health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

ढाका, २७ साउन । सैयद रेफात अहमद बङ्गलादेशको नयाँ प्रधानन्यायाधीश हुने भएका छन्।
यसअघि दिउँसो प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिए पछि उक्त पद रिक्त अवस्थामा थियो । प्रधानन्यायाधीश हसनको राजीनामा माग गर्दै आन्दोलनरत विद्यार्थीले शनिवार बिहान देखी सर्वोच्च अदालत घेराउ गरेका थिए ।
त्यहाँ आन्दोलनकारीहरू ठुलो सङ्ख्यामा भेला भएका थिए । विद्यार्थीले भने, ‘प्रधानन्यायाधीश लगायत अन्य न्यायधिसले राजीनामा नगरे हसिनाजस्तै कुर्सीबाट बाहिर निकालिनेछन् ।’ आन्दोलनरत विद्यार्थीहरूले सर्वोच्च अदालतका न्यायाधीश हसिनासँग मिलेमतोमा रहेको आरोप लगाएका थिए । पूर्व प्रधानमन्त्री शेख हसिना गत अगस्ट ५ मा पदबाट राजीनामा दिएर देश छाडेर भारत भागेकी छिन् ।
यी न्यायाधीशहरूले अन्तरिम सरकारलाई कुनै जानकारी नदिई शनिवार सम्पूर्ण अदालतको बैठक बोलाएका थिए । सो बैठकका कारण आन्दोलनकारीले एक घण्टाभित्र न्यायाधीशको राजीनामा माग गरेका छन् । प्रधानन्यायाधीशले राजीनामा दिएपछि थप ५ जना न्यायाधीशले पद छाड्न सक्नेछन् । आन्दोलनकारीले ६ जना न्यायाधीशले राजीनामा नदिएसम्म सडक नछाड्ने अडान लिएका छन् ।