health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

कोलकोत्ता, ३१ साउन । कोलकाताको ट्रेनी डाक्टरको बलात्कार र हत्या प्रकरणमा नयाँ खुलासा भएको छ ।
अखिल भारतीय सरकारी चिकित्सक सङ्घका अतिरिक्त सचिव डा. सुवर्ण गोस्वामीले पोस्टमार्टम रिपोर्टलाई उद्धृत गर्दै यो बलात्कार नभएर सामूहिक बलात्कार हुन सक्ने बताएकी छिन् ।
प्रशिक्षार्थी चिकित्सकको प्राइभेट पार्टबाट १५१ एमजी वीर्य भेटिएको बताउँदै उनले यो दाबी गरेकी हुन् । ‘कुनै पनि व्यक्तिसँग यति धेरै मात्रामा वीर्य हुन सक्दैन, बलात्कारको घटनामा एकभन्दा बढी व्यक्ति संलग्न हुन सक्ने सम्भावना छ ।’
प्रशिक्षार्थी डाक्टरको शव अर्धनग्न अवस्थामा फेला परेको थियो । गत अगस्ट ९ मा आरजी कार मेडिकल कलेज तथा अस्पतालको सेमिनार हलमा प्रशिक्षार्थी चिकित्सकको अर्धनग्न शव फेला परेको थियो । डाक्टरको गोप्य भाग, आँखा र मुखबाट रगत बगिरहेको थियो । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको उल्लेख छ । जसका कारण भारतभरिमा चिकित्सकहरूले निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् ।
उता, मेडिकल कलेजका आवासीय चिकित्सकहरूले अस्पताल प्रशासनले प्रमाणमा छेड छाड गरेको आरोप लगाएका छन् । उनीहरु भिडियो शेयर गर्दै भनेका छन् कि – ‘सेमिनार हलबाट २० मिटर टाढा रहेको चेस्ट विभागको कार्यालयमा तोडफोड भइरहेको छ । प्रहरीको अगाडि नै मर्मत सम्भारको नाममा प्रमाणहरू तोडफोड भइरहेको छ ।’