Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Warning: Cannot modify header information - headers already sent by (output started at /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php:6170) in /home/unitedrukum/gyaanghar.com/wp-includes/feed-rss2.php on line 8
पर्यटन Archives - Gyaan Ghar https://gyaanghar.com/category/पर्यटन/ Welcome Tue, 14 May 2024 05:55:26 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0 https://gyaanghar.com/wp-content/uploads/2023/08/cropped-gyaan-ghr-logo-32x32.png पर्यटन Archives - Gyaan Ghar https://gyaanghar.com/category/पर्यटन/ 32 32 फल्चा शैलीमा बानेश्वर क्षेत्रमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा https://gyaanghar.com/2024/05/14/%e0%a4%ab%e0%a4%b2%e0%a5%8d%e0%a4%9a%e0%a4%be-%e0%a4%b6%e0%a5%88%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a8%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b0-%e0%a4%95%e0%a5%8d/ https://gyaanghar.com/2024/05/14/%e0%a4%ab%e0%a4%b2%e0%a5%8d%e0%a4%9a%e0%a4%be-%e0%a4%b6%e0%a5%88%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a8%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b0-%e0%a4%95%e0%a5%8d/#respond Tue, 14 May 2024 05:54:51 +0000 https://gyaanghar.com/?p=9280 काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । वडा नं. १० का अध्यक्ष रामकुमार के. सी. ले उद्घाटन गर्दै बिसौनी सञ्चालन प्रारम्भ गरेका हुन् ।  त्यस क्रममा बोल्दै उनले भने, ‘बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र हो । जस्तोसुकै आन्दोलन भए पनि यस्ता संरचना बिगार्नु हुँदैन ।’ […]

The post फल्चा शैलीमा बानेश्वर क्षेत्रमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । वडा नं. १० का अध्यक्ष रामकुमार के. सी. ले उद्घाटन गर्दै बिसौनी सञ्चालन प्रारम्भ गरेका हुन् । 

त्यस क्रममा बोल्दै उनले भने, ‘बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र हो । जस्तोसुकै आन्दोलन भए पनि यस्ता संरचना बिगार्नु हुँदैन ।’ उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने सामूहिक दायित्वका विषयमा कुरा गर्दै भने, ‘हामीले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमुना बस बिसौनी बनाएका छौँ । राजनीतिक दलहरूसँग आग्रह गर्न चाहन्छु, यस्ता संरचनाहरू राजनीतिक आन्दोलनको मारमा नपरुन् ।’

फल्चा निर्माणमा स्थानीय सहभागिता भएकोले यसको संरक्षणका लागि स्थानीय बासीले निगरानी गर्नेछन् । कार्यक्रममा निर्माण समितिका संयोजक एवं वडा सदस्य सतिश तण्डुकारले भने, ‘यो नमुना अन्यत्र स्थानमा पनि विस्तार हुँदै जानेछ ।’ 

स्थानीयहरूको निगरानीमा नगर प्रहरीले सहयोग गर्नेछ । कार्यक्रममा महानगर प्रहरी बल पूर्व क्षेत्रका प्रमुख नगर प्रहरी उपरीक्षक दिनेशराज अर्यालले भने, ‘सार्वजनिक सम्पत्तिको संरक्षण हाम्रो जिम्मेवारी हो । हामी यस्ता सम्पत्तिको दुरुपयोग हुन दिँदैनौँ ।’

वडा सचिव सुबोध खड्काका अनुसार यस क्षेत्रमा उस्तै शैलीका २ वटा बस बिसौनी निर्माण भएका छन् । बानेश्वरबाट बबरमहलतर्फ आउँदा सडक खण्डमा रहेको बिसौनी आजबाट सञ्चालन भयो । बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउनेछ । 

यी २ वटा फल्चाको लागत ६२ लाख रुपैयाँ हो । यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । यस्तै बस्नका लागि काठकै मेच राखिएका छन् । बिसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन् । 

The post फल्चा शैलीमा बानेश्वर क्षेत्रमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/05/14/%e0%a4%ab%e0%a4%b2%e0%a5%8d%e0%a4%9a%e0%a4%be-%e0%a4%b6%e0%a5%88%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a8%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b0-%e0%a4%95%e0%a5%8d/feed/ 0
नयाँ रूपमा देखियो ८ सय वर्ष पुरानो भक्तपुरको भाज्या पुखु https://gyaanghar.com/2024/03/13/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b0%e0%a5%82%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a5%ae-%e0%a4%b8%e0%a4%af-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d/ https://gyaanghar.com/2024/03/13/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b0%e0%a5%82%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a5%ae-%e0%a4%b8%e0%a4%af-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d/#respond Wed, 13 Mar 2024 04:38:12 +0000 https://gyaanghar.com/?p=8151 भक्तपुर, २९ फागुन । ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नाराका साथ सम्पदा निर्माण पुनर्निर्माणमा अगाडि बढेको भक्तपुर नगरपालिकाले दुधपाटीस्थित ८ सय वर्ष पुरानो भाजुपुखु र जलेश्वर मन्दिर सरसफाइ गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले उद्घाटन गरेको उक्त कार्यक्रममा उनले असीमित सङ्ख्यामा रहेका मौलिक शैलीका यस्ता सम्पदाहरूको निर्माण पुनर्निर्माण कार्यमा […]

The post नयाँ रूपमा देखियो ८ सय वर्ष पुरानो भक्तपुरको भाज्या पुखु appeared first on Gyaan Ghar.

]]>

भक्तपुर, २९ फागुन । ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नाराका साथ सम्पदा निर्माण पुनर्निर्माणमा अगाडि बढेको भक्तपुर नगरपालिकाले दुधपाटीस्थित ८ सय वर्ष पुरानो भाजुपुखु र जलेश्वर मन्दिर सरसफाइ गरिएको छ ।


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले उद्घाटन गरेको उक्त कार्यक्रममा उनले असीमित सङ्ख्यामा रहेका मौलिक शैलीका यस्ता सम्पदाहरूको निर्माण पुनर्निर्माण कार्यमा पुरातत्त्व विभाग, विश्वविद्यालयहरू र प्रज्ञा प्रतिष्ठान लाग्नुपर्ने बताए ।

उनले प्राचीन सम्पदाहरूबारे स्कुल कलेजहरूमा अध्यापन गरी नयाँ पुस्ता बिचमा यस्ता सम्पदाहरूको इतिहास थाहा दिलाउनुपर्ने बताए । साथै सांस्कृतिक स्तर वृद्धि गर्न स्थानीय जनताको एकता आवश्यक भएको स्पष्ट पार्दै हातमा हात मिलाए जुनसुकै काम पनि सजिलै हुने बताए ।


बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले एक दुई वर्षको अन्तरालमा महत्त्वपूर्ण सम्पदाहरूको पुनर्निर्माण भइरहेको बताउँदै भाजुपुखु र जलेश्वर मन्दिरको पुनर्निर्माण अग्रजहरूको सचेतनाको चिनो भएको बताए ।

यो कार्य इतिहासमै गौरवशाली दर्पण र सुन्दर अभिलेख भएको उनको भनाइ छ । 
पूर्व न्यायाधीश गौरी बहादुर कार्कीले मौलिक र पुरानै शैलीमा सम्पदाहरूको निर्माण पुनर्निर्माण गर्न जोड दिएका थिए । कार्यक्रममा पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले ५० भन्दा बढी पोखरी रहेको भक्तपुरमा ३४ वटा सञ्चालनमै रहेको बताउँदै प्रत्येक सम्पदा मानव विकाससँगै जोडिने बताइन् ।

उनले नयाँ पुस्तालाई संरक्षणका सिप र प्रविधि हस्तान्तरण गरे भोलिका पुस्ताले दुःख नपाउने बताइन् ।


प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले ऐतिहासिक सम्पदाले भरिएको जीवन्त सङ्ग्रहालय भक्तपुरमा सार्वजनिक सम्पत्तिको संरक्षण र संवर्द्धनमा सबैको साथ रहेको बताइन् । उनले यस पोखरीलाई पर्यटकीय दृष्टिले ध्यान दिनुपर्ने बताइन् ।


इतिहासविद् प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठले ८ सय वर्ष पुरानो यो पोखरीको पुनर्निर्माणमा आजका कालिगडहरू पनि सफल भएको बताउँदै भाजुपुखु र जलेश्वर मन्दिरको इतिहासबारे स्पष्ट पारे ।

The post नयाँ रूपमा देखियो ८ सय वर्ष पुरानो भक्तपुरको भाज्या पुखु appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/03/13/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b0%e0%a5%82%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a5%ae-%e0%a4%b8%e0%a4%af-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d/feed/ 0
एफिल टावरमा कर्मचारी हडतालले बन्द, कहिले खुल्ने ठेगान छैन https://gyaanghar.com/2023/12/28/%e0%a4%8f%e0%a4%ab%e0%a4%bf%e0%a4%b2-%e0%a4%9f%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b9%e0%a4%a1%e0%a4%a4/ https://gyaanghar.com/2023/12/28/%e0%a4%8f%e0%a4%ab%e0%a4%bf%e0%a4%b2-%e0%a4%9f%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b9%e0%a4%a1%e0%a4%a4/#respond Thu, 28 Dec 2023 03:31:18 +0000 https://gyaanghar.com/?p=6134 पेरिस, १२ पुस । फ्रान्सको राजधानी पेरिसमा रहेको एफिल टावर बुधवार बन्द भएको छ ।   विश्वका प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक एफिल टावर मजदुर आन्दोलनमा उत्रिएपछि बन्द भएको हो । एफिल टावर सञ्चालन गर्ने संस्था एसईटीईले यो जानकारी दिएको हो ।   अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अनुसार, कट्टर वामपन्थी युनियनले एक विज्ञप्तिमा भन्यो कि टावर […]

The post एफिल टावरमा कर्मचारी हडतालले बन्द, कहिले खुल्ने ठेगान छैन appeared first on Gyaan Ghar.

]]>

पेरिस, १२ पुस । फ्रान्सको राजधानी पेरिसमा रहेको एफिल टावर बुधवार बन्द भएको छ ।

 

विश्वका प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक एफिल टावर मजदुर आन्दोलनमा उत्रिएपछि बन्द भएको हो । एफिल टावर सञ्चालन गर्ने संस्था एसईटीईले यो जानकारी दिएको हो ।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अनुसार, कट्टर वामपन्थी युनियनले एक विज्ञप्तिमा भन्यो कि टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ एफिलको मृत्युको १०० औँ वार्षिकोत्सवमा हडतालको आह्वान गरिएको थियो। केही माग रहेकाले यो हडताल भएको युनियनले जनाएको छ । यद्यपि माग के हो भन्नेबारेमा केही खुलाइएको छैन ।

 

यसका डिजाइनर गुस्ताभको निधन सन् १९२३ डिसेम्बर २८ मा भएको थियो । यस्तो अवस्थामा गुस्ताभको मृत्यु भएको सय वर्ष पूरा भएको छ ।

 

एफिल टावरका प्रवक्ताका अनुसार पर्यटकहरूले अझै पनि टावरको मुनि काँचले घेरिएको एस्प्लेनेडमा पहुँच गर्न सक्छन् तर अर्को सूचना नभएसम्म ३०० मिटर ल्यान्डमार्कमा पहुँच बन्द छ। प्रवक्ताले पेरिस सहरसँग सम्झौता वार्ता हुनु अघि नै हडतालको घोषणा गरिएको बताए। यो हडताल कहिलेसम्म चल्ने हो भन्ने सङ्घका प्रतिनिधिहरूले भने खुलाएका छैनन् ।

 

विश्वमा सबैभन्दा धेरै भ्रमण गरिएका ठाउँहरू मध्ये एक एफिल टावर सामान्यतया वर्षको ३६५ दिन नै खुला हुन्छ। तर, यहाँ बेलाबेलामा हडताल हुने गरेको छ ।

 

उल्लेखनीय छ कि यस वर्ष अगस्टमा एफिल टावरलाई बमले उडाउने धम्की आएको थियो, त्यसपछि सावधानीका रूपमा यसलाई खाली गरिएको थियो। तर, यो बमको धम्की अफवाह मात्र साबित भएको छ । यो ऐतिहासिक टावरको निर्माण कार्य जनवरी १८८७ मा सुरु भई ३१ मार्च १८८९ मा सम्पन्न भएको थियो ।

The post एफिल टावरमा कर्मचारी हडतालले बन्द, कहिले खुल्ने ठेगान छैन appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2023/12/28/%e0%a4%8f%e0%a4%ab%e0%a4%bf%e0%a4%b2-%e0%a4%9f%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b9%e0%a4%a1%e0%a4%a4/feed/ 0
डाेम फुजीः संसारको सबैभन्दा चिसो ठाउँ, थप जान्नुहोस् https://gyaanghar.com/2023/12/25/%e0%a4%a1%e0%a4%be%e0%a5%87%e0%a4%ae-%e0%a4%ab%e0%a5%81%e0%a4%9c%e0%a5%80%e0%a4%83-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%ac%e0%a5%88%e0%a4%ad%e0%a4%a8/ https://gyaanghar.com/2023/12/25/%e0%a4%a1%e0%a4%be%e0%a5%87%e0%a4%ae-%e0%a4%ab%e0%a5%81%e0%a4%9c%e0%a5%80%e0%a4%83-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%ac%e0%a5%88%e0%a4%ad%e0%a4%a8/#respond Mon, 25 Dec 2023 02:38:20 +0000 https://gyaanghar.com/?p=6057 काठमाडौँ, ९ पुस । नेपालमा हरेक दिन जाडो बढिरहेको छ । जे होस्, पुस बढदैँ जाँदा चिसो झन् झन् बढ्दै गएको छ। विशेष गरी नेपालको उत्तरी भागमा आजकाल अत्यधिक चिसो बढेको छ । नेपालीका उच्च पहाडी भू भाग र हिमाली भू भागमा यतिखेर हिमपात भइरहेको छ ।   तर के तपाईँलाई थाहा छ संसारको सबैभन्दा […]

The post डाेम फुजीः संसारको सबैभन्दा चिसो ठाउँ, थप जान्नुहोस् appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ, ९ पुस । नेपालमा हरेक दिन जाडो बढिरहेको छ । जे होस्, पुस बढदैँ जाँदा चिसो झन् झन् बढ्दै गएको छ। विशेष गरी नेपालको उत्तरी भागमा आजकाल अत्यधिक चिसो बढेको छ । नेपालीका उच्च पहाडी भू भाग र हिमाली भू भागमा यतिखेर हिमपात भइरहेको छ ।

 

तर के तपाईँलाई थाहा छ संसारको सबैभन्दा चिसो ठाउँमा मानिसलाई के हुन्छ ? त्यहाँको तापक्रम कति छ ? धाराबाट निस्कने बित्तिकै पानी बरफमा परिणत हुने ठाउँ पनि परिणत हुन सक्छ, जुन ठाउँमा मान्छे एकै ठाउँमा उभियो भने कठयाङग्रिएर मर्न पनि सक्छ । त्यसो भए आउनुहोस्, संसारको सबैभन्दा चिसो ठाउँको बारेमा थाहा पाउनुहोस्।

 

यदि हामी संसारको सबैभन्दा चिसो ठाउँको कुरा गर्छौँ भने अन्टार्कटिकालाई सबैभन्दा चिसो ठाउँ भनिन्छ। अन्टार्कटिका एउटा महादेश हो, जुन चारैतिरबाट दक्षिणी महासागरले घेरिएको छ। अन्टार्कटिकाको सबैभन्दा चिसो ठाउँलाई डोम फुजी स्टेसन भनिन्छ। यो जापानी अनुसन्धान केन्द्र हो। यो स्टेसन अन्टार्कटिकाको दोस्रो अग्लो चुचुरोमा अवस्थित रहेको छ । डोम फुजी स्टेसनलाई डोम एफ वा वाल्कीरी डोम पनि भनिन्छ। यो स्टेसन अन्टार्कटिकाको क्विन माउड क्षेत्रको पूर्वी भागमा रहेको छ। समुद्र सतहबाट यसको उचाइको कुरा गर्दा यो समुद्र सतहबाट ३८१० मिटर उचाइमा अवस्थित रहेको छ।

 

तापक्रम -९६ डिग्री

डोम फुजी स्टेसन सन् १९९५ मा बनेको थियो। सन् २०१० मा वैज्ञानिकहरूले यस ठाउँमा -९२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेका थिए र त्यसपछि यसलाई विश्वको सबैभन्दा चिसो ठाउँ घोषणा गरेका थिए। डोम फुजी स्टेसन अघि भोस्टोक स्टेसनलाई संसारको सबैभन्दा चिसो ठाउँ मानिन्थ्यो। सन् १९८३ मा यस ठाउँमा -८९.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो। डोम फुजी स्टेसनमा वर्षभरिको औसत तापक्रम लगभग – ५४ सेल्सियस हुन्छ।

The post डाेम फुजीः संसारको सबैभन्दा चिसो ठाउँ, थप जान्नुहोस् appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2023/12/25/%e0%a4%a1%e0%a4%be%e0%a5%87%e0%a4%ae-%e0%a4%ab%e0%a5%81%e0%a4%9c%e0%a5%80%e0%a4%83-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%ac%e0%a5%88%e0%a4%ad%e0%a4%a8/feed/ 0
१९ औँ लेखनाथ महोत्सवको तयारी पुरा, बिहीबार मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने https://gyaanghar.com/2023/12/21/%e0%a5%a7%e0%a5%af-%e0%a4%94%e0%a4%81-%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%a8%e0%a4%be%e0%a4%a5-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%af/ https://gyaanghar.com/2023/12/21/%e0%a5%a7%e0%a5%af-%e0%a4%94%e0%a4%81-%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%a8%e0%a4%be%e0%a4%a5-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%af/#respond Thu, 21 Dec 2023 03:26:28 +0000 https://gyaanghar.com/?p=5936 लेखनाथ, ५ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालन हुन गइरहेको १९औँ संस्करणको लेखनाथ महोत्सवको तयारी पुरा भएको छ ।   लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको शतप्रतिशत तयारी पुरा भएको र बिहीबार एक समारोहका बिच गण्डकी प्रदेशका […]

The post १९ औँ लेखनाथ महोत्सवको तयारी पुरा, बिहीबार मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने appeared first on Gyaan Ghar.

]]>

लेखनाथ, ५ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालन हुन गइरहेको १९औँ संस्करणको लेखनाथ महोत्सवको तयारी पुरा भएको छ ।

 

लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको शतप्रतिशत तयारी पुरा भएको र बिहीबार एक समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका मूल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

 

पुष ५ गते देखि १६ गते सम्म चल्ने महोत्सवको माध्यमबाट स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरूमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरूको प्रवर्द्धन, जातीय भेसभुसा, कला संस्कृति, रीतिरिवाजको जर्गेना, आन्तरिक एवं बाह्य पर्यटकहरू आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पुर्याईने महोत्सवका प्रचार प्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी ‘राजु’ले बताए ।

 

महोत्सवले विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीका कारण थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवर्द्धन गर्न, देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरूको बजार प्रवर्द्धन र सोको पहिचान गराउन महोत्सव सफल हुने उनले विश्वास व्यक्त गरे ।

 

महोत्सवको थप आकर्षणको रूपमा महोत्सव स्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्म घर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरूको प्रवर्द्धन, दर्शकहरूका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरी व्यवस्था मिलाइनुका साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरूबाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरू रहेका छन् भने जातजातिहरूको सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृ शक्तिको सम्मानमा आयोजना गरिँदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गीत प्रतियोगिता, ख्याति प्राप्त कलाकारहरूबाट दैनिक प्रस्तुति, सुगम सङ्गीत अन्तर्गत कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरूको रूपमा प्रस्तुति रहने सङ्घकी महासचिव जानुका पराजुलीले बताइन ।

 

महोत्सवको बचतबाट प्रदर्शनी स्थल र सङ्घको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकास तर्फ बेगनास तालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीहरू द्वारा उत्पादित वस्तुहरूको प्रवर्द्धनका लागि उत्कृष्ट स्तरको कोसेली घर निर्माण, सङ्घ द्वारा बेगनास तालमा निमार्ण गरिएको लेटर बोर्डको परिसरमा चेम्बर पार्क निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।

 

करिब ३३४ स्टल रहने यस महोत्सवमा २ लाख पचास हजारभन्दा बढी दर्शकले मेला अवलोकन गर्ने र करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९० लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८० लाख खर्च भई रु १० लाख बचत हुने अनुमान गरिएको छ । महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौँडा डेरी, फुड फेस्टिभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

The post १९ औँ लेखनाथ महोत्सवको तयारी पुरा, बिहीबार मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2023/12/21/%e0%a5%a7%e0%a5%af-%e0%a4%94%e0%a4%81-%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%a8%e0%a4%be%e0%a4%a5-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%af/feed/ 0
संरक्षणको पर्खाइमा ‘गोल्मा दरबार’ https://gyaanghar.com/2023/11/21/%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%96%e0%a4%be%e0%a4%87%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a5%8b%e0%a4%b2%e0%a5%8d/ https://gyaanghar.com/2023/11/21/%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%96%e0%a4%be%e0%a4%87%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a5%8b%e0%a4%b2%e0%a5%8d/#respond Tue, 21 Nov 2023 15:12:45 +0000 https://gyaanghar.com/?p=5203 रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ मा रहेको शेनबंशीय राजा गोल्माको दरबार संरक्षणको पर्खाइमा छ । संरक्षणको पर्खाइमा रहेको तत्कालीन बाइसे र चौबिसे राज्यकालका शेनबंशीय राजा गोल्माको दरबार क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी अहिले गोल्मा राजा बौद्ध बिहार जुटेको छ । उक्त क्षेत्रको विकासका लागि थाइल्यान्डले सहयोग गर्ने भएको छ । यही […]

The post संरक्षणको पर्खाइमा ‘गोल्मा दरबार’ appeared first on Gyaan Ghar.

]]>

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ मा रहेको शेनबंशीय राजा गोल्माको दरबार संरक्षणको पर्खाइमा छ । संरक्षणको पर्खाइमा रहेको तत्कालीन बाइसे र चौबिसे राज्यकालका शेनबंशीय राजा गोल्माको दरबार क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी अहिले गोल्मा राजा बौद्ध बिहार जुटेको छ ।

उक्त क्षेत्रको विकासका लागि थाइल्यान्डले सहयोग गर्ने भएको छ । यही १० मङ्सिरमा थाई सरकारको सहयोगमा दुई करोड रुपैयाँ पर्ने साढे ९ फिटको बैरीबिनाश भगवान् बुद्धको मूर्ति स्थापना गर्ने  तयारी छ ।

 

सो क्षेत्रलाई ध्यान केन्द्रको रूपमा समेत विकास गरिने भिक्षु मेधंकर स्थविरले जानकारी दिए । उनकै खोज अनुसन्धानबाट ३५० वर्ष पहिलेको सो दरबार गोल्मा राजा रानीको रहेको खुलेको हो । ओझेलमा पर्दै आएको ऐतिहासिक र पुरातात्त्विक स्थल रहेको सो दरबार र टुँडिखेलबाट रौतहट र सर्लाहीका फाँटहरू देखिन्छ भने वन जङ्गलभित्र बेल र पारिजातलगायतको फूलहरू छन् ।

 

दरबार भग्नावशेष अवस्थामा छ भने २०११ सालतिर मानव बस्तीको बिस्तारसँगै दरबारको इट्टा स्थानीयले लगेर घरसमेत बनाएका खुलेको छ । शेनबंशीय राजा गोल्माको दरबार रहेको खुलेसँगै अहिले स्थानीयले जीर्णोद्धारमा जोड दिएका छ । उक्त क्षेत्रको विकास र प्रवर्द्धन गर्न स्थानीयको सहयोगमा गोल्माराजा बौद्ध बिहार जुटेको हो ।

स्थानीयको श्रमदानबाट टुँडिखेलसम्म पुग्ने बाटो निर्माण गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीको सहयोगमा कुटीको निर्माण गरिएको छ । यस क्षेत्रको विकास र प्रवर्द्धन गर्न सके धार्मिक तथा पर्यटकीय गन्तव्य हुन सक्ने चन्द्रपुर नगरपालिका प्रमुख सञ्जय कुमार काफ्लेको अपेक्षा छ । उनले शेनबंशीय राजा गोल्मा राजा रानीको दरबारको जीर्णोद्धार र टुँडिखेललाई समेत उपयोग गरेर पर्यटकीय क्षेत्र बनाउन सकिने बताए ।

प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले गोल्मराजाको दरबारको संरक्षणमा सबै जुट्नुपर्ने बताए । भग्नावशेष रहेको दरबारको जीर्णोद्धार गरी इतिहासलाई जीवन्त राख्नुपर्ने सामुदायिक वन उपभोक्ता समूह जिल्ला कार्यसमिति रौतहटका अध्यक्ष वेदहरि दाहाल बताउँछन् ।

चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित गैरीगाँउ बाट आधा घण्टाको उकालोमा दरबारको टुँडिखेल पुगिन्छ भने टुँडिखेलबाट ५०० मिटरको ओरालो र उकालोको दूरीमा गोल्मा राजा रानीको भग्नावशेष दरबार पुगिन्छ ।
दरबार क्षेत्रमा भेटिएका गोल्की पैसा, जाँतो, तरबारलगायतका सामान स्थानीयसँग अझै सुरक्षित छ । दरबार रहेको स्थानमा अझै त्यस बेलाको इट्टा, काटिएका ढुङ्गा छन् ।

The post संरक्षणको पर्खाइमा ‘गोल्मा दरबार’ appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2023/11/21/%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%96%e0%a4%be%e0%a4%87%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a5%8b%e0%a4%b2%e0%a5%8d/feed/ 0
विदेशी पर्यटकहरूको भावना समेटिएको पुस्तक, visitor views of Nepal विमोचन https://gyaanghar.com/2023/11/05/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%a8%e0%a4%be/ https://gyaanghar.com/2023/11/05/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%a8%e0%a4%be/#respond Sun, 05 Nov 2023 04:54:09 +0000 https://gyaanghar.com/?p=4855 कार्तिक १८, काठमाडौँ । काठमाडौँ–१६, नयाँबजार स्थित ज्ञानशाला अनुसन्धान केन्द्रको आयोजनामा विदेशी पर्यटकहरूको भावना समेटेको पुस्तक, visitor views of Nepal  विमोचन गरिएको छ । कार्यक्रममा विभिन्न पर्यटन व्यवसायी, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । पर्यटक व्यवसायी नवराज दाहाल, माओवादी नेता लेखनाथ न्यौपाने, प्राज्ञ डा.कौशिला रिसाल, पत्रकार सुकदेव दाहाल र अधिवक्ता विमल पोख्रेलले […]

The post विदेशी पर्यटकहरूको भावना समेटिएको पुस्तक, visitor views of Nepal विमोचन appeared first on Gyaan Ghar.

]]>

कार्तिक १८, काठमाडौँ । काठमाडौँ–१६, नयाँबजार स्थित ज्ञानशाला अनुसन्धान केन्द्रको आयोजनामा विदेशी पर्यटकहरूको भावना समेटेको पुस्तक, visitor views of Nepal  विमोचन गरिएको छ । कार्यक्रममा विभिन्न पर्यटन व्यवसायी, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । पर्यटक व्यवसायी नवराज दाहाल, माओवादी नेता लेखनाथ न्यौपाने, प्राज्ञ डा.कौशिला रिसाल, पत्रकार सुकदेव दाहाल र अधिवक्ता विमल पोख्रेलले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए । पुस्तकको लेखक द्वय, डा.चूडा ढकाल र ईश्वरीप्रसाद ढकाल हुन् ।

विमोचन कार्यक्रममा कसले के भने ? 

डा.चूडा ढकाल(लेखक)

आजभन्दा १९ वर्ष पहिले देखि किताब लेख्न सुरु गरिएको हो । यो किताबलाई यहाँसम्म पुर्‍याउन धेरै सङ्घर्ष गर्नुपर्‍यो ।  ४४ वटा विभिन्न देशका ३०० जना पर्यटकहरूले हाम्रो देशको सौन्दर्य, संस्कृति, हिमाल, पहाड, दुःख, सुखको बारेमा उनीहरूसँग अन्तर्वार्ता लिएर  यो किताब तयार पारिएको हो । यो पुस्तकमा पर्यटकहरूको आँखाबाट हाम्रो देशको पर्यटन र समग्र संस्कृतिलाई उजागर गरिएको छ ।

भाइ ईश्वरी ढकालले सौराहामा सानो पसल चलाई राख्दा संयोगवश आइपुगेका पर्यटकहरूसँग सामान्य कुरा गर्दै विभिन्न तथ्यहरू सङ्कलन गर्दै गए । त्यसरी तथ्याङ्कहरू सङ्कलन गर्दै जाँदा मैले पनि विभिन्न सुझावहरू दिँदै गए । त्यसरी प्राप्त धेरै डाटाहरूको सार निकाल्दै तथा त्यसलाई व्यवस्थित गर्दै यो किताबको स्वरूप तयार हुन गयो । त्यसको लागि विदेशी पर्यटनहरूसँग हजारौँ इमेलहरू गरियो ।

यो किताबमा नौ वटा उपशीर्षकहरू छन् । परिचय, नेपाल कस्तो देश हो ? नेपाल किन आयौ ? नेपाल आउँदा उनीहरूको धारणा के हो ? नेपाल आएपछि उनीहरूले के पाए  ? नेपालीहरू किन विदेश पलायन हुन्छन् ? नेपाल हेरेपछि उनीहरूले आफ्नो देशसँग कसरी तुलना गर्छन् ? खुसी के हो ? लगायतका उपशीर्षकहरू यो पुस्तकमा छन् ।

नवराज दाहाल(पर्यटन व्यवसायी)

नेपालमा पर्यटन व्यवसायको राम्रो सम्भावना छ । यो पुस्तकले नेपालको पर्यटन प्रवर्द्धन गर्न ठुलो सहयोग गर्दछ । पर्यटन व्यवसायीहरूले यो पुस्तकलाई आफ्नो सम्पत्तिको रूपमा ग्रहण गर्नुपर्दछ । पुस्तक तयार भएर मात्र पुग्दैन । यो पुस्तकलाई विभिन्न अन्तर्राष्ट्रिय पर्यटन मेलाहरूसम्म पनि पुर्‍याउनु पर्दछ । यो पुस्तकलाई पर्यटन बोर्डले सम्बन्धित स्थानहरूमा विशेष गरेर विदेशी पर्यटकहरूको बिचमा पुराउनुपर्दछ ।

नेपालमा पर्यटनलाई प्रवर्द्धन गर्न विशेष पहल गरिनुपर्दछ । पर्यटन विकासको लागि पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिनुपर्दछ । बाटो, एयरपोर्ट तथा बसपार्कलाई व्यवस्थित गरिनुपर्दछ ।

पर्यटनसम्बन्धी राज्यको नीति राम्रो छैन, राम्रो बनाउनुपर्दछ । एक द्वार नीतिका आधारमा पर्यटनहरूसँग शुल्क उठाइनुपर्दछ । उनीहरूसँग जहाँ पनि अनावश्यक शुल्क उठाइनु हुँदैन । पर्यटन विश्वविद्यालय जस्ता पूर्वाधारको विकास गरेर व्यापक रूपमा जनशक्तिको निर्माण गरिनुपर्दछ ।

हिमनदीहरू पग्लँदै गएको छन् । त्यसलाई कम गर्न पनि राज्यको तर्फबाट विशेष पहल गरिनुपर्दछ । यो पनि पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण आधार हो ।

लेखनाथ न्यौपाने(माओवादी केन्द्रका नेता)

लेख्नु एकदम गाह्रो विषय हो । तथ्याङ्कहरू अलि नयाँ हुनुपर्दथ्यो । चिनेको लेखकको किताब पढ्दा बेग्लै ऊर्जा आउँछ । लेखनको बिषयबस्तुसँग उसको जीवन, दैनिकी र व्यवहार अनुकूल हुनुपर्दछ । यो नै महत्त्वपूर्ण विषय हो । विषयवस्तुको विश्लेषण गरेर छोडिदिने तर त्यो अनुकूलको व्यवहार भएन भने त्यो लेखनको कुनै औचित्य हुँदैन । फेरि पनि पर्यटन प्रवर्द्धन, बेग्लै विषय हो । यो पुस्तकले विशेष महत्त्व राख्दछ ।

विमल पोख्रेल (अधिवक्ता)

पर्यटकहरू समस्यामा पर्दा कानुनीरुपमा विशेष सुविधा हुनुपर्दछ । उनीहरूको सुरक्षाको विषयलाई लिएर सरल प्रकारको कानुनी व्यवस्था गरिनुपर्दछ ।

पर्यटनले घुमाई मात्र होइन, यसले जीवन व्यवहार सिकाउँछ । पर्यटनको लागि पोखरामा मात्र सीमित नगरेर रारा तथा सुदूरपश्चिम तर्फ लग्न सकियो भने अझ राम्रो आमदानी गर्न सकिन्छ ।

नेपालीहरू विदेश गएर गर्ने खर्च, विदेशी पर्यटक नेपाल आएर गर्ने खर्च भन्दा धेरै छ । यो चुनौतीको विषय हो । यो तथ्याङ्कलाई परिवर्तन गर्नुपर्दछ । किताबको प्रचार कलाले पनि पर्यटन प्रवर्द्धनलाई विशेष सहयोग गर्दछ ।

ज्ञानशाला अनुसन्धान केन्द्रका समीर सिंहले सहजीकरण गरेको विमोचन कार्यक्रममा उमा अम्गाई, सुरेश अधिकारी समेतले पुस्तकको सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए । पुस्तकका केही अंशहरू अविरल ढकाल र अपेक्षा ढकालले वाचन गरेका थिए ।

The post विदेशी पर्यटकहरूको भावना समेटिएको पुस्तक, visitor views of Nepal विमोचन appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2023/11/05/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%a8%e0%a4%be/feed/ 0
प्रधानमन्त्रीले गरे कोरला नाका, मुक्तिनाथ र कागबेनीको अवलोकन https://gyaanghar.com/2023/10/18/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a4%b0%e0%a5%87-%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a4%b2/ https://gyaanghar.com/2023/10/18/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a4%b0%e0%a5%87-%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a4%b2/#respond Wed, 18 Oct 2023 04:05:51 +0000 https://gyaanghar.com/?p=4321 जोमसोम, १ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लाको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन् । बुधवार बिहान जलवायु संवादका लागि मुस्ताङ आइपुगेका प्रधानमन्त्री प्रचण्डले उक्त क्षेत्रको अवलोकन गरेका हुन । सो भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु संवादमा सम्बोधन गर्ने र स्थानीय जनतासँग अन्तरक्रिया गर्ने उनको […]

The post प्रधानमन्त्रीले गरे कोरला नाका, मुक्तिनाथ र कागबेनीको अवलोकन appeared first on Gyaan Ghar.

]]>

जोमसोम, १ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लाको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन् ।

बुधवार बिहान जलवायु संवादका लागि मुस्ताङ आइपुगेका प्रधानमन्त्री प्रचण्डले उक्त क्षेत्रको अवलोकन गरेका हुन ।

सो भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु संवादमा सम्बोधन गर्ने र स्थानीय जनतासँग अन्तरक्रिया गर्ने उनको सचिवालयले जनाएको छ ।

The post प्रधानमन्त्रीले गरे कोरला नाका, मुक्तिनाथ र कागबेनीको अवलोकन appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2023/10/18/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a4%b0%e0%a5%87-%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a4%b2/feed/ 0
बुबाको चिया पसललाई चार तारे होटेल बनाउने एउटा कर्मठ छोराको कथा https://gyaanghar.com/2023/10/15/%e0%a4%ac%e0%a5%81%e0%a4%ac%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%aa%e0%a4%b8%e0%a4%b2%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%a4%e0%a4%be/ https://gyaanghar.com/2023/10/15/%e0%a4%ac%e0%a5%81%e0%a4%ac%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%aa%e0%a4%b8%e0%a4%b2%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%a4%e0%a4%be/#respond Sun, 15 Oct 2023 09:31:15 +0000 https://gyaanghar.com/?p=4172   विशाल बस्नेत महोत्तरी, २८  असोज । नरहरि  गौतमले सुरु गरेको सानो चिया पसलबाट जीविकोपार्जन होला कि नहोला भन्ने विषयमा उनका छोरा हिरा गौतम आफैँलाई विश्वास थिएन । करिब चार दशकअघि  बसमा यात्रारत यात्रुहरूलाई खाना खुवाउने, चिया पकाउने जस्ता काम गर्दागर्दै उनी आफैँलाई अनौठो लाग्थ्यो । बुबाले व्यापार नै जिन्दगीको सब थोक भएको सुनाएपछि हिराले […]

The post बुबाको चिया पसललाई चार तारे होटेल बनाउने एउटा कर्मठ छोराको कथा appeared first on Gyaan Ghar.

]]>

 

विशाल बस्नेत

महोत्तरी, २८  असोज । नरहरि  गौतमले सुरु गरेको सानो चिया पसलबाट जीविकोपार्जन होला कि नहोला भन्ने विषयमा उनका छोरा हिरा गौतम आफैँलाई विश्वास थिएन । करिब चार दशकअघि  बसमा यात्रारत यात्रुहरूलाई खाना खुवाउने, चिया पकाउने जस्ता काम गर्दागर्दै उनी आफैँलाई अनौठो लाग्थ्यो । बुबाले व्यापार नै जिन्दगीको सब थोक भएको सुनाएपछि हिराले जिन्दगीको परीक्षण होटेलबाट नै प्रारम्भ गर्ने निधो गरे ।

त्यसपछि २०५२ सालबाट सुरु भएको गौतमको होटेल व्यवसायको यात्रा बुबा नरहरिले भनेजस्तो जिन्दगीको सब थोक मात्र बनेन गौतम होटेल पहिचान र प्रतिष्ठाको राष्ट्रिय ब्रान्ड नै बन्यो ।

हुन त  हरेक सफलताको पछाडि असफलता, सङ्घर्ष, आत्मविश्वास, निराशा र धैर्यताको कथा हुन्छ ।

गौतमको अहिले धनुषाको लालगढस्थित करिब ५० करोड लगानीमा खुल्दै गरेको चार तारे होटेलसम्मको यात्रामा आइपुग्दा यस्तै अनेकौँ कथाहरूले भरिपूर्ण छन्  ।

निराशा र अनेकाँै असफलताका बाबजुद पनि निरन्तर सङ्घर्ष र धैर्यताले  सफलताको शिखरमा पु¥याएको उनको अनुभव छ  । त्यसैले त उनले बुझेको जिन्दगी के हो भने सफलताको लडाइँमा सङ्घर्ष र धैर्यता नै मुख्य अस्त्र हुन् ।

४४ वर्ष अगाडि बुबा नरहरिले सञ्चालन गरेको सोही होटेल सञ्चालनको अभिभारा काँधमा बोकेर नयाँपनको खोजीमा दौडेका हिराले चार तारे होटेलसम्म आइपुग्दा असङ्ख्य अप्ठ्यारा चुनौतीहरूको अनुभव सङालेका छन् ।

यही अनुभवले बनाएको परिपक्वता नै गौतम होटेल राष्ट्रिय ब्रान्ड बन्यो भने  चार तारे होटेलको रूपमा लाल गढमा अर्को विशाल गौतम होटेलको जन्म  भयो ।

सामान्य  चिया, नास्ता बेच्ने होटेल देशको नै ब्रान्ड बन्ला भन्ने बुबा स्वयंले  परिकल्पना गरेका थिएनन् । ‘छोरा यति धेरै दत्तचित्त भएर लाग्ला र होटेलबाट नै आफ्नो भविष्य बनाउला भन्ने सोचेको नै थिइनँ,’ बुबा नरहरिले भने, ‘मासिक मुस्किलले ५ हजार आम्दानी हुने होटेलमा अहिले दैनिक नै लाखौँ आम्दानी हुन्छ ।’

गौतम होटेलको चर्चा बर्दिबासको चिनारीसँग मात्र जोडिएको छैन होटेलभित्रको हस्पिटालिटी र गुणस्तरीयताले बाह्य र आन्तरिक पर्यटकको आकर्षणलाई ध्यानाकर्षणसमेत गराएको छ ।

मधेस प्रदेशका महत्त्वपूर्ण कार्यक्रमदेखि भिआइपीहरूको रोजाई गौतम होटेल नै बन्नुले पनि हिराको मेहनत र सफलतालाई सङ्केत गर्दछ । ‘हाम्रो होटेलमा देशका शीर्ष नेतादेखि पूर्व राजासम्म बास बसेका छन्,’ हिराले भने, ‘हाम्रो लागि यो पनि गौरव हो ।’

होटेल व्यवसायले हिरालाई यसरी शिखर मा पु¥यायो कि विगतमा यसरी गर्न पाएको भए थप काम गर्न सकिन्थ्यो कि भन्ने गुनासो गर्ने ठाउँ नै रहेन, जस कारण उनलाई सधैँभरि नयाँ गर्न नै हौस्यायो ।

यसैको परिणाम स्वरूप नै चिया नास्ता बेचेर सामान्य जीविकोपार्जन हुँदै आएको होटेललाई ब्रान्ड बनाउनु र सुविधा सम्पन्न शाखाहरू विस्तार गर्नु आफैँमा अनुकरणीय छ ।

७ सय रुपैयाँबाट बुबा नरहरिले खोलेको होटेललाई अर्बैं रुपैयाँको चार तारे होटेल बनाउन हिराले गरेको अथक प्रयास, सङ्घर्ष र मेहनतले होटलमात्र हैन बर्दिबासमा अहिले समग्र गौतम परिवार नै ब्रान्ड बनेको छ ।

सामाजिक कार्यमा आफूलाई उत्तिकै सक्रिय बनाएका हिरा नगर पर्यटन बोर्डको अध्यक्ष हुन् भने होटेल तथा पर्यटन व्यवसायी मधेस प्रदेशका अध्यक्ष पनि हुन् ।

होटेल हबको रूपमा विकास भइरहेको मधेस प्रदेश विशेषसरि बर्दिबासमा मात्र ५० भन्दा बढी ठुलो लगानीमा खुलेका होटलहरु छन् ।

के–के विशेषता छन् चार तारे होटेलको ?

धनुषाको लाल गढमा उद्घाटनको तयारीमा रहेको चार तारे गौतम होटेलमा अहिलेसम्म ३५ करोडभन्दा बढी खर्च गरिसकेको हिरा बताउँछन् । उनका अनुसार करिब ५० करोड लागत अनुमान गरिएको छ ।

७६ वटा कोठा,  हल, मनोरञ्जन स्थल र चार तारे होटेललाई चाहिने सम्पूर्ण मापदण्डमा आधारित भएर निर्माण भइरहेको उनले बताए । होटेललाई हरित मैत्री बनाउन कलकत्ता वाट ल्याइएका उच्च अक्सिजन दिने बिरुवा रोपिएको छ । करिब एक बिघा क्षेत्रफलमा निर्माण भएको संरचनामा धेरैजसो हरित मैत्री बनाउने प्रयास गरिएको छ ।

दसैँपछि लगत्तै ४०  वटा कोठासहित उद्घाटन गरिने र  बाँकी अर्को भवनमा रहेको ३६  वटा कोठा सम्पन्न भएपछि पूर्ण सञ्चालनमा ल्याइने होटेलका व्यवस्थापक नीरज सुवेदीले जानकारी दिए ।

छोराको कर्मप्रति गर्व छ :  नरहरि गौतम

होटेल व्यवसायमा छोरा हिराको कर्म र लगनशीलताप्रति आफूलाई गौरवान्वित हुने बुबा हरि गौतम बताउँछन् । ‘मैले छोराप्रति गौरव गर्ने धेरै कारण छन्,’ उनले भने ‘पहिले त उ इमानदार बन्यो ।’

३४ वर्ष अगाडि चिया पसलमा बसेर सहयोग गरेको सम्झँदै नरहरिले छोराले आफूले चलाएको होटेललाई यति ठुलो बनाउला भन्ने सोचेका नै थिएनन् ।

‘ठुला–ठुला होटेलमा जान्थ्यो । त्यति वेला अलि पैसा पनि खर्च ग¥यो,’ विगत सम्झँदै उनले भने, ‘मैले पछि पो थाहा पाएँ, त्यहाँ जानुको उद्देश्य होटेल कसरी चलाउने भन्ने सिक्न पो रहेछ ।’

नरहरि पुराना राजनीतिज्ञ पनि हुन् । २०३९ साल, २०४३ सालमा तत्कालीन बर्दिबास–३ को उनी वडा अध्यक्ष समेत बने ।

२०५२ सालमा छोरा हिराले गौतम होटेल नाम राखेर औपचारिक रूपमा चलाएपछि नरहरिले सन्तुष्टिको श्वास फेरेको बताउँछन् ।

The post बुबाको चिया पसललाई चार तारे होटेल बनाउने एउटा कर्मठ छोराको कथा appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2023/10/15/%e0%a4%ac%e0%a5%81%e0%a4%ac%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%aa%e0%a4%b8%e0%a4%b2%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%a4%e0%a4%be/feed/ 0
मध्य पाषाण युगको बस्तीसमेत रहेको मधेसको एक प्राकृतिक ‘भ्यु टावर’ ओझेलमा https://gyaanghar.com/2023/10/09/%e0%a4%ae%e0%a4%a7%e0%a5%8d%e0%a4%af-%e0%a4%aa%e0%a4%be%e0%a4%b7%e0%a4%be%e0%a4%a3-%e0%a4%af%e0%a5%81%e0%a4%97%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%b8%e0%a4%ae/ https://gyaanghar.com/2023/10/09/%e0%a4%ae%e0%a4%a7%e0%a5%8d%e0%a4%af-%e0%a4%aa%e0%a4%be%e0%a4%b7%e0%a4%be%e0%a4%a3-%e0%a4%af%e0%a5%81%e0%a4%97%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%b8%e0%a4%ae/#respond Mon, 09 Oct 2023 03:20:46 +0000 https://gyaanghar.com/?p=3946 ३१ भदौ, महोत्तरी । पहाडको फेदीमा खयरले छाएका फुसका घरहरू छन् । आकाशमा बाक्लै लोपोन्मुख जातको चरा गिद्ध र चिलहरू घुमिरहेका छन्  । पाखाहरूमा बाख्राहरू चरिरहेको छन् । गोठालाहरू सुस्केरा हालेर स्थानीय गीत गाई रहेको सुनिन्छ । त्यस माथि चराचुरुङ्गीहरूको सङ्गीतमय चिरबिरले यहाँ पुगेपछि जो कोहीले छुट्टै आनन्द लिन सक्छन् । प्राकृतिक छट्टाले अनेकौँ तरहले सिङारिएको यो  मनमोहक […]

The post मध्य पाषाण युगको बस्तीसमेत रहेको मधेसको एक प्राकृतिक ‘भ्यु टावर’ ओझेलमा appeared first on Gyaan Ghar.

]]>

३१ भदौ, महोत्तरी । पहाडको फेदीमा खयरले छाएका फुसका घरहरू छन् । आकाशमा बाक्लै लोपोन्मुख जातको चरा गिद्ध र चिलहरू घुमिरहेका छन्  । पाखाहरूमा बाख्राहरू चरिरहेको छन् । गोठालाहरू सुस्केरा हालेर स्थानीय गीत गाई रहेको सुनिन्छ । त्यस माथि चराचुरुङ्गीहरूको सङ्गीतमय चिरबिरले यहाँ पुगेपछि जो कोहीले छुट्टै आनन्द लिन सक्छन् ।

प्राकृतिक छट्टाले अनेकौँ तरहले सिङारिएको यो  मनमोहक दृश्य हो, महोत्तरीको उत्तर वर्ती क्षेत्र राई मण्डलको ।

बर्दिबास नगरपालिकाको समथर भू-भाग छाडेर झन्डै ७ किलोमिटर माथि उक्लेपछि राईमन्डल पुगिन्छ । यही राईमन्डलमा रहेका भीम डाँडा र सोली घोप्टे नामक अजङ पहाडका दुई टाकुरालाई देखेपछि मधेसको समथर भू-भाग नियालिरहेको जस्तो महसुस हुन्छ ।

समुन्द्री सतहबाट झन्डै ३६२ फिट अग्ला यी पहाडहरू तराईका गहना हुन भने बर्दिबासको समृद्धिको आधार पनि । पहिचान, परिचय र पर्यटकीय अवसरको पर्खाइमा रहेका यी डाँडाहरू देख्दा जति मनोरम छन्, त्यतिकै प्राचीन र आध्यात्मिक विरासत समेत बोकेका छन् । स्थानीयका अनुसार शान्ति र देवत्व प्राप्तिका लागी लामा र आध्यात्मिक व्यक्तिहरू यहाँ आएर तपस्या समेत गर्ने गरेका छन् ।

प्रचारप्रसारको अभावमा ओझेलमा रहेको यी डाँडाहरू मधेसका प्राकृतिक भ्यु टावर समेत मानिन्छ । स्थानीय युवा विजय पोखरेल यी डाँडामा उक्लिएपछि भारतको सिमाना देखि जनकपुर सहर समेत दृश्यावलोकन गर्न सकिने बताए । `यहाँका सम्भावनाका विषयमा हामीले सरोकारवालाहरूलाई निक्कै झकझक्याएका छौ तर सुनुवाइ हुन सकेको छैन,´ उनले भने, `महोत्तरीको उत्तर वर्ती क्षेत्र बर्दिबासको समृद्धिको मुख्य आधार पनि पर्यटन नै हो ।´ बर्दिबास नगर क्षेत्रमा रिपोर्ट देखि हाेटलसम्म ७० भन्दा बढी छन् ।

निक्कै ठुलो लगानी गरेका होटलहरु दिनहुँ धरासयी बन्दा व्यापारीहरूमा चिन्ता बढ्दै गएको छ । होटेल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुन्ज कार्की बर्दिबासमा भएका प्राकृतिक दृश्य र यसको व्यवस्थापन गर्न नसक्दा पर्यटकहरूलाई एक दिन पनि नबस्ने गरेको गुनासो गर्छन् । राई मण्डलसम्म जाने गरी पर्यटकलाई लैजान सके बर्दिबासको हाेटल ब्यावसाय उकासिने उनको तर्क छ ।

अझ राई मण्डलको वरपर मध्यपाषाण युगको हतियार कारखाना भएको जर्मनी नागरिक गुड्रन कर्विन्सले आफ्नो किताब ‘प्रि हिस्टोरिक कल्चर इन नेपाल’मा उल्लेख गरेपछि यसको महत्त्व थप चुलिएको छ । कार्विन्सले उक्त किताबको भोलम १, पृष्ठ २३९ मा अहिलेको राईमन्डल अर्थात् पाटु  र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पुरानो भएको उल्लेख गरेकी छन् । यसका लागि उनले सन् १९८५ को दशकमा १० वर्ष लगाएर पाटुको अध्ययन गरेकी थिइन् । रातो माटोले पुरिएको अवस्थामा हजारौँ मध्य पाषाण युगका हतियारहरू भेटिए पछि यो नै सबैभन्दा पुरानो मानव सभ्यता भएको उनले आफ्नो किताबमा वर्णन गरेकी छिन् ।

मध्यपाषाण १२ देखि १२ हजार वर्ष अघिको अवधि र ६ देखि १०  हजार वर्ष अघिको नवपाषाणको अवधिलाई भनिन्छ । यसरी गुड्रन कार्विन्सले गरेको अध्ययनअनुसार यो ठाउँ  १० हजार वर्ष अघिको अर्थात् मध्य पाषाण युगको सभ्यता रहेको निष्कर्ष निकालिएको छ ।

पहिले त कर्विन्सले नेपालमा डुङ्गे युगमा मानव चहलपहल थियो भन्ने तथ्य विश्वलाई बताएकी छन् ।  कर्विन्स राइमन्डल आसपास र पाटुमा  नै किन आइन् ? भन्ने विषय अझै रहस्यमय छ । तर, १० वर्ष लगाएर गरिएको अनुसन्धान पछि उनले निकालेको निष्कर्षको विषयमा भने धेरै मानिसहरू बेखवर छन् ।

राईमन्डलका अग्ला डाडाहरुमा जिप लाइनका सम्भावना र कर्विन्सले भनेको यसको फेदीमा थप खोजी गरी नवीन पर्यटकीय गन्तव्य बनाउन सकिने आधारहरू देखिएका छन् ।

The post मध्य पाषाण युगको बस्तीसमेत रहेको मधेसको एक प्राकृतिक ‘भ्यु टावर’ ओझेलमा appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2023/10/09/%e0%a4%ae%e0%a4%a7%e0%a5%8d%e0%a4%af-%e0%a4%aa%e0%a4%be%e0%a4%b7%e0%a4%be%e0%a4%a3-%e0%a4%af%e0%a5%81%e0%a4%97%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%b8%e0%a4%ae/feed/ 0