काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय मामिला विभागमा १० सदस्य मनोनीत गरेका छन् ।
गोविन्दबहादुर शाह प्रमुख रहेको उक्त विभागमा सभापति देउवाले काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्यहरू मनोनीत गरेका हुन् ।
मनोनीत भएका सदस्यहरूमा प्रा.ई.महेश सिंह कठायत, (काठमाडौँ), वासु कार्की (काठमाडौँ), टेकबहादुर कुँवर (अछाम), लाक्पा शेर्पा (दोलखा), नरेन्द्र साह (पर्सा), अस्मिता लामा ‘खुसीमाया’ (लमजुङ), तेज शाह (कञ्चनपुर), धनबहादुर गिरी (ओखलढुङ्गा), माधव पाण्डे (कालिकोट) र मोहन सुनार (दाङ) रहेका छन् ।