19
Nov
काठमाडौँ । विश्व दर्शन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । ज्ञानशाला अनुसन्धान केन्द्र, नयाँबजार र त्रिचन्द्र कलेजको संयुक्त आयोजनामा हुने सो अन्तरक्रिया कार्यक्रमको शीर्षक मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र रहेको छ । युनेस्कोले प्रत्येक वर्ष फरक–फरक एजेन्डामा नोभेम्बरको तेस्रो हप्ता विश्व दर्शन दिवस मनाउँदै आइरहेको छ । यो वर्ष पनि ‘दर्शनशास्त्र ः सामाजिक खाडलहरू कम गर्दै’ शीर्षकमा बहस चलाएको छ । सोही विषयमाथि केन्द्रित हुँदै राजधानी काठमाडौँमा पनि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । मङ्सिर ६ गतेका दिन, दिउँसो २ बजेबाट नयाँबजार, उत्तम चोकस्थित ज्ञानशाला अनुसन्धान केन्द्रको सभाहलमा आयोजनामा हुने कार्यक्रममा डा.गोविन्दशरण उपाध्याय, श्याम श्रेष्ठ र मनोहरि तिमिल्सेना…