health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् ।
उनको नाम खालिदा जरार हो, जसले एक वर्ष देखी इजरायली जेलमा रहेकी थिइन । हमास र इजरायल बिच गत आइतबार देखी युद्बबिराम सम्झौता भए पछि इजरायली कब्जाबाट रिहा हुने पहिलो ९० जनाको लटमा परेकी थिइन् ।
उनले त्यहाँबाट फर्के पछि इजरायली जेलमा भएको घटनाको सविस्तार गरेकी छिन् । खासमा उनी प्यालेस्टिनी राजनीतिज्ञ, मानव अधिकार र नारीवादी कार्यकर्ता हुन ।
वामपन्थी पपुलर फ्रन्ट फर लिबरेसन अफ प्यालेस्टाइनकी नेता जरारलाइ २६ डिसेम्बर २०२३ देखि जेलमा राखिएकी थिइन् । उनलाई अगस्टबाट भने इजरायलको रमला जेलमा एकान्त कारागारमा सारिएको थियो ।
जहाँ उनले आफूलाई २ मिटरको कोठामा राखिएको थियो । उनीलाई राखिएको कोठा १.५ वर्ग मिटरको थियो ।
जरारले भनिन, ‘साँघुरो कोठा भित्र कुनै भेन्टिलेसन थिएन, जहाँ तापमान ४५ डिग्री सेल्सियस सम्म पुग्ने गरिएको थियो। पानी सामान्यतया काटिएको अवस्था थियो ।’
उनका अनुसार जेलमा हालेको पहिलो हप्ताको जेल यात्रामा उनलाई खाना जानाजानी ढिलो दिएको थियो भने उनलाई जेलको कोठाबाट बाहिर निस्कन अनुमति समेत थिएन, उनले इजरायली सुरक्षाकर्मीको व्यवहार कठोर भएको पनि बताएकी छिन् ।
उनले भनिन, ‘खासमा मैले शारीरिक र मानसिक दुवै रूपमा यातनापूर्ण समय कटाए, जो म जीवनमा कहिल्यै भुल्न सक्दिन ।’
जेल भित्र जाँदा छाडेको प्यालेस्टाइन र जेलमुक्त भएको प्यालेस्टाइन देखेर आँसु रोक्नसमेत नसकेको जनाइन् ।
‘जेलबाट मुक्त हुँदा त खुसी हुनु पर्ने हो नि तर जेलबाट निस्केर प्यालेस्टाइनी भूमि देख्दा निकै बेर स्तब्ध भएँ, कस्तो प्यालेस्टाइन कस्तो भएछ ? यो निकै भयावह र भावुक दृश्य हो,’ उनले भनिन् ।