Gyaan Ghar

Advertisement

ओली सरकारको पहिलो मन्त्रिपरिषद्ले के के निर्णय गर्‍यो ?


काठमाडौँ । सरकारले नेपाललाई एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने घोषणा गरेको छ । नयाँ सरकार गठन भएर सोमबार बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

बैठकले बाढी पहिरोमा मृतकका परिवारलाई राहत प्रदान गर्ने, २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिका मुक्त बनाउने, ३०० दिन भित्र कीर्तिपुरस्थित क्रिकेट स्टेडियममा फ्लडलाइट र प्याराफिट निर्माण गर्ने, जाजरकोट केन्द्र भएर गएको भूकम्पका प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम उपलब्ध गराउने, विपदमा बेपत्ता भएका र १० दिनभित्र नभेटिएकाहरूलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिएका छन् ।

त्यस्तै निमित्त मुख्य सचिव रहेकी लीला देवी गड्तौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...