02
Mar
(नेपाल प्रज्ञा–प्रतिष्ठान र माक्र्सवादी अध्ययन स्रोतकेन्द्रको संयुक्त आयोजनामा भएको अन्तक्र्रियामा प्रस्तुत कार्यपत्र) * प्रस्तोताः रामराज रेग्मी आँखाले देख्न नसकिने पदार्थका अति नै शुक्ष्म तत्वलाई परमाणु(Atom) भनिन्छ । पौरस्त्य र पाश्चात्य समाजमा परमाणु सम्बन्धी अवधारणा कहाँ कुन पृष्ठभूमिमा विकसित भयो, त्यसमा कसको भूमिको के कस्तो रह्यो र दुई पृष्ठभूमिका दर्शनहरूमा के कति समानता वा असमानता छ भन्ने विषयवस्तुमा प्रकाश पार्नु नै यस कार्यपत्रको उद्देश्य रहेको छ । १. पौरस्त्य समाजमा परमाणुवादी अवधारणा पौरस्त्य समाजमा परमाणुवादबारे विस्तृत व्याख्या गर्ने दर्शन वैशेषिक हो । तर त्यसभन्दा पहिलेका दर्शनहरूले पनि परमाणुबारे धेरथोर प्रकाश पारेका छन् । १.१. परमाणु सम्बन्धमा वैशेषिकभन्दा पहिलेका अवधारणाहरू पौरस्त्य समाजमा…