काठमाडौँ । नेपाली काङ्ग्रेसबाट मन्त्री हुनेको नाम टुङ्गिएको छ । काँग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाँदै छ । उनलाई उपप्रधान सहित सहरी विकास मन्त्रालय दिइने भएको छ ।
त्यस्तै रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्र मन्त्री हुने निश्चित भएको छ । त्यसै गरी अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुने भएका छन् भने दीपक खड्का ऊर्जा मन्त्री बन्ने भएका छन् । त्यस्तै ऐनबहादुर शाही वन मन्त्री निश्चित भएको छ ।
सभापति देउवाले शेखर–गगन समूहलाई स्वास्थ्य तथा जनसङ्ख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय दिइएको छ ।
जसमा तेजुलाल चौधरीको पनि नाम टुङ्गो लागेको छ भने अन्य दुई मन्त्रीमा सहमहामन्त्री जीवन परियार, सांसदहरू प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीको दाबेदारी रहेको छ । यी चार मध्ये दुईको नाम टुङ्गो लगाउन शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग छलफल गरिरहेको बताइएको छ ।