10
Jan
काठमाडौँ, २६ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा उनीहरूबिच मुलुकको समसामयिक विषयमा छलफल भएको थियो । भेटमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी रहेका थिए ।