health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । २०८१ असार २४ गते सोमवार। मूर्धन्य इतिहासकार ज्ञानमणि नेपालको स्मृतिमा नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘इतिहास तथा वाङ्मयको अनुसन्धानमा ज्ञानमणि नेपालको योगदान’ विषयक विचार-गोष्ठीको आयोजना गरेको थियो । उक्त शीर्षकको कार्यपत्र डा. शैलेन्दुप्रकाश नेपालले प्रस्तुत गर्नुभएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गोष्ठीको समुद्घाटन गर्नुभएको थियो । उहाँले ज्ञानमणि नेपाललाई इतिहास र वाङ्मय क्षेत्रको प्रामाणिक उत्खनन गर्ने एक विशिष्ट सर्जकको रूपमा अङ्कित गर्नुभएको थियो । प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले इतिहास जो सुकैले लेख्न र बुझ्न कठिन भएको बताउँदै ज्ञानमणि नेपालले इतिहासको सत्यतामा आधारित भएर गहन अनुसन्धान गर्नुभएको बारे चर्चा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै इतिहासको अध्ययन र अनुसन्धानका क्षेत्रमा एक प्रेरक व्यक्तिको रूपमा ज्ञानमणि नेपालले पुर्याएको योगदान उल्लेखनीय रहेको बताउँदै स्वागत मन्तव्य राख्नुभएको थियो ।
गोष्ठीका सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ-परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले इतिहासविद् ज्ञानमणि नेपाललाई खरो र निडर व्यक्तित्वको रूपमा लिन सकिने बताउँदै उहाँले सत्य र तथ्य एवम् इतिहास र वाङ्मयका प्रामाणिक अनुसन्धाता रहेको बताउनु भएको थियो ।
गोष्ठीमा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीले इतिहास लेखनमा देखिएका त्रुटिहरूलाई आधिकारिकता पुष्टि हुने खालका अनुसन्धान र प्रामाणिक स्रोतहरूको उत्खनन गर्नमा ऐतिहासिक योगदान ज्ञानमणि नेपालको रहेको बताउनु भएको थियो ।
गोष्ठीमा प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य दिनेशराज पन्तले इतिहासविद् ज्ञानमणि नेपालले स्वार्थरहित ढङ्गले सत्य र तथ्यपरक इतिहास लेखन र अनुसन्धानमा विशेष योगदान पुर्याउनु भएको बताउनुभएको थियो । गोष्ठीमा इतिहासविद् तथा प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्य प्राडा त्रिरत्न मानन्धरले ज्ञानमणि नेपालले इतिहास लेखन र अनुसन्धानमा अतुलनीय योगदान गरेको बताउनु भएको थियो ।
गोष्ठीमा एकमणि नेपालले आफ्ना सहोदर दाजु ज्ञानमणिको इतिहासमा गहिरो अध्ययन रहेको बताउँदै उहाँको व्यक्तित्व र कृतित्वलाई अझै प्रकाशमा ल्याउनुपर्ने बताउनु भएको थियो। गोष्ठीमा सहभागीका तर्फबाट कार्यपत्रमाथि डा.गोविन्दमान सिंह कार्की र मेघराज ढकालले आआफ्नो जिज्ञासा राख्नुभएको थियो ।उक्त गोष्ठीको सञ्चालन प्रज्ञा-प्रतिष्ठान सामाजिक शास्त्र विभागका सदस्य तथा योगविद् डा.टिपी धमलाले गर्नुभएको थियो ।
-चेतनाथ धमला