health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
काठमाडौँ । पूर्व सभामुख तथा नागरिक अभियन्ता दमननाथ ढुङ्गानाको निधन भएको छ ।
फ्रन्टलाइन अस्पताल, काठमाडौँमा उपचारको क्रममा उनको आज दिउँसो निधन भएको जनाइएको छ ।
उनी कलेजोसम्बन्धी समस्याबाट पीडित ढुङ्गाना केही समय देखी उपचाररत थिए ।
ढुङ्गाना आम निर्वाचन २०४८ मा काठमाडौँ जिल्लाबाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका थिए । ०४६ सालको जनआन्दोलन पछि प्रतिनिधिसभाको पहिलो निर्वाचित सभामुखको जिम्मेवारीमा थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधनमा दुःख व्यक्त गरेका छन्। उनको मृत्युको खबरले आफू मर्माहत बनाएको राष्ट्रपति पौडेलले बताएका छन्।
‘पूर्व सभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाको निधनको खबरले मलाई मर्माहत बनाएको छ। पञ्चायत कालमा विद्यार्थी सङ्गठनबाट राजनीति प्रारम्भ गर्नुभएको उहाँले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचान बनाउनुभएको छ,’ उनले भनेका छन्।
नेपालको लोकतान्त्रिक आन्दोलनमा ढुङ्गानाले पुर्याएको योगदानलाई मुलुकले सधैँ स्मरण गरिरहने राष्ट्रपतिको भनाइ छ। ‘दुःखको यस घडीमा प्रिय मित्र ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ उनले लेखेका छन्।