health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

सञ्जय मिश्रा
रौतहट २५ साउन। रौतहटको ईशनाथ नगरपालिका स्थित हिन्दु समुदायले मनाउने झण्डीमा सुरक्षार्थ ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ।
ईशनाथ- ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना पश्चात् झण्डी निकाल्ने क्रममा हिन्दु मुस्लिम बिच साम्प्रदायिक सद्भाव न बिग्रियोस् भनेर विशेष सजगता अपनाइएको हो।
रौतहटका सिडिओ हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपि दिलीप घिमिरे सशस्त्र प्रहरीका एसपि विक्रम हुमागाईँ स्वयं नेतृत्व गरेर विशेष सुरक्षाको लागि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।
प्रत्येक वर्ष साउन पञ्चमी अर्थात् नाग पञ्चमीको दिन ईशनाथ ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना गरी बाजागाजा सहित त्यहाँ बाट झण्डी लिएर हजारौँको सङ्ख्यामा हिन्दु समुदायका मानिसहरू गाउँ भन्दा उत्तर तर्फको पोखरीको डिलमा जम्मा हुने गर्दछन्। अहिले पनि उक्त मन्दिरमा पूजा अर्चना भइरहेको छ भने अपराह्न झण्डी निकाल्ने योजना रहेको सिडिओ रेग्मीले जानकारी दिएका छन्। गाउँको उत्तर तर्फ बाक्लो बस्ती रहेको मुस्लिम समुदायका मानिसहरूले हिन्दुहरूले झण्डी लिएर आउने क्रममा विभिन्न प्रकारले बाधा उत्पन्न गर्ने गर्दछन्। सोही क्रममा दुई समुदाय बिच झडपको अवस्था उत्पन्न हुने गर्दछ।
विगत वर्षहरूको जस्तो ईशनाथमा साम्प्रदायिक सद्भाव नबिग्रोस् भनेर बिहीबार जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेर ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको सिडिओ रेग्मीले जानकारी दिएका छन्। उल्लेखनीय छ गत फागुन महिनामा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।
ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबिच झडप हुँदा प्रदेश प्रहरी प्रमुख डिआइजी यज्ञ विनोद पोखरेल परिचालित भएका थिए।