Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
जलवायु अभियन्ताहरूद्वारा काठमाडौँसहित १६ सहरमा प्रदर्शन - Gyaan Ghar

Gyaan Ghar

Advertisement
Edit Content
Edit Content

जलवायु अभियन्ताहरूद्वारा काठमाडौँसहित १६ सहरमा प्रदर्शन


काठमाडौँ- नेपालमा सक्रिय जलवायु अभियन्ताहरू सडकमा उत्रिएका छन्। नागरिक समाज,पिछडिएको वर्ग,अपाङ्गता भएका व्यक्ति, साना किसान, आदिवासी समूह र स्थानीय समुदायहरूको ठुलो सङ्ख्याले शनिवार सडकमा प्रदर्शन गरेको हो।

नेपालका विभिन्न १६ स्थानहरूमा जलवायु वित्तको माग गर्दै सडकमा प्रदर्शन गरिएको थियो।

यी प्रदर्शनहरू बाकु, अजरबैजानमा जारी कोप-२९ को समर्थनमा गरिएको बताइएको छ। यो आन्दोलनले वैश्विक उत्तर (ग्लोबल नर्थ)का सरकारलाई ऐतिहासिक जलवायु ऋण चुकाउन र वैश्विक दक्षिण (ग्लोबल साउथ)प्रतिको आफ्नो वित्तीय दायित्व पूरा गर्न आह्वान गरेको छ।

काठमाडौँमा भृकुटीमण्डपबाट सुरु भएको र्‍याली रत्नपार्कस्थित शान्ति बाटिकामा गएर विभिन्न झाँकीसहित प्रदर्शनपछि समापन भएको थियो।

चितवन, ढल्केबर, विराटनगर, जनकपुर, पोखरा, लमजुङ, हेटौँडा, बुटवल, धनगढी, धुलिखेल, धादिङ, झापा सप्तरी, सुर्खेत, र नेपालगन्जमा र्‍याली निकालिएको थियो।

सहभागीहरूले वैश्विक उत्तरले(ग्लोबल नर्थले) आफ्नो जलवायु वित्तको प्रतिबद्धता पूरा गर्नुपर्ने माग गरेका छन्। औद्योगिक देशहरूको ऐतिहासिक जलवायु ऋण, जसको अनुमानित रकम प्रति वर्ष पाँच ट्रिलियन अमेरिकी डलर रहेको भन्दै त्यो चुकाउनुपर्ने माग उनीहरूको छ।

‘यो भविष्यको लागि एक न्यायपूर्ण र दिगो मार्गको पहिलो किस्ता हो, जसले विश्व उत्तरको विगतका कार्य र निष्कृयताले सिर्जना गरेका गम्भीर असमानताहरू र अन्यायहरू न्यूनीकरण गर्दछ,’ अभियन्ताहरूको तर्क छ, ‘जलवायु सङ्कटले विश्वका सबै देशमा समान रूपको र साझा चुनौती सिर्जना गरेको छैन। ग्लोबल नर्थले आर्थिक वृद्धिका लागि गरेका क्रियाकलापहरूले, दक्षिणका देशहरू विशेष गरी नेपालजस्ता देशहरूले दैनिक रूपमा यसको भयानक प्रभावहरूको सामना गरिरहेका छन्। जस्तै: बाढी, खडेरी, र गर्मी लहर। हाम्रा हिमशृङ्खला दिन दिनै पगलिदै गएका छन् र हिमताल फुट्ने लहरो छ। नेपालजस्तो देशको लागि जलवायु सङ्कटले प्रतिदिन नयाँ चुनौती थप्दै छ, जसले हाम्रो जीविकोपार्जन र जैविक विविधतालाई नै खतरा पुर्‍याउँदै छ। तसर्थ, अब वैश्विक उत्तरले आफ्नो ऐतिहासिक जिम्मेवारी स्वीकार गरेर कदम चाल्नु बाहेक अन्य कुनै उपाय छैन।’

जलवायु अभियन्ता, डब्लुवाइसिजे नेपालका विख्यात खत्री नेपालले जलवायु सङ्कटबाट सबैभन्दा प्रभावित हुने देशहरूको न्यायको माग गर्दै र ग्लोबल नर्थको दोहोरो चरित्रको विरोधमा उभिएको बताए। उनले भने, ‘हामीले ग्लोबल नर्थको अपराधको सजाय भोग्दै छौँ। तसर्थ ग्लोबल नर्थले आफ्नो ऐतिहासिक जिम्मेवारीलाई स्विकार्नु पर्छ र आफ्नो जलवायु वित्तको कर्तव्य पूरा गर्नुपर्छ।’

नेपालले जलवायुको गम्भीर प्रभावहरूको सामना गरिरहेकाले अब खाली आश्वासनले चित्त बुझाउने समय नरहेको उनले बताए।

‘औद्योगिक राष्ट्रहरूले नै जलवायु वित्तमार्फत यसको क्षतिपूर्ति गर्ने दायित्व बहन गर्नुपर्छ। हाम्रो तात्कालिक क्रियाकलापमा नै हाम्रो भविष्य निर्भर गर्दछ र हामी हाम्रो आवाज सुनाउने र न्यायपूर्ण जलवायु वित्तको लागि हाम्रो माग पूरा नभएसम्म विश्राम गर्ने छैनौँ,’ उनले भने।

जागरण नेपालका आभूषण खड्काले जलवायु सङ्कटको सामना गर्नका लागि उचित, निष्पक्ष, र पारदर्शी ढङ्गले जलवायु वित्तको वितरण गर्नुपर्ने बताए। ‘हामी कोप-२९ मा उपस्थित विश्व नेताहरूलाई स्पष्ट सन्देश दिन चाहन्छौँ, हामी उनीहरूको प्रत्येक कदमलाई हेरिरहेका छौँ र हामी जलवायु परिवर्तनमा उनीहरूको प्रतिज्ञा र क्रियाकलापको जबाफदेहिता सुनिश्चित गर्न हरेक चरणमा आवाज उठाउने छौँ। विश्वको नजर उनीहरूमाथि छ र हामी पारदर्शिता, सत्य-निष्ठा र यो वैश्विक सङ्कटको समाधानमा निर्णायक कार्यको माग गर्दछौँ,’ उनले भने।

जलवायु अभियन्ता तथा यूथ इनिसिएटिभकी उपाध्यक्ष एलिसा ढुङ्गानाले जलवायु वित्त हाम्रो भविष्यको सुरक्षाको लागि महत्त्वपूर्ण रहेकाले कमजोर समुदायहरूलाई समर्थन गर्न र जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्नका लागि तत्काल लगानी आवश्यक रहेको बताइन्। उनले भनिन्, ‘विश्व नेताहरूले जलवायु क्रियाकलापका लागि कोषलाई प्राथमिकता दिनुपर्छ ताकि दिगो र लचिलो संसार सिर्जना गर्न सकियोस्।’

एनवाइसिएकी झरना गिरीले भनिन्, ‘हामी विश्व नेताहरूलाई आह्वान गर्दछौँ कि उचित कोष जलवायु क्रियाकलापमा निर्देशित गरिनुपर्छ। जलवायु परिवर्तनबाट सबैभन्दा प्रभावित समुदायहरूलाई समर्थन गर्न र दिगोपन र लचिलोपनलाई प्रवर्द्धन गर्ने समाधानहरू लागू गर्न महत्त्वपूर्ण छ।’

र्‍यालीमा सहभागीले विभिन्न माग गरेका छन्। त्यसमा जलवायु वित्तलाई ऋणको रूपमा होइन, अनुदानको रूपमा प्रदान गर्नुपर्ने, जलवायु वित्तले समावेशी वित्तीय दृष्टिकोणमा ध्यान दिनुपर्ने उल्लेख छ।

यस्तै, औद्योगिक राष्ट्रहरूले जलवायु वित्तको विद्यमान प्रतिबद्धताहरू बढाउनुपर्ने, अनुदान समयमै र विश्वसनीय हुनुपर्ने, कोषको वितरण पारदर्शी र उत्तरदायी हुनुपर्ने, जलवायु वित्तले समुदाय-केन्द्रित समाधानलाई प्राथमिकता दिनुपर्ने, जसले पिछडिएको वर्ग, आदिवासी समुदाय र विशेष चुनौती भएको व्यक्तिहरूको समस्या सम्बोधन गर्नुपर्ने माग छ।

यो र्‍याली विश्वभरको आन्दोलनको हिस्सा रहेको अभियन्ताहरूले बताएका छन्।

सिन्धुपाल्चोक, मुस्ताङ र तराईजस्ता स्थानहरूमा, समुदायहरूले दैनिक रूपमा प्रभावहरूको सामना गरिरहेका छन्। त्यसैले पनि यो र्‍याली र अहिले उठेका आवाजहरूले तात्कालिक समयमा विशेष अर्थ राखेको छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...