाल संरचना तयार पार्दछन् र हामीहरूले तिनीहरूका विरुद्ध पनि प्रभावशाली प्रकारले सङ्घर्ष गर्नुपर्ने आवश्यकता हुन्छ । त्यसका लागि प्रगतिशिल लेखक र साहित्यकारहरू अगाडि आउनुपर्दछ । त्यसरी आज खाली गणतन्त्रको रक्षा र प्रतिगमनका विरुद्धको सङ्घर्षका प्रश्नमा मात्र होइन, समाजलाई दीर्घकालीन प्रकारले रूपान्तरण गर्नका लागि पनि साहित्यकारहरूले उच्च दार्शनिक वा वैचारिक स्तरमा आफुलाई ढाल्नुपर्ने आवश्यकता छ ।
The post नेपालको गणतान्त्रिक आन्दोलनमा प्रगतिशील स्रष्टाहरूको भूमिका appeared first on Gyaan Ghar.
]]>The post काठमाडौँ उपत्यका वायु प्रदूषणको उच्च जोखिममा appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ उपत्यका एक पठारजस्तै रूपमा रहेको छ। जाडो र सुक्खा मौसम बढेसँगै तराईका क्षेत्रहरूमा पराल र भुसको प्रयोग गरेर आगो ताप्ने, वन क्षेत्रमा आगो लगाउनेजस्ता क्रियाकलापले गर्दा वायुमण्डलको तल्लो तहको हावा तातेर हल्का हुन गई माथितिर उडेर जान्छ।
– प्रकाश रेग्मी
परिचय
हाव पृथ्वीमा रहेका सबै जीवजन्तु र वनस्पतिका लागि नभई नहुने कुरा हो। यसको अभावमा जीव र वनस्पति संसारको अस्तित्वको कल्पना गर्न सकिँदैन। विकसित परिवर्तित परिप्रेक्ष्यमा मानवीय अधिक क्रियाकलापका कारण हावाको प्राकृतिक संरचनामा विचलन आई मानवीय स्वास्थ्यमा प्रतिकूल असर हुने सम्भावना बढ्दै गएको छ।
लेखनको क्रममा आफू प्रविधिले सम्पन्न मुलुकमा रहेकाले आफ्नो देशमा पनि त्यस्तै होला भन्ने कल्पना आउँदो रहेछ। अर्थात् बितेको र आफूले नै भोगेको कुरा पनि बिर्सने हुँदो रहेछ। यसै गत हप्ताको वायु प्रदूषण तथ्याङ्कको डेटा प्राप्त होला भन्ने आशाले लेखन कार्य सुरुआत गरेँ तर सोचेको डाटा प्राप्त हुन नसकेर पुरानो डाटाको आधारमा काठमाडौँ र आसपासको वायु प्रदूषण सूचकाङ्क नक्सा तयार भएको छ। यस लेखमा यसैलाई मात्र आफ्नो प्रेरणा सम्झेको छु।
यस लेखको लागि आफूले अध्ययनको क्रममा सिकेका केही ज्ञान, अनलाइन पोर्टलमा प्रकाशित लेखहरू, नेपाल सरकार वन तथा वातावरण शाखाले व्यापक ज्ञान अभिलेख नेटवर्कलाई उपलब्ध गराएको सन् २०१९ र २०२० को वास्तविक समय डाटा र अमेरिकी वातावरणीय प्रणाली अनुसन्धान संस्थानले विकास गरेको बौद्धिक डार्क वेब (आइडीडब्लू) कम्प्युटर सफ्टवेयरको प्रयोग गरिएको छ। हावाको गुणस्तर मापनको लागि प्रतिघन मिटर हावामा रहेका कुल निलम्बित कणहरूको सङ्ख्यालाई आधार बनाइएको छ। जुन वातावरण शाखाले व्यापक ज्ञान अभिलेख नेटवर्कलाई उपलब्ध गराएका विभिन्न किसिमका वायु प्रदूषणको प्रकारमध्ये एक हो।
वायु ग्यासहरूको एक अदृश्य मिश्रण हो, जसले पृथ्वीलाई घेरेर रहेको छ। जसमा नाइट्रोजन (७८%), अक्सिजन (२१%), आर्गन, कार्बन डाइअक्साइड र पानीको वाष्पजस्ता अन्य ग्यासहरूको थोरै मात्रा मिलेर बनेको हुन्छ। हावाको गुणस्तर एयर क्वालिटी इन्डेक्स विधिद्वारा मापन गरिन्छ। एयर क्वालिटी इन्डेक्स मापन गर्दा पाँच प्रमुख वायु अवयवहरूलाई लिएर गरिन्छ। तिनीहरू ओजन तह, कार्बन मोनो अक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइड हुन्।
वायु प्रदूषण भन्नाले वायुमण्डलको प्राकृतिक विशेषताहरूलाई परिमार्जन गर्ने र मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्न सक्ने कुनै पनि रासायनिक, भौतिक वा जैविक तत्त्वद्वारा भित्री वा बाहिरी वातावरणको प्रदूषणलाई बुझिन्छ। यसले हावामा हुने हानिकारक पदार्थहरूको उपस्थितिलाई जनाउँछ, जुन सामान्य पृष्ठभूमि स्तरभन्दा बढी हुन्छ र जीवित जीवहरूमा नकारात्मक प्रभाव पार्छ।
गत हप्ता काठमाडौँबाट प्रकाशित सबैजसो पत्रपत्रिकामा काठमाडौँको वायु प्रदूषणबारे समाचार तथा लेखहरू प्रकाशित भए। कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा २०८१ चैत्र २१ गते बसेको बैठकले ९ बुँदे निर्णयमा वायु प्रदूषण बढ्न नदिन सम्बन्धित सरोकारका निकाय र सर्वसाधारणका नाममा एक निर्देशिका जारी समेत गरियो।
वायु प्रदूषणको कारणहरू
• नेपालमा हिउँदमा पश्चिमी वायु बहन्छ जुन चिसो र सुख्खा हुन्छ। त्यस समयमा जमिनमा रहेका धुलोका कणहरू सुक्खा हुँदै जान्छन्। यसका साथै रुखबाट झरेका पातहरू पनि सुख्खा भएर जमिनमा रहेका हुन्छन्। चैत महिना लागेसँगै पश्चिमी वायुको प्रभाव घट्दै जाने र मनसुनी वायु बिस्तारै बढ्दै जाने क्रम सुरु हुन्छ। अर्थात् यो समय दुई फरक प्रकृतिका वायुको बिचको सङ्क्रमणकालीन अवधि पनि भन्न सकिन्छ। यो समयमा जमिनमा रहेका सुख्खा धुलकण र सुक्खा पात पतिङ्गरहरू हावाको गति बढेसँगै वायुमण्डलमा मिसिन्छन् र यस समयमा वायु प्रदूषण बढ्ने उच्च सम्भावना रहन्छ। यसका अलावा ज्वालामुखी विस्फोट र समुद्रबाट निस्कने नुनको कणजस्ता कारणले वायु प्रदूषण बढ्न जान्छ। यस्ता कारणहरू प्राकृतिक कारणहरू हुन्, जसमा मानव जातिले स्थानीय तहमा केही गर्न सक्दैन।
• नेपालमा गर्मी बढेसँगै आगलागीका प्रशस्त घटनाहरू हुने गर्छन्, तिनमा अधिकांश घटनाहरू मानव निर्मित हुन्छन्। काठमाडौँमा चल्ने अधिकांश सवारी साधनहरूबाट निस्कने धुवाँका कारण त्यहाँको वायुमण्डलमा अतिरिक्त धूल कण मिसिनाले वायुमण्डल थप प्रदूषित हुन जान्छ।
• काठमाडौँ वरपरका जिल्लाहरूमा अझै पनि घरेलु इन्धनको रूपमा दाउराको प्रयोग हुन्छ र यसै समयमा घर वरपरका झारपातहरू सुक्ने हुनाले तिनलाई विसर्जन गर्न आगो लगाउने प्रचलन छ।
• काठमाडौँ उपत्यका एक पठारजस्तै रूपमा रहेको छ। जाडो र सुक्खा मौसम बढेसँगै तराईका क्षेत्रहरूमा पराल र भुसको प्रयोग गरेर आगो ताप्ने, वन क्षेत्रमा आगो लगाउनेजस्ता क्रियाकलापले गर्दा वायुमण्डलको तल्लो तहको हावा तातेर हल्का हुन गई माथितिर उडेर जान्छ। फेरि चैत महिनाको वरपर पश्चिमी वायुको प्रभाव घट्दै जाने र बङ्गालको खाडीबाट उत्तर-पश्चिम दिशा भएर बहने हावाले नेपालको तराईको वायुमण्डलमा रहेका निलम्बित कणहरूसहितको हावा उडाएर काठमाडौँ उपत्यकाको आकाशमा पुर्याउँछ र उक्त निलम्बित कणहरूसहितको हावा रातिको समयमा चिसो हुन गई त्यो हावाको घनत्व बढ्छ, उक्त हावाको तौल पनि बढ्न जानाले वायुमण्डलको तल्लो तहमा आएर चिसो हावाले भरिएको कुवाजस्तो भएर रहन्छ।
काठमाडौँ र यसको वरपरको वायुमण्डलको प्रदूषण अवस्था
माथि उल्लेखित सूचना स्रोत अनुसार नेपालमा भएका २७ वटा वायु प्रदूषण मापन केन्द्रहरूबाट उपलब्ध वायुमण्डलमा रहेका निलम्बित कणहरूको सङ्ख्याको आधारमा तयार गरिएको रास्टर नक्साले काठमाडौँ र वरपरका ठाउँहरूको वायु प्रदूषणको अवस्थालाई देखाउँछ।
वास्तवमा वायुमण्डलमा रहेको हावा अत्यन्त गतिशील हुने हुनाले प्रत्येक ठाउँ र हरेक समयमा यसको दर फरक हुन्छ। तर पनि यस नक्सा तयार पार्दा सन् २०२० को जनवरी महिनाको १ गते प्रत्येक सूचना केन्द्रबाट सङ्कलन गरिएका प्रतिघनमिटरमा वायुमण्डलमा रहेका निलम्बित कणहरूको सङ्ख्या सयौँको सङ्ख्यामा रहेका वास्तविक समय डेटालाई औसत मान निकालेर तयार पारिएको हो।
प्रतिघनमिटर हावामा ५० भन्दा कम निलम्बित कणहरूको सङ्ख्या भएमा त्यस्तो हावालाई सुरक्षित हावा मानिन्छ। त्यस दिन काठमाडौँमा रहेको भैंसेपाटी केन्द्रमा सबैभन्दा बढी निलम्बित कणहरूको सङ्ख्या पाइएको थियो। त्यहाँ त्यस दिन प्रतिघनमिटरमा हावामा ६८७ निलम्बित कणहरूको सङ्ख्या रहेको पाइयो। यो सङ्ख्या वायु गुणस्तर श्रेणीमध्ये सबैभन्दा खतरनाक श्रेणीमा प्रदर्छ। त्यस दिन काठमाडौँको नजिकै रहेको धुलिखेलमा सबैभन्दा कम निलम्बित कणहरूको सङ्ख्या रहेको पाइयो (११)। त्यसपछि क्रमशः पोखरा (३०), लुम्बिनी (३१), धनकुटा (३१), दमक (४३) र सुर्खेतमा (५०) देखिएका थिए। यसको मात्रा ५१ देखि १०० सम्म भएका स्थानलाई मध्यम वर्गमा राखिएको छ, जसमा दाङ (५३), शङ्कर पार्क (७०) र नेपालगन्जमा (८१) मापन गरिएको छ। मापनको मात्रा १०१-१५० : संवेदनशील मानव समूहहरूको लागि अस्वस्थ मानिन्छ, जसमा चितवन (१२७), पुलचोक (१३२), रत्नपार्क (१३७) र सिमरामा १५० रहेको छ। त्यसै गरी, तराईको जिल्ला सुनसरीमा १८५ मापन गरिएको छ, यो मात्रालाई अस्वस्थ वर्गमा राखिएको छ।
यी फरक केन्द्रका औसत मानहरूलाई नियमित वितरणको हिसाबले नक्सामा उतार्दा माथिको नक्सा तयार भएको छ। त्यस दिन झन्डै विराटनगरदेखि बुटवलसम्म प्रदूषित हावा रहेको देखिन्छ। काठमाडौँको पश्चिमी भागमा झन्डै ४५ किलोमिटरको परिधिभित्र झन्डै चितवन र सिमरासम्म त्यस दिन अति सघन वायु प्रदूषण रहेको देखिन्छ।
वायु प्रदूषण न्यूनीकरण प्रविधिहरू
वायु प्रदूषणको प्रभावलाई कम गर्न नेपाल सरकारको मिति २०८१/१२/२१ गतेको बैठकबाटै ९ बुँदे निर्णय पत्र सम्बन्धित निकाय र सर्वसाधारणका लागि प्रसारण गरिसकिएको छ। जसमा सचेतनामूलक कार्यक्रमसहित केही नीतिगत निर्णय भएका छन्। ती बुँदाहरू दोहोर्याइरहन आवश्यक परेन। तिनका अलावा केही आफ्नो मनमा आएका भावनाहरू यस लेखमा राख्न चाहेँ।
हेरचाहभन्दा रोकथाम राम्रो हो तर पनि रोग लागिसकेपछि हेरचाह पनि आवश्यक कुरा भयो। हावामा आइसकेको वायु प्रदूषण घटाउन सबैभन्दा उत्तम उपाय हावामा पानीको मात्रा बढाइ वर्षा गराउनु हुन्छ। वर्षापछि वायुमण्डलमा रहेका निलम्बित कणहरू वर्षाको पानीसँगै जमिनमा झर्छन् र वायुमण्डल स्वच्छ हुन जान्छ। यसका अलावा स-सानो कोठामा हावा सफा गर्न विधि र उपकरणहरू पनि बजारमा आएका छन्।
• कृत्रिम वर्षा, जसलाई क्लाउड सिलिङ पनि भनिन्छ, यो एक मौसम परिमार्जन प्रविधि हो जसमा वर्षा गराउनको लागि सिल्भर आयोडाइड, पोटासियम आयोडाइड, वा सुख्खा बरफजस्ता पदार्थहरू बादलहरूमा घुसाएर हावामा रहेका कणहरूलाई थप सघन गराई बादलमा रहेका स-साना पानीका कणहरूलाई ठुला पानीका थोपाहरूमा परिमार्जित गराई तौल भार बढाएर वर्षा गराइन्छ।
• स्थानीय ज्ञान, म सानो छँदा तराईमा लामो समयसम्म पानी नपर्दा जलधारो खेल्ने प्रचलन थियो। यो एक फागु पूर्णिमामा फागु खेलिने प्रक्रियाजस्तै रङको सट्टा पानीको प्रयोग गरेर खेलिन्छ। र यो खेलपछि वर्षा हुन्छ भन्ने विश्वास गरिन्छ। यो विश्वासमा कति सत्यता छ, त्यो भने म भन्न सक्दिन्नँ तर यो खेलपछि जमिन भिजेको हुन्छ र जमिनबाट थप धुलोका कणहरू हावामा जान पाउँदैन। अर्को, जमिननजिकको हावामा पानीको मात्रा बढ्न गई हावामा रहेका स-साना पानीका कणलाई सघन र तौल भार बढाउने काम भने पक्का गर्दछ। फेरि यो काम गर्न ठुलो धनराशि खर्च गर्न पर्दैन र स्थानीयहरूलाई अत्यधिक परिचालन गर्न पनि सकिन्छ।
• हावा शुद्ध गर्ने, आजकल हावा शुद्ध गर्ने मेसिन बजारमा पाइन्छन्। यसले खुल्ला हावामा काम गर्दैन तर बन्द कोठामा राम्रोसँग काम गर्दछ। वायु गुणस्तर सूचकाङ्क ५० भन्दा कमलाई राम्रो मानिन्छ। यसले यदि कोठाबाहिरको वायु गुणस्तर सूचकाङ्क १५० देखि २०० सम्मको छ भने बन्द कोठाभित्र ५० सम्म ल्याउन मद्दत गर्छ। त्यसैले, निश्चित वर्गका मानिसले यसको प्रयोग गरेर सम्भाव्य वायु प्रदूषणको जोखिमबाट बच्न सक्छन्।
(भरतपुर, चितवन, हाल : अमेरिका)
The post काठमाडौँ उपत्यका वायु प्रदूषणको उच्च जोखिममा appeared first on Gyaan Ghar.
]]>The post लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र appeared first on Gyaan Ghar.
]]>
उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्यो। उहाँका कृतिहरू आज पनि उतिकै सान्दर्भिक छन्, जति ती सिर्जनाका बेला थिए।
– प्रदीप खनाल
नेपाली साहित्यका महान् स्रष्टा लीलबहादुर क्षेत्रीको असामयिक निधनले सम्पूर्ण साहित्य जगत् शोकाकुल भएको छ। भारतको आसामका स्थायी बासिन्दा क्षेत्रीको ९२ वर्ष उमेरमा बिहीबार राति गुवाहाटीमा निधन भयो।
उहाँले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदान अविस्मरणीय छ। क्षेत्री केवल साहित्यकार मात्र नभएर समाजको गहिराइलाई आत्मसात् गर्दै जनमानसको कथा लेख्ने संवेदनशील स्रष्टा हुनुहुन्थ्यो।
जीवन यात्रा र प्रारम्भिक पृष्ठभूमि
क्षेत्रीको जन्म सन् १९३३ मार्च १ मा भारतको मेघालय राज्यको राजधानी शिलङ (त्यति बेला आसामको राजधानी) मा भएको थियो। नेपालबाहिर जन्मिए पनि उहाँले नेपाली भाषा र साहित्यलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउनुभयो, जुन सम्पूर्ण नेपाली भाषी समुदायको गौरवको विषय हो।
क्षेत्री बाल्यकालदेखि नै साहित्यमा रुचि राख्नुहुन्थ्यो। सामाजिक, आर्थिक र सांस्कृतिक परिवेशलाई गहिराइमा बुझ्ने उहाँको क्षमता अद्वितीय थियो। शिलङमा नेपाली भाषी समुदायको अवस्था, उनीहरूको सङ्घर्ष र पीडालाई उहाँले बाल्यकालमै नजिकबाट अनुभव गर्नुभयो। यही अनुभूति उहाँका कृतिहरूमा जीवन्त रूपमा प्रकट हुन्छन्।
शिक्षा सम्पन्न गरेपछि उहाँले आसामको गौहाटीस्थित आर्य विद्यापीठ कलेजमा अर्थशास्त्रका प्राध्यापकको रूपमा अध्यापन गर्नुभयो। शिक्षण पेसामा रहँदा उहाँले नेपाली समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाबारे गहन अध्ययन गर्नुभयो, जसको झलक उहाँका रचनाहरूमा स्पष्ट देख्न सकिन्छ।
साहित्यिक योगदान
क्षेत्रीको साहित्यिक यात्रा बसाइँ उपन्यासबाट सुरु भयो, जसले नेपाली साहित्यमा नयाँ आयाम थप्यो। विस्थापनको पीडा र सामाजिक यथार्थलाई यस कृतिले हृदयस्पर्शी रूपमा उजागर गरेको छ। बसाइँ पूर्वी नेपालको पहाडी जिल्लाबाट आसाम बसाइँ सरेका नेपालीहरूको कथा मात्र नभएर विश्वभर जहाँसुकै मानिस आफ्नो भूमि छोड्न बाध्य हुन्छ, त्यहाँको प्रतिनिधि कथा हो।
बसाइँपछि उहाँका अन्य महत्त्वपूर्ण कृतिहरूमा ब्रह्मपुत्रका छेउछाउ (१९८६) उल्लेखनीय छ। यस उपन्यासमा ब्रह्मपुत्र नदी किनारको जीवन, मानिसहरूको सङ्घर्ष, विस्थापन र पहिचानको खोजीको कथा प्रस्तुत गरिएको छ। यही कृतिका लागि उहाँलाई सन् १९८७ मा प्रतिष्ठित साहित्य अकादमी पुरस्कार प्रदान गरियो।
त्यस्तै, अतृप्त (१९६९) उपन्यास, असममा नेपाली भाषाको सरोकार (निबन्ध), दोबाटो (नाटक), र तीन दशक बिस अभिव्यक्ति (छोटो कथा सङ्ग्रह) जस्ता कृतिहरूले उहाँलाई नेपाली साहित्यमा अमर बनाइदिएका छन्। उहाँका हरेक कृतिमा समाजको वास्तविकता, सङ्घर्ष र मानवीय संवेदनाहरू झल्किन्छन्।
पुरस्कार र सम्मान
क्षेत्रीको योगदानलाई कदर गर्दै नेपाल सरकारले सन् २०१६ मा जगदम्बा-श्री पुरस्कार प्रदान गर्यो। भारत सरकारले पनि सन् २०२० मा उहाँलाई पद्मश्री पुरस्कारले सम्मानित गर्यो। यी पुरस्कारहरू उहाँको दीर्घ साहित्यिक साधना र समाजप्रतिको गहिरो समर्पणको प्रमाण हुन्।
व्यक्तित्व र प्रेरणा
क्षेत्री अत्यन्त सरल, नम्र र गम्भीर व्यक्तित्वका धनी हुनुहुन्थ्यो। उहाँले कहिल्यै पनि साहित्यलाई केवल लेखनको माध्यम मात्र ठान्नुभएन। उहाँका लागि साहित्य समाज परिवर्तनको औजार थियो। क्षेत्रीको लेखनीले केवल कथा सुनाएन, त्यसले सामाजिक चेतना फैलायो। उहाँका पात्रहरू सजीव छन् – उनीहरूको दुःख, सुख, आशा र पीडा पाठकको मनमा गहिराइसम्म छुन सक्षम छन्।
उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्यो। उहाँका कृतिहरू आज पनि उतिकै सान्दर्भिक छन्, जति ती सिर्जनाका बेला थिए।
क्षेत्रीको निधन १३ मार्च २०२५ मा ९२ वर्षको उमेरमा भयो। उहाँको अवसानले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको छ। क्षेत्रीको योगदानलाई शब्दमा सीमित गर्न कठिन छ। उहाँले नेपाली साहित्यलाई समृद्ध बनाउनुका साथै समाजमा चेतनाको दीप प्रज्वलित गर्नुभयो।
क्षेत्रीको कृतिहरू मात्र नभएर उहाँका विचारहरू, उहाँले बाँचेको जीवन र उहाँको साहित्यिक योगदानले उहाँलाई सधैँ अमर बनाउनेछ। नेपाली साहित्यमा उहाँले खडा गरेको माइलको ढुङ्गा सधैँ कायम रहनेछ।
क्षेत्री नेपाली साहित्यका उज्ज्वल नक्षत्र हुनुहुन्थ्यो। उहाँको लेखनी केवल शब्दहरूको संयोजन थिएन, त्यो समाजको ऐना थियो। उहाँको साहित्यिक योगदान युगौँसम्म जीवित रहनेछ।
यस भावपूर्ण क्षणमा हामी सम्पूर्ण साहित्यप्रेमीहरूले उहाँप्रति श्रद्धा सुमन अर्पण गर्छौँ।
क्षेत्रीले देखाएको मार्ग, उहाँका सिर्जना र उहाँले बोकेको चेतना हामी सबैका लागि प्रेरणाको स्रोत रहिरहनेछ।
हार्दिक श्रद्धाञ्जली!
The post लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र appeared first on Gyaan Ghar.
]]>The post प्रतिगमन विरुद्ध गठबन्धनको आवश्यकता ः अहिलेको राष्ट्रिय र ऐतिहासिक आवश्यकता appeared first on Gyaan Ghar.
]]>
* मोहनविक्रम सिंह
ने.क.पा.(मसाल)ले बारम्बार यो स्पष्ट गर्दै आएको छ कि अहिले देशमा प्रतिगमतको खतरा ०१७ सालमा वा ०५९ सालमा भन्दा बढी गम्भीर भएको छ । किनभने अहिले नेपालका राजावादीहरूलाई भारतका कट्टरवादी हिन्दु शासकवर्गको समर्थन प्राप्त छ । अहिले राजावादीहरूले राजा आएपछि राष्ट्रियताको रक्षा हुन्छ भन्दछन् । तर वास्तविकता यो हो कि अहिले पूर्व राजा भारतीय साम्राज्यवादको हातमा खेलेको र उनीहरुको मद्दतमा नै सत्ता प्राप्त गर्न खोजेको कुरा दिनको उजेलो झै छर्लङ्ग छ । हिजो फागुन २५ गते पोखराबाट काठमाडौ आउ“दा राजावादीहरूले गरेको उनको स्वागतमा पूर्व राजाका साथै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोको समेत प्रदर्शन गरेको कुराबाट अहिले उनीहरुमा आदित्यनाथको बलमा नै जोश पलाएको कुरामा कुनै शङ्का रहन्न । अहिले कतिपय राजावादीहरुले त्यो फोटो कसैको षडयन्त्र वा संयोगवश मात्र राखिएको भनेर बचाउ गर्दैछन् । तर यो कुनै संयोगको कुरा होइन कि आदित्यनाथले पहिलेदेखि नै राजा र हिन्दु राज्यको कुरा गर्दै आएका थिए र पूर्व राजाले गोरखपुर गएर उनीसित भेट समेत गरेका थिए । यो पनि कसैको षडयन्त्र वा संयोगको कुरा थिएन कि गोरखपुरमा आदित्यनाथसित भेट भएपछि नै उनले फागुन ७ गते पोखरामा ‘साथ’ दिनका लागि जनतालाई आव्हान गरेका थिए । यो कुरा बुझ्न गाह्रो पर्दैन कि उनले जेठमा निरङ्कुश राजतन्त्र ल्याउन र धर्मनिरपेक्षता समाप्त गर्न नै जनताको ‘साथ’ खोजेका हुन । आदित्यनाथको फोटोको कुरा जेसुकै होस् तर उनको आड पाएर नै पूर्व राजा र राजावादीहरूले गण्तन्त्र र धर्मनिरपेक्षताका विरुद्ध “निर्णयात्मक” आन्दोलन गर्न खोजेको कुरा स्पष्ट छ ।
हाम्रो पार्टीले प्रतिगमनको यस प्रकारको खतरालाई हल्का रूपमा लिने गरेको छैन र प्रतिगमनको खतराको गम्भीर्यतामाथि ध्यान दि“दै प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्तिहरूका बिचमा गठबन्धनको लागि पहिलेदेखि नै जोड दि“दै आएको छ । तर गणतन्त्र पक्षधर शक्तिहरूका बिचका कतिपय गलत प्रकारका नीति वा क्रियाकलापका कारणले त्यस प्रकारको गठबन्धनमा बारम्बार बाधा पुग्दै आएको छ र त्यसबाट राजावादीहरूलाई बल पुग्ने गरेको छ ।
०४६ साल वा ०६२–६३ सालमा पनि प्रतिगमनविरोधी शक्तिहरूका बिचको गठबन्धनका बलमा नै प्रतिगमनको पराजयभएको थियो । त्यही प्रकारको गठबन्धनको कारणले नै देशमा राजतन्त्र समाप्त भएर गणतन्त्र र धर्मनिरपेक्षताको स्थापना भएको थियो । तर विभिन्न ऐतिहासिक सन्दर्भमा कार्यगत एकता गरेका राजनीतिक शक्तिहरूले अपनाएका गलत नीतिहरूका कारणले त्यस प्रकारको एकता भङ्ग हुने र प्रतिगमनले बारम्बार एक वा अर्को प्रकारले टाउको उठाउने मौका पाउँदै आएको छ । ०४६ सालपछि पनि राजावादीहरूको सक्रियता बढ्न थालेको कुरामाथि ध्यान दिँदै हामीले त्यसका विरुद्ध सतर्क हुनुपर्ने आवश्यकतामा जोड दिएका थियौँ । तर उनीहरूले हाम्रो त्यो सोचाइलाई हल्का रूपमा लिएका थिए। का. मोहन वैद्यले ता एउटा पुस्तिकामा यो सम्म लेखेका थिए ः ‘सातकोस टाढा फलामको पि“जडामा थुनिएको बाघबाट किन तर्सने(भावार्थ) ?’ पछि ओलीले पनि प्रतिगामी र अधिनायकवादी नीति अपनाउँदै गए । उनको अधिनायकवादी शैलीका कारणले नै त्यो बेलाको नेकपा फुटेको थियो । पछि उनले दुई–दुईपल्ट संसदलाई विघटन गरेर देशलाई प्रतिगमनतिर लैजाने कोशिस गरे । उनले चुनावमा राप्रपा समेतसित गठबन्धन गरेर संसदमा प्रतिगमनलाई बलियो रूपमा स्थापित गर्न मदत पु¥याएका थिए । अहिले संसदभित्र राजावादीहरूको राजाको पुनस्र्थापनाको पक्षमा जुन चर्काे आवाज सुनिन्छ, त्यसका पछाडि ओलीको पनि महŒवपूर्ण ‘योगदान’ रहेको छ ।
नेपालमा गणतन्त्र र धर्मनिरपेक्षता ल्याउन ने.का.को पनि महŒवपूर्ण भूमिका रहेको छ । तर त्यसभित्र राजतन्त्र पक्षीय र धर्मनिरपेक्षता विरोधी पक्षको पनि बलियो उपस्थिति भएको कुनै लुकेको कुरा होइन । त्यसभित्र कुनै पनि प्रकारको गठबन्धन गर्ने पक्ष पनि बलियो छ । त्यसबाट प्रतिगमनका विरुद्धको गठबन्धनमा बारम्बार बाधा पुग्ने गरेको छ ।
प्रचण्डको पदलोलुप र सिद्धान्तहीन भूमिकाका कारणले पनि खास गरेर प्रधानमन्त्री पदका लागि जुनसुकै बेला पनि गठबन्धनको हेराफेरी गर्न तयार हुने प्रवृत्तिले पनि प्रतिगमनविरोधी गठबन्धनमा बारम्बार टुटफुट हुने गरेको छ । कतिपय वामपन्थी शक्तिहरूले अपनाएका प्रतिगमनप्रतिका सम्झौतापरस्त र गणतन्त्रविरोधी नीतिबाट पनि प्रतिगमनलाई मद्दत पुग्ने गरेको छ । वामपन्थीहरू मध्ये देशमा विद्यमान गणतन्त्रको विरोध गर्ने प्रश्नमा का. वैद्य अग्रिम पङ्क्तिमा छन र त्यसैले उनले गणतन्त्रका विरुद्धको राजावादीहरूको अभियानमा महŒवपूर्ण योगदान पु¥याउने काम गरेका छन् । उनले देशमा प्रतिगमनको खतरा गम्भीर भएको कुरालाई स्वीकार गर्दैनन् र राजावादीहरूप्रति उनले सम्झौतापरस्त दृष्टिकोण अपनाउँछन् । उनको त्यस प्रकारको दृष्टिकोणका कारणले नै वामपन्थीहरूको बिचमा लामो समयदेखि हुँदै आएको संयुक्त आन्दोलनको कडी टुट्न गएको छ । यो कुरालाई स्पष्ट शब्दमा राख्नुपर्दा, उनले वामपन्थीहरूको संयुक्त आन्दोलनमा राजावादीहरूलाई पनि सामेल गर्न जोड दिने नीतिका कारणले नै वामपन्थीहरूका बिचको संयुक्त आन्दोलन कमजोर मात्र होइन, एक प्रकारले टुट्न गएको छ भने पनि हुन्छ ।
वैद्यको त्यही प्रकारको नीतिको असरमा परेर हाम्रो पार्टीको एउटा फुटपरस्त पक्ष हामीबाट अलग भएर गएको थियो र पछि वैद्यजीको समूहमा नै त्यसको विलय भएको थियो । आÇना पहिलेका राजनीतिक अडानहरूमा त्यसले जसरी आत्मसमर्पण गरेको छ, त्यसबाट त्यसको विलय भएको भन्नु नै उचित हुनेछ । ने.क.पा. (माले) पनि घोषित रूपले नै धर्मनिरपेक्षता विरुद्ध उभिएको छ ।
उपर्युक्त कतिपय कारणहरूले, राजावादीहरूलाई भारतको कट्टर हिन्दुवादी शासकवर्गको समर्थन, एमालेको अधिनायकवादी र प्रतिगामी नीति, माओवादीको बारम्बारको गठबन्धनको हेराफेरीको सिद्धान्तहीन र अवसरवादी नीति, ने.का. भित्रको राजतन्त्रको पुनस्र्थापना र धर्मनिरपेक्षताको विरोध तथा गठबन्धनलाई अस्वीकार गर्ने पक्षको बलियो उपस्थिति, कतिपय वामपन्थी पक्षहरूको राजा वा प्रतिगमनप्रतिको सम्झौतापरस्त र गणतन्त्रविरोधी नीति समेतका कारणले नेपालमा प्रतिगमनलाई बल पुग्ने गरेको छ । देशमा बहुदलीय व्यवस्था वा गणतन्त्र पक्षधर राजनीतिक पार्टीहरूका जनविरोधी, भ्रष्ट र कुशासन सम्बन्धी नीति र क्रियाकलापहरूका कारणले जनतामा पैदा भएको असन्तोषबाट पनि राजावादीहरूलाई बल पुग्ने गरेको छ । यी सबै कारणले देशमा प्रतिगमनको खतरा धेरै नै गम्भीर बनेको छ भन्ने हाम्रो निष्कर्ष रहेको छ । उपर्युक्त प्रकारको स्थितिमा हामीले, प्रथम, बहुदलीय व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षताका पक्षमा भएका राजनीतिक शक्तिहरूसित आÇना गत कालका गलत नीति र क्रियाकलापहरूमा सुधार गरेर प्रतिगमनका विरुद्ध बलियो गठबन्धन बनाउनुपर्ने र, द्वितीय, प्रतिगमनका साथै सरकारका सबै जनविरोधी, कुशासन र भ्रष्ट नीतिहरूका विरुद्ध पनि आवाज उठाउनुपर्ने र सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ । त्यसरी हामीले प्रतिगमनलाई रोक्न सक्ने छौँ र सक्नु पनि पर्दछ ।
The post प्रतिगमन विरुद्ध गठबन्धनको आवश्यकता ः अहिलेको राष्ट्रिय र ऐतिहासिक आवश्यकता appeared first on Gyaan Ghar.
]]>The post पौरस्त्य र पाश्चात्य समाजमा परमाणुवाद appeared first on Gyaan Ghar.
]]>
(नेपाल प्रज्ञा–प्रतिष्ठान र माक्र्सवादी अध्ययन स्रोतकेन्द्रको संयुक्त आयोजनामा भएको अन्तक्र्रियामा प्रस्तुत कार्यपत्र)
* प्रस्तोताः रामराज रेग्मी
आँखाले देख्न नसकिने पदार्थका अति नै शुक्ष्म तत्वलाई परमाणु(Atom) भनिन्छ । पौरस्त्य र पाश्चात्य समाजमा परमाणु सम्बन्धी अवधारणा कहाँ कुन पृष्ठभूमिमा विकसित भयो, त्यसमा कसको भूमिको के कस्तो रह्यो र दुई पृष्ठभूमिका दर्शनहरूमा के कति समानता वा असमानता छ भन्ने विषयवस्तुमा प्रकाश पार्नु नै यस कार्यपत्रको उद्देश्य रहेको छ ।
१. पौरस्त्य समाजमा परमाणुवादी अवधारणा
पौरस्त्य समाजमा परमाणुवादबारे विस्तृत व्याख्या गर्ने दर्शन वैशेषिक हो । तर त्यसभन्दा पहिलेका दर्शनहरूले पनि परमाणुबारे धेरथोर प्रकाश पारेका छन् ।
१.१. परमाणु सम्बन्धमा वैशेषिकभन्दा पहिलेका अवधारणाहरू
पौरस्त्य समाजमा परमाणु सम्बन्धी विवेचना उपनिषद् कालमा नै भएको पाइन्छ । छान्दोग्य उपनिषद्को ६.१२.१–२ मा ऋषि उद्दालक आरुणीले आफ्ना पुत्र श्वेतकेतुसँगको संवादमा पदार्थका मसिना कणबारे प्रकाश पारेका छन् । उनले श्वेतकेतुलाई बरको फल फोड्न लगाउँछन् र त्यसमा रहेका मसिना बियाँहरूमध्ये एउटाको भित्री भागमा तिमी के देख्दछौ भनी प्रश्न गर्दछन् । जब श्वेतकेतुले मैले त केही देख्दिन भन्दछन्, तब उद्दालकले यसभित्र अणुमय बीज छ जस्मा विशाल बटबृक्ष अन्तर्निहित छ भनी जानकारी गराउँछन् (यं वै सौम्यैतमणिमानं निभालयस एतस्य वै सौम्यैषोणिम्न एवं महान्न्यग्रोधतिष्ठति) । उनी खाएको अन्नमा सबैभन्दा शुक्ष्म भागबाट मन बन्दछ भनी भन्दछन् ।
आजीवक दर्शनले परमाणुको संयोगबाट विविध रूप र आकारका पदार्थ बन्ने विचार अघि सारेको छ । दर्शनका प्रणेता गोशाल भन्दछन् कि परमाणुहरू अति नै शुक्ष्म हुन्छन् र तिनलाई सामान्य हेराइबाट देख्न सकिन्न । पदार्थको अति नै सानो एकाइ भएका कारण परमाणुलाई विभाजन गर्न पनि सकिन्न । गोशालका अनुसार परमाणुहरू शाश्वत हुन्छन्, न ती कसैद्वारा सृष्टि गरिएका हुन् न त ती नाशवान् नै छन् । तिनको संयोगबाट स्कन्धका रूपमा बनेका पदार्थहरू मोतीजस्ता ठोस हुनुका साथै बाँसजस्तै खोक्रा हुन्छन् (रेग्मी, २०७७ ः ४२) ।
बौद्ध दर्शनले परमाणुबारे केही विस्तृत व्याख्या विश्लेषण गरेको छ । यसले प्रत्येक पदार्थ वा वस्तुलाई परमाणुहरूको समष्टि रूप अथवा स्कन्ध मान्दछ । बुद्ध भन्दछन् कि प्रत्येक वस्तु भनेका संखार (संस्कार) अथवा घटना हुन् जुन शुक्ष्म कणद्वारा निर्मित प्रवाहका रूपमा सतत परिवर्तनको अवस्थामा हुन्छन् । परमाणु सम्बन्धी यस बौद्ध अवधारणालाई युनानी राजा मिलिन्डर र बौद्धमुनि नागसेनको संवादमा स्पष्टसँग व्यक्त गरिएको छ । त्यहाँ नागसेनले मानव शरीर विभिन्न परमाणुहरूको स्कन्ध हो भन्दछन् ।
जैनदर्शनमा बौद्धदर्शनमाभन्दा परमाणुवादबारे अझ विस्तृत व्याख्या विश्लेषण पाइन्छ । जैन दर्शनले पदार्थलाई ‘पुद्गल’ नाम दिएको छ । जैन दार्शनिकहरू के भन्दछन् भने पदार्थ विभाजित भएपछि त्यो अन्तिम अवस्थामा अणुमा परिणत हुन्छ । यहाँ ‘अणु’ शब्द प्रयोग गरिए पनि त्यसलाई अति शुक्ष्म, नित्य र निरपेक्ष सत्ता भनेकाले आखिरमा त्यो भनेको परमाणु नै हो । जैन दर्शनअनुसार अणुहरू संयोजित भएपछि ती पुद्गलमा रूपान्तरित हुन्छन् । अणुहरू आकृतिविहीन, अमूर्त हुन्छन् र नित्य अस्तित्वमा रहन्छन् । तिनलाई आँखाले देख्न सकिँदैन । तिनलाई न त नाश गर्न सकिन्छ न त निर्माण गर्न नै । अणुहरू शुक्ष्म भएपनि तिनमा स्वाद, रङ्ग र गन्ध हुन्छ जुन अणुका नित्य र स्थायी गुण हुन् । जैन दर्शनअनुसार अणुहरू शुक्ष्म भए पनि गुरुत्वाकर्षणका कारण तिनीहरूको तौल हुन्छ । हलुका अणुहरू माथि उत्रिने र गरुङ्गा तल जाने गर्दछन् । जैन दर्शनले सबै पदार्थका अणुहरू एकै प्रकारका हुने दृष्टिकोण अँगाल्दछ । जैन दार्शनिकहरू भन्दछन् कि सबै पदार्थका अणुहरू गोल आकारका हुन्छन् । तर तिनीहरू एकै प्रकारका भए पनि विविधताको निर्माण गर्दछन् । बौद्ध दर्शनले झैँ जैन दर्शनले पनि अणुहरूलाई गतिशील र परिवर्तनशील मान्दछ । बौद्ध दर्शनले झैँ यसले पनि एकथरी अणुहरू नष्ट हुँदै जाने र अर्काथरी उत्पत्ति भइरहने विचार व्यक्त गर्दछ । तर बौद्ध दर्शनभन्दा जैन दर्शनको फरक मत के छ भने ती क्षणिक प्रकृतिका हुँदैनन्, स्थायी प्रकृतिका हुन्छन् र त्यही कारणले गर्दा स्थूल पदार्थ (पुद्गल) को निर्माण गर्न पुग्छन् ।
२. परमाणुवाद सम्बन्धमा वैशेषिक दर्शन
यस दर्शनका प्रणेता महर्षि कश्यप हुन् । तर उनी सप्तर्षिमध्येका कश्यप अथवा वैदिक कालका मरिचि ऋषिका पुत्र कश्यप होइनन् । उनी उत्तरवैदिक कालका एक भौतिकवादी दार्शनिक हुन् । कणाद उनको उपनाम हो । शुक्ष्म तŒव अथवा कणका बारेमा व्याख्या विश्लेषण गरेकाले उनको उपनाम ‘कणाद’ रहन गएको हो । आफ्नो प्रमुख नाम कश्यपलेभन्दा यही उपनाम कणादले उनी प्रख्यात छन् । कणादको समय इ.पू. ५०० मानिएको छ । उनी कहाँका निवासी हुन् भन्ने सवालमा मतभिन्नता देखिन्छ । भारतीय विद्वान्हरूले उनलाई भारतका निवासी भनी प्रमाणित गर्ने प्रयत्न गरेका छन् । तर धेरै सन्दर्भहरूबाट उनी नेपाली भूमिका निवासी भएको थाहा लागेको छ । न्यायकोशकार भीमाचार्यले कणादको निवास स्थान मिथिला देश हो भनेका छन् (अर्याल, २०७९ ः ५७८) । पोखराभन्दा १० किलोमिटर पश्चिममा पर्ने पहाडी थुम्कोमा कश्यपको आश्रम भएकाले त्यसको नाम कास्कीकोट (कश्यप कोट) रहन गएको हो भनी इतिहासकारहरू भन्दछन् । कश्यपकै नामबाट कास्की जिल्लाले पहिचान प्राप्त गरेको छ । चिन्तन गर्ने मनिषीहरू स्थायी रूपले एक ठाउँमा नबस्ने हुँदा कुनै समयमा कश्यप कास्कीकोट आएर बसेका हुन सक्छन् ।
दर्शनको नाम किन ‘वैशेषिक’ रहन गयो भन्ने सम्बन्धमा धेरै विद्वान्हरूले भिन्न भिन्न मत व्यक्त गरेका छन् । दर्शनका प्रणेताले पदार्थको वर्गीकरणमा ‘विशेष’ लाई समेत समावेश गरेकाले दर्शनको नाम ‘वैशेषिक’ रहन गएको हो (विशेष पदार्थमधिकृत्य कृतं शास्त्रम् वैशेषिकम्) भन्ने न्यायकोशको मत नै अरू मतभन्दा उपयुक्त देखिन्छ (मिश्र, २०१२ ः ३४५) ।
परमाणुका बारेमा व्याख्या विश्लेषण गर्ने क्रममा कणाद भन्दछन् कि यो अविभाजित र अविच्छेद्य छ । यो निरवयव (अङ्गरहित) पनि छ । अतिनै शुक्ष्म हुनाले इन्द्रियजन्य हुँदैन । यस अर्थमा यो अविनाशी अथवा शाश्वत हुन्छ – परमाणवः नित्या (वैशेषिक सूत्र ७.१.२०) । कणाद भन्दछन् कि नाश त्यस पदार्थको हुन्छ जुन सावयव हुन्छ । परमाणु अति नै शुक्ष्म हुनाले, त्यसको न त भित्र हुन्छ न त बाहिर । परमाणु कहिले पनि नष्ट हुँदैन । प्रलय भएर संसार ध्वस्त भएको अवस्थामा पनि यो अस्तित्वमा रहन्छ ।
जैन दर्शनले झैँ वैशेषिकले पनि परमाणुलाई गतिशील र गतिहीन दुवै मान्दछ । वैशेषिक सूत्र ७.१.९ मा भनिएको छ यदि संयोग अथवा अन्तक्रियाको विशेष अवस्था हुँदैन भने परमाणुमा गुण र कर्म (गति) उत्पन्न हुँदैन (संयोगविशेषाभावे गुणकर्मणोरभावः) । यसरी कणादले परमाणुको दुई अवस्थाको उल्लेख गरेका छन् – निश्चल र सक्रीय । परमाणुको गति सम्बन्धी यो द्वैध अवधारणा आधुनिक भौतिक शास्त्रको क्वान्टम यान्त्रिकी Quantum Mechanics) सँग मिल्दोजुल्दो छ । क्वान्टम यान्त्रिकीले विशेष अवस्थाहरूमा परमाणुहरू सक्रिय र निष्क्रिय रहन सक्ने मान्यता राख्दछ ।
परमाणुको गतिको कारण के हो भन्ने सवालमा कणाद भन्दछन् कि संसारमा घट्ने कतिपय घटनाहरु प्राकृतिक कारणले गर्दा स्वभावत गतिशील हुन्छन् । तिनीहरूलाई सञ्चालन गर्न कुनै ईश्वरको आवश्यकता पर्दैन । परमाणुहरूमा पनि यही स्वभाविक गति हुन्छ । यहाँनेर कणाद यान्त्रिक भौतिकवादी (Mechanical Materialism) को खेमामा घुस्न पुग्दछन् (चट्टोपाध्याय, २००७ ः ३८९–९०) । प्राकृतिक कारण के हो भन्ने सम्बन्धमा आफ्नो अध्ययनको सीमाका कारण किटेर यही हो भन्न सक्दैनन् र त्यसलाई ‘अदृष्ट’ भन्न पुग्छन् । अदृष्ट भनेको नदेखिने शक्ति हो । उनी भन्दछन् कि जमिनभित्रका रुखका जराबाट पानी माथि हाँगाविँगासम्म अदृष्टकै कारण पुग्दछ (बृक्षाभिसर्पणमित्य दृष्टकारितम् – वैशेषिक सूत्र ५.२.७) । परमाणुको गतिमा पनि अदृष्ट कारणले गर्दा नै योग, विभाजन र स्थानान्तरण हुन्छ (Brodov, 2012 : 93–98) । कणाद भौतिकवादी भएकाले प्रत्ययवादीहरूले झैँ उनले अदृष्ट शक्ति भनेको ईश्वर हो भनी भनेका त छैनन्, तर पनि परमाणुको गतिको कारण अदृष्ट शक्ति हो भनेर जुन विचार उनले प्रस्तुत गरे त्यसबाट पछिका प्रतिगामी वैशेषिकहरूले मौका पाए । तिनीहरूले उनको यस मूलभूत विचारलाई बङ्ग्याएर आफूखुशी अर्थ लगाए । पाचौँ शताब्दीमा प्रशस्तपादले ‘पदार्थ धर्म सङ्ग्रह’ नामको भाष्य लेखेर अणु र परमाणुको संयोजन र बिच्छेदनको अदृष्ट कारण भनेको ईश्वर हो भन्ने अर्थ लगाएर कणादको भौतिकवादी विचारलाई प्रत्ययवादी कित्तातर्फ घिसारे । उदयन र श्रीधरजस्ता भाष्यकारले अदृष्टको अर्थ ‘अदृष्ट अलौकिक शक्ति’ भन्ने लगाए र ईश्वरका पक्षमा दलिल पेश गर्दै तिनीहरू के सम्म भन्न पुगे भने यदि जगत््् कार्य हो भने त्यसको कारण अवश्य हुनुपर्दछ र त्यो अरू केही नभएर ईश्वर नै हो । श्रीधरले त शरीर नहुनेले पनि कर्म गर्न सक्ने भएकाले ईश्वरको निम्ति शरीर धारण गर्नुपर्ने आवश्यकता नभएको कुरा उठाए र परमाणुरूपी जगत्््सत्ताको परिकल्पना गरे (राधाकृष्णन्, २००४ ः १९६) ।
कणाद चार प्रकारका परमाणुको कल्पना गर्दछन् – पार्थीव, जलीय, तेजस्, र वायवीय । उनकाअनुसार वायवीय परमाणु अत्यन्त शुक्ष्मतम हुन्छन् । तिनमा स्पर्श गुण हुने भएकाले स्पर्शद्वारा मात्र तिनको अस्तित्वको अनुभूति गर्न सकिन्छ । तेजस् परमाणुमा रूप र स्पर्श दुई गुण हुन्छन् । जलीय परमाणुमा रस, रूप र स्पर्श तीनै गुण हुन्छन् । पार्थिव परमाणुमा रूप, रस, गन्ध, र स्पर्श चारवटै गुण हुन्छन् । कणादको भनाइअनुसार प्रत्येक द्रव्यका परमाणुहरूमा एकरूपता पाइन्न । तिनीहरूको सङ्ख्या, गुण, परिमाण, रूप, भार, आयतन आदि कुरामा भिन्नता हुन्छ । पृथ्वीका परमाणुहरू, जलका परमाणुहरू, वायुका परमाणु र अग्नीका परमाणुहरू फरकफरक प्रकृतिका हुन्छन् । प्रत्येकका आ–आफ्नै विशेषता हुन्छन् । कणादको गुण सम्बन्धी यस व्याख्यालाई वर्तमान विज्ञानले सत्य मानेको छ । बोल्जम्यानको तथ्याङ्क शास्त्रले परमाणुहरू विशेष गुण भएका हुन्छन् भन्ने कुरालाई स्वीकारेको छ ।
कणादले परमाणुलाई समस्त जगत्््को आरम्भका रूपमा प्रस्तुत गर्दछन् । उनले सृष्टि हुनुभन्दा पहिले समस्त जगत््् परमाणुमय रहेको र तिनकै संयोगबाट जगत्््का स्थूल तŒवहरू निर्माण भएको विचार व्यक्त गर्दछन् । परमाणुहरूबाट नै द्रव्य, तिनको गुण र कर्मको निर्माण हुन्छ – द्रव्य गुण कर्मणां कार्यत्वात् (वैशेषिक सूत्र १.१.१७) । त्यसकारण वैशेषिक दर्शनलाई ‘आरम्भवाद’ पनि भनिन्छ । कणादले एउटै प्रकृतिका परमाणुहरूबीच मात्र संयोग हुन सक्ने दृष्टिकोण अघि सार्दछन् । उनी भन्दछन् कि पार्थीव परमाणुहरूको संयोगबाट पृथ्वी, जलीय परमाणुहरूको संयोगबाट जल, तेजस् परमाणुहरूको संयोगबाट अग्नी र वायवीय परमाणुहरूको संयोगबाट वायु तत्वको निर्माण हुन्छ । कणाद भन्दछन् कि दुई उही प्रकृतिका परमाणुको संयोगबाट एउटा अणु बन्दछ । त्यसमा दुईवटा परमाणुको मिलन भएकाले ‘द्व्ययणुक’ (Binary Compound) भनिन्छ । तीनवटा अणुको मेलबाट ‘त्रयणुक’ (Triad) बन्दछ । द्वयणुक पनि शुक्ष्म हुँदा त्यसलाई आँखाले देख्न सकिँदैन । त्रयणुकबाट बनेका भूतद्रव्यलाई भने देख्न सकिन्छ । सूर्यको प्रकाश घरभित्र अथवा कोठामा छिर्दा जुन मसिना कणहरू देखिन्छन्, ती त्रयणुक हुन् । यसरी परमाणुहरू मिल्दै जानु भनेको पदार्थ र सम्पूर्ण जगत्््कै सृष्टि हुनु हो । कणादको व्याख्याअनुसार परमाणुहरूको एक आपसमा मिलेर स्थूल वस्तुको निर्माण गर्ने कार्य अङ्कगणीतीय ढङ्गबाट होइन, ज्यामितीय ढङ्गबाट हुन्छ । वस्तुको आकार बढ्दै गएपछि त्यो आँखाले देख्न सकिने अवस्थामा पुग्छ जसलाई ‘महत्’ भनिन्छ । कणाद भन्दछन् कि महत्को परिमाणमा बृद्धि हुँदै जाँदा त्यो ‘परम महत्’ सम्म पुग्दछ । एउटै वर्गका एउटै गुण भएका परमाणुहरू एक आपसमा मिलेर एक विशेष प्रकारको स्थूल तŒवको निर्माण गर्दछन् जस्तै पर्वत, महासागर पठार आदि । संसार समस्त अणु र परमाणुहरूको अन्तिम योग हो र विभिन्न भौतिक वस्तु, इन्द्रिय, मस्तिष्क, चेतना आदिको समवाय सम्बन्ध हो । कणादको यस विश्लेषणलाई जर्मन दर्शनशास्त्री म्याक्स मूलर पश्चिमी जगत्््मा गरिएको परमाणु सम्बन्धीे विवेचनाभन्दा बिलकूल फरक मौलिक विशेषता मान्दछन् \ (Damodaran, 1967 : 158) ।
कणादले आँखाले नदेखिने परमाणुहरूको गुण सम्बन्धी व्याख्या कसरी गरे ? उनको समयमा परमाणुहरूलाई प्रयोग गरी देखाउने विकसित साधनहरूको आविस्कार भएको थिएन । उनले देखिने वस्तुको सहयोगमा नदेखिने वस्तुबारे जानकारी लिने अनुमान पद्धतिको मार्ग अवलम्बन गरे । अनुमानका दुई थरी पद्धति हुन्छन् – एउटा हो पूर्णताबाट त्यसको अंशतर्फ जाने, अर्को हो अंशबाट सम्पूर्णताको खोजीतर्फ लाग्ने । पहिलोलाई ‘निगमन प्रणाली’ (Inductive Method) भनिन्छ भने दोस्रोलाई ‘आगमन प्रणाली’ (Inductive Method) भनिन्छ । कणादले दुवैे प्रणाली अँगाल्दछन् । पदार्थको गुणमा देखिने भिन्नताको आधारमा उनी परमाणुहरूको गुण सम्बन्धी विश्लेषण गर्दछन् र भन्दछन् कि प्रत्येक पदार्थको विशेष गुण हुने भएकाले नै तिनका परमाणुहरू एक आपसमा भिन्न हुन्छन् । उनी फेरि के पनि भन्न पुग्छन् भने परमाणुहरूकै गुणमा देखिने भिन्नताले गर्दा तिनको संयोगबाट निर्माण हुने पदार्थमा भिन्दाभिन्दै गुणहरू हुन्छन् । यो उनको बुद्धिमतापूर्ण अनुमान पद्धति हो (Deductive Method) ।
वैशेषिक दर्शनअनुसार जब परमाणुहरू बिच्छेदित हुन्छन्, वस्तुको विनाश हुन्छ । त्यसो भएकाले यस भौतिक जगत्््का सम्पूर्ण वस्तुको निर्माण र विनाश परमाणुकै क्रिया प्रतिक्रियाबाट हुन्छ । कणादको यो भनाइ पनि कम बुद्धिमतापूर्ण छैन । पौरस्त्य दर्शनमा संसारमा प्रलय हुने कुराको चर्चा धेरै ठाउँमा सुनिन्छ । त्यस प्रलयको अनुमानको श्रोत वैशेषिक दर्शन नै हुनुपर्दछ । यही अवधारणका आधारमा आजभोलि परमाणुहरूको विच्छेदनबाट विस्तृत क्षेत्र ध्वस्त हुन सक्ने परमाणु बम बनाइएको छ (Bose, 2015 : 4) ।
वैशेषिक दर्शनको व्याख्या भौतिकवादमा मात्र नभएर द्वन्द्ववादमा समेत आधारित देखिन्छ । यसले अणु र परमाणुहरू मिलेर सम्पूर्ण बन्ने र सम्पूर्ण सानासाना टुक्राहरूमा विभक्त हुने क्रम चालू रहने कुराले संसारमा निर्माण र ध्वंश दुवै हुने गर्छ भन्ने कुराको व्याख्या अघि सारेकोे छ । परमाणुको नित्यताले स्थिरतातर्फ लैजाने र संघटन एवं बिघटनको प्रक्रियाले परिवर्तनतर्फ धकेल्ने दुई विपरीत पाटोतर्फ त्यसले सङ्केत गरेको छ । दर्शनमा महत् र परमाणु, कार्य र कारण, सामान्य र विशेष, दिशा र काल, संयोग र विभाजन, उत्प्रेक्षण र अवक्षेपण, आकुञ्चन र प्रसारण, नित्य र अनित्य, सुख र दुःख, परत्व र अपरत्व, एकीकरण र पृथकीकरण, सम्पूर्ण र अंश, आदि विपरीत पक्षहरूको चर्चा पाइन्छ ।
२. परमाणु सम्बन्धी पाश्चात्य विचार
पाश्चात्य जगत्मा परमाणु सम्बन्धी खोज युनानबाट भएको हो । यसको प्रथम व्याख्याता ल्यूसिपस हुन् उनको ग्रन्थ उपलब्ध छैन । उनका चेला डेमोक्रिटसले उनकै विचार अनुसरण गरेकाले डेमोक्रिटसको विचार ल्यूसिपसको पनि विचार भएको मानिन्छ । हुनत डेमोक्रिटसका पनि कुनै ग्रन्थ उपलब्ध छैनन् । तर उनका विचारहरू अन्य ग्रन्थमा उल्लेख गरिएको प्रसङ्गबाट थाहा लाग्छ । ल्यूसिपसको समय इ.पू. ४४० र डेमोक्रिटसको समय इ.पू.४६०–३७० मानिएको छ । डेमोक्रिटसले परमाणुलाई बतयm नाम दिएका छन् । अर्थ लगाउँदा a को अर्थ हुन्छ ‘होइन’ र tom को अर्थ हुन्छ ‘काट्न सक्ने’ । यसबाट के बुझिन्छ भने डेमोक्रिटसले टूक्र्याउन नसकिने पदार्थलाई परमाणु भनी परिभाषित गरेका छन् ।
युनानी दार्शनिक ल्यूसिपस र डेमोक्रिटसको परमाणुवाद सम्बन्धी अवधारणा जुन भौतिक ज्ञानमा आधारित छ, त्यो अगाडिका ग्रिसेली दार्शनिकहरू पार्मेनाइडिज र जेनोका प्रतिगामी विचारहरूको खण्डनमा आएको हो भनी भनिन्छ । पर्मेनाइडिजले ज्ञानको स्रोत इन्द्रिय होइन बुद्धि हो भनेका छन् । उनले परिवर्तन भन्ने सवाल शून्यताबाट उत्पन्न हुने सवाल हो भनेका छन् । भनाइको मतलव अनस्तित्वबाट अस्तित्वको निर्माण हुन्छ । तर ल्यूसिपस र डेमाक्रिटस पार्मेनाइडिजका उक्त विचारहरूसँग सहमत देखिन्नन् । तिनीहरूले परिवर्तन भनेको पहिले नै अस्तित्वमा रहेका तŒवहरूको पुनर्संयोजन हो भनेका छन् । जेनोले वस्तुको गति असंभव हुन्छ भनी भनेकोमा त्यसको प्रतिवादमा ल्यूसिपस र डेमोक्रिटसले गतिशील र अविभाजित परमाणुवादको अवधारणालाई जन्म दिएका हुन् ।
डेमोक्रिटस परमाणुलाई गुणरहित मान्दछन् । उनको भनाइअनुसार जल, द्रव्य, वायु र अग्नीका परमाणुहरू सबै भेदरहित हुन्छन् । तिनीहरूमा केवल आकार र मापन (size) मा अन्तर हुन्छ । परमाणुका अन्य विशेषता अतिन्द्रिय, नित्य र पूर्ण हुन् । अतिन्द्रिय भनेको मानव इन्द्रियबाट थाहा नलाग्ने हो । नित्य भनेको नाशवान् नहुने र सधैँ अस्तित्वमा रहने हो र पूर्ण भनेको उत्पत्ति र विनासभन्दा पर भनेको हो । जगत्् ध्वस्त भए पनि परमाणुहरू अस्तित्वमा रहि रहन्छन् भन्ने डेमोक्रिटसको विचार भएको बुझिन्छ । उनले परमाणुलाई रूप, रङ्ग, ध्वनी र स्वादरहित मानेका छन् ।
डेमोक्रिटसले यस जगत््मा परमाणुको मात्र अस्तित्व छ भनेका छैनन् । उनले दुई सत्ताको उल्लेख गरेका छन् – परमाणु र रिक्त आकाश । उनी दुवैलाई अविभाज्य सत्ता मान्दछन् । उनी भन्दछन् कि परमाणुहरू रिक्त आकाशमा असङ्ख्य मात्रामा रहेका हुन्छन् । आकाशको खाली ठाउँमा ती गतिशील अवस्थामा हुन्छन् । तिनीहरूमा हुने गतिको कारण आकस्मिकता होइन अनिवार्यता हो किनभने ती प्रकृतिका निश्चित नियमअनुसार सञ्चालित हुन्छन् र अनिश्चित दिशामा यताउति गतिशील हुन्छन् । डेमोक्रिटसको परमाणुको गति सम्बन्धी यो विचार न्यूटनको गतिको नियम र कारणवादसँग मेल खान्छ । न्यूटन पनि सबै घटनाहरू नियमअनुसार घट्छन, संयोगले होइन भनी भन्दछन् ।
डेमोक्रिटस परमाणुको गतिका निम्ति ईश्वर नामको कुनै बाहिरी सञ्चालकको आवश्यकता पर्दैन भनी भन्दछन् । उनका अनुसार जसरी फूलमा सुगन्ध हुन्छ, दूधमा सेतोपन हुन्छ, महमा गुलियोपन हुन्छ, त्यसैगरी परमाणुमा गति हुन्छ (निगम, २०११ ः ४८) । डेमोक्रिटस भन्दछन् कि असङ्ख्य परमाणुहरू शून्य आकाशमा विचरण गर्दा तिनीहरू एक आपसमा टकराउँछन् । विजातीय परमाणुहरू गाभिदैनन्, तर एकले अर्कालाई धकेल्दछन् । साथै आफूसँग मिल्ने सहजात अणुका साथ विचरण गर्दछन् जसरी परेवा परेवाका साथ, सारस सारसका साथ आकाशमा उड्छन् (दत्त, २०२२ ः ४८) । परमाणुहरू एक आपसमा ठोकिँदा चक्रावर्तन (Vortex)उत्पन्न हुन्छ जसको परिणामस्वरूप विभिन्न पदार्थ पृथ्वी, जल, अग्नी र वायुजस्ता भौतिक पदार्थको उत्पत्ति हुन्छ । यस परिवर्तनको क्रम केन्द्रबाट परिधीतर्फ हुन्छ । परमाणु केन्द्र हो र स्थूल पदार्थ परिधि हो । परमाणुहरुबाट पृथ्वीजस्तो स्थूल पीण्डको मात्र निर्माण भएको होइन, सम्पूर्ण खगोलीय पीण्डहरुको समेत निर्माण भएको हो ।
डेमोक्रिटस मानव आत्मा विशेष प्रकारका परमाणुबाट बन्ने विचार व्यक्त गर्दछन् । उनी भन्दछन् कि आत्मामा अन्तर्निहित परमाणु चिल्लो, परिमार्जित र गोलो हुन्छ । यसको निर्माण बाहिर शून्य आकाशमा हुन्छ र स्थूल भौतिक तŒवसँगको संयोगबाट जीवको शरीरभित्र प्रवेश गरेर चेतन तŒवमा परिणत हुन्छ ।
परमाणु सम्बन्धी अवधारणाको आधारमा डेमाक्रिटसले प्राणीहरूमा शिशुले कसरी जन्म लिन्छ भनी व्याख्या गरेका छन् । उनी भन्दछन् कि परमाणुका रूपमा संभोगका अवस्थामा दुई विपरित लिङ्गका पुरुष र महिलाका परमाणुमय अण्डा प्रक्षेपित हुन्छन् जुन आपसमा मिलेपछि गर्भाधान हुन्छ । गर्भाशयमा उक्त संयुक्त अण्डा बढ्दै जाँदा सम्पूर्ण अङ्गसहितको शिशुको जन्म हुन्छ ।
डेमोक्रिटसपछि प्राचीन युनानमा परमाणुवादको थप व्याख्या उनका अनुयायी चौँथो शताब्दीका एपिक्यूरस (इ.पू. ३४१–२७०) ले गरे । डेमोक्रिटसले झैँ उनले यो ब्रमाण्ड अनन्त छ र समस्त पदार्थको जन्म आँखाले देख्न नसकिने असङ्ख्य परमाणुहरूले बनेको हो भन्ने विचार अवलम्बन गर्दछन् । ती परमाणुहरू रिक्त आकाशमा विचरण गर्दछन् र एक आपसमा अन्तक्र्रियापूर्ण अवस्थामा छन् भन्ने डेमोक्रिटसका विचारलाई उनले स्वीकार गर्दछन् । तर डेमोक्रिटसले भन्दा भिन्न उनले परमाणविक विचलन (Atomic Swerve) को अवधारणा प्रस्तुत गर्दछन् । डेमोक्रिटसको दृष्टिकोण ‘नियतीवाद’ ९म्भतभचmष्लष्कm० मा आधारित छ । उनले परमाणुहरू निर्विवाद रूपमा निश्चित मार्गमा सिधा गतिमा चल्छन् भनी भनेका छन् । एपिक्यूरसले भने परमाणुहरू सिधा रेखामा मात्र चल्दैनन्, कहिले कहीँ अनियन्त्रित रूपमा विचलित ९क्धभचखभ० हुन्छन् भन्ने विचार अघि सार्दछन् । दार्शनिक रूपमा यो विश्वका प्राकृतिक घटनाक्रमहरू निश्चित दिशाअनुसार मात्र चल्दैनन् तिनमा स्वतन्त्रता पनि हुन्छ भन्ने दृष्टिकोण हो ।
३. परमाणुवादको जननी ः पौरस्त्य जगत् कि पाश्चात्य जगत् ?
पौरस्त्य र पश्चिमी दुवै जगत्््को प्राचीन दर्शनमा परमाणुवाद सम्बन्धी व्याख्या विश्लेषण पाइन्छ । तर पश्चिमको परमाणुवादबारे विश्वमा जति चर्चा सुनिन्छ, त्यति चर्चा पौरस्त्य जगत्््को परमाणुवादबारे सुनिन्न । साथै परमाणुवादी अवधारणा सबैभन्दा पहिले प्रतिपादन गरेको श्रेय पनि पश्चिमी संसारलाई नै दिइएको छ । राहुल साङ्कृत्यायनजस्ता माक्र्सवादी भारतीय विद्वान्््ले समेत कणाद र उनीद्वारा रचित वैशेषिक सूत्रको रचनाकाल सन् १५० भएको भन्दै परमाणुवाद सम्बन्धी व्याख्या सवैभन्दा पहिले युनानमा भएको हो भनेका छन् । उनका अनुसार कणाद डेमोक्रिटसभन्दा धेरै पछिका व्यक्ति हुन् । जुन बेला डेमोक्रिटसले परमाणुवादको सिद्धान्त प्रतिपादन गरेका थिए, त्यतिखेर पौरस्त्य जगत्््मा यस विषयबारे केही थाहा नै थिएन । पौरस्त्य जगत््् पश्चिमको सम्पर्कमा आएपछि मात्र महर्षि कणादजस्ता दार्शनिकहरू पाश्चात्य दार्शनिकहरू डेमोक्रेटिस र एपिक्यूरसका विचारहरूबाट प्रभावित बनेका हुन् (साङ्कृत्यायन, २०१५ ः ४४९) ।
तर राहुलको यो तर्क तथ्यमा आधारित छैन । परमाणुवादको विस्तृत व्याख्या गर्ने वैशेषिक दर्शनका प्रणेता कणाद डेमोक्रेटिसभन्दा अघिका व्यक्ति हुन् । ई.पू. ३०० तिर लेखिएको कोटिल्यको अर्थशास्त्रमा वैशेषिक दर्शनको उल्लेख भएबाट त्यस दर्शनको रचनाकाल बुद्धको निधनपश्चात् भएको बुझिन्छ । कणाद डेमोक्रिटसभन्दा पहिलेका व्यक्ति हुन् । त्यसमाथि अझ यदि सातौँ शताब्दीमा रचित छान्दोग्य उपनिषद््््मा उल्लेखित उद्दालक आरुणीको शुक्ष्म कणसम्बन्धी अवधारणालाई लिने हो भने परमाणु सम्बन्धी अवधारणा पाश्चात्य जगत््मा भन्दा पौरस्त्य जगत्मा २०० वर्ष पहिले नै भएको देखिन्छ । बरुआलाई उद्धृत गर्दै मृणालकान्ति गङ्गेशोपाध्याय भन्दछन्, “उद्दालकले कणहरूको संयोजन र वियोजनको सिद्धान्त प्रतिपादन गरेर कणादको परमाणु सिद्धान्तको पूर्वाभाष गरेका हुन् (किरण, २०७९ ः ६०) ।” त्यसो भएकाले परमाणुवादको जनक पौरस्त्य समाज नै ठहर्छ ।
४. पौरस्त्य र पाश्चात्य जगत्को परमाणुवाद ः एक तुलना
समानता
कणाद र डेमोक्रिटसको परमाणुवाद सम्बन्धी व्याख्यामा समानता र असमानता दुवै भेट्टिन्छन् । समानता यो हो कि दुवै दर्शनमा भौतिकवादी दृष्टिकोण रहेको छ । दुवैले ईश्वरीय सत्तालाई अस्वीकार गर्दछन् । दुवैले परमाणुलाई सबैभन्दा सानो अविभाज्य एकाइ मान्दछन् । दुवैले परमाणुलाई अविनाशी पृथ्वीमा प्रलय भए पनि रहिरहने नित्य तŒव मान्दछन् । दुवैले भिन्न आकार र गुण भएका परमाणुको परिकल्पना गरेका छन् । दुवैले सहजातीय परमाणुहरूबीच मात्र संयोग हुने र स्थूल भौतिक तत्वहरू निर्माण हुने अवधारणा व्यक्त गरेका छन् । दुवैले परमाणुहरू आफ्नै स्वभावका कारण प्राकृतिक नियमअनुसार सञ्चालित हुने दृष्टिकोण प्रस्तुत गर्दछन् । दुवै दर्शनले मन अथवा चेतनाको निर्माण परमाणुद्वारा निर्माण हुने दृष्टिकोण प्रस्तुत गर्दछन् ।
भिन्नता
पाश्चात्य र पौरस्त्य समाजको परमाणुवादमा केही भिन्नता पनि छन् । निश्चय नै कणाद र ल्यूकिपस÷डेमोक्रिटसले वैज्ञानिक उपकरणहरूको आविस्कार नभएको प्राचीन समयमा आँखाले देख्न नसकिने तŒवहरूबारे विवेचना प्रस्तुत गरे । यो तिनीहरूको उन्नत चेतनाको प्रतिफल होे । तर तिनीहरूले कसरी परमाणुवादको प्रतिपादन गरे भन्ने सवालमा भिन्नता देखिन्छ । कणादको अध्ययन केवल प्राकृतिक वातावरण र त्यसमा घट्ने सामान्य घटनाहरूमा सीमित थियो । घरभित्र सूर्यको प्रकाश छिरेका बखत त्यसमा देखिने मसिना कणहरू अथवा पानी उम्लँदा देखिने जलवास्पका कणहरूजस्ता सामान्य वस्तुहरू नै उनका अनुभूतिका आधार थिए । अति सामान्य खालका वस्तुहरू र घटनाहरूको अध्ययनबाट उनले पदार्थका अति नै शुक्ष्म तŒवसम्बन्धी सिद्धान्त प्रतिपादन गरे । ल्यूकिपस र डेमोक्रिटसका सवालमा तिनीहरूले यस जगत्मा भौतिक पदार्थहरू टूक्रिने र विभाजित हुने क्रमको अध्ययन गरे । तिनीहरूको तर्क के रह्यो भने एक निश्चित सीमामा पुगेपछि विभाजन असम्भव हुनु पर्दछ । यही आधारमा अनुमान ज्ञानलाई प्रयोग गर्दै तिनीहरूले परमाणुवाद सम्बन्धी अवधारणा जनसमक्ष प्रस्तुत गरे ।
पौरस्त्य समाजको वैशेषिक दर्शनले विभिन्न पदार्थका परमाणुहरूमा एकरूपता देख्दैन । यसले भन्दछ कि भिन्न पदार्थका परमाणुहरू सङ्ख्या, गुण, परिमाण, रूप, भार, आयतन आदि सवालमा भिन्न छन् । पाश्चात्य दार्शनिक डेमोक्रिटसले भने परमाणुहरूलाई भेदरहित मानी सबै पदार्थका परमाणुहरूको गुणमा भिन्नता नहुने विचार व्यक्त गरेका छन् । कणादको व्याख्या परमाणुहरूद्वारा पृथ्वीमा भएका स्थूल पदार्थहरूको निर्माणमा सीमित छ भने डेमोक्रिटसको व्याख्या पृथ्वीलगायत विभिन्न पिण्ड अथवा विभिन्न विश्वका पदार्थहरूको निर्माणमासमेत विस्तारित भएको छ (निगम, २०११ ः ४७) । परमाणुको सञ्चालन सम्बन्धमा पाश्चात्य दर्शनले प्रष्ट भौतिकवादी दृष्टिकोण अँगालेको छ । डेमोक्रिटसले परमाणुको सञ्चालनमा ईश्वरको आवश्यकता छैन भनेका छन् । अनिवार्यताका कारण परमाणुमा गति उत्पन्न हुन्छ भनी उनी भन्दछन् । पौरस्त्य समाजका कणादले पनि ईश्वरलाई परमाणुको गतिको कारण मान्दैनन् तर उनी अदृष्ट कारणले गर्दा नै परमाणुमा योग, विभाजन र स्थानान्तरण हुन्छ भनी अस्पष्ट दृष्टिकोण प्रस्तुत गर्दछन् जुन कमजोरीलाई हतियार बनाएर पछिल्लो अवधिका वैशेषकहरूले दर्शनमा अदृष्ट शक्ति भनेको ईश्वर हो भन्दै दर्शनलाई प्रत्ययवादको खोल ओढाए ।
सन्दर्भ स्रोत
अर्याल, केशवशरण, २०७९, नेपालमा वैशेषिक दर्शन परम्परा, नेपाली दर्शन, नेपाल प्रज्ञा–प्रतिष्ठान
किरण, मोहन वैद्य, २०७९, न्याय–वैशेषिक दर्शन र द्वन्द्वात्मक भौकिवाद, दर्शनावली ९, नेपाल प्रज्ञा–प्रतिष्ठान
चट्टोपाध्याय, देवीप्रसाद, २००७, भारतीय दर्शनमें क्या जीवन्त है और क्या मृत, पीपुल्स पब्लिसिङ हाउस प्रा.लि नई दिल्ली
छान्दोग्योपनिषद्, नेपाली अनुवाद, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, काठमाडौँ
दत्त, रासविहारी, हिनदी अनुवाद ः सुशिला डोभाल, राजकमल पेपरबक्स, नई दिल्ली
दासगुप्त, एस.एन. १९७८, भारतीय दर्शनका इतिहास, भाग १, राजस्थान हिन्दी अकादमी, जयपुर
निगम, डा.शोभा, २०११, भारतीय दर्शन, मोतीलाल बनारसीदास
मिश्र, जगदीशचन्द्र, २०१२, भारतीय दर्शन, चौखम्बा सुरभारती प्रकाशन, वाराणसी
राधाकृष्णन डा., २००४, भारतीय दर्शन भाग १–२, राजपाल एण्ड सन्स, दिल्ली
रेग्मी, रामराज, २०७७, पूर्वीय दर्शनमा भौतिकवाद, जागरण बुक हाउस, वगाबजार, काठमाडौँ
सांकृत्यायन, राहुल, २०१५, दर्शन दिग्दर्शन, किताब महल, पटना
Borodov, V.,2012, Elements of Materialism in the Nyaya and Vaisesika Philosophy, Indian philosophy in
Modern Times, www. carvaka 4 india.com
Bose, SK, 2015, The Atomic Hypothesis, Current Science, vol. 108, https://arxiv.org
Damodaran, K. 1967, Indian Thought : A Critical Survey, Newyork Asia Publishing House
Ghosh, 2020, Prasit Ranjan, 2020, The Concept of Motion : The Vaisesik Philosophy and Modern Science, www.
jetir.org
Hiriyanna M., 2009, Outlines of Indian Philosophy, Motilal Banarasidadss Publishers, Delhi
The post पौरस्त्य र पाश्चात्य समाजमा परमाणुवाद appeared first on Gyaan Ghar.
]]>The post वैदिक दर्शनको दार्शनिक पद्धति appeared first on Gyaan Ghar.
]]>
The post वैदिक दर्शनको दार्शनिक पद्धति appeared first on Gyaan Ghar.
]]>The post गीताको दर्शन के हो ? appeared first on Gyaan Ghar.
]]>
*The post गीताको दर्शन के हो ? appeared first on Gyaan Ghar.
]]>The post का. जलजला उपन्यासमा प्रेम र दर्शन appeared first on Gyaan Ghar.
]]>
The post का. जलजला उपन्यासमा प्रेम र दर्शन appeared first on Gyaan Ghar.
]]>The post कहाँनेर भेटिन्छन् प्रचण्ड शेरादरबारमा ? appeared first on Gyaan Ghar.
]]>
The post कहाँनेर भेटिन्छन् प्रचण्ड शेरादरबारमा ? appeared first on Gyaan Ghar.
]]>