health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

ढाका, २५ साउन । बङ्गलादेशमा अन्तरिम सरकार गठन भएको छ।
बिहीबार राति नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उनको टोलीका दुई विद्यार्थी नेतासहित १७ सदस्यले शपथ लिएका छन् । एम नाहिद इस्लाम र आसिफ महमूद साजिब भुइया विद्यार्थी आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्ने नाम हुन् ।
उनीहरू दुवैलाई त्यहाँ भएको ‘कु’को मुख्य अनुहार मानिन्छ। दुवै अहिले नयाँ सरकारमा सहभागी भएका छन् । मोहम्मद युनुस सेना समर्थित सरकारको सल्लाहकार बने पनि त्यहाँ प्रधानमन्त्री भने निर्वाचित भएका छैनन् । तर उनको हैसियत प्रधानमन्त्रीको जस्तै छ । जबकि उनको सल्लाहकार परिषद्मा परेका सदस्य मन्त्रीको हैसियतमा रहने छन् ।
आउनुहोस्, जानौँ मन्त्री भएका दुई विद्यार्थी नेताका बारेमा,
को हुन् नाहिद इस्लाम ?
नाहिद इस्लाम धेरै दिनदेखि बङ्गलादेशमा आरक्षण विरुद्ध चलिरहेको विद्यार्थी आन्दोलनको मुख्य अनुहार हुन्। नाहिद एक बङ्गलादेशी विद्यार्थी कार्यकर्ता हुन्, उनी बङ्गलादेश कोटा सुधार आन्दोलनका प्रमुख नेताहरू मध्ये एक थिए। विद्यार्थीको यो आन्दोलन पछि असहयोग आन्दोलनमा परिणत भयो । यो आन्दोलन शेख हसिना सरकारको पतनको कारण बन्न पुग्यो । विद्यार्थी नेता नाहिदकै कारण आन्दोलन यति हिंसात्मक बनेको थियो भने शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । नाहिद पनि मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न मनाउने व्यक्ति हुन्।
नाहिद इस्लामको जन्म सन् १९९८ मा ढाकामा भएको थियो । उनी ढाका विश्वविद्यालयबाट २०१- १७ ब्याचका समाजशास्त्रका विद्यार्थी हुन्। उनी मानवअधिकारकर्मी तथा विद्यार्थी सङ्गठन ‘विभेद विरुद्ध विद्यार्थी’का संयोजक पनि हुन् । उनका बुबा शिक्षक र आमा गृहिणी हुन्। नाहिद विवाहित र एक कान्छो भाइ छन्।
को हुन् आसिफ महमूद ?
बङ्गलादेशको अन्तरिम सरकारका सदस्य आसिफ महमूद विद्यार्थी आन्दोलनको अर्को ठुलो अनुहार हुन । आसिफ भेदभाव विरोधी विद्यार्थी आन्दोलनका मुख्य संयोजक हुन् । कुमिल्लाका आसिफ ढाका विश्वविद्यालयको २०१७(१८ ब्याचका भाषा अध्ययनका विद्यार्थी हुन्। उनी जून महिनामा आरक्षण विरुद्धको राष्ट्रव्यापी विद्यार्थी आन्दोलनमा सामेल भए। आसिफ महमूद जम्मा २६ वर्षका छन् ।
आसिफ महमूदले नख्खलपारा हुसेन अलि हाई स्कुलबाट पढेका थिए । र, २०१५ मा एसएससी पास गरेका थिए। उनले सन् २०१७ मा आदमजी क्यान्टोन्मेन्ट कलेजबाट एचएससी पास गरेका थिए । आसिफ कलेजको बीएनसीसी प्लाटुनका पूर्व क्याडेट सर्जेन्ट थिए। उनी ढाका विश्वविद्यालयको विद्यार्थी अधिकार परिषद्का अध्यक्ष पनि थिए।
यी हुन बङ्गलादेशको अन्तरिम सरकारका १७ सदस्य
१. डा. मोहम्मद युनुस
२. डा सलेहुद्दीन अहमद
३. ब्रिगेडियर जनरल (सेवानिवृत्त) एम सखावत हुसेन
४ डा. एमडी नजरुल इस्लाम (आसिफ नजरुल)
५. आदिलुर रहमान खान
६. एएफ हसन आरिफ
७. मोहम्मद तौहिद हुसेन
८. सैयदा रिजवाना हसन
९. सुप्रदीप चकमा
१०. फरिदा अख्तर
११. विधान रञ्जन राई
१२. शर्मीन मुर्शिद
१३. एएफएम खालिद हुसेन
१४. फारुक ए आजम
१५. नूरजहाँ बेगम
१६. नाहिद इस्लाम
१७. आसिफ महमूद