11
Jul
काठमाडौँ, २७ असार । १२ वटा राजनीतिक दलहरू तथा विभिन्न संस्थाहरुको आयोजनमा आज साम्राज्यवादी युद्धको विरोधमा तथा प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् । नेकपा (मसाल), नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित वामपन्थी दल र सङ्गठनहरूले काठमाडौँमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १तः०० बजे शान्तिवाद, रत्नपार्कमा हुनेछ । इजरायली हमलामा झन्डै ५५ हजार निर्दोष प्यालेस्टाइनीको हत्या भए पछि नेपालका वामपन्थी दलहरू प्रदर्शनमा उत्रिन लागेका हुन् । संसद् बाहिर रहेका नेत्र विक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्व पनि सो प्रदर्शनमा उत्रिने छन् । आयोजकका अनुसार सो प्रदर्शनमा उत्रने राजनीतिक दलहरूः - नेकपा (मसाल) - नेकपा (माओवादी केन्द्र) -…