Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
विचारा रवीन्द्र नाथको टाउको !! - Gyaan Ghar

Gyaan Ghar

Advertisement

विचारा रवीन्द्र नाथको टाउको !!

* गोविन्दशरण उपाध्याय
बङ्गलादेशका हरिया आतंकवादीहरूले यो रवीन्द्रनाथ टैगोरको मूर्ति ढालेका होइनन्, यो त्यहाँको बौद्धिक/तार्किक चेतनालाई सधैँका लागि “हरियो किताब”लाई समर्पित गरेका हुन् | अन्य धर्म, समुदाय, विश्वास र फरकपनलाई सधैँको लागि काटेर लडाएका हुन् |
कुनै बेला नेपालमा पनि बुर्जुआ शिक्षा विरुद्ध यस्तै आन्दोलन चलेको थियो | छात्रको आन्दोलनले मन्दिर, फरक धर्मका मान्छेहरू र आस्थाहरूलाई मास्ने थिएन | विश्वविद्यालय जाँदैमा कट्टरपन्थी चिन्तनको समापन हुँदैन |
म कक्षा १२ मा पढ्दा रवीन्द्रनाथ ठाकुर र उहाँले लेखेको प्रसिद्ध गीताञ्जलीका बारेमा सुने | गीताञ्जली र रवीन्द्रनाथले लेखेको साहित्य पढ्न मैले बङ्गाली भाषा र लिपी दुवै सिकेँ | सायद, भारतीय कविहरू मध्ये यी बङ्गाली कविप्रति मेरो सबैभन्दा बढी सम्मान छ |
बङ्गलादेशमा विद्यार्थीको विद्रोहका रूपमा नेपाली मिडियाहरूले परिभाषित गरेको कट्टरपन्थीहरूको बङ्गलादेशी आन्दोलनले आफ्नै देशका लागि राष्ट्र गीत लेख्ने र एक मात्र नोबेल पुरस्कार विजेता यी महाकविको मूर्ति पनि “माओवादी”हरूले झैँ ढाले | केही नेपाली समाजवादीहरूले छात्र आन्दोलन भन्दै अराजक बङ्गाली “हरियावादी”को प्रशंसा गरिरहेका छन् | हाम्रा पनि दिदीबहिनी छन्, यस्तो दिन कसैले देख्न नपरोस् | नेता र सुरक्षित नै छन् |
हिन्दुहरूका मन्दिर तोडिएका छन् | पसलहरू जलाइएका छन् | महिलाहरूलाई पुरुषहरूका सामु बलात्कार गरेर पुरुषहरूको हत्या गरिएको छ | तर नेपाली मिडिया र तथाकथित सेक्युलरवादी राजनेताहरू त्यस विरुद्ध बोल्न सकेका छैनन् | नेपाली कट्टरपन्थी विचारका अगाडी “लुते कुकुर” बनेर उभिएका छन् |
अव नेपाल र भारत दुवै देशका हिन्दु/बौद्धहरूले (बौद्धको नाम लिँदासाथ घृणावादी नव बौद्धको …पोल्नेछ) अफगानिस्तान, पाकिस्तान हुँदै कट्टरपन्थीहरूले अव बङ्गलादेश कब्जामा लिएका छन् | …. सफल भएको छ भने बङ्गलादेशका हिन्दुहरू बङ्गलादेश नामक नर्कमा छन् | कट्टरपन्थीहरू विरुद्ध बोल्न नसक्ने सिपचाहिँ भारतबाट नै आएको होला !
थप
रवीन्द्रनाथ टैगोरले बङ्गलादेशको राष्ट्रिय गानको रचना गरेका हुन् | बङ्गाली भाषीका रूपमा उनको योगदानमा बङ्गलादेशको भाषा जीवित छ भन्दा फरक पर्दैन | त्यहाँको उग्र वामपन्थीहरूले नेपाली माओवादीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको मूर्ति तोडेझैँ रवीन्द्रनाथ टैगोरको मूर्ति तोडेका छन् |
यो छात्र आन्दोलन होइन, यो अफगानिस्तानको बामियान बुद्ध नष्ट गर्ने उग्र वादी आन्दोलन हो | माओवादीले अवतरण गरे तर बङ्गलादेशमा कट्टरपन्थीहरूको उदय आरम्भ मात्र भएको छ | अफगानिस्तान, पाकिस्तान पछि अव बङ्गलादेश | नेपाली मिडिया र राजनैतिक दलहरू “छात्र आन्दोलन”को खुसी मनाइरहेका छन् | अव यो हरियो आगो नेपालतिर र भारततिर पनि फैलिने छ | भारतको बङ्गालमा समाजवादी ममता बेनर्जीले नेतृत्व गर्दै छिन् |

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...