18
Aug
काठमाडौँ । आजदेखि साफ यू-२० च्याम्पियनसिप सुरु हुँदै छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ यू-२० च्याम्पियनसिपको समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने बताएको छ । यस अघि दशरथ रङ्गशाला र च्यासलस्थित स्टेडियममा हुने भनिए पनि अब समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने भएको हो । आज प्रतियोगिताको उद्घाटन खेलमा श्रीलङ्का र नेपाल खेल्ने तालिका रहेको छ । यो खेल अपराह्न ३ बजेदेखि सुरु हुने छ । एन्फाले यस अघि प्रतियोगिताका लागि दशरथ रङ्गशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स गरी तीन स्थान तय गरेको थियो । तर, च्यासल मैदानमा बाढी पसेपछि खेल सञ्चालन गर्न नसकिने…