Gyaan Ghar

Advertisement

 प्रज्ञा-प्रतिष्ठानका पुस्तकको प्रदर्शनी सुरु 

 काठमाडौँ , असार २५ । नेपाल प्रज्ञा-प्रतिष्ठान भानुभक्त कक्षमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले रिबन काटेर पुस्तक प्रदर्शनीको समुद्घाटन गर्नुभएको थियो। पुस्तक प्रदर्शनीमा नेपाली भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शनशास्त्र र समाजशास्त्र आदिका पुस्तकहरू विक्रीको लागि राखिएको छ। 

प्रदर्शनीको मुख्य लक्ष्य भनेको प्रज्ञाका पुस्तकहरू पाठकसमक्ष पुर्‍याउँदै पठन संस्कृतिको विकासमा टेवा पुर्‍याउने रहेको छ । “सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान”भन्ने उद्घोषका साथ सुरु भएको उक्त प्रदर्शनीमा प्रज्ञा-प्रतिष्ठानका महत्त्वपूर्ण र अनुसन्धानात्मक पुस्तकहरू प्रदर्शनीमा राखिएको छ ।

 हिमाल, पहाड, मधेस- तराईका विभिन्न संस्कार र संस्कृति, विभिन्न भाषाका कोसहरू प्रदर्शनी स्थलमा राखिएका छन्। प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू६०% छुट र २०७१ सालयता देखि प्रकाशित भएका पुस्तकहरू खरिद गर्ने व्यक्ति वा संस्थाका लागि विशेष ४० %को छुट दिइएको छ । 

पुस्तक प्रदर्शनी २०८१ साउन ५ गतेसम्म रहनेछ । प्रदर्शनीमा पुनः प्रकाशन भएका अमरकाेश,नेपाली साहित्यकाेश,कौटिल्यको अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नोै उपनिषद्, ग्रिक महाकवि हाेमरको ओडिसी, हरेराम जोशीको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टाेटल र उनका काव्य शास्त्र ‘पेरी पाेइएतिकेस’ आदिका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ।

– चेतनाथ धमला 

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...