Gyaan Ghar

Advertisement

मध्यरातलाई प्रश्न !

* हेम बिजी 
घाम डुबेको आधा समय
र घाम उदाउन
बाँकी आधा समय
ए मध्यरात
यो निस्पट्ट अन्धकार रातमा
तैँले
सिंहदरबारको कुर्ची बदल्छस् किन
सिंहदरबारको सत्ता पल्टाउँछस् किन
निदाइरहेको बेला सपनामा जनताहरू
र जाग्राम राखेर नेताहरू
भोली
मध्यान्ह नआउँदै
तैँले
ए मध्यरात
कुर्चीको खेल खेल्छस् किन
सत्ताको झेल खेल्छस् किन
मैले सुनेको छु
ए मध्यरात
तैँले
हतार हतारमा
कुर्ची बदल्न सम्झौता गरिस् रे मध्यरातमै
सत्ता फेर्न हस्ताक्षर गरिस् रे मध्यरातमै
मेरो
मध्यरातलाई प्रश्न छ
तैँले
मध्यरातमा सम्झौता गर्नेले
मध्यरातमा भूकम्पमा घरहरू ढल्दा
कहिल्यै
झुप्राहरू बनाउन मध्यरातमा
सम्झौता गरिनस् किन
तैँले
मध्यरातमा हस्ताक्षर गर्नेले
मध्यरातमा बालिका बलात्कृत हुँदा
कहिल्यै
बालिकालाई न्याय दिन
मध्यरातमा हस्ताक्षर गरिनस् किन
तैँले
मध्यरातमा सहमति गर्नेले
मध्यरातमा जङ्गे पिलर सर्दा
कहिल्यै
मध्यरातमा सिमाना रक्षा गर्न
सहमति गरिनस् किन
त्यसैले
घाम डुबेको आधा समय
र घाम उदाउन
बाँकी आधा समय
ए मध्यरात
निदाइरहेको बेला सपनामा जनताहरू
र जाग्राम राखेर नेताहरू
तैँले
कुची स्वार्थको लागि मात्र मध्यरातमा
सम्झौता नगर
सत्ता लिप्साको लागि मात्र मध्यरातमा
हस्ताक्षर नगर
किनकि
सधैँ सधैँ जसरी
निदाई रहँदैनन् जनताहरू मध्यरातमा
अब
मध्यरातमा पनि जनताहरू जाग्न सक्छन्
मध्यरातमा पनि जनताहरू उठ्न सक्छन् ।।

प्रतिक्रिया दिनुहोस

राजनीति

आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

मुम्बई, १० माघ । महाराष्ट्रको जलगाउँमा एउटा अफवाहले १३ जनाको ज्यान लिएको छ ।   बुधवार साँझ उत्तर महाराष्ट्र...
रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

काठमाडौँ - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढङ्गले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर...
इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, ...
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा ...