health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
काठमाडौँ । आज देखि महिला एसिया कप सुरु हुँदै छ । आजदेखि जुलाई २८, २०२४ सम्म श्रीलङ्काको डाम्बुलामा हुने महिला एसिया कपमा एसिया ८ देशले भाग लिँदै छन् ।
भारत, पाकिस्तान, श्रीलङ्का र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्यान्डलाई एसिया कप खेल्दै छन् ।
एसिया कपमा नेपाल समूह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समूह ए मा रहेको छ भने समूह बी मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्यान्ड रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल एसिया कपको उद्घाटनकै दिन आज युएईविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार अपराह्न २: १५ बजेदेखि सुरु हुँदै छ । त्यस्तै आज अर्को खेल समूह समूह ए कै भारत र पाकिस्तानबिच खेल हुँदै छ । यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि सुरु हुँदै छ ।
नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।
एसिया कप खेल्ने नेपाली टिम:
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, पूजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।