Gyaan Ghar

Advertisement

सम्पादक बोहरामाथि आक्रमण, पत्रकार महासङ्घको भर्त्सना

काठमाडौं, २२ माघ । पालिकासमय डटकमका सम्पादक कमलबहादुर बोहरामाथि अज्ञात व्यक्तिबाट आक्रमण भएको छ ।
सो घटना प्रति नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको महासचिव रामप्रसाद दाहालले जनाएका छन् ।
‘यही माघ २१ गते सोमबार काठमाडौँको मध्यबानेश्वरमा नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाका सदस्यसमेत रहेका बोहरामाथि अज्ञात व्यक्तिले आक्रमण गरेको महासङ्घ काठमाडौं शाखाले जनाएको छ,’ महासचिव दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा पत्रकारमाथि हुने यस्ता हरकत प्रेस स्वतन्त्रता विरोधी हो । प्रेस विरोधी यो घटनाको महासङ्घ कडा शब्दमा भर्त्सना गर्दछ । महासङ्घ घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...