Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन -२०८१ सम्पन्न - Gyaan Ghar

Gyaan Ghar

Advertisement

११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन -२०८१ सम्पन्न

 काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा- प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा प्राज्ञिक सम्मिलन- २०८१ प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो।
प्रमुख अतिथि ,प्रज्ञा-प्रतिष्ठानका संरक्षक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्री बद्रीप्रसाद पाण्डेले दीप प्रज्वलन गरेर उक्त सम्मिलनको समुद्घाटन गर्नुभएको थियो ।उक्त सम्मिलनलाई दुई सत्रमा विभक्त गरिएको थियो ।उहाँले सम्मिलनलाई सम्बोधन गर्दै प्रज्ञा-प्रतिष्ठानहरू ज्ञानको थलो भएकाले आआफ्ना ठाउँबाट विधागत रूपमा सबैले योगदान पुर्‍याउनुपर्ने बताउँदै व्यावसायिक रूपमा कर्मचारीहरूले सतत राष्ट्र सेवा गरेका छन् कि छैन, यसको समीक्षा हुनुपर्ने बताउनु भएको थियो । मन्त्री पाण्डेले राजनीतिभन्दा माथि उठेर प्रज्ञा-प्रतिष्ठानहरूले खोज अनुसन्धान गर्दै प्राज्ञिक सांस्कृतिक क्षेत्रको विकासका लागि ज्ञान चक्षुका साथ अघि बढ्नुपर्ने बताउनु भएको थियो ।उहाँले हाम्रो भूगोल हार्डवेयर भए जस्तै भाषा ,साहित्य ,संस्कृति ,कला ,दर्शन र ज्ञान विज्ञान सफ्टवेयर हो ।सफ्टवेयरको पक्ष बलियो भएन भने निर्जीव वा स्थूल जस्तै हुन्छ ।त्यस कारण ‘ज्ञान खोज्न प्रज्ञा-प्रतिष्ठान जाओैँ’ भन्ने भावना जागृत हुने गरी काम गर्नुपर्नेमा जोड दिनुहुँदै तीन ओटै प्रज्ञा-प्रतिष्ठानका समस्याको समाधानमा आफू लागिपर्ने बताउनु भएको थियो ।
सम्मिलनका सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले धन्यवाद ज्ञापन सहित समापनका क्रममा संस्कृति भनेको चिन्तन प्रणाली तथा सफ्टवेयर हो ।संस्कृति जति बलियो हुन्छ, समाज त्यति नै गतिशील हुन्छ ।तसर्थ कुनै पनि प्रतिगमनविरुद्ध गणतान्त्रिक प्राज्ञिक संस्कृतिलाई दह्रोसँग स्थापित गर्नुपर्नेमा जोड दिँदै विद्यमान मर्यादाक्रमको तोडफोड गर्नु न्यायोचित नभएको बताउनुभएको थियो ।उहाँले प्रमुख अतिथि मन्त्री पाण्डेलाई प्रज्ञा-प्रतिष्ठानका विभिन्न प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभएको थियो ।
 नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले समसामयिक भावधारासहितको प्राज्ञिक संस्कृति ,प्रतिष्ठानबिचको आपसी सहकार्य र सद्भाव कायम गर्दै मर्यादाक्रम तोकिनु हुनुपर्नेमा जोड दिनुभएको थियो।
 सम्मिलनमा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ’ विमल निभा’ले प्रादेशिक ,पालिका र वर्डासम्मै प्रज्ञा-प्रतिष्ठान गठन भइरहेका छन् । ती प्रज्ञा-प्रतिष्ठान र सङ्घीय वा केन्द्रीय प्रज्ञा-प्रतिष्ठानबिचको भिन्नता प्रस्ट हुनुपर्छ । केन्द्रीय प्रज्ञा-प्रतिष्ठानकै नाम र पदको पुनरावृत्ति गरेको देखिन्छ ।यो अन्यौलता हटाउनुपर्ने कुरा आफ्नो स्वागत मन्तव्यका क्रममा बताउनुभएको थियो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका उपकुलपति शम्भु राईले संस्कृति मानव जातिको ढुकढुकी हो ।यसमा आएको विकृति र विसङ्गतिले समाजलाई लथालिङ्ग पार्ने भय छ ।त्यसैले समयमा नै यसको नियमन र नियन्त्रण गर्ने अधिकार प्रज्ञा-प्रतिष्ठानहरूमा निहित हुनुपर्ने बताउनु भएको थियो ।साथै लेखन,गायन,नृत्य र अभिनयमा देखिएको विकृतिलाई यथाशीघ्र नियमन गरिनुपर्नेमा जोड दिनुभएको थियो ।
 नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले तीन वटै प्रज्ञा-प्रतिष्ठानबिच सहअस्तित्व र सहकार्यबारे धारणा राख्दै हाम्रो मौलिक संस्कृतिमाथि भएको अतिक्रमणविरुद्ध एकजुट भएर लाग्नुपर्ने बताउनुभएको थियो ।उहाँले त्यस विरुद्ध नियमन वा नियन्त्रण गर्ने संयन्त्र र अधिकार प्रतिष्ठानमै रहनुपर्ने बताउनुभएको थियो ।
 सम्मिलनका उद्घोषक तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी,नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव कुस्मा महरा र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले आआफ्ना प्रज्ञा-प्रतिष्ठानको परिचय ,उद्देश्य ,लक्ष्य ,भावी योजना र समस्याका बारेमा धारणा प्रस्तुत गर्नुभएको थियो ।
 उक्त सम्मिलनमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरी ,डा.कृष्णराज अधिकारी ,डा.कौशिला रिसाल , अमर न्यौपाने तथा प्राज्ञ सभा सदस्य चेतनाथ धमला ,धर्मेश पोखरेल ,पञ्चकुमारी परियार र शशिराम कार्कीले धारणा राख्नुभएको थियो। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बखतबहादुर हमाल , डक्टर किरात , हिसन समाल तथा प्राज्ञ सभा सदस्य हरिप्रसाद पौडेलले समेत आआफ्ना धारणा व्यक्त गर्नु भएको थियो ।ललितकला प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सञ्जय बान्तवा,प्रदीप अधिकारी , दिनेश महतो तथा प्राज्ञ सभा सदस्य झिग्मे लामा,प्रदीप शाक्य ,नरेन्द्रप्रसाद भण्डारी र चन्द्र रानाहान्छाले समेत आआफ्नो विचार व्यक्त गर्नुभएको थियो।
 प्राज्ञिक सम्मिलनबाट प्राप्त सुझावका आधारमा निम्नअनुसार ११ बुँदे घोषणापत्र जारी गरेको थियो ।
 (क) तीन ओटै प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति तथा प्राज्ञहरूको मर्यादाक्रम तीन ओटै प्रज्ञा -प्रतिष्ठानका ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार कायम हुनुपर्ने ।
(ख) प्रदेश स्तरका प्रज्ञा–प्रतिष्ठानहरू र स्थानीय रूपमा सञ्चालित प्रज्ञा–प्रतिष्ठानहरूका प्राज्ञहरूको मर्यादाक्रम प्रदेश र स्थानीय सरकारको मर्यादाक्रमका आधारमा तोकिनुपर्ने ।
 (ग) सङ्घ, प्रदेश र स्थानीय स्तरका प्राज्ञिक निकायका प्राज्ञिक सदस्यहरूको पदीय नाम एउटै नराखी फरक गरिनुपर्ने ।
 (घ) सांस्कृतिक क्षेत्रमा भएको हस्तक्षेप र विकृतिलाई अनुगमन, मूल्याङ्कन र नियमन गर्ने अधिकार सम्बन्धित प्रज्ञा–प्रतिष्ठानमा रहनुपर्ने व्यवस्थाका लागि आवश्यक पहल गर्ने।
 (ङ) गण्डकी प्रज्ञा–प्रतिष्ठानमा भएको प्राज्ञहरूको भेलामा तयार गरिएको पोखरा घोषणापत्र तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा भएको प्राज्ञिक भेलाबाट पारित घोषणापत्रलाई कार्यान्वयनका लागि आवश्यक पहल गर्ने ।
 (च) प्राज्ञ सभा सदस्यहरूको सेवा सुविधा समयानुसार नभएकाले उचित सेवा सुविधाको व्यवस्थाका लागि आवश्यक पहल गर्ने ।
 (छ) नेपाली कला, संस्कृतिको संरक्षण, संवर्द्धन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक सहचारीको व्यवस्था गर्नुपर्ने । (ज)नेपाल सरकारको औपचारिक अन्तर्राष्ट्रिय भ्रमणमा तीन ओटै प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधित्व हुनुपर्ने ।
 (झ) प्राज्ञिक लेखन, अनुसन्धान तथा सम्पादनमा एकरूपतालगायत तीन ओटै प्रज्ञा–प्रतिष्ठानको उद्देश्य पूरा गर्न आवश्यक सहकार्य गर्ने ।
 (ञ) पुस्तक, पत्रपत्रिका र सङ्गीतसँग सम्बन्धित प्राविधिक सामग्री तथा ललितकलासम्बन्धी कच्चा पदार्थ आदिमा भन्सारलगायतका समस्या हल गर्नका लागि आवश्यक पहल गर्ने ।
 (ट) नेपाली भाषा, साहित्य, सङ्गीत, नाटक, ललितकलाको अभिलेख तथा सङ्ग्रहालय स्थापना गर्ने ।
 (ठ) सबै विश्वविद्यालयमा कम्तीमा एक एक ओटा ललितकला, सङ्गीत, नाट्यकला, नृत्य आदि विषयको विभाग स्थापनाका लागि पहल गर्ने विषयमाथि विशद विमर्शसहित घोषणापत्र जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...