22
Jan
काठमाडौँ - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढङ्गले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर्जाले भरिपूर्ण र दिनभर तनावमुक्त राख्छ। साथै, यदि हामीले दैनिक राम्रो बानीहरू पालना गर्यौँ भने हामी हाम्रो जीवनभर स्वस्थ रहन्छौँ र रोगहरूबाट टाढा रहन्छौँ। घरेलु घिउका फाइदाहरू तपाईँले सुन्नु भएको होला। यो हाम्रो आहारमा एक महत्त्वपूर्ण खाना हो, जसलाई डाक्टर र आहारविद्हरूले पनि खान सल्लाह दिन्छन्। घरेलु घिउ एक दुग्धजन्य पदार्थ हो, यसको सेवनले हड्डी बलियो बनाउँछ, रुघाखोकी र फ्लुबाट बचाउँछ र रोग प्रतिरोधात्मक क्षमता पनि मजबुत बनाउँछ। स्वामी रामदेव भन्छन् कि यदि हामीले हरेक बिहान एक चम्चा घिउ खायौँ भने धेरै फाइदा हुन्छ। मस्तिष्कको लागि लाभदायक…