health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
काठमाडौँ, २७ असार । १२ वटा राजनीतिक दलहरू तथा विभिन्न संस्थाहरुको आयोजनमा आज साम्राज्यवादी युद्धको विरोधमा तथा प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् ।
नेकपा (मसाल), नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित वामपन्थी दल र सङ्गठनहरूले काठमाडौँमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १तः०० बजे शान्तिवाद, रत्नपार्कमा हुनेछ ।
इजरायली हमलामा झन्डै ५५ हजार निर्दोष प्यालेस्टाइनीको हत्या भए पछि नेपालका वामपन्थी दलहरू प्रदर्शनमा उत्रिन लागेका हुन् । संसद् बाहिर रहेका नेत्र विक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्व पनि सो प्रदर्शनमा उत्रिने छन् ।
आयोजकका अनुसार सो प्रदर्शनमा उत्रने राजनीतिक दलहरूः
– नेकपा (मसाल)
– नेकपा (माओवादी केन्द्र)
– नेकपा (एकीकृत समाजवादी)
-रास्ट्रीय जनमोर्चा, नेपाल
– नेपाल कम्युनिस्ट पार्टी
– क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल
– वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल
– नेकपा
– नेकपा (बहुमत)
– नेपाल समाजवादी पार्टी
– जसपा
– देशभक्त समाजवादी स्कुल
– राजनीतिक संवाद अभियान