Gyaan Ghar

Advertisement

मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र क्रियाशील हुनुपर्ने

काठमाडौँ । ‘जीवन तथा जगत्प्रतिको स्पष्ट विश्व दृष्टिकोण नहुँदा मानव स्वतन्त्रता र समृद्धिको दिशामा अवरोध सिर्जना भइरहेको’ विभिन्न दार्शनिक व्यक्तिहरूले धारणा राखेका छन् । ज्ञानशाला अनुसन्धान केन्द्र र दर्शनशास्त्र विभाग, त्रिचन्द कलेजको आयोजना भएको अन्तरक्रिया कार्यक्रममा उनीहरूले सो धारणा राखेका हुन् ।
विश्व दर्शन दिवसको अवसरमा मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र विषयक अन्तरक्रिया कार्यक्रममा मङ्सिर ६ गतेका दिन नयाँबजारस्थित ज्ञानशाला अनुसन्धान केन्द्रको सभा हलमा विभिन्न दार्शनिक व्यक्तित्वहरूको जमघट रह्यो । कार्यक्रममा विषयवस्तु प्रस्तोताहरूमा श्याम श्रेष्ठ, डा.गोविन्दशरण उपाध्याय र मनोहरि तिमिल्सेना हुनहुन्थ्यो । ज्ञानशाला अनुसन्धान केन्द्रका अध्यक्ष भोलानाथ ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण समीर सिंहले गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा प्रस्तुत धारणाहरू–
श्याम श्रेष्ठ
अरूलाई दुःख दिँदा आनन्दित हुने दर्शन बलिया हुँदा मानव स्वतन्त्रतामा अवरोध सिर्जना भइरहेको छ । मानव स्वतन्त्रता र समृद्धिको यात्रामा अगाडि बढ्नको लागि सहीलाई सही र गलतलाई गलत भन्ने सक्ने दर्शनलाई बलियो बनाउनुपर्दछ । गौतम बुद्धले भनेको दर्शन अर्थात् वस्तु जस्तो छ, त्यही रूपमा बुझ्नु नै दर्शन हो लाई सही रूपमा कार्यान्वयन गर्ने हो भने मानव स्वतन्त्रता र समृद्धिले मूर्त रूप लिन सक्दछ । त्यस्तै मार्क्सले भनेजस्तो जगत्लाई सही रूपमा व्याख्या गर्दै सत्यको पक्षमा परिवर्तन गर्न सक्ने दर्शन नै अहिलेको २१औँ शताब्दीमा पनि सान्दर्भिक छ ।
डा.गोविन्दशरण उपाध्याय
अहिले विज्ञानले धेरै विकास गरेको छ । त्यो विज्ञानलाई निर्देशन गर्ने दर्शनशास्त्र हो । दर्शनशास्त्र प्रति प्रष्टता नहुँदा विज्ञानले स्पष्ट बाटो समात्न सकिरहेको अवस्था छैन । समाजमा निरन्तर रूपमा अध्यात्मवाद र भौतिकवादी दर्शनको धारा चलिरहन्छ । त्यही आधारमा फरक फरक प्रकारका दृष्टिकोणहरू निर्माण भइरहेको हुन्छ । राजनैतिक पार्टी तथा विभिन्न संघसंस्थाहरुको भनाई र गराइबिचको ठुलो खाडलले मानव स्वतन्त्रताले मूर्त रूप लिन सकेको अवस्था छैन । फेरि पनि मानव जातीले स्वतन्त्रताको पक्षमा आवाज उठाइरहेका हुन्छन् र चलिरहन्छ ।
मनोहरि तिमिल्सेना
दर्शन कसको निम्ति ? यो नै सबैभन्दा महत्त्वपूर्ण विषय हो । दर्शनले प्रकृति, समाज, मानव र चिन्तनलाई मूल रूपमा अध्ययन गर्दछ । मार्क्सले भनेजस्तै १) दर्शनले मानवको पक्षमा सोच्नुपर्दछ, २) प्रकृतिको आफ्नै नियम हुन्छ र समाजको आफ्नो नियम हुन्छ । जसले समाजले ठिक ढङ्गले बुझ्छ, अर्थात् समाजको नियम बुझ्छ त्यसले समाजलाई परिवर्तन गर्न सक्दछ । ३) संसारमा परिवर्तनबाहेक सबै कुरा परिवर्तनशील हुन्छ । दर्शनशास्त्रलाई सही रूपमा बुझ्न यी तीन मान्यताहरू प्रति प्रस्ट हुनुपर्दछ । विभिन्न साम्राज्यवादी शक्तिहरू दर्शनशास्त्र प्रति  प्रस्ट नहुँदा मानव स्वतन्त्रता र समृद्धिको दिशामा अवरोध सिर्जना भइरहेको छ । त्यस कारण दर्शनशास्त्र, मानव मुक्तिको प्रस्ट अवधारणा सहित अगाडि बढ्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

काठमाडौँ - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढङ्गले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर...
इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, ...
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा ...
ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

काठमाडौँ, ८ माघ । खगोलविद्हरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन्, ७० करोड सूर्...