21
Jan
वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरे। ट्रम्पले सत्ता सम्हाल्ने बित्तिकै घरेलुदेखि विदेशसम्म अमेरिकी नीतिमा ठुलो परिवर्तन ल्याउने कुरा गरेका थिए । शपथपछिको ३० मिनेटको भाषणमा डोनाल्ड ट्रम्पले अमेरिका फर्स्ट नीतिअन्तर्गत जाने बताए । यसै क्रममा ट्रम्पले अमेरिका–मेक्सिको सिमानामा (दक्षिणी सीमा)मा सङ्कटकाल लगाउने कुरा गरेका छन् । उनका अनुसार अब यहाँबाट हुने सबै अवैध प्रवेशलाई प्रतिबन्ध लगाएको छ । सरकारले अपराध गर्ने विदेशीलाई स्वदेश फर्काउनेछ । अमेरिका–मेक्सिको सिमानाबाट आउने अवैध आप्रवासीको बढ्दो सङ्ख्या अमेरिकी राजनीतिमा ठुलो मुद्दा बनेको थियो । ट्रम्पले अवैध आप्रवासी…