health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । नेपाली काङ्ग्रेसबाट मन्त्री हुनेको नाम टुङ्गिएको छ । काँग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाँदै छ । उनलाई उपप्रधान सहित सहरी विकास मन्त्रालय दिइने भएको छ ।
त्यस्तै रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्र मन्त्री हुने निश्चित भएको छ । त्यसै गरी अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुने भएका छन् भने दीपक खड्का ऊर्जा मन्त्री बन्ने भएका छन् । त्यस्तै ऐनबहादुर शाही वन मन्त्री निश्चित भएको छ ।
सभापति देउवाले शेखर–गगन समूहलाई स्वास्थ्य तथा जनसङ्ख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय दिइएको छ ।
जसमा तेजुलाल चौधरीको पनि नाम टुङ्गो लागेको छ भने अन्य दुई मन्त्रीमा सहमहामन्त्री जीवन परियार, सांसदहरू प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीको दाबेदारी रहेको छ । यी चार मध्ये दुईको नाम टुङ्गो लगाउन शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग छलफल गरिरहेको बताइएको छ ।